Comments Add Comment

सशस्त्र प्रहरी

List Grid
गुल्मीमा सशस्त्र प्रहरी अब आफ्नै भवनमा

२१ फागुन गुल्मी । सशस्त्र प्रहरी बल गुल्मीको आफ्नै भवन निर्माण भएको छ । भवनको एक समारोहका बीच सोमबार उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) प्रेमकुमार शाहीले जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १२ मा रहेको भवनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अतिरिक्त महानिरीक्षक शाहीले देश […]

यूएन मिसनमा साउथ सुडान जान लागेको टोलीको विदाइ

१५ माघ, काठमाडौं । संयुक्त राष्ट्रसंघको मिसनका लागि साउथ सुडान जान लागेको सशस्त्र प्रहरी बल नेपालको १ सय ८१ सदस्यीय टोलीको बिदाइ गरिएको छ । त्यहाँको फर्म्ड पुलिस युनिट (एफपीयु) को रुपमा खटिन लागेको टोलीलाई सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोक स्वयम्भुमा एक कार्यक्रमका बीच विदाइ गरिएको हो । विदाइ समारोहलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी […]

सशस्त्रका ५ डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस

७ माघ, काठमाडौं । गृह मन्त्रालयको बढुवा समिति सचिवालयले सशस्त्र प्रहरीको ५ जना डिआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको छ । आइतबार बसेको बढुवा समितिको बैठकले ५ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) लाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिसमा पर्नेहरुमा जानकारीराज भट्टराई, सुबोधकुमार अधिकारी, निराकारम विक्रम […]

सशस्त्र प्रहरीमा बेथितिः एआईजी थपिएको थपियै, एसपी र डीएसपी खोई ?

६ माघ, काठमाडौं । सरकारले ३० पुसमा सशस्त्र प्रहरीमा पाँच एआईजीको दरबन्दी थप गर्ने निर्णय लियो । हतारमा त्यसको प्रक्रिया पनि शुरु भयो । तर, करिब पाँच वर्षदेखि खाली रहेका ३० एसपीको दरबन्दी पूर्ति गर्न न संगठन प्रमुखको चासो देखिन्छ, न त गृह मन्त्रालयकै । संविधानले संघीय सुरक्षा फौजको रुपमा परिभाषित गरेको सशस्त्र प्रहरीमा डीएसपीका […]

सशस्त्र प्रहरीको मुख्यालयमा भएको आगजनीमा हवल्दारकै संलग्नता

११ पुस, काठमाडौं । काठमाडौंको हलचोकमा रहेको सशस्त्र प्रहरीको मुख्यालयमा गत सोमबार राति भएको आलजनीमा सशस्त्र प्रहरीकै अधिकारीको संलग्नता रहेको खुलेको छ । राति साढे १ बजे सशस्त्रको खेल मैदानसँगै रहेको स्टोर भएको भवनमा भएको अागजनीमा सशस्त्रकै प्रहरी हवल्दार रामकृष्ण श्रेष्ठको संलग्नता रहेको खुलेको हो । महानगरीय अपराध महाशाखाको अनुसन्धानले घटनामा श्रेष्ठको संलग्नता देखिएपछि उनलाई […]

सभामुख निवास अगाडि भेटिएको बम सेनाद्वारा निष्कृय

१८ मंसिर, काठमाडौं । सोमबार दिउँसो प्रधानमन्त्री, प्रधानन्यायाधिश र सभामुखको सरकारी निवास रहेको बालुवाटारस्थित ‘भिआइपी’ क्षेत्रमै बम भेटिएको छ । अत्याधिक सुरक्षा व्यवस्था रहेको सभामुखको सरकारी निवास अगाडिनै बम भेटिएको हो । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेकाहरुले राखेको सो बम नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले निष्कृय पारेको छ । यो पनि पढ्नुस् […]

रौतहटमा सशस्त्र र एसएसबीको संयुक्त गस्ती

१५ मंसिर, रौतहट । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा रौतहटमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । भारतसँग सीमा जोडिएको रौतहटमा सशस्त्र प्रहरी बलले छुट्टाछुट्टै चेक प्वाइन्ट राखेर दर्जनौं स्थानमा सवारीसाधन चेकजाँच गरिरहेका छन् भने सिमावर्ती क्षेत्रहरुमा पनि निगरानी बढाइएको छ । सशस्त्रले २६ किलो मिटर लामो खुल्ला सीमानामा भारतीय सीमा सुरक्षा बल […]

निर्वाचनलाई लक्षित गरी नेपाल र भारतको सीमा क्षेत्रमा सुरक्षा गस्ती

१० मंसिर, बिराटनगर । दोस्रो चरण अन्र्तगत मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै नेपाल भारतका सुरक्षाकर्मीहरुले आइतबारदेखि मोरङको दुवै देशको सीमा क्षेत्रमा संयुक्त रुपमा गस्ती सुरु गरेका छन् । निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा भारतीय सुरक्षा बल (एसएसबी) ले संयुक्त रुपमा सुरक्षा गस्ती सुरु गरेको हो । […]

