Comments Add Comment

सप्तरी

List Grid
शिक्षकले अश्लील व्यवहार गरेको भन्दै अभिभावकद्वारा स्कुल बन्द

१४ माघ, सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका- ३ तरहीस्थित जनता माध्यमिक विद्यालयका शिक्षकले छात्रासँग अश्लील व्यबहार गरेको भन्दै अभिभावकले कारवाहीको माग गरेका छन् । विद्यालयमा निमावि तहमा कार्यरत शिक्षक ओमप्रकाश यादवले कक्षा ८ मा अध्ययनरत बालिकासँग अश्लील व्यबहार गरेको अभिभावकले बताएका छन् । गत सोमबार चौथो घण्टीको समयमा शिक्षक यादवले आफूसँग अश्लील व्यवहार गरेको बालिकाले […]

ओली समूहको कार्यक्रम बिथोल्न खोजेको भन्दै प्रचण्ड–माधव समूहका कार्यकर्ता पक्राउ

८ माघ, सप्तरी । नेकपा (ओली समूह) ले सप्तरीमा गर्न लागेको कार्यक्रम बिथोल्न खोजेको आरोपमा प्रचण्ड–माधव समूहका सात जना कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ओली समूहका नेता महेश बस्नेतको नेतृत्वमा बिहीबार सप्तरीमा मोटरसाइकल र्‍याली र प्रशिक्षण कार्यक्रम हुँदैछ । उक्त कार्यक्रमलाई बिथोल्न खोजेको भन्दै प्रहरीले बिहीबार बिहान प्रचण्ड–माधव समूहका छेदी रजक, बिनोद यादव, वडा […]

साँढेको आक्रमणबाट वृद्धाको मृत्यु

२८ पुस, सप्तरी । सप्तरीमा साँढेको आक्रमणबाट एक जना वृद्धाको ज्यान गएको छ । जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर २ निवासी ८० वर्षीया दुर्गीदेवी साहको साँढेको आक्रमणमा मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घर अगाडि बाटोमा हिंडिरहेको अवस्थामा सार्वजनिक रुपमा छाडिएको साँढेले पछाडिबाट आक्रमण गर्दा साह गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि […]

सप्तरीमा करेन्ट लागेर हात्तीको मृत्यु

२५ पुस, राजविराज । सप्तरीमा अर्काे हात्तीको पनि करेन्ट लागेर मृत्यु भएको छ । योसँगै डेढ महिनाभित्र करेन्ट लागेर दुई हात्तीको मृत्यु भएको छ । पछिल्लो पटक खडक नगरपालिकामा एउटा हात्तीको करेन्ट लागेर मृत्यु भएको छ । हात्तीको आतंकविरुद्ध नगरपालिकाको वडा नम्बर ४ अमहामा स्थानीयले जोडेको विद्युतीय धरापमा परी शनिबार बिहान हात्तीको मृत्यु भएको प्रहरीले […]

हुलाकी पुल निर्माणमा भारतीय पक्षको अवरोध

२३ पुस, राजविराज । सप्तरीको खडक खोलाको पुल निर्माणमा भारतीय पक्षले अवरोध पुर्याएको छ । हुलाकी सडक आयोजना अन्तर्गत डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ कटैयामा निर्माण थालिएको खड्क खोलाको पुलमा भारतीय सीमा सुरक्षा बदल (एसएसबी)ले अवरोध पुर्याएको हो । हुलाकी आयोजनाले ८ माघ २०७६ मा इलाइट कन्स्ट्रक्सन प्रालि काठमाडौंसँग यो पुल निर्माणका लागि सम्झौता गरेको […]

सप्तरीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

२१ पुस, रा जविराज । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा आज बिहान ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका-१ का ३५ वर्षीय रामकुमार खत्वे मण्डल रहेको प्रहरी उपरीक्षक राजेन्द्र धमलालले जानकारी दिए । ठक्करबाट गम्भीर घाइते भएका मण्डलको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ […]

सप्तरीमा राजावादीको जुलुसमा दलका युवाको अवरोध, ब्यानर जलाइयो

१४ पुस, सप्तरी । राजातन्त्र र हिन्दु राष्ट्रको माग गर्दै सप्तरी सदरमुकाम राजविराजमा राजावादीले निकाल्न लागेको र्‍यालीमा अवरोध भएको छ । स्थानीय शिव मन्दिर प्राङ्गणबाट र्‍याली निकाल्न सुरु गर्नुअघि नै नेकपा, कांग्रेस र जसपाका युवाहरुले अवरोध गरेका हुन् । राजा र हिन्दु राष्ट्रको पक्षमा प्ले कार्ड, व्यानर र राष्ट्रिय झण्डा बोकेर र्‍याली निकाल्न लागेको सूचना […]

