Comments Add Comment

संसद बैठक

List Grid
प्रधानमन्त्रीको चुनाव आज, प्रचण्ड एक्ला उमेदवार

१९ साउन, काठमाडौं । नयाँ प्रधानमन्त्री छनोट गर्न अाज व्यवस्थापिका–संसद् निर्वाचन हुँदै छ । संविधानको धारा २९८ को उपधारा ३ अनुसार संसदमा बुधबार बिहान ११ बजे प्रधानमन्त्रीको निर्वाचन हुन लागेको हो । प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मात्र उम्मेदवारी दर्ता भएको छ । प्रचण्डको प्रस्तावकमा कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा […]

प्रधानमन्त्रीको उम्मेदवारी दर्ता आज

१८ साउन, काठमाडौं । नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा आज उम्मेदवारी दर्ता हुँदै छ । व्यवस्थापिका–संसद्को कुनै सदस्यले आफूलाई नेपालको संविधानको धारा २९८ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनी मंगलबार बिहान ११ देखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न पाउने गरी कार्यतालिका तोकिएको छ । उम्मेदवारले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा […]

सहमतीय सरकार गठनको समय आज सकिँदै

१६ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि राजनीतिक दलहरूलाई दिएको समय आज सकिँदै छ । सात दिनभित्र दलहरूले संसदमार्फत सहमतीय सरकार गठन गर्न नसेकेपछि  राष्ट्रपतिले संसद्को सिफारिसमा संविधानको धारा २९८ को उपधारा ३ बमोजिम बहुमतीय सरकार गठनको आहृवान गर्नुपर्नेछ । सहमतीय सरकार गठन हुन नसकेसँगै बहुमतीय प्रक्रियाका आधारमा प्रधानमन्त्री चयन हुने […]

अबको १५ दिनमा नयाँ प्रधानमन्त्री

१० साउन, काठमाडौ ।  अबको दुई सातामा नेपालले नयाँ प्रधानमन्त्री पाउनेछ । राष्ट्रपतिले आदेश गर्ने बाधा अड्काउ फुकाउ संसद्बाट पारित गर्न, दलीय सहमतिका आधारमा प्रधानमन्त्री छान्न पहल गर्ने र सहमति नहुँदा संसदमा निर्वाचन प्रक्रियाबाट नयाँ प्रधानमन्त्री छान्न दुई साता लाग्नेछ । नयाँ प्रधानमन्त्री निर्वाचनका लागि दलहरूबीच यसअघि रहेको संवैधानिक विवादसमेत सरकारले बाधा अड्काउ फुकाउमार्फत खोलेपछि […]

संसद बैठक मंगलबार बस्ने गरी स्थगित

९ साउन, काठमाडौं । व्यवस्थापिका संसदको बैठक मंगलबार बस्ने गरी स्थगित भएको छ । सभामुख ओनसरी घर्तीले मंगलबार बिहान ११ बजेसम्मका लागि संसद बैठक स्थगित भएको जानकारी दिएकी हुन् । आगामी बैठकमा संभवतः नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया सुरु हुनेछ । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पदबाट राजीनामा दिएको घोषणा गरेकाले नयाँ […]

संसदमा प्रधानमन्त्री ओलीको जवाफ आज, अविश्वास प्रस्तावमा मतदान हुने

९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलिविरुद्धको अविश्वास प्रस्तावमा आइतबार संसदमा मतदान हुँदैछ । शुक्रबार छलफल थालिएको प्रस्तावमाथि शनिबारसम्म ३४ सांसदले धारणा राखेका छन् । आइतबार दिउँसो २ बजे छलफल सकिने छ र प्रधानमन्त्री ओलीले जवाफ दिएपछि मतदान सुरु हुनेछ । संसद बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ । आइतबार तीनघण्टा अविश्वास […]

अविश्वासको प्रस्तावले तीनै दलमा असन्तुष्टि

९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलिविरुद्ध संसदमा दर्ता अविश्वासको प्रस्तावले प्रमुख तीनवटै दल कांग्रेस, एमाले र माओवादी केन्द्रमा असन्तुष्टि जन्माएको छ । अविश्वासको प्रस्तावको पक्षधर कांग्रेस माओवादी केन्द्रमा मात्र नभइ सत्तारुढ एमालेमा पनि केही प्रभावशाली नेताले अविश्वासको प्रस्ताव प्रक्रियाबोरे पार्टी नेतृत्वसँग असन्तुष्टि जनाएका आजको राजधानी दैनिकमा समाचार छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र […]