सशस्त्रमा अपारदर्शी खरिद प्रक्रिया, ३ वर्षदेखि सिपाहीले पाएनन् लत्ताकपडा

२३ असार, काठमाडौं । सशस्त्र प्रहरी प्रधान कार्यालयले ३ वर्षदेखि आफ्ना जनशक्तिलाई ‘कब्याट ड्रेस’सहितको अति आवश्यकीय लत्ताकपडा उपलब्ध गराउन सकेको छैन । ठेकेदार र निर्णय प्रक्रियामा संलग्न अधिकारीबीच अपारदर्शी खरिद प्रक्रिया तथा आर्थिक चलखेल हुँदा यस्तो अवस्था देखिएको जानकारहरु बताउँछन् । वर्षैपिच्छे उपलब्ध गराउनुपर्ने बुट, चुस्ता, ट्राउजरलगायत मौसमअनुसारका आधा दर्जन लत्ताकपडा खरिद नहुँदा करिब ३७ […]

जयबहादुर चन्द नेपाल प्रहरीको महानिरीक्षक नियुक्त, सशस्त्रमा सिंहबहादुर श्रेष्ठ

१ फागुन, काठमाडौं । सरकारले डीआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरेको छ । आइतबार बिहान बसेको बैठकले चन्दलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । आईजीपीका दाबेदार चार डीआईजीमा चन्द वरियता क्रममा तेस्रो नम्बरमा थिए । पहिलो नम्बरमा नवराज सिलवाल र दोस्रो नम्बरमा प्रकाश अयार्ल छन् । तर, सत्ता साझेदार नेपाली कांग्रेसका […]

सशस्त्र प्रहरीमा यसरी हुँदैछ नयाँ आइजीपीको खेल

१२ माघ, काठमाडौं । नेपाल प्रहरीले आगामी फागुनमा नयाँ नेतृत्व पाउने विषय निकै चर्चामा छ । त्यही मितिमा अर्को सुरक्षा संगठन सशस्त्र प्रहरी बलमा पनि नेतृत्व फेरिँदैछ । सशस्त्रमा नयाँ आइजीपीका लागि भैरहेको खेल भने खासै चर्चामा छैन । नेपाल प्रहरीका आइजीपी उपेन्द्रकान्त अर्यालसँगै सशस्त्र प्रहरीमा महानिरीक्षक दुर्जकुमार राईले पनि आगामी फागुनमा अवकाश पाउँदै छन् […]

सशस्त्रका आइजीपीबाटै कल्याणकारी कोषको रकम दुरुपयोग

२९ कात्तिक, काठमाडौं । महानिरिक्षकसहितका बरिष्ठ अधिकारीहरुको बिदेश भ्रमणमा पनि सशस्त्र प्रहरीको कल्याणकारी कोषको अनधिकृत भएको पाइएको छ । कल्याणकारी कोष मूलतः भूतपूर्व, अशक्त र कार्यक्षेत्रमा रहँदा निधन भएकाहरुको आश्रति परिवारको हितमा खर्च गर्ने उद्देश्यले स्थापना भएको हो । सशस्त्र प्रहरी महानिरिक्षक दुर्जकुमार राई पछिल्लो समय इटली, अमेरिका तथा इन्टरपोलको बैठकमा सहभागी हुन जाँदा कल्याणकारी […]

सशस्त्र प्रहरीको योजना- ग्यास बुलेटमा लगानी, उपचार कोष स्थापना

११ कात्तिक, काठमाडौं । सशस्त्र प्रहरी बलले बिहीबार बिहान प्रधान कार्यालय हलचोकमा विशेष कार्यक्रम आयोजना गरी आफ्नो १६ औं स्थापना दिवस मनाएको छ । सरकारले २०५७ सालमा सशस्त्र प्रहरी बल स्थापना गरेको थियो । तात्कालिन अवस्थामा माओवादी जनयुद्ध चर्किदै गएपछि नेपाली सेना र नेपाल प्रहरीका विचमा अर्को एक शक्ति खाँचो महसुस गरी दुवै सुरक्षा निकायका […]

सशस्त्र प्रहरीको स्थापना दिवसमा पूर्वमहानिरीक्षकहरु अनुपस्थित

११ कात्तिक, काठमाडौं । सशस्त्र प्रहरीबलले १६औँ स्थापना दिवस मनाउन आज बिहान आयोजना गरेको कार्यक्रममा विगतमा जस्तो बलका पूर्व प्रहरी महानिरीक्षकहरुको उपस्थिति थिएन । कार्यक्रममा बलका जीवित पाँच पूर्व महानिरीक्षकमध्ये एक जना मात्रै पूर्व महानिरीक्षक किशोरकुमार राई उपस्थित थिए । तत्कालीन बहालवाला प्रहरी महानिरीक्षक कोषराज वन्तसहित पूर्वमहानिरीक्षकहरू सनतकुमार बस्नेत, वासुदेव ओली, शैलेन्द्र श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान […]

