Comments Add Comment

सिके राउत

List Grid
सहमतिपछि सिके राउतको गतिविधिले शंका उब्जायो : बाबुराम भट्टराई

२७ फागुन, सप्तरी । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले स्वतन्त्र मधेश गठबन्धनले आइतबार जनकपुरमा गरेको गतिविधिले सरकारसँग गरेको सहमतिप्रति शंका उब्जाएको बताएका छन् । सोमबार सप्तरीको राजविराज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले आइतबार जनकपुरमा सिके राउतका समर्थकको गतिविधिले सरकारसँग भएको ११ बुँदे सहमतिप्रति नै आशंका उब्जाएको बताए । ‘स्वतन्त्र मधेश गठबन्धनका संयोजक […]

प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्न : जनकपुरमा के भएको हो ?

२७ फागुन, काठमाडौं । सरकारसँग मूलधारको राजनीतिमा आउने सहमति गरेको सिके राउत समूहले जनकपुरमा स्वतन्त्र मधेसको नारा लगाएपछि सरकारले चासो देखाएको छ । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का अनुसार यसबारे उनले सोमबार विहान मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गरेका थिए । ‘के भएको हो जनकपुरमा भनेर मेरो आज विहान मात्र प्रधानमन्त्रीजीसँग पनि त्योबारे […]

सिके राउत : ७ सवाल, ३ सरप्राइज !

१) सिके राउतबारे काठमाडौंमा शुरुदेखि भ्रमहरु फैलाइयो । उनलाई धेरै नै बढाइ–चढाइ प्रस्तुत गरियो । भयको हाउगुजी फैलाइयो । उनी र उनको संगठन देशको सबैभन्दा ठूलो खतरा हो भनेर प्रचार गरियो । यसमा देशको राजनैतिक परिवेशले पनि काम गरेको थियो । संविधान निर्माणका बेला अनेकौं आन्दोलनहरु भए । मधेस आन्दोलनका क्रममा नाकाबन्दीसम्म भयो । यसक्रममा […]

सिके राउतसँगको सम्झौता सच्याउन भीम रावलको माग

२६ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले सरकार र सिके राउतबीच भएको ११ बुँदे सम्झौता प्रष्ट पार्न सरकारले अर्को वक्तव्य जारी गर्नुपर्ने बताएका छन् । सम्झौतामा भएका कतिपय विषय संविधान विपरीत र अष्पस्ट भएको भन्दै उनले सरकारले अर्को वक्तव्य जारी गरेर सच्याउन र प्रष्ट पार्न आग्रह गरेका हुन् । ‘नेपाल सरकारलाई म […]

सरकारले वक्तव्य जारी गरेर सिके राउतसँगको सम्झौता सच्याउनुपर्छ : भीम रावल

२६ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले सरकार र सिके राउतबीच भएको ११ बुँदे सम्झौता प्रष्ट पार्न सरकारले अर्को वक्तव्य जारी गर्नुपर्ने बताएका छन् । सम्झौतामा भएका कतिपय विषय संविधान विपरीत र अष्पस्ट भएको भन्दै उनले सरकारले अर्को वक्तव्य जारी गरेर सच्याउन र प्रष्ट पार्न आग्रह गरेका हुन् । ‘नेपाल सरकारलाई म […]

सिके राउतसँग सहमतिपछि सेलिब्रेटी नेतालाई ज्वरो आएको छ : महेश बस्नेत

२६ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता महेश बस्नेतले सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच भएको ११ बुँदे सहमतिपछि सेलिब्रेटी नेताहरुलाई ज्वरो आएको बताएका छन् । उक्त सम्झौतालाई सरकार तत्कालिन माओवादीबीच भएको शान्ति सम्झौतापछिको महत्वपूर्ण सम्झौताको संज्ञा दिँदै उनले डलरको खेती गर्ने र सेलिब्रेटी राष्ट्रवादीले मात्र विरोध गरेको आरोप लगाए । नेता बस्नेतले मुलुकमा पृथकतावादी […]

असन्तुष्ट नेताहरुलाई प्रधानमन्त्रीको जवाफ : शंका-षड्यन्त्रमाथि मेरो विश्वास छैन

२६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब पृथकतावादी आन्दोलन समाप्त भएको बताएका छन् । सिके राउतले पृथकतावादी आन्दोलन छाडेर सरकारसँग सहमतिमा आउनु सफलता भएको उनले बताए । आइतबार किसान आयोगले काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले राउत समूहले आफ्ना आग्रह छोडेर मूलधारको राजनीतिमा प्रवेश गर्‍यौं भन्ने घोषणाका साथ सरकारसँग सहमति गरेको बताए । […]