सप्तरीमा आफ्नै पार्टीका कार्यकर्ताले जलाए प्रधानमन्त्रीको पुत्ला

५ पुस, सप्तरी । सप्तरीमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । संसद विघटन गरेको विरोधमा सदरमुकाम राजविराजमा नेकपाका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् । संसद विघटन गरेर ओलीले असंवैधानिक कदम चालेको उनीहरुको भनाइ थियो । उनीहरुले राजविराजको मदन चोकस्थित नेकपा पार्टी कार्यालयबाट […]

ट्याक्टरको ठक्करबाट मृत्यु भएका बालकको शव परालको थुप्रोमा भेटियो

३ पुस, सप्तरी । ट्याक्टरको ठक्करले मृत्यु भएका बालकको शव परालको थुप्रोमा लुकाएको अवस्थामा फेला परेको छ । बिहीबार दिउँसोदेखि बेपत्ता भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका ६ बर्षीय बालक आनन्द मुखियाको शव परालको थुप्रोमा फेला परेको प्रहरीले जनाएको छ । बिहीबार बेलुका घरबाहिर खेल्न निस्केका स्थानीय रोहित मुखियाका छोरा आनन्द वेपत्ता भएका थिए । […]

प्रदेश २ मा महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु

३० मंसिर, सप्तरी । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको छनौटका लागि सप्तरी सदरमुकाम राजविराजमा प्रदेश २ स्तरीय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता मंगलबारदेखि शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन सिराहा र महोत्तरी टिम विजयी भएको छ । स्थानीय राज रंगशालामा भएको खेलमा सिराहाले सप्तरीलाई र महोत्तरीले बारालाई पराजित गरेको हो । पहिलो खेलमा टस जितेर […]

हात्ती देखेपछि भाग्दा लडेर वृद्धको मृत्यु

२९ मंसिर, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका– ३ मा हात्ती देखेर भागेका एक वृद्धको लडेर मृत्यु भएको छ । दौलतपुरका ७० बर्षीय सीताराम साह हात्तीलाई देखेर भाग्न खोज्दा लडेर बेहोस भएको र सोही क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार राति १ बजे पिसाब गर्न घरबाहिर निस्केका साह जंगलबाट आएको २ वटा हात्ती देखेर […]

दौलतपुरमा आगो आतंक, दैनिक १० ठाउँमा आगलागी हुनुको कारण के हो ?

२९ मंसिर, सप्तरी । तराई-मधेशका जिल्लामा आगलागीका घटनाहरु बढी हुने गर्दछ । खासगरी हावाहुरीको समयमा सावधानी नअपनाउँदा आगलागीका घटना भएर कतिपय गाउँ नै सखाप हुने गर्छ । अर्काे लामखुट्टे धपाउन बालिएको घुरबाट समेत आगलागीका घटना धेरै हुने गरेको छ । तर, सप्तरीको सुरुंगा नगरपालिकामा न त आगोजन्य सामग्रीबाट कुनै लापर्वाही गरिएको छ । न त […]

पाठेघरको जटिल शल्यक्रियाबाट सप्तरीमा जोगियो महिलाको ज्यान

२६ मंसिर, सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–११ कि सुनीतादेवी यादवलाई २१ मंसिरको दिउँसो एक्कासी पेट दुख्न थाल्यो । एकछिनमा ठीक भइहाल्ला नि भनेर उनले वास्ता गरिनन् । दुखाई बढ्दै गएपछि उनलाई परिवारका सदस्यले साँझतिर राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुर्‍याए । डेढ महिनाको गर्भवती उनको जाँच गर्दा चिकित्सकहरु पनि दंग परे । उनको पाठेघद्धरमा नभई […]

सप्तरीमा माहुरीको टोकाइबाट गर्भवतीको मृत्यु

१७ मंसीर, जनकपुरधाम । सप्तरीमा माहुरीको टोकाइबाट एकजना गर्भवती महिलाको मृत्यु भएको छ । जिल्लाको रुपनी गाउँपालिका- १ रुपनी बजार निवासी राजेश यादवकी २४ वर्षीया पत्नी रमिलाको मृत्यु भएको हो । घरदेखि झण्डै ५ सय मिटर पश्चिम शम्भुनाथ नगरपालिका १ खोक्सरस्थित आफ्नो खेतबाट र्फकँदै गरेकी महिलालाई मंगलबार दिउँसो माहुरीले टोकेको उनको परिवारको भनाइ छ । […]

कोरोनाका नाममा ब्रम्हलुट : एउटा साबुनको मूल्य ३ हजार ८३१ रुपैयाँ !