सशस्त्र प्रहरीका ६ एआईजीको सरुवा तथा पदस्थापन

६ असोज, काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका ६ जना एआईजीको सरुवा तथा पदस्थापन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले लामो समयदेखि रोकिएको सशस्त्र प्रहरी बलका एआईजीहरुको सरुवा गरेको हो । प्रशासन विभागमा रहेका सिंहबहादुर श्रेष्ठलाई प्रशासनिक विभागमा सरुवा गरिएको छ भने केहि महिनाअघि मात्रै एआइजी बढुवा भएका शैलेन्द्र खनाललाई मानव स्रोत विभागको जिम्मेवारी […]

भारतीय तस्करद्वारा नेपाली सुरक्षाकर्मीमाथि आक्रमण

२३ साउन, काठमाडौं । नेपाली भूमिभित्र छिरेर बालुवा तस्करी गरेका भारतीयले नेपाली सुरक्षाकर्मीलाई आक्रमण गरी घाइते बनाएका छन् । भारतीयको कुटाइबाट पर्साको भीखमपुरमा रहेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्टमा कार्यरत सशस्त्र प्रहरी जवान रत्नेस साह घाइते भएका छन् । भारतीयको कुटाईबाट सशस्त्र प्रहरी साहको हातमा गम्भीर चोट लागेको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय पर्साका सशस्त्र […]

स्टाफ कलेज परीक्षामा सहभागी सय डिएसपीमध्ये नौ मात्र उत्तीर्ण

१२ साउन, काठमाडौं । सशस्त्र प्रहरीमा स्टाफ कलेज तालिमका लागि लिइएको परीक्षामा सहभागीमध्ये ९० प्रतिशत डिएसपी अनुत्तीर्ण भएका छन् । परीक्षामा सहभागी सय डिएसपीमध्ये नौ मात्र उत्तीर्ण भएका छन् । स्टाफ कलेजको पहिलो सेमेस्टरका लागि सशस्त्रका सिनियर सय डिएसपीलाई छनोट गरी गत महिना परीक्षामा सहभागी गरिएको थियो । पहिलो सेमेस्टरमा उत्तीर्ण हुन ५० प्रतिशत प्राप्तांक […]

बलात्कारको घटनामा निश्पक्ष छानविन गर्ने सशस्त्रको प्रतिवद्धता

१ असार, कपिलवस्तु । कपिलबस्तुको चन्द्रौटामा सशस्त्र प्रहरी जवानबाट बलात्कृत अपांगता भएकी महिलाको उपचारमा सहयोग गर्ने र निश्पक्ष छानविन गर्ने सहमतिपछि पीडित परिवारले आन्दोलन तत्कालका लागि फिर्ता लिएका छन् । सशस्त्र प्रहरीको बिन्धवासिनी गणले चार दिनभित्र घटनाबारे अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक पर्ने प्रतिबद्धता पीडित परिवारसँग गरेको छ भने पीडित महिलाको उपचारका लागि तत्काल १५ हजार […]

चन्दा संकलन गरी बलात्कृत महिलाको उपचार

१ असार, कपिलवस्तु । सशस्त्र प्रहरी जवानबाट बलात्कृत महिलाको उपचार गर्न र बलात्कारमा संलग्नलाई कारबाही गर्न माग गर्दै कपिलवस्तुबासीले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन् । गत जेठ ३० गते साँझ कपिलवस्तुको शिवराज नगरपालिका-१०  कि बोल्न नसक्ने एक महिला सशस्त्र प्रहरी बल विन्ध्यवासीनी गणका जवानहरुबाट बलात्कृत भएकी थिइन् । उनको स्वास्थ्य नाजुक रहेको र उपचार खर्च […]

बोल्न नसक्ने महिलालाई बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरी जवान पक्राऊ

३१ जेठ, चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका-१० की एक महिलालाई बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरी जवान लोकराज वस्ती पक्राउ परेका छन् । आइतवार राति करिब ८ बजे थारु सामुदायकी एक बोल्न नसक्ने महिलालाई जबरजस्ती गरेको आरोप वस्तीमाथि लागेको छ । बैतडीको बिसनपुर-६ घर भई हाल कन्चनपुर झलारी नगरपालिका-३ मा बस्दै आएका वस्तीलाई पक्राउ गरी कारबाही […]

कपिलवस्तुमा अवैध रूपमा बालुवा निकासी, प्रहरी मिलेमतो रहेको स्थानीयको आरोप

२० जेठ, कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नदीको विभिन्न घाटहरुबाट सशस्त्र प्रहरीकै मिलोमतोमा बालुवाको अवैध निकासी भैरहेको स्थानीयले आरोप लगाएका छन् । जिल्ला सीमा सुरक्षा कार्यालयसँगै जोडिएको वाणगंगा नदीको सगरहवा नाकाबाट रातको समयमा दर्जनौं ट्याक्टरले बालुवा निकासी गर्दा समेत सशस्त्र प्रहरी मौन बसेको भन्दै स्थानीयबासीले आक्रोश पोखेका छन् । संचारकर्मीहरुको टोलीले स्थलगत अनुगमन गर्दा रातको समयमा […]