माधव नेपालले संसदमा भने- मलाई एमालेसँग पनि चित्त बुझेको छैन

८ साउन, काठमाडौं ।  नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदको रोष्टममा उभिएर आफ्नै पार्टी एमालेको आलोचना गरेका छन् । उनले सरकार संस्थागत रुपमा नभई गुटबाट सञ्चालन भएको गुनासो गरे । व्यवस्थापिका संसदको शनिबारको बैठकमा बोल्दै नेता नेपालले सबै पार्टीहरुमा गुटबन्दी हावी भएको भन्दै आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई कटाक्ष गरे […]

संसदमा माइक काटिएको हरिबोलले थाहा पाएनन्

८ साउन, काठमाडौं । पूर्व कृषि मन्त्रीसमेत रहेका माओवादी नेता हरिबोल गजुरेल संसदमा बोलिरहेका थिए, समय सकिएपछि उनको माइक काटियो । तर, उनले माइक काटिएको थाहा पाएनन् र निरन्तररुपमा बोलिरहे । माओवादी नेता गजुरेलले प्रधानमन्त्री केपी ओलीको कडा आलोचना गर्दै आफ्नो पार्टीले यसअघि नै असन्तुष्टिका कुराहरु लेखेर दिएको तर नसच्याइएको गुनासो गरे । आफूहरु सरकार […]

व्यवस्थापिका संसदमा रोमाञ्चक बहसका क्षण !

८ साउन, काठमाडौं । विद्यालयमा भए यसलाई वादविवाद प्रतियोगिता भनिन्थ्यो, शुक्रबार व्यवस्थापिका संसदमा भएको वादविवादलाई त्यस्तो कुनै ‘प्रतियोगिता’ भन्न मिल्दैन । तर, यो बहसको सौन्दर्य विद्यार्थीहरुको वाकपटुता परीक्षण भन्दा कम रोचक छैन । शुक्रबार संसदमा माओवादी नेता कृष्णबहादुर महराले बोलेपछि सुरु भएको घोटपेचले राति सुवास नेम्वाङले बोल्दासम्म संसदभित्र र बाहिर एकतमासको रौनक सिर्जना गरिसकेको थियो […]

अविश्वासको प्रस्तावमा आज पनि छलफल

८ साउन, काठमाडौं । यवस्थापिका संसदमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पेश गरेको प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्तावमा आज पनि छलफल हुँदैछ ।  बैठक  विहान ११ बजे बोलाइएको छ ।  भोली अविश्वासको प्रस्तावमा छलफल सकिएसँगै  प्रधानन्त्री ओलीले जवाफ दिने छन् र प्रस्तावमापथि मतदान हुनेछ । शुक्रबारको बैठकमा अविश्वासको प्रस्ताव टेबुल गर्दै माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले […]

बजेटसँग सम्बन्धित प्रस्ताव अस्वीकृत, के हुन्छ कर र ऋण ?

८ साउन, काठमाडौं ।  शुक्रबार व्यवस्थापिका संसदमा बजेटसँग सम्बन्धित तीन प्रस्ताव बहुमतले अस्वीकृत भए । सिद्धान्ततः आर्थिक विधेयक संसदबाट अस्वीकृत हुँदा सरकारले राजश्व उठाउन पाउँदन । यस्तै, राष्ट्र ऋण विधेयक पारित नहुँदा सरकारले आन्तसिरक ऋण उठाउन पनि पाउँदैन भने ऋण तथा जमानत विधेयक पारित नहुँदा सरकारले विदेशी दार्त निकाय र मुलुकसँग ऋण लिन पनि सक्दैन […]

अविश्वासको प्रस्ताव फिर्ता नलिने कांग्रेस, माओवादी र मधेसी मोर्चाको निर्णय (भिडियोसहित)

७ साउन, काठमाडौं । नेपाली कांग्रेस, माओवादी र मधेसी मोर्चाले प्रधानमन्त्रीविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता नलिने निर्णय गरेका छन् । साथै उनीहरुले अब प्रधानमन्त्रीको राजीनामा नमाग्ने भन्दै अविश्वासको प्रस्तावलाई प्रक्रियामा अघि बढाउन माग गरेका छन् । शुक्रबार बिहान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठक बसेको थियो । बैठकले तीन […]

LIVE संसद बैठक (भिडियोसहित)

