Comments Add Comment

सप्तरी

List Grid
‘बलात्कारी जोगाउन पञ्चायती बसाउन पाइँदैन’

२५ असोज, सप्तरी । बलात्कारको घटनामा पञ्चायतीको माध्यमले उन्मुक्ति दिने कार्य बढेको भन्दै सप्तरीमा आइतबार विरोध प्रदर्शन भएको छ । युवाहरुको एक समूहले बलात्कार गर्नेलाई कानुन अनुसारको कारवाही गराउनुको सट्टा पञ्चायती बसाएर उन्मुक्ति दिन खोजेको भन्दै विरोध जनाएका हुन् । सदरमुकाम राजविराजस्थित शिव मन्दिर प्राङ्गणबाट सुरु भएको विरोध जुलुसले नगरको विभिन्न भाग परिक्रमा गरेको थियो […]

प्रहरी र जनप्रतिनिधिको दबाबमा बलात्कार घटनामा मिलापत्र

१६ असोज, जनकपुरधाम । बलात्कारको घटना मिलापत्रमा टुंग्याउनु कति घातक हुँदो रहेछ भन्ने बझाङकी सम्झना बिकको निर्मम हत्याले देखाइसकेको छ । गत साउनमा भएको बलात्कार घटना ५०० रुपैयाँ जरिवाना लिएर मिलापत्र गर्दा तिनै व्यक्तिले पछि १२ वर्षीय सम्झनाको बलात्कारपछि हत्या गरेको खुलेको थियो । पञ्चायतले प्रहरीमा जान नरोकेको भए डाक्नेश्वरी नगरपालिका–७, ब्रहमपुरकी संगीता मण्डलको पनि […]

बीपी प्रतिष्ठानमा सप्तरीका ३९ वर्षीय युवकको मृत्यु

१४ असोज, काठमाडौं । कोरोना भाइरसबाट संक्रमित सप्तरीका ३९ वर्षीय एक युवकको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । राजविराज नगरपालिका–४ का ती युवकको उपचारको क्रममा आज बिहान ३ः१० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । कोरोना संक्रमणको शंका लागेपछि ती युवकलाई विराटनगरको गोल्डेन अस्पतालबाट प्रतिष्ठानमा रिफर गरिएको […]

बीपी प्रतिष्ठान धरानमा सप्तरीका कोरोना संक्रमितको मृत्यु

१० असोज, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका–३ का ६३ वर्षीय पुरुषको आज बिहानपख १ः३० बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । विराट मेडिकल कलेज बिराटनगरबाट रिफर भएर आएका उनी यही असोज ८ […]

सप्तरी प्रहरीले एकैदिन पक्राउ गर्‍यो १५ फरार प्रतिवादी

८ असोज, सप्तरी । जिल्ला अदालतले फैसला सुनाएपछि फरार रहेका १५ जना प्रतिवादीलाई सप्तरी प्रहरीले एकैदिन पक्राउ गरेको छ । पक्राउ पर्नेमा दम्पतिदेखि ९८ वर्षीय वृद्धसम्मका छन् । जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार पक्राउ पर्नेमा कुटपिट मुद्दामा कैद सुनाइएका ८ जना, कुटपिट अंगभंग मुद्दाका २ जना तथा ज्यान मार्ने उद्योग र कुटपिट, लुटपाट, जालसाजी, केही […]

सप्तरी सिडिओका भान्सेको कोरोना संक्रमणले मृत्यु

८ असोज, सप्तरी । सप्तरीमा कोरोना संक्रमित एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयमा कार्यरत ५५ वर्षीय कार्यालय सहयोगी पुरुषको कोरोना संक्रमणले बिहीबार बिहान ५ बजेतिर मृत्यु भएको हो । गत ३१ भदौमा कोरोना पोजेटिभ देखिएपछि उनी होम आइसोलेसनमा रहँदै आएका थिए । शुरुवाती समयमा ज्वरो देखिए पनि पछिल्लो चार दिन […]

कोरोना संक्रमितको शव १९ घण्टा बित्दा पनि उठेन

५ असोज, सप्तरी । आइतबार साँझ करिब ५ः३० बजे मृत्यु भएकी सप्तरीकी कोरोना संक्रमित महिलाको शव १९ घण्टा बित्दा समेत अझै उठ्न सकेको छैन । आइसोलेसनको खुल्ला प्राङ्गणमा शवलाई राखिएको छ । खुल्ला ठाउँमा राखिएका कारण रातभरको अविरल वर्षाले शव भिज्न पुगेको मृतकका आफन्तले बताएका छन् । बिष्णुपुर गाउँपालिका वडा नम्बर ३ निवासी ६२ वर्षीया […]

संगीतालाई कसले मार्‍यो : बलात्कारी कि गाउँका अगुवाले ?

