Comments Add Comment

संसद बैठक

List Grid
लकडाउनका कारण संसद बैठक २३ गतेलाई सर्‍यो

१२ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठक यही चैत २३ गतेसम्मका लागि सरेको छ । संघीय संसद सचिवालयका कार्यबाहक महासचिव गोपालनाथ योगीले सूचना निकालेर कोरोना भाइरसको सम्भावित संक्रमणका सरकारले लकडाउन र अत्यावश्यक बाहेकका सेवा बन्द गरेका कारण बैठक सार्नुपरेको बताएका छन् । यसअघि यही चैत ७ गतेलाई बोलाइएको बैठक पनि बिहीबार बस्ने गरी स्थगित भएको थियो […]

कोरोनाका कारण संसद बैठक रोक्न कांग्रेस सांसदको माग

२९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले तत्काल संसद बैठक रोक्न माग गरेका छन । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै कांग्रेसका सांसदहरु भरतकुमार शाह र भीमसेनदास प्रधानले कोरोनाबाट बच्न सतर्क हुनुपर्ने भन्दै संसद बैठक रोक्न माग गरेका हुन् । ‘कोरोनाको संक्रमणले विश्व नै त्रसित भइरहेका बेला संसदलाई निरन्तर चलाइराख्नुको कुनै तुक छैन । यस्तो ठाउँमा […]

संसद अबरुद्ध पार्ने राजपाको चेतावनी

१३ साउन, काठमाडौं । प्रतिपक्षी दल राजपाले आजको संसद बैठक अवरुद्ध पार्ने चेतावनी दिएको छ । सर्लाहीको सडक प्रदर्शनको क्रममा सरोजनारायण सिंह मारिएको घटनाको संसदीय छानबिनको माग गर्दै राजपाले संसद अवरुद्ध पार्ने चेतावनी दिएको हो । प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो एक बजे बोलाइएको छ । विप्लव समूहका नेता कुमार पौडेल र सरोजनारायण सिंह मारिएको […]

संसद बैठक सूचना टाँसेर स्थगित

३ साउन, काठमाडौं । विपक्षी दलहरुले अवरुद्ध गर्ने तयारी गरेपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको छ । सभामुख कृष्णबहादुर महराले विशेष कारण भन्दै संसद बैठक स्थगित गरेका हुन् । बिहीबारका बैठक १ बजे बोलाईको थियो । अब अर्को बैठक११ गते मात्र बस्नेछ । सरकारले चिकित्सा शिक्षा विधेयक अगाडि बढाएपछि कांग्रेसले संसद अवरुद्ध पर्दै आएको […]

सभामुख र उपसभामुखको राजीनामाको विषयमा संसदमा जुहारी

३० जेठ, काठमाडौं । सभामुख र उपसभामुखमध्ये एकजनाले राजीनामा दिनुपर्ने वा नपर्ने विषय संदमा प्रवेश गरेपछि सत्तापक्ष र प्रतिपक्षबीच दोहोरी चलेको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर एउटै पार्टी बनेकाले सभामुख र उपसमुख फरक दलको हुनुपर्ने संवैधानिक प्रावधान लागु गर्न नेपाली कांग्रेसले माग गरेको छ । तत्कालीन माओवादीबाट निर्वाचित बनेका सभामुख […]

प्रदेश २ को संसद बैठक आज

२५ फागुन, जनकपुर । प्रदेश नम्बर २ प्रदेशसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि डाकिएको प्रदेश संसद सचिवालयले जनाएको छ । आजको प्रदेशसभा बैठकका कार्यसूची कार्य व्यवस्था परामर्श समितिकाको बैठकले तय गर्ने सचिवालयले जनाएको छ । प्रदेश सभाका सभामुख संयोजक रहेको कार्य व्यवस्था परामर्श समितिको बैठक प्रदेशसभा बैठक अघि बस्ने प्रदेश […]

संसदको राजनीतिक दृश्य : कोही फकाउने, कोही निदाउने !

२२ फागुन, काठमाडौं । सोमबारबाट सुरु भएको प्रतिनिधिसभाको अधिवेशनको दोस्रो दिन मंगलबार दलका शीर्षनेताहरुले रोष्टमबाट सम्वोधन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिने कार्यक्रम थियो । तर, प्रधानमन्त्रीलाई धन्यवाद दिने आफ्नो सम्वोधनमै नेताहरुवीच ‘साम-दाम…’ नीतिसमेत प्रयोग गर्ने प्रयासहरु भए । संसदमा शीर्षनेताहरुको सम्वोधन सुन्दा अब देशका प्रमुख राजनीतिक दलहरुका एजेण्डा के हुन् भन्ने अनुमान लगाउन […]