विष्णु पौडेल भन्छन् : विखण्डनकारीलाई मूलधारमा ल्याउनु सानो उपलब्धि होइन

२४ फागुन, काठमाडौं । सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले विखण्डनकारी शक्तिलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउने कार्यलाई सामान्य रुपमा नलिन र यसलाई महत्वपूर्ण उपलब्धी ठान्न आग्रह गरेका छन् । देश विखण्डनको अभियान लिएर हिँडेको शक्तिलाई मूलधारमा ल्याएर राष्ट्रिय अखण्डता स्वीकार गराइएको घटनालाई सामान्यरुपमा लिन नसकिने नेकपा नेता पौडेलले बताए । डा. सिके राउतको पृथकतावादी अभियान टुंग्याउन […]

सिके राउतसँग भएको सहमतिबारे नेकपाभित्रै असन्तुष्टि

२४ फागुन, काठमाडौं । स्वतन्त्र मधेसका नाममा पृथकतावादी अभियान चलाइरहेका सिके राउतसँग सरकारले शुक्रबार गरेको ११ बुँदे सहमतिप्रति सत्तारुढ (नेपाल कम्युनिस्ट पार्टी) नेकपाभित्र तीव्र असन्तुष्टि देखिएको छ । सरकारले शुक्रबार राउतको स्वतन्त्र मधेस गठबन्धनसँग ११ बुँदे सहमति गरेको थियो । सहमतिको औपचारिक घोषणा गर्नुअघि नेकपा सचिवालय बैठकमा यसबारे जानकारी दिइएको थियो । नेकपा स्रोतका अनुसार […]

विखण्डनकारीलाई मूलधारमा ल्याउनु सानो उपलब्धि होइन : पौडेल

२४ फागुन, काठमाडौं । सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले विखण्डनकारी शक्तिलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउने कार्यलाई सामान्य रुपमा नलिन र यसलाई महत्वपूर्ण उपलब्धी ठान्न आग्रह गरेका छन् । देश विखण्डनको अभियान लिएर हिँडेको शक्तिलाई मूलधारमा ल्याएर राष्ट्रिय अखण्डता स्वीकार गराइएको घटनालाई सामान्यरुपमा लिन नसकिने नेकपा नेता पौडेलले बताए । डा. सिके राउतको पृथकतावादी अभियान टुंग्याउन […]

सिके राउतसँग भएको सहमतिबारे नेकपाभित्रै असन्तुष्टि

२४ फागुन, काठमाडौं । स्वतन्त्र मधेसका नाममा पृथकतावादी अभियान चलाइरहेका सिके राउतसँग सरकारले शुक्रबार गरेको ११ बुँदे सहमतिप्रति सत्तारुढ (नेपाल कम्युनिस्ट पार्टी) नेकपाभित्र तीव्र असन्तुष्टि देखिएको छ । सरकारले शुक्रबार राउतको स्वतन्त्र मधेस गठबन्धनसँग ११ बुँदे सहमति गरेको थियो । सहमतिको औपचारिक घोषणा गर्नुअघि नेकपा सचिवालय बैठकमा यसबारे जानकारी दिइएको थियो । नेकपा स्रोतका अनुसार […]

सिके राउत मूलधारमा आउनु स्वागतयोग्य : विमलेन्द्र निधि

२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउत मुलधारको राजनीतिमा आउनुलाई सकारात्मक रुपमा लिएको बताएका छन् । शुक्रबार सरकार र राउतबीच सहमति भए लगत्तै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । जनकपुरबाट अनलाइनखबरलाई प्रतिक्रिया दिँदै निधिले भने, ‘साँच्चै विखण्डनको राजनीति छोडेर मुलधारको राजनीतिमा आएका हुन भने यो राम्रो कुरा […]

सिके राउतको दाबी : मधेसमा जनमतसंग्रह गराउन सरकार सहमत !

२४ फागुन, काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई साक्षी राखेर सरकारसँग ११ बुँदे सम्झौतामा हस्ताक्षर गरेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतले मधेसमा जनमत संग्रह गराउन राज्य पक्ष सहमत भएको दाबी गरेका छन् । डा. राउतले स्वतन्त्र मधेसको मुद्दामा सरकारले जनमत संग्रह गराउने सहमति जनाएको दाबी गरेका हुन् । गृहमन्त्री रामबहादुर थापा बादलसँग संयुक्त […]

मधेसका बुद्धिजीवी भन्छन्– सिके राउतको ‘रिडिङ’ गलत सावित भयो

२४ फागुन, काठमाडौंं । स्वतन्त्र मधेसको माग गर्दै पृथकतावादी आन्दोलन चलाउँदै आएका डा. सिके राउत पृथकतावादी नारा छाडेर मूलधारको राजनीतिमा आउन सहमत भएका छन् । आजै उनले प्रधानमन्त्री केपी ओलीसँग संयुक्त सहमति पत्रमा हस्ताक्षर गर्दैछन् । यसरी सिके राउतले विखण्डनको मुद्दा छाडेर राष्ट्रिय राजनीतिमा आउने सहमति जनाउनु सकारात्मक कार्य भएको मधेस मामिलाका जानकारी वुद्धिजीवीले बताएका […]

