Comments Add Comment

सभामुख

List Grid
सभामुखको चुनाव २६ गते, भोलिपल्ट प्रधानमन्त्रीले विश्वासको मत लिने

२० फागुन, काठमाडौं । प्रतिनिधिसभाले आगामी शनिबार सभामुख चयन गर्ने भएको छ । प्रतिनिधिसभामा उपस्थित प्रमुख पाँच दलको आइतबार बसेको बैठकले सभामुख र राष्ट्रियसभा अध्यक्षको चुनावका साथै प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यतालिका तय गरेको हो । २६ गते प्रतिनिधिसभाको सभामुखको निर्वाचन हुने तय भएको एमालेका सांसद भानुभक्त ढकालले जानकारी दिए । भोलिपल्ट २७ गते प्रधानमन्त्रीको […]

वाम भागवण्डा : राष्ट्रपति एमाले, सभामुख माओवादी

११ फागुन, काठमाडौं । एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति, सभामुखलगायतका राजकीय पदको भागवण्डा मिलेको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको प्रचण्डको पछिल्लो भेटमा मन्त्रालयसँगै राजकीय पदको भागवण्डा लगभग टुंगिएको माओवादी अध्यक्ष प्रचण्डले बताएका छन् । नेताहरुका अनुसार राष्ट्रपति, राष्ट्रियसभा अध्यक्ष र उपसभामुख एमालेको भागमा परेको छ भने माओवादीले उपराष्ट्रपति, सभामुख र […]

१४ सभामुख र उपसभामुखः कोही ७ पास, कोही हेडसर !

७ फागुन काठमाडौं । देशका सातवटै प्रदेश व्यवस्थापिकाले सभामुखको नेतृत्व पाएका छन् । नेपालको संविधान ०७२ अनुसार सभामुख र उपसभामुख फरक लिङ्ग र फरक पार्टीको हुनुपर्ने भएपछि ७ सभामुखमा पुरुष र ७ उपसभामुखमा महिला छानिएका छन् । प्रदेशसभाको सभामुख र उपसभामुखमा पार्टीका प्रभावशाली नेतादेखि पूर्वमन्त्रीसम्म छन् । नेताका पत्नी र पूर्वकमलरी पनि उपसभामुख बनेका छन् […]

प्रदेश ४ का सभामुखः मीठो खाने सपना, बेतलवी मास्टर !

३ फागुन, पोखरा । उनीसँग बग्रेल्ती सपना थिए । तर, सभामुख बन्छु भन्ने सपना थिएन । थियो त गरिबीबाट कसरी मुक्ति पाइएला भन्ने । गरिबी र अभावबाट गुज्रँदै गर्दा उनले थुप्रैपटक मीठो खाने सपना देखे । अप्ठेरै सही, जीवनलाई कसरी गुजार्न सकिन्छ भन्ने सपना पनि उनले देखेकै हुन् । देखेकै हुन्, अत्तर छर्केको सुकिलो कपडा […]

प्रदेश ४ : सभामुखमा नेत्रनाथ निर्विरोध, पर्सि मुख्यमन्त्रीसँगै सपथ

२ फागुन, पोखरा । प्रदेशसभा ४ को सभामुखमा माओवादी सांसद नेत्रनाथ अधिकारी निर्विरोध भएका छन् । बुधबार मनोनयन दर्ताको दिन अधिकारीको मात्र उम्मेदवारी परेको हो । मनोनयनका लागि बुधबार बिहान साढे १० देखि साढे १२ बजेभित्र मनोनयन दर्ता गर्ने समय तोकिएको थियो । अधिकारीको प्रस्तावकमा माओवादी सांसद हरिबहादुर चुमान र समर्थकमा एमाले सांसद किरण गुरुङ […]

प्रदेशसभा ५ को सभामुखमा पूर्णबहादुर घर्ती निर्विरोध

१ फागुन, बुटवल । प्रदेश ५ को प्रदेशसभा सभामुखमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्विरोध चयन भएका छन् । भोलि बस्ने प्रदेशसभाले यसलाई औपचारिकता दिनेछ । सभामुखका लागि पूर्वी रुकुम प्रदेशसभा (ख) बाट निर्वाचित घर्तीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । प्रदेश ५ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बहुमत छ । […]

अर्जुनबहादुर थापाः ‘हेड सर’देखि प्रदेशसभाको ‘हेड’सम्म

१ फागुन, डोटी । २६ वर्षसम्म स्कुलका ‘हेड सर’ रहेका अर्जुनबहादुर थापा अब प्रदेशसभा–७ का ‘हेड’ अर्थात सभामुख भएका छन् । शिक्षण पेशामा ‘अर्जुन’ ठहरिएका उनी राजनीतिमा चाहिँ ‘बहादुर’ कहलिएका छन् । यो सफलता उनलाई शिक्षण पेशा छाडेर सक्रिय राजनीतिमा लागेको करीब दुई दशकमै हात लागेको हो । ०५५ सालसम्म उनी बझाङको लामातोला माविको प्रधानाध्यापक […]

