Comments Add Comment

सिन्धुपाल्चोक

List Grid
पहिरोले थुनिएको नदी एक्कासी खोलिँदा मेलम्चीमा बाढीको वितण्डा

२ असार, काठमाडौं । पहिरोले मेलम्ची नदी थुनिएको र उक्त बाँध एक्कासी फुट्दा मेलम्ची बजार डुवाउने गरी बाढी आएको पाइएको छ । मंगलबार राति एक्कासी मेलम्ची नदीमा बाढी आउँदा मेलम्ची बजारको तल्लो क्षेत्र डुवानमा परेको थियो । जिल्ला प्रशासन कार्यालयका अनुसार मेलम्चीमा आएको बाढीका कारण मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका २० जना हराएका छन् । […]

सभामुखले गरे बाढी र डुवानग्रस्त मेलम्ची क्षेत्रको अवलोकन

२ असार, काठमाडौं । बुधबार सिन्धुपाल्चोकको बाढी र डुवानग्रस्त क्षेत्रको अवलोकनमा पुगेका सभामुख अग्निप्रसाद सापकोटाले उद्धारमा जोड दिन स्थानीय जनप्रतिनिधिलाई आग्रह गरेका छन् । मेलम्ची क्षेत्रको अवलोकनमा पुगेका उनले मेलम्ची नगरपालिकाका प्रमुख र सम्बद्ध पक्षसँग उद्धार, राहत र भए गरेका कामबारे जानकारी लिएका छन् । सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार बाढीपछि अवरुद्ध फोन, […]

बाढीले तहसनहस पारेको मेलम्चीको अवस्था कस्तो छ ?

२ असार, सिन्धुपाल्चोक (मेलम्ची) । बाढी–पहिरोबाट सिन्धुपाल्चोकको मेलम्चीका करिब पाँच सय जना विस्थापित भएका छन् । तीन सय जनालाई नेपाली सेनाको क्याम्पमा र २ सय जनालाई इन्द्रेश्वर माविमा राखिएको छ । उनीहरुलाई सोही स्थानमै बुधबार बिहानको खाना खुवाइएको छ । मानिसहरुले आफ्ना घरका सामान क्याम्पमा सारिरहेका छन् । विस्थापित भएकाहरु सुरक्षित स्थानको खोजी गर्दै अग्ला […]

मेलम्ची बजारमा फसेकालाई हेलिकप्टरबाट उद्धार (भिडियोसहित)

२ असार, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित होटल रोजको छतमा फसेकाहरुलाई नेपाली सेनाको टोलीले हवाई उद्धार गरेको छ । उनीहरुलाई हेलिकप्टरबाट डोरीको सहायताले उद्धार गरिएको हो । चारैतिरबाट बाढीले घेरिएपछि उनीहरु अलपत्र परेका थिए । उनीहरु होटलको छतमा पुगेर गुहार माग्दै आएका थिए । उनीहरु बस्दै आएको रोज होटलको तल्लो तला बाढीमा डुबेको थियो । […]

सभामुख र स्वास्थ्यमन्त्री सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा जाँदै

२ असार, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि आज सिन्धुपाल्चोक जाँदैछन् । उनी स्थलमार्ग हुँदै सिन्धुपाल्चोक जान लागेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । यसैगरी स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ पनि सिन्धुपाल्चोक जाँदैछन् । सभामुख सापकोटा र मन्त्री सापकोटा दुवैको गृहजिल्ला सिन्धुपाल्चोक हो।  

सिन्धुपाल्चोकमा बाढी पहिरोः एकको शव भेटियो, ७ को अवस्था अज्ञात

२ असार, काठमाडौं । सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोमा परेर ज्यान गुमाउने एक जनाको शव* भेटिएको छ । थप ७ जनाको अवस्था अज्ञात छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले यसअघि ७ जनाको मृत्यु भएको पुष्टि भएको बताएका थिए । तर स्थलगत निरीक्षणमा गएका सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी राजन अधिकारीले एकजनाको मात्र शव भेटिएको […]

मेलम्ची बजारमा घरको छतमा मानिसहरु फसे, उद्धारको प्रयास जारी

२ असार, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित एउटा घरको छतमा चार जना फसेका छन् । उनीहरुलाई उद्धारको प्रयास भइरहेको छ । उनीहरुलाई उद्धार गर्न नेपाली सेनाको टोली हेलिकप्टरबाट गइसकेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए । ‘टाढाबाट हेर्दा घरको छतमा चार जना देखिन्छन्, उद्धारको लागि उनीहरुले हारगुहार गरेको देखिन्छ,’ पौडेलले भने, ‘त्यहाँको परिस्थिति […]

सिन्धुपाल्चोकमा बर्सेनि विपत्ति, २०७१ सालयता के-के भयो ?