सर्वोच्चको आदेशपछि सेन्ट्रल जेलबाट छुटे सीके राउत

२३ फागुन, काठमाडौं । स्वतन्त्र मधेश गठबन्धनको संयोजक बताउने डा. सीके राउत थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले तारेखमा राखेर रिहा गर्न आदेश दिएपछि उनीलाई थुनामुक्त गरिएको हो । उनी राज्य विप्लवविरुद्धको मुद्दामा केन्द्रीय कारागारमा थिए । कारागारका जेलर वेधनिधि अधिकारीले केहीवेर अघि उनलाई छाडिएको बताए । ‘अदालतबाट आएको पत्रानुसार थुनामुक्त गरिएको हो’, उनले अनलाइनखबरसँग […]

सिके, रेशम र विप्लव

प्रसंग राउतबाट शुरुवात गरौं । राउत अर्थात् सीके राउत । ‘स्वतन्त्र मधेस गठबन्धन’ का नेता । नेपालको तराई-मधेसमा केही वर्षयता पृथकतावादी आन्दोलन चलाइरहेका उनकै भाषामा एक स्वराजी । मार्च ८ गते देशको ध्यान सवर्त्र १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले खिचेको थियो । सरकारले सार्वजनिक विदा दिएको थियो । अपरान्हतिर सामाजिक सञ्जालमा बिल्कुलै फरक धारको […]

‘पारि’को चेतावनीपछि सिके राउतलाई ‘सेटब्याक’

१२ कात्तिक, काठमाडौं । मधेसलाई अलग्गै देश बनाउने डा. सिके राउतको अभियानप्रति छिमेकी भारतले चासो देखाएको छ । तीन साताअघि रौतहटबाट पक्राउ परेर हालसम्म थुनामै रहेका राउतको गतिविधिप्रति भारतले आपत्ति प्रकट गरेपछि बल्ल नेपाल सरकारले उनलाई गिरफ्तार गरेको खुलेको छ । राउतको गिरफ्तारीको रहस्यबारे उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘ओली सरकारले राउतको गतिविधिप्रति उदासीनता देखाइरहेको थियो, […]

सीके राउत रौतहटबाट पक्राउ

२१ भदौ, रौतहट । स्वतन्त्र मधेसको वकालत गर्दै आएका डा. सिके राउत रौतहटबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, रौतहट अगाडिबाट उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) केदार ढकालले बताए । जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किँदै गर्दा उनलाई पक्राउ गरिएको हो । अदालतमा राउत करिब एक सय समर्थकसहित उपस्थित भएका थिए […]

संविधान दिवसको स्वीकारोक्ति, सिके राउतको ‘महेन्द्रपथ’

२० असोज, काठमाडौं । मधेस आन्दोलनका बेला निकै नै प्रयोगमा आएको शब्दावली हो- महेन्द्रपथ । मधेस केन्द्रित दलका नेता-कार्यकर्ताले राजा महेन्द्रको नीतिलाई आलोचना गर्ने सिलसिलामा ‘महेन्द्रपथीय राष्ट्रवाद’ भन्ने गरेका थिए/छन् । अहिले पनि कतिपयले ‘महेन्द्रपथ’ को आलोचना गर्दै आइरहेकै छन् । मधेस अधिकारको पक्षमा रहेका राजनीतिक पार्टीले ‘महेन्द्रीय राष्ट्रवाद’ को आलोचना गरिरहँदा देश नै अलग्गै […]

४ महिनामा विप्लव र सिके राउत समूहका २ सय ९४ जना समातिए

७ असोज, काठमाडौं । नेपाल प्रहरीले वैशाखदेखि साउन महिनासम्मको अवधिमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) र सिके राउत समूहका २ सय ९४ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । ७ वटै प्रदेशका विभिन्न जिल्ला प्रहरी कार्यालयले विप्लवका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), पोलिटब्यूरो सदस्य उमा भुजेलदेखि […]

सिके राउत र महन्थ ठाकुरबीच गोप्य मन्त्रणा, सहकार्यबारे छलफल

३ असार, काठमाडौं । सरकारसँग वार्तामा व्यस्त राजपाका शीर्ष नेताहरुले अलगवादी नेता सिके राउतसँग भेटी मधेसका मुद्दामा सहकार्यको सम्भावना खोजेका छन् । यसै साता राजपाका अध्यक्ष महन्थ ठाकुर र राउतबीच केही सहयोगीसहित बैठक भएको र त्यसमा सहकार्यको सम्भावना खोजिएको पुष्टि दुवै पक्षले गरेका छन् । स्वतन्त्र मधेस गठबन्धनका सहसंयोजक कैलाश महतोले संयोजक राउतसँग ठाकुर मात्र […]