प्रदेश ६ को सभामुखमा राजबहादुर चयन, उपसभामुखको चुनाव फागुन ५ गते

२९ माघ, सुर्खेत । प्रदेश ६ को सभामुखमा राजबहादुर शाही चयन भएका छन् । आज बसेको प्रदेश संसदको दोस्रो बैठकले शाहीलाई सभामुखमा चयन गरेको हो । सभामुखमा शाहीको एकल उम्मेदवारी परेको थियो । शाही एमालेका तर्फबाट  दैलेख क्षेत्र नं. २ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । सभामुख शाहीलाई आजै अपराहन्न ४ बजे प्रदेश प्रमुख […]

तस्वीरमा प्रदेश ६ का सभामुख राजबहादुर शाहीको सपथग्रहण

२९ माघ,सुर्खेत । प्रदेश ६ को दोस्रो संसद बैठकबाट सोमबार सभामुखमा निर्वाचत भएका सभामुख राजबहादुर शाहीले सपथग्रहण गरेका छन् । सभामुख शाहीले सोमबार अपराहन्न प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट पद तथा गोपनियताको सपथ लिएका हुन् । सभामुखका लागि शाहीको मात्रै उम्मेदवारी परेपछि सोमबारनै सभामुख चयन भएका हुन् । शाही दैलेख क्षेत्र नं. २ (ख) बाट एमालेका  […]

मुख्यमन्त्री मात्र होइन, सभामुख पनि भएनन् महिला

२८ माघ, काठमाडौं । मुलुक संघीयता कार्यान्वयनको अन्तिम चरणमा छ । मुख्यमन्त्री, सभामुख र उपसभामुख चयन प्रक्रिया चल्दै गर्दा प्रमुख दुई पदमा पुग्ने अवसरबाट महिला नेतृहरु वञ्चित भएका छन् । मुलुकले पहिलो मुख्यमन्त्री बनाउने अवसर त गुमाइसकेको छ । सभामुखमा पनि महिला नपुग्ने निश्चित भएको छ । सातै प्रदेशसभाका सभामुखहरु पुरुष नै हुने देखिएको छ […]

प्रदेश ६ को सभामुखमा राजबहादुर शाही निश्चित

१८ माघ, काठमाडौं । दैलेखबाट निर्वाचित सांसद राजबहादुर शाही प्रदेश ६ को सभामुख बन्ने निश्चित भएको छ । एमालेले आफ्नो भागमा परेको प्रदेश ६ को सभामुखको उम्मेदवार शाहीलाई आज उम्मेदवार चयन गरेको हो । शाही दैलेख क्षेत्र नं. २ प्रदेश (ख) बा निर्वाचित सांसद हुन् । सोमबार सभामुखको चुनाव हुने भएपछि एमाले आज शाहीलाई सर्बसम्मत […]

प्रदेश ३ को सभामुखमा सानु श्रेष्ठ निर्विरोध

२७ माघ, हेटौंडा । प्रदेश ३ को सभामुखमा एमाले सांसद सानु श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उनले शनिबार नै प्रदेश प्रमुखसमक्ष पद तथा गोपनियताको सपथ दिएका छन् । शनिबार दिउँसो हेटौंडामा बसेको प्रदेशसभाको बैठकले सांसद श्रेष्ठ सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ । सभामुखका लागि उनको मात्र उम्मेदवारी परेको थियो । उनको प्रस्तावकमा माओवादी केन्द्रका […]

प्रदेश ७ : सभामुखमा एमालेका चार नेताको चर्चा

माघ २५, कैलाली । प्रदेशसभाको पहिलो बैठकले सभामुखको निर्वाचनको मिति तय गरेसंगै प्रदेश ७ मा एमालेभित्र सभामुख को बन्ने भन्ने चर्चा र छलफल शुरु भएको छ । मुख्यमन्त्री माओवादीले लिने र सभामुख एमालेले लिने सहमति भएपछि एमालेका ४ जना सांसद सभामुख बन्ने दौडमा छन् । बझाङका अर्जुनबहादुर थापा, डोटीका पूर्णा जोशी, बैतडीका माया भट्ट र […]

प्रदेश १ को सभामुखमा एमालेका गणेश काङवाङ र उषाकला राईको दाबी

२२ माघ, विराटनगर । प्रदेश १ को प्रदेशसभा सभामुखमा एमालेबाट दुईजनाको दाबेदारी प्रस्तुत भएको छ । प्रदेशसभाको पहिलो बैठकले माघ २९ गते सभामुखको निर्वाचन गर्ने तालिका सार्वजनिक गरेपछि सभामुख को हुने भन्ने चर्चा विराटनगरमा शुरु भएको छ । एमालेको एकल बहुमत रहेको प्रदेश १ मा सभामुख एमालेले पाउने सहमति भइसकेको छ भने उपसभामुख माओवादीले पाउनेछ […]