प्रतिनिधिसभाको पहिलो बैठकः अन्तरिम कार्यविधि पारित

२१ फागुन, काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकले आफ्नो अन्तरिम कार्यविधि पारित गरेको छ । सोमबार बानेश्वरमा बसेको बैठकले कार्यविधि पास गरेको हो । त्यसक्रममा नेमकिपाका सांसद प्रेम सुवालले छलफल नै नभई पास गर्न खोजेको भनेर नियमापत्ति गरेका थिए । तर, जेष्ठ सदस्यको हैसियतमा सभा सञ्चालन गरेका महन्थ ठाकुरले नियम नै नबनेको अवस्था कसरी नियमापत्ति भन्दै […]

तयारी नपुगेको भन्दै प्रदेश ६ को संसद बैठक स्थगित

९ फागुन, काठमाडौं । बुधबारका लागि बोलाइएको प्रदेश ६ को संसद बैठक स्थगित भएको छ । तयारी पूरा नभएका कारण सूचना टाँस गरी १२ गतेका लागि बैठक स्थगित गरिएको हो । बुधबारको बैठकमा मुख्यमन्त्री तथा मन्त्रीहरु नियुक्तिबारे संसदमा जानकारी गराउने लगायतका कार्यसूची थियो । साथै प्रदेशको नाम र राजधानीबारे पनि छलफल गर्ने कार्यसूची राखिएको थियो […]

प्रदेश ४ : पहिलो बैठक सवा घन्टाको

२१ माघ, पोखरा । प्रदेश नम्बर ४ को पहिलो बैठक सवा घन्टाको हुने भएको छ । सोमबार ११ बजेलाई तोकिएको प्रदेश सभा बैठक तयारी गर्न शनिबार बसेको सर्वदलीय बैठकले सवा घन्टाको कार्यसूची तयार गरेको हो । प्रदेश प्रमुखको पत्र पाठ गरेर सुनाएसँगै प्रदेश सभा कार्य सञ्चालन आन्तरिक कार्यविधि पारित गर्ने, सांसदलाई शुभकामना राख्न दिने, अध्यक्ष […]

संसदको विशेष बैठक भोलि, बाटो खर्च दिएर सांसदहरुलाई विदा गरिने

२७ असोज, काठमाडौं । व्यवस्थापिका संसदका ५९२ सांसदहरु शनिबार मध्यराति १२ बजेपछि भूतपूर्व हुने भएका छन् । बिजनेसका हिसाबले संसदको शुक्रबारको बैठक अन्तिम भएपनि शनिबार विशेष बैठक राखिएको छ, जहाँ सांसदहरुलाई विधिवत बिदाई गरिने भएको छ । सभामुख ओनसरी घर्तीले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गरेपछि शनिबार अपरान्ह संसदको विशेष विदाई बैठक राखिएको सभामुखका प्रेस […]

एमालेको अगुवाईमा संसदमा नाराबाजी, महाअभियोग माथि छलफल हुन सकेन

२२ बैशाख, काठमाडौं । नेकपा एमालेका अगुवाईमा विपक्षी दलका सांसदहरुले व्यवस्थापिका संसद बैठक अवरुद्ध पारेका छन् । शुक्रबार दोस्रो पटक बसेको संसद बैठकमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल गर्ने कार्यसूची थियो । बैठक सुरु भए लगतै एमाले सांसदहरु उठेर विरोध गरे तर, सभामुखले महाअभियोग प्रस्तावका प्रस्ताव मीन विश्वकर्मालाई प्रस्ताव पेश गर्न समय […]

हाजिरी गर्ने सांसद ४०४: करीव तीन सय सांसद टाप कसेपछि बैठक नै स्थगित

  २५ पुस, काठमाडौं । सांसदहरु हाजिर गर्दै टाप कसेपछि संसदमा गणपूरक संख्या समेत नपुगेर सभामुख ओनसरी घर्तीले बैठक आघा घण्टा स्थगित गर्नु परेको छ । स्थानीय तहको निर्वाचन सम्बन्धी बिधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्तावको छलफलपछि पारित गर्ने क्रममा गणपूरक संख्या नपुगेपछि सोमबार स्थगित भएको हो । नेपाल मजदूर किसान पार्टीका सांसद डिल्लीप्रसाद काफ्लेले गणपूरक […]

संविधान संशोधन विधेयक ल्याए संसद अवरुद्ध गर्ने विपक्षी ९ दलको निर्णय

२४ पुस, काठमाडौं । नेकपा एमालेसहितका विपक्षी ९ दलले संसद बैठकमा सरकारले निर्वाचनसम्वन्धी विधेयकहरु ल्याए पेश गर्न दिने निर्णय गरेको छ । तर, संविधान संशोधन विधेयक भने अघि बढ्न नदिने पुरानै अडान दोहोर्‍याएका छन् । संसदको बैठक आज दिउँसो बोलाइएको छ । त्यसअघि बसेको विपक्षी ९ दलको बैठकले सर्वोच्चको आदेशको सम्मान गर्दै निर्वाचनसम्वन्धी विधेयक अघि […]

