Comments Add Comment

सांसद

List Grid
अमेरिकी संसदमा डेमोक्रेटिक सांसदको धर्ना

९ असार, काठमाडौं । अमेरिकाका करिब एक सय सांसदहरु प्रतिनिधि सभामा धर्नामा बसेका छन् । बन्दुक बिक्रीमा नियन्त्रणको विषयलाई लिएर डेमोक्रेटिक पार्टीका सांसदहरु धर्नामा बसेका हुन् । बन्दुक खरिद गर्नेहरुको पृष्ठभूमिको व्यापक जाँच गर्न र शंकास्पद व्यक्ति वा समूहलाई बन्दुक खरिद-बिक्रीमा पूरै प्रतिवन्ध लगाउन माग गर्दै सांसदहरु धर्नामा बसेको बीबीसीले जनाएको छ । यसै महिना […]

निर्वाचन क्षेत्र विकास कार्यक्रममा सांसदहरुको मनोमानीः प्रतिवेदन

२६ जेठ, काठमाडौं । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत सांसद्हरुले उपभोक्ता समितिको क्षमता नै नहेरी योजनाहरु वितरण गर्ने गरेको र त्यसको परिणाम योजनाबाट लक्षित वर्गले लाभ लिन नसकेको एउटा अध्ययनले देखाएको छ । ‘सुशासन महासंघ’ नामक संस्थाले सिन्धुपाल्चोक, कास्की र सुनसरी जिल्लामा संचालित २७ वटा योजनाको अध्ययनका आधारमा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत […]

सांसद जंगीलालको आक्रमणबाट सर्लाहीका चार जना घाइते

२३ जेठ, सर्लाही । तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद जंगीलाल रायले शनिवार सर्लाहीका चार जना स्थानीयमाथि आक्रमण गरी गम्भीर घाइते बनाएका छन् । सांसद रायको आक्रमणमा परी टाउको फुटेर गम्भीर घाइते भएका राधेश्याम रायलाई हेटौंडास्थित अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै, बृजनन्दन राय, कपिलदेव राय र अजयकुमार यादव पनि आक्रमणमा परी घाइते भएका छन् । जंगीलाल […]

विकासमा सांसद बाधक, स्थानीयको दबाबमा सांसद नै अवरोधमा

६ जेठ, काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले चावहिल -साँखु सडक २२ मिटर चौडा  पार्ने योजना अघि सार्‍यो । त्यसका लागि सडक मिचेर बनाइएको संरचना भत्काउन ठेक्का पनि लगायो । तर, लामो समय बित्दा पनि काम सुरु नभएको आजको नागरिक दैनिकले जनाएको छ । यसको एउटै कारण हो त्यस क्षेत्रका सांसद सडक विस्तारको विपक्षमा उभिनु […]

बजेट अधिवेशनमा खाली कुर्सी, कता हराए हाम्रा सांसद ?

२३ वैशाख, काठमाडौं । संसद बैठकमा सांसदहरुको न्यून उपस्थितिले बजेट अधिवेशनलाई गिज्याएको छ । बजेट अधिवेशनको पहिलो बैठकपछि सांसदहरु बैठकमा आउनै छाडेका छन् । बदलिँदो राजनीतिक परिस्थिति र जनसरोकारका गम्भीर विषयमा संसदमा गरमागरम छलफल चलिरहेका बेला जनताका प्रतिनिधिहरु भने बैठकमै बस्दैनन् । बिहीबारको संसद बैठकमा पनि त्यस्तै दृष्य देख्दा यस्तो लाग्या खालि कुर्सीहरु सांसदहरुको प्रतिक्षा […]

आफ्नो पक्षमा फैसला नआएपछि सांसदद्वारा न्यायधीशमाथि दुर्व्यवहार

१६ वैशाख, एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपति जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इजलासभित्रै अभद्र व्यवहार गरेकी छिन् । सांसद खातुनका पति एमाले नेता स्वर्गीय महमुद मालमको हत्या मुद्दामा बुधबार न्यायाधीश शर्माले सजायको फैसला गरेपछि सांसद खातुनले न्यायाधीश शर्मालाई गालीगलौज गर्दै अभद्र व्यवहार गरेकी आजको अन्नपूर्णमा समाचार छ । न्यायधीश […]

नयाँ बजेटको छलफलमा सांसद नै अनुपस्थित !

७ वैशाख, काठमाडौं । व्यवस्थापिका संसदको अर्थ समितिले आगामी आर्थिक वर्ष २०७३/०७४ को बजेटबारे छलफल गर्न बोलाएको बैठकमा गणपुरक संख्या समेत पुगेन । ५१ जना सदस्य रहने संसदीय सममितिमा तत्काल कायम रहेको सदस्य संख्याको एक चौथाई अर्थात १४/१५ जना सांसद उपस्थित हुनुपर्छ । तर, सरकारले तयारी गरिरहेको नयाँ बजेटबारे छलफल गर्न अर्थ समितिले मंगलबार बिहान […]

कानुन बनाउन छाडेर सांसदहरु विदेशतिर

३ वैशाख, काठमाडौं । व्यवस्थापिका संसदले आफ्नै कार्यसञ्चालन नियमावली बनाउन नसकिरहेका बेला सांसदहरु भने एकपछि अर्को विदेश सयरमा निस्कन थालेका छन् । नियमावली निर्माणका लागि तदारुकता देखाउनुपर्ने नियमावली समितका सदस्यदेखि सभामुखसम्म विदेश सयरमा रम्न थालेका हुन् । जसले गर्दा नियमावली निर्माण प्रक्रिया अझै लम्बिने देखिएको अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ । ४ वैशाखमा सभामुख […]