४ मंसिर, सप्तरी । ‘एउटा लाइफबोय साबुनको मूल्य कति ?’ बिक्रेताहरुका अनुसार ९५ ग्रामको खुद्रा मूल्य ३० रुपैयाँ र १२५ ग्राम तौल भएको साबुनको ३५ रुपैयाँ पर्छ । तर यही साबुनका लागि सप्तरीको एउटा स्थानीय तहले ३ हजार ८३१ रुपैयाँ ४२ पैसाको बिल बनाएको छ । बोदे बर्साइन नगरपालिकाले कोरोना महामारीका समयमा २ करोड २१ […]

३० रुपैयाँमा पाइने साबुन सप्तरीमा ३८३१ मा खरिद !

४ मंसिर, सप्तरी । ‘एउटा लाइफव्याय साबुनको मूल्य कति ?’ बिक्रेताका अनुसार दुई वटा तौलमा आउने यो साबुनको मूल्य ९५ ग्रामको ३० रुपैयाँ र १२५ ग्रामको ३५ रुपैयाँ पर्छ । ३० रुपैयाँ र ३५ रुपैयाँ पर्ने साबुनको मूल्य ३ हजार ८ सय परेको सुन्दा पक्कै आश्चर्य लाग्छ । सप्तरीको बोदे बर्साइन नगरपालिकाले कोरोना महामारीको समयमा […]

सप्तरीमा ५० शैय्याको अस्पताल शिलान्यास

३ मंसिर, सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा ५० शैय्याको अस्पताल शिलान्यास गरिएको छ । नगरपालिकाको वडा नम्बर १ भारदहमा बुधबार अस्पतालको शिलान्यास गरिएको हो । प्रदेश २ सरकारको लगानीमा निर्माण हुन लागेको अस्पतालको एक कार्यक्रमकाबीच सामाजिक विकास मन्त्री नवलकिशोर साहले शिलान्यास गरे । अस्पताल भवनको शिलान्यास गर्दै मन्त्री साहले प्रदेशमा स्वास्थ्य र शिक्षा क्षेत्र […]

जिउँदै फालिएको अवस्थामा शिशु भेटियो

२८ कात्तिक, सप्तरी । सप्तरीको बोदे बर्साईन नगरपालिकामा शुक्रबार भर्खरै जन्मिएको शिशु फालिएको अवस्थामा फेला परेको छ । वडा नम्बर ५ जाँजरस्थित खडक खोलामा फालिएको अवस्थामा नवजात शिशु फेला परेको प्रहरीले जनाएको छ । फेला परेका शिशु छोरा हुन् । शिशु २४ घण्टाअघि जन्मिएको जस्तो देखिएको इलाका स्वास्थ्य चौकी बोदे बर्साईनका प्रमुख एयुब राईनले बताए […]

किसानको धान गाउँपालिकाले निःशुल्क काटिदिने

२६ कात्तिक, सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले किसानको धान निःशुल्क काट्न शुरु गरेको छ । मजदुर लगाएर काट्नुपर्ने झन्झटबाट किसानलाई मुक्ति दिनका लागि गाउँपालिकाले आफ्नो ट्याक्टरको प्रयोग गरेर धान काट्न शुरु गरेको हो । गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले गाउँपालिकाले खरिद गरेको चार वटा ट्याक्टरको प्रयोग गरी मंगलबारदेखि किसानको धान काटिदिन थालेको बताए । ८ […]

कारको ठक्करबाट वृद्धको मृत्यु

१२ कात्तिक, राजविराज । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कंचनरुप नगरपालिका वडा नं. २ बरमझिया निवासी ७५ वर्षीय तिलक सुरेत रहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरिक्षक नरेश कुमार सिँहले जानकारी दिए । पूर्वबाट पश्चिम जाँदै गरेको बा १८ च […]

सप्तरीमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

१० कात्तिक, सप्तरी । सप्तरीमा सोमबार दिउँसो भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको कंचनरुप नगरपालिका वडा नम्बर ८ स्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । सप्तरी प्रहरीका प्रवक्ता भुवनेश्वर साहका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १० प ९१३१ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको हो […]