सभामुखले बोलाइन् पाँच दलका शीर्ष नेताको बैठक

२४ पुस, काठमाडौं । सभामुख ओनसरी घर्तीमगरले प्रमुख पाँच दलका शीर्ष नेताहरुको बैठक बोलाएकी छन् । ६ दिनको स्थगनपछि आज आइतबार बस्न लागेको संसद बैठक अघि सभामुखले शीर्ष बैठक आह्वान गरेकी हुन् । अपरान्ह १ बजे प्रमुख पाँच दल कांग्रेस, एमाले, माओवादी, राप्रपा र फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको बैठक संसद भवनमा बस्दैछ । त्यसअघि कार्यव्यवस्था […]

विपक्षी सदन खुलाउन सकारात्मकः संसद बैठक २४ गतेसम्मलाई स्थगित

१९ पुस, काठमाडौं । सर्वोच्च अदालतको आदेशसँगै संसदको अवरोध अन्त्य हुने संकेत देखिएको छ । व्यवस्थापिका संसदको मंगलबारको बैठक स्थगित गरी पुस २४ गते राख्न संसदको कार्य व्यवस्था परामर्श समितिले सभामुख ओनसरी घर्तीलाई सुझाव दिएपछि सूचना टाँसेर बैठक स्थगन भएको छ । परामर्श समिति बैठकमा सभामुखले कानुनमन्त्री अजयशंकर नायकले बोल्न खोज्दा उनलाई रोकेर दलका नेताहरुलाई […]

संसद बैठक फेरि पनि अबरुद्ध, चार बजेसम्म स्थगित

१८ पुस, काठमाडौं । नेकपा एमाले लगायतका विपक्षी दलहरुले व्यवस्थापिका संसदको बैठक सोमबार पनि अवरुद्ध पारेका छन् । सांसदहरु आ-आफ्नो ठाउँमा उँभिएर अवरोध गरेपछि सभामुख ओनसरी घर्तीमगरले अपरान्ह चार बजेसम्मका लागि बैठक स्थगित गरेकी छन् । यो समय अवधिमा सभामुख घर्तीले सहमतिको प्रयास गर्ने संसद सचिवालयले जनाएको छ । उनले दलहरुलाई सहमतिको छिटो पुग्न संसदको […]

संसद बैठक सूचना टाँसेर स्थगित

३० मंसिर, काठमाडौं । व्यवस्थापिका संसदको बिहीबारको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको छ । विहान ११ बजेलाई निर्धारित गरिएको बैठक विशेष कारणबश बस्न नसक्ने भन्दै स्थगित गरिएको सूचना टाँसिएको छ । संसदको अर्को बैठक पुस ४ गते बस्नेछ । संविधान संशोधन विधेयक दर्ता भएदेखि एमालेको नेतृत्वमा विपक्षी पार्टीहरुले निरन्तर संसद अवरोध गर्दै आएका […]

संसद बैठक छठसम्म स्थगित, महाअभियोग प्रस्ताव सिफारिस समितिमै गएन

९ कात्तिक, काठमाडौं । व्यवस्थापिका संसदको बैठक अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा नपठाई छठसम्मका लागि स्थगित भएको छ । संसदको मंगलबारको बैठकमा कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल सुरु भएको थियो । तर, बैठक झण्डै २ घन्टा मात्र चल्यो र सांसदहरुले बोल्ने क्रम नसकिएको भन्दै महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइएन । […]

एमाले सांसदलाई तत्काल राजधानी फर्किन निर्देशन

४ कात्तिक, काठमाडौं । नेकपा एमालेले आइतवार बस्ने संसद बैठकमा अनिवार्य उपस्थितिका लागि सांसदहरुलाई हृवीप जारी गरेको छ । काठमाडौं उपत्यका बाहिर रहेका सांसदहरुलाई पनि तुरुन्तै राजधानी फर्किन एमालेले निर्देशन दिएको छ । विहीबार बस्ने भनिएको संसद बैठक आइतबार बस्ने गरी स्थगित भएको छ । आइतबारको बैठकमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पेश […]

संसदमा सत्ता पक्षबाटै सरकारको बिरोध

१७ भदौ, काठमाडौं ।  व्यवस्थापिका संसदको बिहीबारको बैठकमा सरकारको कामकारबाहीलाई लिएर विरोध भएको छ । विरोध गर्नेमा सत्ता पक्षधर सांसदहरु नै रहेका छन् । उनीहरुले सरकारको कामकारबाहीको आलोचना गरेका छन् । संसदको बैठकमा शून्य र विशेष समयमा बोल्दै सत्ता साझेदार दलकै सांसदले सरकारले कालोबजारी नियन्त्रण गर्न नसकेको, भूकम्पपीडितलाई जाडोमा लगाउने लुगा उपलव्ध गराउन नसकेको र […]