२ असार, काठमाडौं । सिन्धुपाल्चोकले केही वर्षयता लगातार ठूला प्राकृतिक विपत्तीको सामना गर्दै आएको छ । बर्सेनि बाढी र पहिरोका कारण जनधनको क्षति व्यहोर्दै आएको सिन्धुपाल्चोकलाई सरकारले गत वर्षमात्रै विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । २०७२ सालको गोरखा भूकम्पको बेलामा पनि सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमै भएको थियो । तर विपद प्रतिकार्यको काम प्रभावकारी नहुँदा सिन्धुपाल्चोकवासीले […]

तस्वीरमा हेर्नुस् सिन्धुपाल्चोकमा बाढीको वितण्डा

२ असार, काठमाडौं । सिन्धुपाल्चोकमा बाढीले बितण्डा मच्चाएको छ । मेलम्चीमा आएको बाढीले सदरमुकाम चौतारा र हेलम्बु गाउँपालिका सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीले चारवटा पक्की पुल पनि बगाएको छ । मेलम्ची बजारबाट चौतारा जोड्ने, मेलम्ची बजारबाट दुवाचौर जोड्ने पुल बाढीले बगाएको छ । त्यस्तै हेलम्बुको चनौटेमा रहेको पुल र नाकोटेमा रहेको पुल पनि बगाएको […]

सिन्धुपाल्चोकमा कम्तीमा चार जना बेपत्ता, यातायात सम्पर्क विच्छेद

२ असार, काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बुमा मंगलबार साँझ आएको बाढी र पहिरोले कम्तीमा चार जना बेपत्ता भएका छन् । हेलम्बु बजार क्षेत्रका ३ पुरुष र १ महिला गरी चार जना बेपत्ता भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । यद्यपि स्थानीयले भने मंगलबार साँझ मेलम्ची (इन्द्रावती)मा आएको बाढीले प्रहरीले बताएको […]

सिन्धुपाल्चोकमा स्वास्थ्य सामग्री वितरण

१ असार, काठमाडौं । नेपाल मेडिकल एसोसिएसन लगायतका विभिन्न सहयोगी संस्थाहरुले उपलब्ध गराएको स्वास्थ्य सामग्रीहरु सिन्धुपाल्चोक जिल्लामा वितरण गरिएको छ । नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाको नेतृत्वमा अक्सिजन कन्सन्ट्रेटर, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्रीहरु वितरण गरिएको हो । ‘कोभिड–१९ महामारीविरुद्धको हाम्रो अभियान’ अन्तर्गत सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका ९ वटै वडा, बलेफी गाउँपालिकाका ८ वटै वडा […]

सिन्धुपाल्चोकलाई १२ लाख आरएमबीको स्वास्थ्य सामग्री सहयोग गर्ने चिनियाँ अधिकारीको घोषणा

१३ जेठ, काठमाडौं । सिन्धुपाल्चोकसँग सिमाना जोडिएको चीनको न्यालमका अधिकारीले १२ लाख आरएमबी (नेपाली २ करोड १८ लाख) बराबरको सहयोग घोषणा गरेका छन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलसहितसँग भएको भर्चुअल संयुक्त बैठकपछि ‘चिफ अफ न्यालम’ फेई लुईले सहयोग घोषणा गरेका हुन् । सीडीओ पोखरेलका अनुसार लुईले तत्काल दुई लाख आरएमबीको स्वास्थ्य सामग्री पठाउने […]

सिन्धुपाल्चोकका सबै पालिकामा आइसोलेसन कक्ष तयार

२८ वैशाख, चौतारा । कोभिड–१९ को दोस्रो लहर सुरु भई संक्रमितको संख्या दैनिक वृद्धि हुँदै गएपछि सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहमा आइसोलेसन कक्ष तयार गरिएको छ । चौतारामा २५ वटा अक्सिजनसहित २६ बेड, बाह्रबिसेमा १० र मेलम्चीमा १२ बेडको आइसोलेसन कक्ष तयार भइसकेको जनाइएको छ । वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंका अनुसार ९० वटा अक्सिजन […]

सिन्धुपाल्चोकमा २३ गतेदेखि निषेधाज्ञा

२२ वैशाख, काठमाडौँ । सिन्धुपाल्चोकमा २३ गते बिहीबार बिहानबाट जिल्लाभर निषेधाज्ञा लागू भएको छ । वैशाख २३ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राती १२ बजसेसम्म जिल्लाभरि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । बुधबारबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले घरबाहिर निस्कन नपाइने गरी निषेधाज्ञाको आदेश जारी […]