१ असोज, सप्तरी । १३ बर्ष पहिले रोजगारीका लागि पञ्जाब गएका श्रीमान फर्किएन् । उनले एक छोरा र दुई छोरी एक्लै हुर्काइन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ब्रहमपुरकी रधियादेवी मण्डलले छोरा श्याम, छोरीहरु संगीता र सवितालाई बाबुको अभाव हुन दिइनन् । घरमा गर्जो टार्न गाह्रो भएपछि दुई वर्ष पहिले रधियादेवीका २२ वर्षीय छोरा श्याम मलेसिया गए […]

गाउँका ‘पञ्च’हरुले प्रहरी भेट्न नदिएपछि बलात्कार पीडितद्वारा आत्महत्या

३१ भदौ, सप्तरी । जबरजस्ती करणी सम्बन्धी कसूरकी पीडितले सप्तरीमा आत्महत्या गरेकी छन् । गाउँमै बसेर पञ्चहरुले घटना मिलाउन दबाब दिएर प्रहरी भेट्न नदिएपछि डाकनेशवरी नगरपालिका–७ की १७ वर्षीया किशोरीले मंगलबार आत्महत्या गरेकी हुन् । जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र धमलाका अनुसार प्रहरीले किशोरीको मृत्यु भएपछि मात्र घटनाबारे जानकारी पाएको थियो । लगत्तै घटनाबारे अनुसन्धान […]

सप्तरीमा एकैदिन थपिए ५४ जना कोरोना संक्रमित

३० भदौ, सप्तरी । निषेधाज्ञा हटाएको भोलिपल्टै सप्तरीमा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अदालत, जिल्ला प्रशासनका कर्मचारीसहित ५४ जनामा एकैदिन कोरोना संक्रमण पुष्टि भएको हो । यसमध्ये तीन जना अन्यत्रका छन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणका क्रममा एकैदिन ५४ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय राजविराजले जनाएको छ […]

सप्तरी प्रशासनको कामकाज आजबाट शुरु हुँदै

३० भदौ, सप्तरी । निषेधाज्ञा हटाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले मंगलबार (आज) बाट कामकाज शुरु गर्ने भएको छ । कार्यालयका प्रवक्ता आनन्द ठाकुरका अनुसार नागरिकता र नागरिकताको प्रतिलिपी वितरणबाहेकका सबै कामकाज शुरु हुन लागेको हो । मन्त्रिपरिषदको साउन २६ गतेको बैठकबाट भएको निर्णय र जिल्ला संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले गरेको निर्णयको आधारमा […]

सप्तरी कारागारका थप ९ कैदीबन्दीमा कोरोना संक्रमण

२५ भदा, जनकपुरधाम । सप्तरी कारागारका थप ९ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कारागारका ९ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार ४८, ६२, ३२, २४, ६४, ४० र २५ वर्षका ३ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य […]

चोरी आरोपमा दाजु बहिनीसहित चार जना पक्राउ

२३ भदौ, सप्तरी । सप्तरीमा प्रहरीले चोरी गरिएको नगद तथा विभिन्न सामानसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका ६ बस्ने सैनी भनिने सनिया मण्डल, उनकी बहिनी ज्योति मण्डल, वडा नम्बर ४ का समीम अन्सारी र रुपनी गाउँपालिका ४ बस्ने लाल महम्द राइन छन् । यी चार जनामध्ये सनिया चोरी गर्ने, उनकी […]

सप्तरीको राजविराज नगरपालिकामा मात्र निषेधाज्ञा

२२ भदौ, सप्तरी । सप्तरीको निषेधाज्ञा अब सदरमुकाम रहेको राजविराज नगरपालिका क्षेत्रमा मात्रै सीमित भएको छ । जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले जिल्ला संकट व्यवस्थापन केन्द्रको सिफारिस अनुसार राजविराज नगरपालिकामा आगामी भदौ २९ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । यद्यपी निषेधाज्ञा जारी भएको ठाउँमा खाद्यान्न, तरकारी र फलफूलका पसलहरु बिहान ५ […]

