Comments Add Comment

सशस्त्र प्रहरी

List Grid
पूर्वगृहमन्त्री प्रभाकरले फिर्ता गरे सशस्त्रको टोली र गाडी

१५ जेठ, काठमाडौं । पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आफ्नो सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीको टोली र गाडी फिर्ता गरेका छन् । नेकपा नेतासमेत रहेका प्रभाकरले आफ्नोभन्दा ठूलो राष्ट्र र जनताको सुरक्षा भएकाले बिहीबारबाट गाडीसहित सशस्त्र प्रहरीको टोली फिर्ता गरेको बताए । उनको सुरक्षार्थ गृहमन्त्रालयले सई ईश्वर केसीको नेतृत्वमा आठ जनाको टोली खटाएको थियो । उनीहरुलाई बिहीबार […]

छाङरुमा सशस्त्रको भवन निर्माण प्रक्रिया सुरु

९ जेठ, काठमाडौं । दार्चुलाको छाङरुमा बोर्डर आउट पोस्ट (बीओपी) निर्माणका लागि सशस्त्र प्रहरी बलले प्रक्रिया थालेको छ । सरकारले भवन निर्माणका लागि ११ करोड रुपैयाँ बजेट विनियोजना गरिदिएपछि निर्माण प्रक्रिया अघि बढाउन थालिएको हो । यसका लागि सशस्त्र प्रहरी बलले बिहीबार बोलपत्र आह्वान गरेको छ । अहिले प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली रहेको […]

नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्न झापामा हवाई फायर

३ जेठ, काठमाडौं । झापाको कचनकवल गाउँपालिका-१ घेराबारीमा नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्न सशस्त्र प्रहरीले हवाई फायर गरेको छ । नेपाल-भारत सीमानाको पिल्लर नम्बर १२५/१० मा नेपाल प्रवेश गर्न खोजेका करिब १ सय ५० भारतीयलाई रोक्न सशस्त्र प्रहरीले हवाई फायर गरेको हो । जबर्जस्ती नेपाल छिर्न खोजेका भारतीयले आक्रमणको प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन […]

सशस्त्र प्रहरी निरीक्षकमाथि बलात्कारको आरोप

२ जेठ, वीरगञ्ज । सशस्त्र प्रहरीका एक जना प्रहरी निरीक्षकमाथि बलात्कारको आरोप लागेको छ । पर्साको ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित बोर्डर आउट पोष्ट (बीओपी) का प्रहरी निरीक्षक सागर मल्ल ठकुरीमाथि बलात्कारको आरोप लागेको हो । स्थानीय १४ र १६ वर्षीया दुई जना युवतीलाई ललाई फकाई होटलमा लगेर यौन दुर्व्यवहार गरेको आरोप पीडितका आफन्तले उनीमाथि लगाएका छन् […]

कालापानी नजिक सशस्त्र प्रहरीको बीओपी स्थापना

३१ वैशाख, काठमाडौं । दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । भारतले भूमि अतिक्रमण गरी सडक बनाएको क्षेत्रदेखि नजिकै सशस्त्र प्रहरीले उपस्थिति जनाएको हो । बुधबार सशस्त्र प्रहरीको कार्य एवं सीमा सुरक्षा विभागका प्रमुख एआईजी नारायणबाबु थापाको उपस्थितिमा सशस्त्र प्रहरीको बीओपी स्थापना भएको जनाइएको छ । नेपाली सेनाको एम–१६ […]

भक्तपुरका एक जना कोरोना संक्रमित सशस्त्र प्रहरी रहेको खुलासा

३१ वैशाख, काठमाडौं । भक्तपुरमा भेटिएका दुई जना कोरोना संक्रमितमध्ये एकजना सशस्त्र प्रहरी रहेको खुलेको छ । भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुरका संक्रमित २७ वर्षीय पुरुष सशस्त्र प्रहरी हुन् । रामेछाप स्थायी ठेगाना भएका उनी भक्तपुरको चाँगुनारायण नगरपालिका–१ दुवाकोटबासी हुन् । निलबाराही गणका उनी नेकपा […]

छाङरूमा भाडाको घरमा बस्नेछ सशस्त्रको सीमा सुरक्षा टोली

३१ वैशाख, काठमाडौं । भारतले सीमा अतिक्रमण जारी राखेको बेला दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी इन्सपेक्टरको नेतृत्वमा २५ जनाको टोली आज खटाइँदै छ । सीतापुलमा रहेको सई नेतृत्वको नेपाल प्रहरीको टोलीलाई पनि छाङरूमा लगिँदै छ । छाङरू भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकभन्दा करिब १०–१२ किलोमिटर वरै पर्दछ । बन्दोबस्ती, खाद्यान्न र हातहतियारसहित उनीहरुलाई नेपाली सेनाको […]

