Comments Add Comment

सांसद

List Grid
यी हुन् समानुपातिकबाट सांसद बन्ने एमालेका भाग्यमानी पुरुष नेता

२८ माघ, काठमाडौं । प्रतिनिधिसभाका समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारहरुको नाम टुंगो लगाउन एमाले स्थायी कमिटी बैठक बस्दैछ । मध्यान्ह पार्टी कार्यालयमा बस्ने बैठकले संवैधानिक क्लस्टर अनुसारका नाम माइन्युट गरेर अध्यक्षको हस्ताक्षरसहित निर्वाचन आयोगमा पठाउने केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ ४१ सिट प्राप्त गरेको छ । निर्वाचन आयोगमा बुझाएको बन्दसूचीका […]

होटलमा सांसदलाई छुटः कोठामा ४०, भातमा १५ प्रतिशत

१८ माघ, हेटौंडा । प्रदेशसभाको बैठकमा सहभागी हुन हेटौंडा आइपुगेका सांसदहरुलाई स्थानीय होटल व्यवसायीले रूममा लाग्ने शुल्कमा ४० प्रतिशत छुट दिने घोषणा गरेका छन् । त्यसैगरी खानामा १५ प्रतिशत छुट दिने भएका छन् । होटल एशोसिएसन मकवानपुरले प्रदेश सांसदहरुलाई खाना र बसाईमा छुट दिने घोषणा गरेको हो । प्रदेश ३ को अस्थायी मुकाम हेटौंडा तोकिएकोमा यहाँका […]

धनकुटे सांसदको घोषणाः अब सदनमा संघर्ष गर्छाैं

७ माघ, विराटनगर । सपथ खान विराटनगर झरेका धनकुटाका दुबै प्रदेश सभा सांसदहरुले १ नम्बर प्रदेशको राजधानी धनकुटालाई बनाउन सदनमा संघर्ष गर्ने घोषणा गरेका छन् । धनुटाका प्रदेश सांसदद्वय निरन राई र इन्द्रमणि पराजुलीले संघीयताको सफल कार्यान्वयनका लागि प्रदेश १ को राजधानी धनकुटा नै हुनुपर्ने तर्क गरे । ‘तराईको उर्वर क्षेत्र खाद्यान्न र औद्योगिक विकासका […]

एक्ली लिम्बुवान सांसद भन्छिन्- सरकारले १४ नम्बरको जुत्ता भिरायो !

७ माघ, विराटनगर । प्रदेश १ मा संघीय लिम्बुवान पार्टीकी एक्ली प्रदेश सांसद बिष्णु तुम्बाहाम्फेले प्रदेश १ को नाम लिम्बुवान र राजधानी धरानको विजयपुर हुनुपर्ने बताएकी छिन् । बिराटनगरको वीरेन्द्र सभागृहमा प्रदेश सभा सदस्यहरुको सपथ लिएर बाहिर आएकी तुम्बाहाम्फेले राजधानीका लागि बिराटनगर उपयुक्त नभएको बताइन् । ऐतिहासिक पृष्ठभूमिका आधारमा लिम्बुवान नाम र राजधानी बिजयपुरमा हुनुपर्ने […]

भाइटीकाकै दिन ५९२ सांसद बने भूतपूर्व

४ कात्तिक, काठमाडौं । कात्तिक ५ गते अर्थात् आइतबार पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता छ । त्यसैले शनिबारदेखि नै अहिलेका सांसदहरु भूतपूर्व बनेका छन् । नेपालको संविधानको धारा २९६ मा रुपान्तरित व्यवस्थापिका संसदको कार्यकाल २०७४ माघ ७ गतेसम्म रहने उल्लेख छ । तर, कार्यकाल पूरा हुनु अगावै प्रतिनिधिसभा निर्वाचन हुन लागेकाले मनोनयनपत्र […]

सांसदका उम्मेदवारले चुनावमा २५ लाख खर्च गर्न पाउने

२७ असोज, काठमाडौं । प्रतिनिधिसभा सदस्यका उम्मेदवारले चुनावमा २५ लाख खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनाव खर्चको सीमा सार्वजनिक गरेको हो । जसनुसार प्रतिनिधिसभा सदस्यले २५ लाख खर्च गर्न पाउने छन् भने प्रदेशसभाका उम्मेदवारले १५ लाख खर्च गर्न सक्नेछन् । आयोगका अनुसार प्रतिनिधिसभा सदस्यले सवारी साधन र कार्यालय […]

सांसदको प्रश्न-सभामुख महोदय ! केही सांसदको मात्र अनुहार टिभीमा देखाउनु विभेद होइन ?