सप्तरी कारागारका ६ जना कैदीबन्दी र दुई प्रहरीमा कोरोना संक्रमण

१९ भदौ, सप्तरी । राजविराजस्थित सप्तरी कारागारका ६ जना कैदीबन्दी र दुईजना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनयता ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएका कैदीबन्दीको स्वाब परीक्षण गराउँदा पोजेटिभ देखिएको कारागारका निमित्त प्रमुख संजय रामले बताए । ५६, २६, २२ र दुई जना ३१ वर्षका तथा एकजना उमेर खुल्न नसकेका पुरुष कैदीबन्दीमा कोरोना […]

कुटपिटबाट घाइते मुसहर दम्पत्ति अस्पतालमा बन्धक

१६ भदौ, सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिका– ६ महुलीका शिवचन्द्र सदा र उनकी पत्नी मलियादेवी झण्डै डेढ महिनादेखि विराटनगरको गोल्डेन अस्पतालमा छन् । कुटपिटबाट घाइते भएका यी दम्पत्ति निको भए पनि पैसा नतिरेको कारण देखाउँदै अस्पतालले घर जान दिएको छैन । उनीहरुले उपचारबापत१ लाख ३० हजार रुपैयाँ तिर्नुपर्ने अस्पतालको भनाइ छ । गत साउन […]

सप्तरी र महोत्तरीमा एक साता लम्बियो निषेधाज्ञा

१५ भदौ, जनकपुरधाम । प्रदेश २ को सप्तरी र महोत्तरीमा पुनः एक साताका लागि निषेधाज्ञाको समय थप गरिएको छ । दुवै जिल्लामा आगामी भदौ २२ गतेसम्म निषेधाज्ञा जारी रहनेछ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित दुवै जिल्लास्तरीय समितिको सोमबार बसेको बैठकले निषेधाज्ञा थप्ने सिफारिस गरेपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले एक […]

सप्तरीमा उच्च ज्वरो र झाडापखाबाट एक युवकको मृत्यु

१५ भदौ, सप्तरी । सप्तरीमा उच्च ज्वरो र झाडापखाला लागेका एक युवकको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका वडा नम्बर १० बदगामा निवासी २५ वर्षीय युवकको आइतबार राति मृत्यु भएको हो । उनलाई पछिल्लो एक साता यता ज्वरो आएको थियो । केही दिन यता झाडापखालाबाट पनि सिकिस्त भएका उनी गाउँमै उपचार गराउँदै आएका थिए । […]

सप्तरीमा एकै दिन परिवारका ११ जनामा कोरोना पुष्टि

१४ भदौ, सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको एकै परिवारका ११ जनामा एकै दिन कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाको वडा नम्बर ९ घर भएका ती परिवारको ११ जना एकै पटक संक्रमित पाइएको नगरपालिकाका स्वास्थ्य संयोजक रामदेव यादवले जानकारी दिए । यो परिवारका एक जना पुरुष गाडी चालक छन् । ३२ बर्षीय उनको गत […]

विद्यालयको ढोकाले चेपिँदा बालकको मृत्यु

१४ भदौ, सप्तरी । सप्तरीमा विद्यालयमा फलामे ढोका खसेर एक बालकको मृत्यु भएको छ । रुपनी गाउँपालिका ४ स्थित आधारभूत विद्यालय छपकीको हालै निर्माण गरिएको फलामको गेट खस्दा सोही विद्यालयका कार्यालय सहायक चन्द्रशेखर प्रमाणीका १४ बर्षीय छोरा भूपेन्द्रको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि रायपुरस्थित युनिक अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको […]

सप्तरीमा कोरोना संक्रमित महिलाको मृत्यु

१४ भदौ, सप्तरी । सप्तरीमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका वडा नम्बर–२ तेतरीगाछी निवासी ६५ वर्षीया महिला छिन् । बिरामी भएपछि शुक्रबार गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी उनको तत्कालै स्वाब संकलन गरिएको थियो । उनको स्वाबको रिपोर्ट शनिबार साँझ पोजेटिभ आएको थियो । तर […]