कालापानी नजिकै हेलिकप्टरबाट पुर्‍याइँदैछ सशस्त्र प्रहरी

२९ वैशाख, काठमाडौं । लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालमा आक्रोश बढेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीच सडकदेखि संसदसम्म लिपुलेकको विषयमा बहस भइरहेको छ । तर भारतले नेपाली भूमि अक्रिमण गरेको दार्चुलाको त्यही माथिल्लो क्षेत्रमा बार्षौदेखि सरकारको उपस्थिति शून्य छ । कालापानी  नजिकैको छाङरुमा सशस्त्र प्रहरीको […]

सर्लाहीमा भारतीय नम्बरको ट्रकबाट १८ लाख बरामद

२४ वैशाख, काठमाडौं । सर्लाहीको मलंगवा नगरपालिका–२ मा अवैध १७ लाख ९० हजार नेपाली रुपैयाँ र ४ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । भन्सार चेक पोष्टमा खटिएका सशस्त्र प्रहरीले भारतबाट नेपाल प्रवेश गरेको बीआर ३० बीए २४५८ नम्बरको ट्रकलाई जाँच्ने क्रममा स्रोत नखुलेको रकम बरामद भएको हो । पक्राउ पर्नेमा सवारी चालक […]

सुरक्षाकर्मीको आँखा छलेर भारतबाट नेपाल प्रवेश

१८ वैशाख, काठमाडौं । भारतसँग सीमा जोडिएको एक हजार ६ सय ९० किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरीले एक हजार दुई सय १३ वटा अस्थायी पोष्ट स्थापना गरेको छ । यसअघि नेपाल-भारत सीमामा १ सय २० वटा बोर्डर आउट पोष्ट थिए । कोभिड-१९ को महामारी अघि ७ देखि १० किलोमिटरको फरकमा सशस्त्र प्रहरीको उपस्थिति रहे पनि अहिले […]

प्रदेश १ को भारतीय सीमा क्षेत्रमा तीन हजार सशस्त्र प्रहरी परिचालन

३ वैशाख, विराटनगर । नेपालसँग सीमा जोडिएका भारतीय राज्यमा कोरोना भाइरसको संक्रमण बढेपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरीको परिचालन बढाइएको छ । प्रदेश १ मा सशस्त्र प्रहरीले आफ्नो जनशक्तिलाई सीमा क्षेत्रमा नै केन्द्रित गरेको छ । यसअघि दशगजा क्षेत्रदेखि १ किलोमिटर टाढा रहेको सशस्त्रको सुरक्षा पोस्ट दशगजा क्षेत्रमा खडा गरिएको छ । खुला सीमानाका कारण भारतबाट […]

प्रदेश २ मा सशस्त्रका १९ वटा बीओपी थपिँदै

१६ माघ, वीरगञ्ज । सशस्त्र प्रहरीले सीमा सुरक्षा बल थप्ने तयारी गरिरहेको छ । जसअन्तर्गत बाराको दक्षिण झिटकैया, धनुषाको जनक नन्दिनी गाउँपालिका-१ इनर्वामा सीमा सुरक्षा पोष्ट (बोर्डर आउट पोष्ट ‘बीओपी’) स्थापना भइसकेको छ । पर्साको मिर्जापुर, बाराको बेनौली, सप्तरीमा बोधेबसाईन लगायत अन्य १५ स्थानमा बीओपी स्थापना गर्ने तयारी भइरहेको छ । तर सशस्त्र प्रहरीले उचित […]

सशस्त्र प्रहरीले घर घेरेपछि शाहीलाई छाडेर भाग्यो विप्लव समूह

६ पुस, दैलेख । नेकपा विप्लव समूहको अपहरणमा परेका ठाँटीकाँध गाउँपालिका, दैलेखका अध्यक्ष धिरबहादुर शाहीको सशस्त्र प्रहरीले कालीकोटबाट सकुशल उद्दार गरेको छ । शाहीलाई शनिबार राति करिब एक बजेतिर घरमा सुतिरहेकै वेला अज्ञात समूहको अपहरण गरेको थियो । लगातार ढोका ढकढक्याएपछि शाहीकी पत्नी श्रीमती इलाले ढोका खोल्ने वित्तिकै १०/१२ जनाको नकावधारी समूह घरमा पसेको थियो […]

नेपाल प्रहरी र सशस्त्रको क्षेत्राधिकार विवाद बल्झियो

१४ साउन, काठमाडौं । दुवै सुरक्षा निकायमा एउटै ब्याचका महानिरीक्षक भएपछि साम्य भएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको विवाद पुनः बल्झिएको छ । कार्यक्षेत्रको विषयबाट सुरु भएर पानी बाराबारको स्थितिमा पुगेर मथ्थर भएको मनमुटाव तीन वर्षपछि फेरि देखा पर्न थालेको हो । कोषराज वन्त सशस्त्र प्रहरी महानिरीक्षक भएका बेला नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्यालसँग […]