अनुगमनमा निस्किए सिन्धुपाल्चोकका सीडीओ पोखरेल

१२ वैशाख, सिन्धुपाल्चोक । उपत्यकाबाट प्रवेश गर्ने व्यक्तिमार्फत जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले चेकजाँचमा कडाइ गरेको छ । प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल आफैं चेकजाँचमा निस्किएका छन् । जिल्लामा रहेका तीन वटै सुरक्षा निकायका प्रमुखसहित शनिबार जिल्ला छिर्ने नाका वनदेउ पुगेका प्रमुख जिल्ला अधिकारी पोखरेलले सवारीसाधनहरुमा स्वास्थ्य मापदण्ड पालना भए÷नभएको […]

आफैँले पालेको राँगाले हान्दा एकजनाको मृत्यु

१२ चैत, सिन्धुपाल्चोक । आफैँले पालेको राँगाले हान्दा बिहीबार एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच पोखरी थाङपाल गाउँपालिका– ८ लागर्चेका ६० वर्षीय मानबहादुर खड्का रहेका छन् । बीउका लागि पालेको राँगाले खाल्डे खोलाबाट घरतर्फ लैजाँदै गर्दा पहिरो पाखा भन्ने ठाउँमा पुगेपछि एक्कासी आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका […]

जुरे पहिरो पीडितको रकममा सरकारको बक्रदृष्टि, स्थानीय सरकार आन्दोलनमा

१० फागुन, काठमाडौं । १७ साउन २०७१ मा सिन्धुपाल्चोकको मांखा र राम्चेको सीमा क्षेत्र जुरेमा गएको पहिरो पीडितहरूले शनिबार माइतीघर मण्डलामा धर्ना दिए । उनीहरू सरकारसँग क्षतिपूर्तिका लागि हात पसार्न त्यहाँ भेला भएका भने होइनन् । ६ वर्ष पहिलेको त्यो भीषण पहिरोमा परेर क्षणभरमै १४५ जनाको ज्यान गयो । १५३ परिवार वेघर भए । यो […]

सिन्धुपाल्चोकका दुई बस्ती स्थानान्तरण सिफारिस

२२ पुस, काठमाडौं । विपद् सङ्कटग्रस्त क्षेत्र सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका लिदीलगायत जोखिममा रहेका दुई बस्ती स्थानान्तरण गर्न विज्ञ समूहको टोलीले सिफारिस गरेको छ । गत असार र साउनमा आएको पहिराले लिदीमा मात्रै ३९ जनाको ज्यान गएपछि सरकारले उक्त क्षेत्रलगायत आसपासका जोखिम बस्तीको भौगर्भिक अध्ययनका लागि विज्ञको टोली एक महिनाअघि पठाएको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण […]

तिलमान पास : नकुँदिएको हिरा (फोटो फिचर)

काठमाडौं । त्यसो त केन्द्रीय राजधानीबाट टाढाको गन्तव्य होइन, सिन्धुपाल्चोक । ‘बत्ती मुनिको अँध्यारो’ भनेझैं भौतिक पूर्वाधार र सुविधाले अझै पनि यस जिल्लालाई श्रृंगारपट्टार गर्न सकेको छैन । त्यसैले त यहाँका मनोरम प्राकृतिक दृश्यहरु धेरैको आँखाबाट ओझेलमा छ । यस्तै ओझेलमा परेको तर अत्यन्तै मनमोहक स्थानमध्येको एक हो, तिलमान पास । तिलमान पास नेपालमा भएका […]

सिन्धुपाल्चोकका बाढीपहिरो प्रभावित ४ स्थानीय तहलाई राहत

५ पुस, काठमाडौं । सिन्धुपाल्चोकका बाढीपहिरो प्रभावित चारवटा स्थानीय तहका नागरिकका लागि राहत सामग्री हस्तान्तरण गरिएको छ । जनवादी गणतन्त्र चीन सरकार, तिब्बत स्वशासित क्षेत्र अन्तरगतको नेलम काउन्टीले प्रदान गरेको राहत सामग्री सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार लार्चास्थित सुख्खा बन्दरगाहामा आयोजित कार्यक्रममा भोटेकोशी, जुगल, बाह्रविसे र चौताराका प्रमुख तथा प्रतिनिधिहरुलाई हस्तान्तरण गरेका हुन् । २४० थान […]

सिन्धुपाल्चोकको भौगर्भिक अध्ययन आजदेखि शुरु हुँदै

१२ मंसिर, काठमाडौं । सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सिन्धुपाल्चोक जिल्लामा जोखिमयुक्त बस्तीहरुको भौगर्भिक अध्ययन आजदेखि शुरु हुने भएको छ । शुरुमा जुगल गाउँपलिकाको लिदी, नाम्फा, सञ्चगाउँ, बोल्दे र लिदीका विस्थापितहरुले बसोबास गरिरहेका बाँसखर्कको भौगर्भिक अध्ययन हुने जिल्ला आयोजना कार्यन्वयन एकाइ (भवन) सिन्धुपाल्चोकका प्रमुख इन्जिनीयर सन्तोष निरौलाले जानकारी दिए । गत साउन ३० गते […]