Comments Add Comment

सिके राउत

List Grid
एम्नेष्टीको नयाँ थेसिसः सिके राउतको गुणगान, केपी ओलीको निन्दा

११ फागुन, काठमाडौं । लण्डनस्थित एम्नेष्टी इन्टरनेशनलले सिके राउतको गिरफ्तारीलाई ‘अभिव्यक्तिको स्वतन्त्रता’ सँग जोड्दै विखण्डनवादी आन्दोलनमाथि सहानुभूति जनाएको छ । उसले सीके रातलाई ‘शान्तिपूर्ण राजनीतिका विचारक’ भनेको छ । दुई वर्षअघि एम्नेष्टीले यसैगरी सिके राउतको समर्थनमा बोल्दा कृष्ण पहाडी लगायतले एम्नेष्टीबाट विद्रोह गरेका थिए । तर, फेरि उसले राउतको पक्षमा खुलेआम वकालत गरेको छ । […]

विप्लव माओवादीमाथि प्रहरीको निगरानी सुरु

२१ माघ, काठमाडौं । नेपाल प्रहरीले विभिन्न जिल्लाहरुमा सिके राउतका कार्यकर्तासँगै नेत्रविक्रम चन्द (विप्लव) माओवादी निकट कार्यकर्ताहरुको पनि विवरण संकलन सुरु गरेको छ । चन्द नेतृत्वको माओवादीले देशमा सशस्त्र संघर्ष गर्ने धम्की दिइरहेको र आगामी चुनावमा हिंसात्मक गतिविधि गर्ने सम्भावना भएकाले उनीहरुमाथि निगरानी थालिएको छ । स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउत बिहीबार पक्राउ परेका […]

सिके राउतको गिरफ्तारीसँगै प्रहरीले बनायो ५३ व्यक्तिको सूची (प्रतिवेदनसहित)

२० माघ, काठमाडौं । लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको नाममा खुलेआम देश विखण्डनको अभियान चलाउँदै आएका सिके राउतलाई प्रहरीले विहीबार दिउँसो जनकपुरबाट पक्राउ गर्‍यो । राउतलाई पक्राउ गर्नुपूर्व प्रहरीले उनको ‘नेटवर्क’ बारे २६ पृष्ठको प्रतिवेदन तयार पारेको छ । अनलाइनखबरलाई प्राप्त सो प्रतिवेदनमा सिराहा र सप्तरी लगायत विभिन्न जिल्लामा देश विखण्डनको गतिविधिमा लागेका ५३ जना सिके […]