प्रदेश १ : सभामुखको निर्वाचन २९ गते

२२ माघ, विराटनगर । प्रदेश १ प्रदेशसभाको सभामुख चयनका लागि २९ गते निर्वाचन हुने भएको छ । सोमबार बसेको प्रदेशसभाको पहिलो बैठकले सभामुख निर्वाचनको मिति तय गरेको हो । प्रदेशसभामा वाम गठबन्धनको प्रष्ट बहुमत छ । वाम गठबन्धनमा भएको भागवण्डामा मुख्यमन्त्री र सभामुख दुबै एमालेको भागमा परेको छ । प्रदेशसभाको बैठकले अन्तरिम कार्यविधि पारित गरेको […]

प्रदेश ४ को सभामुख चुन्न फागुन ३ मा चुनाव

२२ माघ, पोखरा । प्रदेश ४ प्रदेशसभाको सभामुख चयनका लागि फागुन ३ गते निर्वाचन हुने भएको छ । सोमबार बसेको प्रदेशसभाको पहिलो बैठकले सभामुख निर्वाचनको मिति तय गरेको हो । प्रदेशसभामा वाम गठबन्धनको प्रष्ट बहुमत छ । वाम गठबन्धनमा भएको भागवण्डामा मुख्यमन्त्री एमाले र सभामुख माओवादी केन्द्रको भागमा परेको छ । प्रदेशसभाको बैठकले अन्तरिम कार्यविधि […]

प्रदेश ७ मा सभामुखको निर्वाचन कार्यतालिका प्रकाशन

२२ माघ, धनगढी । प्रदेश नं ७ प्रदेशसभा सचिवालयले प्रदेशसभाको सभामुखको निर्वाचन कार्यतालिका आज प्रकाशन गरेको छ । आइतबार भएको प्रदेशसभाको पहिलो बैठकले गरेको निर्णयअनुसार आगामी माघ २९ गते दिउँसो १ बजे प्रदेशसभाको सभामुखको निर्वाचन हुन लागेको छ । प्रकाशित कार्यतालिकाअनुसार प्रदेशसभाको निर्वाचनका लागि यही माघ २७ गते दिनको २ देखि ५ बजेसम्म उम्मेदवारी दर्ता, सोही […]

कुन प्रदेशमा कहिले चयन हुँदैछन् सभामुख ?

२१ माघ, काठमाडौं । संविधानप्रदत्त सातवटै प्रदेशको प्रदेशसभाको बैठक धमाधम शुरु भएको छ । प्रदेश नं १ र ४ को पहिलो बैठक सोमबार बस्नेछ । प्रदेश नं ३ को बैठक यसअघि नै माघ १८ गते हेटौंडामा सम्पन्न भइसकेको छ । संघीयता कार्यान्वयनको महत्वपूर्ण आधारका रुपमा रहेको प्रदेशसभाका सबै बैठकले पहिलो चरणमा सभामुख चयनलाई नै पहिलो […]

प्रदेश ६ मा माघ २९ गते सभामुखको चुनाव हुने

२१ माघ, सुर्खेत । प्रदेश ६ को पहिलो बैठक पौने घण्टामै सम्पन्न भएको छ । दिउँसो १ः८ बजेको समयमा सुरु भएको बैठक २ नबज्दै सम्पन्न भएको हो । जेष्ठ सदस्य हिमबहादुर शाहीले सुरु गरेको बैठक एमाले, माओवादी, कांग्रेस र राप्रपाबाट चारजना सांसदले सम्बोधन गरिसकेपछि विभिन्न प्रस्तावहरु पारित गरी सम्पन्न भएको हो । बैठकले कार्यसूचीमा रहेका […]

प्रदेश ५ को सभामुखमा माओवादी नेता पूर्णको दाबी

८ माघ, दाङ । प्रदेश ५ को सभामुखमा पूर्वी रुकुमबाट प्रदेशसभामा निर्वाचित माओवादी केन्द्रका नेता पूर्ण घर्तीमगर ‘आयाम’ले दाबी गरेका छन् । मुख्यमन्त्री एमालेले पाउने अवस्थामा सभामुख माओवादीले पाउनु उनले बताए । ‘माओवादी केन्द्रको पाँच नं. प्रदेशको संयोजक म हुँ, यो प्रदेशकोे सिनिएर भएकाले मेरो दावी हुनु स्वभाविक हो,’ नेता घर्तीले भने, ‘जातीय क्लस्टर मिलाउँदा […]

माओवादीले माग्यो दुई मुख्यमन्त्री र चार सभामुख

३० पुस, काठमाडौं । माओवादी केन्द्रले संयुक्त कार्यदलमा दुई मुख्यमन्त्री र चार प्रदेशसभाका सभामुखको दाबी पेश गरेको छ । आइतबार बसेको दुई दलीय कार्यदलमा माओवादी नेताहरुले आफ्नो प्रस्ताव अघि सारेका हुन् । एमालेले यसबारे अध्यक्षद्धयसँग परामर्श गरेर टुंगोमा पुग्ने जवाफ दिएको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा माओवादी नेताहरुले एमालेले चार र […]