Comments Add Comment

सरुवा

List Grid
करारका कर्मचारीहरुको धमाधम सरुवा !

९ भदौ, चितवन । स्थायी र अस्थायी कर्मचारीहरुको एक कार्यालयबाट अर्को कार्यालयमा र एक जिल्लाबाट अर्को जिल्लामा सरुवा गरेको खबर हामीले सुन्दै र देख्दै आएका थियौं । तर, चितवनमा जिल्ला समन्वय समितिबाट १ वर्षे करार सेवामा कार्यरत कर्मचारीहरुको समेत धमाधम सरुवा गर्न थालिएको छ । जिल्ला समन्वय समितिमा करारमा बसेर काम गरेका कर्मचारीहरुलाई भरतपुर महानगरमा […]

पुरानो मिति राखेर ११ जिल्लाका सीडीओ सरूवा, कहाँ को ?

२१ जेठ, काठमाडौं । गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ११ सहसचिव र १५ उपसचिवको सरुवा गरेको छ । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा गृहले पुरानो मिति राखेर शुक्रबार सरुवा गरेको हो । गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमु्ख बालकृष्ण पन्थीलाई काठमाडौंको सीडीओ बनाइएको छ । काठमाडौंका सीडीओ हिमनाथ दुवाडीले अघिल्लो साता उमेर […]

५९ एसपीको एकसाथ सरुवा (सूचीसहित)

६ मंसिर, काठमाडौं । नेपाल प्रहरीले ५९ जना एसपी (प्रहरी उपरीक्षक)को एकसाथ सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले केही जिल्ला प्रमुखसहित एसपीहरु फेरबदल गरेको हो । भक्तपुर प्रहरी परिसरमा किरण राणालाई पठाइएको छ । यसअघि भक्तपुरको जिम्मेवारी सम्हाल्दै आएकी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान बिभाग अन्तर्गत अपराध अनुसन्धान महाशाखामा सरुवा गरिएको […]

सशस्त्र प्रहरीका ६ एआईजीको सरुवा तथा पदस्थापन

६ असोज, काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका ६ जना एआईजीको सरुवा तथा पदस्थापन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले लामो समयदेखि रोकिएको सशस्त्र प्रहरी बलका एआईजीहरुको सरुवा गरेको हो । प्रशासन विभागमा रहेका सिंहबहादुर श्रेष्ठलाई प्रशासनिक विभागमा सरुवा गरिएको छ भने केहि महिनाअघि मात्रै एआइजी बढुवा भएका शैलेन्द्र खनाललाई मानव स्रोत विभागको जिम्मेवारी […]

असोज १५ भित्र सरुवा गरिसक्ने स्थानीय विकास मन्त्रालयको तयारी, निवेदन दिन आग्रह

६ असोज, काठमाडौं । स्थानीय विकास मन्त्रालयले असोज १५ गतेभित्र आफ्नो मन्त्रालय अन्तरगतका कार्यालयका कर्मचारी सरुवा गरिसक्ने प्रक्रिया अघि बढाएको छ । निजामती सेवा नियमावली अनुसार मन्त्रालयले असोज महिनाभरि मन्त्रालय अन्तरगतको कार्यालयमा कर्मचारीको सरुवा गर्न सक्नेछन् । तर मन्त्रालयले १५ गतेभित्रै सरुवा गरिसक्ने गरी तयारी थालेको छ । मन्त्रालयले सूचना प्रकाशित गरी निजामती ऐनले गरेको […]

यस्तो छ, कर्मचारीलाई अन्तरमन्त्रालय सरुवा गर्ने मापदण्ड

२७ भदौ, काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको अन्तरमन्त्रालय सरुवाको मापदण्ड तयार गरेको छ । मन्त्रालयले सरुवा गर्दा दुर्गम र सेवा प्रवाह गर्ने कार्यालयमा बसेर काम गरेका कर्मचारीलाई पहिलो प्राथमिकतामा राख्ने भएको छ । तर त्यसरी सरुवा गर्दा ती कार्यालयहरु रिक्त नहुनेगरी मात्र सरुवा गरिने मापदण्डमा उल्लेख छ । यस्तै एउटै कार्यालयमा लामो समय बसेका […]

सचिवले आँट नदेखाउँदा कर्मचारी सरुवामा अन्यौल

७ भदौ, काठमाडौं । मन्त्रीको अभावमा सामान्य प्रशासन मन्त्रालयले निजामति सेवा नियमावली अनुसार साउन महिनाभर अन्तरमन्त्रालय कर्मचारी सरुवा गर्नुपर्ने नियमित काम रोकेर बसेको छ । निजामति सेवा नियमावलीअनुसार हरेक वर्ष साउन महिनामा सबै अन्तरमन्त्रालयमा कर्मचारी सरुवाको काम सकिसक्नु पर्नेछ । तर मन्त्रालयका सचिव टंकमणि शर्माले मन्त्रीको उपस्थिति विना कर्मचारी सरुवा गर्ने आँट देखाउन नसक्दा भदौ […]

निजामति कर्मचारीले अनलाइनबाटै सरुवाको निवेदन दिन सक्ने

४ साउन, काठमाडौं । तपाई निजामति कर्मचारी हुनुहुन्छ र सरुवा हुन चाहनु भएको छ भने मन्त्रालय धाइरहनु पर्दैन । तपाईंले घरमै बसी-बसी अब अनलाइनबाटै सरुवाको आवेदन दिन सक्नुहुनेछ । सामान्य प्रशासन मन्त्रालयले सरुवाका लागि अनलाइनबाटै निवेदन दिने व्यवस्था मिलाएको हो । त्यसका लागि सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा रहेको अनलाइन सरुवा निवेदन दर्ता प्रणालीमा गएर निवेदन […]