नेपाल प्रहरी र सशस्त्रको क्षेत्राधिकार विवाद बल्झियो

१४ साउन, काठमाडौं । दुवै सुरक्षा निकायमा एउटै ब्याचका महानिरीक्षक भएपछि साम्य भएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको विवाद पुनः बल्झिएको छ । कार्यक्षेत्रको विषयबाट सुरु भएर पानी बाराबारको स्थितिमा पुगेर मथ्थर भएको मनमुटाव तीन वर्षपछि फेरि देखा पर्न थालेको हो । कोषराज वन्त सशस्त्र प्रहरी महानिरीक्षक भएका बेला नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्यालसँग […]

सशस्त्र प्रहरीका चार पूर्वआईजीपीले पाए सफाइ

१५ असार, काठमाडौं । सशस्त्र प्रहरीका चार पूर्वमहानिरीक्षक (आईजीपी)ले भ्रष्टाचारको मुद्दामा सफाइ पाएका छन् । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको इजलासले कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, बासुदेव ओली र सनतकुमार बस्नेतलाई सफाइ दिएको हो । मातहतका कार्यालयमा सामान ढुवानी गर्दा नक्कली विल बनाएर भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो […]

अनौठो सर्पसहित भारतीय नागरिक पक्राउ

२८ जेठ, वीरगञ्ज । सशस्त्र प्रहरीले अनौठो सर्पसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको भगालपुर भोलेनाथनगरी १७ बस्ने २७ बर्षका अमित कुमारलाई पक्राउ गरेको हो । भारतको रक्सौलबाट नेपालतर्फ सर्प ल्याउँदै गर्दा वीरगञ्ज महानगरपालिका१६ भन्सार मुलगेटबाट पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ । दुर्लभ अजिंगर भएको आशंकामा उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरीको भनाइ […]

जब सशस्त्र प्रहरीका सहायक हवल्दारलाई स्थानीयले नियन्त्रणमा लिए…

२१ फागुन, काठमाडौं । काठमाडौं-१५, स्वयम्भुमा मादक पदार्थ सेवन गरेर अपरिचत व्यक्तिको घरमा छिरेका सशस्त्र प्रहरी बलका एक कर्मचारीलाई स्थानीयले नेपाल प्रहरीको जिम्मा लगाएका छन् । सशस्त्र प्रहरीका सहायक हवल्दार शंकर श्रेष्ठ मासपे गरेर स्थानीय दामोदर ढुंगानाको घरमा छिरेपछि चोर भएको आशंकामा उनीहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । महानगरीय प्रहरी वृत्त, स्वयम्भु लैजाने क्रममा […]

अब मिसनमा गएका सशस्त्र प्रहरीको भत्ता कटौती नहुने

१६ माघ, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले युएनको शान्ति मिसनमा गएर फर्कने सशस्त्र प्रहरी कर्मचारीको भत्ता कटौती नगर्ने भएको छ । विगतमा विभिन्न प्रयोजनका लागि १५० डलर रकम कटौती हुँदै आएकामा यो वर्षदेखि व्यक्तिगत भत्ता कटौती नगर्ने व्यवस्था गरिएको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिए । खनालले भने, ‘यसै वर्षबाट संयुक्त राष्ट्रसङ्घको अनुरोधमा […]

कृष्णमोहनलाई बादलको सलाम !

१५ माघ, काठमाडौं । भनिन्छ, राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन् । मंगलबार दिउँसो सशस्त्र प्रहरी बलको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा एउटा यस्तै रोचक दृश्य देखियो । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको कार्यक्रम आरम्भ भएलगत्तै दिवंगत सशस्त्र प्रहरीका कर्मचारीमाथि माल्यार्पण गर्ने कार्यक्रम थियो । ओलीसहित अन्य अतिथिहरुले क्रमशः शालिकमा माल्यार्पण र […]

कृष्णमोहनलाई बादलको सलाम !

१५ माघ, काठमाडौं । भनिन्छ, राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन् । मंगलबार दिउँसो सशस्त्र प्रहरी बलको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा एउटा यस्तै रोचक दृश्य देखियो । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको कार्यक्रम आरम्भ भएलगत्तै दिवंगत सशस्त्र प्रहरीका कर्मचारीमाथि माल्यार्पण गर्ने कार्यक्रम थियो । ओलीसहित अन्य अतिथिहरुले क्रमशः शालिकमा माल्यार्पण र […]