१२ साउन, काठमाडौं । सभामुख ज्यू, यहाँ (संसदमा) क्यामेरा घुमाउने र सांसदको अनुहार देखाउने कुरामा समेत विभेद छ ! सांसद हेरेर टीभीमा अनुहार देखाइन्छ । खास खास माननीयको मात्र अनुहार देखाउनु सांसदमाथिको विभेद होइन ? एमाले सांसद नरदेवी पुनले संसद भवनको ल्होत्से हलमा उभिएर यसो भनिरहँदा सभामुख ओनसरी घर्ती मञ्चमा बसेर सुनिरहेकी थिइन् । यद्यपि यो […]

सांसदको तलब भत्ता वृद्धिको विरोधमा विद्यार्थीहरुले आन्दोलन गर्ने

७ मंसिर, काठमाडौं । सांसदहरुको तलब भत्ता वृद्धि गरिएको विरोधमा विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने भएका छन् । अनेरास्ववियु केन्द्रीय कार्यालय बागबजारमा मंगलबार बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो । ‘जनताको घरमा चुलो बल्न सकेको छैन । आफ्नैमात्र सम्वृद्धिको कुरा गरेर हुँदैन,’ अनेरास्ववियु अध्यक्ष नबिना लामाले अनलाइनखबरसँग भनिन्, ‘सांसदहरुको बृद्धि भएको तलब […]

बढेको तलब भत्ता भूकम्प पीडितलाई दिने सांसद गुरुङको घोषणा

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले आफ्नो बढेको पारिश्रमिक भूकम्प पीडितलाई दिने घोषणा गरेका छन् । संसदले आइतबार मात्र सांसदहरुको तलबसुविधा बृद्धिसम्वन्धी विधेयक पास गरेको थियो । र, बढेको तलब भत्ता अनुसार सांसदले महिनामा एक लाख बढी पाउनेछन् । कांग्रेस संसद गुरुङले भने भूकम्पपछिको पुनर्निर्माण अघि बढ्न नसकेको र भूकम्प पीडितले राज्यबाट […]

रकम बाँड्न सांसदलाई सरकारको अंकुश, दुई ठूला आयोजना बनाउनैपर्ने

२१ कात्तिक, काठमाडौं । आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्ने गरी सांसदहरुले पाउने साढे ३ करोड रकम वितरणमा सरकारले अंकुश लगाएको छ । अब यो रकम कनिका छरे झैं खर्च गर्न पाइने छैन भने हरेक वर्ष प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा दुईवटा ठूला आयोजना बनाउनु पर्नेछ । चालु आर्थिक वर्षको बजेटमा हरेक निर्वाचन क्षेत्रका लागि सरकारले निर्वाचन […]

एमाले सांसदलाई तत्काल राजधानी फर्किन निर्देशन

४ कात्तिक, काठमाडौं । नेकपा एमालेले आइतवार बस्ने संसद बैठकमा अनिवार्य उपस्थितिका लागि सांसदहरुलाई हृवीप जारी गरेको छ । काठमाडौं उपत्यका बाहिर रहेका सांसदहरुलाई पनि तुरुन्तै राजधानी फर्किन एमालेले निर्देशन दिएको छ । विहीबार बस्ने भनिएको संसद बैठक आइतबार बस्ने गरी स्थगित भएको छ । आइतबारको बैठकमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पेश […]

स्काउटको व्यापारिक भवनमा कांग्रेस सांसदको ‘बलजफ्ती’

४ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका एक सांसदले नेपाल स्काउटको भवन जबर्जस्ती कब्जा गर्न खोजेको आरोप लागेको छ । १० वर्षका लागि भाडामा लिएको भवनको करार सम्झौता सकिएपछि पनि भाडा नतिरी अटेर गरेर बसेपछि स्काउटले विधिसम्मत चल्न सूचना दिएको छ । संखुवासभा २ का सांसद दिपक खड्काको कम्पनी खड्काल्याण्डले लैनचौरस्थित नेपाल स्काउटको भवन दश […]

सांसदलाई भत्तैभत्ता ! विदेश गए नेता भत्ता, स्वदेशमै हिँडे पैदल भत्ता

३ कात्तिक, काठमाडौं । अचम्म नमान्नुस्, हाम्रा जनप्रतिनिधि अर्थात सांसदहरुले अब पैदल हिँडेवापत पनि भत्ता पाउने भएका छन् । विदेश जाँदा पाउने उनीहरुको भत्ताको नाम अबदेखि ‘नेता भत्ता’ रहने छ । संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धी ऐन संशोधनका लागि बनेको विधेयकले सांसदहरुलाई ‘पैदल भत्ता’ व्यवस्था गर्न लागेको छ । कानुन मन्त्रालयबाट […]

कांग्रेस सांसदले सोधे- बढेको तलब भत्ता खोइ ?