व्यवस्थापिका संसदको बैठक सुरु भएको छ । संसद बैठकमा बजेट आश्रित विधेयक पेश गर्ने र त्यसपछि अविश्वासको प्रस्ताव पेश हुने कार्यसूची छ ।

सहमति नभए पनि आज संसद चल्नुपर्छः कांग्रेस-माओवादी

७ साउन, काठमाडौं । सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले आज व्यवस्थापिका संसद बैठक बस्नुपर्ने बताएका छन् । साथै उनीहरुले अविश्वासको प्रस्तावमाथि छलफल गर्नु पर्ने अडान दोहोर्‍याएका छन् । बिहीबार प्रमुख दलहरुबीच सहमतिको प्रयास सुरु भएपछि संसद बैठक बस्दै नबसेर स्थगित भएको थियो । आजको बैठक दिउँसो २ बजे […]

सहमतिको प्रयासमा प्रमुख दलहरुको बैठक बस्दै

७ साउन, काठमाडौं । सहमतिको प्रयासमा प्रमुख दलहरुको बैठक बस्दैछ । संसद बैठकअघि मध्याहृन १२ बजे  बैठक बोलाइएको छ । बैठकमा सहमतिको प्रयास हुने नेताहरुले बताएका छन् । प्रमुख दलहरुको हिजोको बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेलले अविश्वासको प्रस्ताव फिर्ता लिने र प्रधानमन्त्रीले राजीनामा दिने प्रस्ताव पेश गरेका थिए । र, यसलाई सकारात्मक भनेका छन् ।

संसद बैठक बस्दै, सहमति जुटाउन दलहरु प्रयासरत

७ साउन, काठमाडौं । बजेट वा अविश्वासको प्रस्ताव मध्ये संसदमा कुन विषयमा पहिला छलफल गर्ने भन्नेमा दलहरुबीच  कुरा मिल्न नसक्दा बिहीबार संसदको बैठक बस्न सकेन । र, आज २ बजेका लागि बैठक बोलाइएको छ । ३१ असारमा स्थगित बैठक ६ साउनका लागि बोलाइएको थियो । दलबीच सहमति नबनेपछि बिहीबार बिहान ११ बजेको बैठक दिउँसो २ […]

एमालेले निहुँ खोज्न आए सामना गर्न सांसदहरुलाई शेरबहादुरको निर्देशन

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेले जहिले पनि निहुँ खोज्ने गरेको बताएका छन् । साथै उनले संसदमा अविश्वासको प्रस्ताव पास गर्ने क्रममा एमाले निहुँ खोज्न आए मुकाविला गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् । कांग्रेस संसदीय दलको बिहीबार विहान बसेको बैठकको सुरुमा प्रमुख सचेचक चिनकाजी श्रेष्ठले एमाले सांसदहरुले रोष्टम घेर्दा कुनै […]

दलहरुबीचको विवादले संसद बैठक अनिश्चित

६ साउन, काठमाडौं । बजेटका विधेयकमाथि छलफल गर्ने कि अविश्वासको प्रस्तावमाथि  संसदमा छलफल गर्ने भन्ने विषयमा दलहरु आ आफ्नै अडानमा रहेपछि आज बोलाइएको संसद बैठक अनिश्चित बनेको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संसदमा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेकाले पहिले तय भएको संसदको कार्यसूचिमा छलफल हुन नसक्ने अडान राखेका छन् । उता […]

संसद बैठक २ बजेसम्म स्थगित, शीर्ष नेताको बैठक जारी

६ साउन, काठमाडौं । सभामुख ओनसरी घर्तीको कार्यकक्षमा बसेको शीर्ष नेताहरुको अनौपचारिक बैठकपछि व्यवस्थापिका संसदको बैठक ३ घण्टाका लागि स्थगित भएको छ । विहीबार बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको हो । यसवीचमा शीर्ष नेताहरुले सभामुखसँग छलफल जारी राखेका छन् । सभामुख ओनसरी घर्तीले विहीबार बिहान प्रधानमन्त्री केपी शर्मा […]

दलहरुका अडानले संसद बैठक अनिश्चित

३१ असार, काठमाडौं । ब्यवस्थापिका संसद बैठक आज बोलाईएको छ । बुधबार बोलाइएको बैठक बस्न नसकेपछि सूचना टाँस गरी आज १ बजेको लागि सारिएको थियो । बुधबारको बैठकमा संसदले विनियोजन विधेयक पारित गरेपनि बजेटसँग सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पारित गर्ने कार्यतालिका रहेपनि बैठक बस्न सकेन । सत्तासाझेदार […]