१८ असोज, काठमाडौं । व्यवस्थापिका संसदको बैठकमा कांग्रेसका अर्का सांसदले पनि तलब भत्ता बृद्धि गरी साउनदेखिकै भुक्तानी पाउनुपर्ने माग गरेका छन् । मंगलवार संसद बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद राम अयोध्या प्रसाद यादवले सोधे-बढेको तलब भत्ता खोइ त ? यसअघि कांग्रेसकै सांसद प्रेमकिशोर प्रसाद साहले पनि सांसदहरुको तलब भत्ताले काठमाडौंमा बस्न नसकिने भन्दै […]

संसदमा खाजा खर्चः सांसदभन्दा कर्मचारीलाई डेढ गुणा

१ भदौं, काठमाडौं । खाजा र खानका लागि दिइने कुपनमा व्यापक अनियमितता भेटिएपछि संसद सचिवालयले कुपन सिस्टम बन्द गर्ने निर्णय गरेको छ । समितिको बैठक बस्दा एकजना नेताको पछाडि दर्जनौं सुरक्षाकर्मी, सहयोगी र ड्राइभरलाई पनि कुपन दिनुपर्ने, कर्मचारीलाई छुट्टै खाना र खान खाने गरेको तथा कुपनको व्यापक दुरुपयोग हुने गरेको भन्दै कुपन सिस्टम बन्द गर्नुपरेको […]

सांसदले अब खाजा-खाना नपाउने

३२ साउन, काठमाडौं । व्यवस्थापिका संसदका समितिहरुको वैठकमा अबदेखि सांसदहरुले खाजा-खाना नपाउने भएका छन् । संसद सचिवालयले १ भदौदेखि लागूहुनेगरी साँझ विहान बैठक बस्दा उपलव्ध गराउँदै आएको खाना खाज उपलव्ध नगराउने निर्णय गरेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । ९ बजेअगाडि र साँझ ७ बजेपछाडि बैठक बस्दा कुपनका आधारमा खाजा र खानाको व्यवस्था गरिदैँ […]

पर्वतमा सांसदहरुको १३ लाख बढी रकम फ्रिज

१५ साउन, पर्वत । पर्वतमा आर्थिक बर्ष २०७३ र ०७४ मा सांसदहरुको निर्वाचान क्षेत्र विकास कार्यक्रम अन्तर्गतको १३ लाख भन्दा बढि रकम फ्रिज भएको छ । जिल्लाका दुईवटै निर्वाचन क्षेत्रका सांसदहरुको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगतको १३ लाख ३२ हजार रुपैयाँ फ्रिज भएको हो ।  पर्वतका दुई निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसद र एकजना समानुपातिक […]

बजेट आश्रित तीन विधेयक संसदबाट अस्वीकृत

७ साउन, काठमाडौं । व्यवस्थापिका संसदले बजेटसँग सम्वन्धित तीन आश्रित विधेयक बहुमतले अस्वीकृत गरेको छ । सरकार छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको नेकपा माओवादी केन्द्रले विधेयकको विपक्षमा मत दिएपछि अस्वीकृत भएको हो । संसदले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक (२१औं संशोधन)लाई बहुमतले अस्वीकार गरेको हो […]

संसद भवन नछाड्न कांग्रेस सांसदलाई निर्देशन

६ साउन, काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई संसद भवन नछाड्न निर्देशन दिएको छ । साथै पार्टीको निर्णयमा तलमाथि नगर्नसमेत उसले सचेत गराएको छ । संसद भवन परिसरमै बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टी सांसदहरुलाई आज संसद नछाडेर बाहिर नजान निर्देशन दिएका छन् । उनले परिस्थिति हरेर आफूले कुनै पनिबेला निर्देशन दिन […]

सांसदले भूकम्प पीडितको लगत सङ्कलन गर्ने

५ साउन, भक्तपुर। भक्तपुरमा सुरु हुन लागेको भूकम्पपीडितको लगत सङ्कलन कार्यलाई प्रभावकारी बनाउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरमा जिल्लाका सांसद र सरोकारवाला निकायबीच भएको छलफलमा लगत सङ्कलन कार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । छलफलमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् सांसद नारायणमान बिजुक्छेले भूकम्पपीडितको लगत सङ्कलनमा अब कोही छुट्न नहुने बताउँदै पुनःनिर्माणको […]

फोन नउठाएको भन्दै कार्यकर्ताले नेतालाई बुझाए आफ्नो मोबाइल

२३ असार, कालिकोट । आफूहरुले सम्पर्क गर्न खोज्दा फोन नउँठाएको भन्दै कालिकोटका माओवादी कार्यकर्ताले आफूले प्रयोग गर्ने गरेको मोवाइल सांसदलाई दिएका छन् । कालिकोटबाट प्रत्यक्ष निर्वाचित माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीलाई कार्यकर्ताहरुले  आफूहरुले चलाउने मोवाइल बुझाएका हुन् । जिल्लाका समस्याबारे कुरा गर्न फोन गर्दा सांसदले नउठाएकोमा उनीहरु आक्रोशित भएका हुन् । सांसद शाहीलाई आफ्नो फोन […]