Comments Add Comment

सिन्धुपाल्चोक

List Grid
तिलमान पास : नकुँदिएको हिरा (फोटो फिचर)

काठमाडौं । त्यसो त केन्द्रीय राजधानीबाट टाढाको गन्तव्य होइन, सिन्धुपाल्चोक । ‘बत्ती मुनिको अँध्यारो’ भनेझैं भौतिक पूर्वाधार र सुविधाले अझै पनि यस जिल्लालाई श्रृंगारपट्टार गर्न सकेको छैन । त्यसैले त यहाँका मनोरम प्राकृतिक दृश्यहरु धेरैको आँखाबाट ओझेलमा छ । यस्तै ओझेलमा परेको तर अत्यन्तै मनमोहक स्थानमध्येको एक हो, तिलमान पास । तिलमान पास नेपालमा भएका […]

सिन्धुपाल्चोकका बाढीपहिरो प्रभावित ४ स्थानीय तहलाई राहत

५ पुस, काठमाडौं । सिन्धुपाल्चोकका बाढीपहिरो प्रभावित चारवटा स्थानीय तहका नागरिकका लागि राहत सामग्री हस्तान्तरण गरिएको छ । जनवादी गणतन्त्र चीन सरकार, तिब्बत स्वशासित क्षेत्र अन्तरगतको नेलम काउन्टीले प्रदान गरेको राहत सामग्री सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार लार्चास्थित सुख्खा बन्दरगाहामा आयोजित कार्यक्रममा भोटेकोशी, जुगल, बाह्रविसे र चौताराका प्रमुख तथा प्रतिनिधिहरुलाई हस्तान्तरण गरेका हुन् । २४० थान […]

सिन्धुपाल्चोकको भौगर्भिक अध्ययन आजदेखि शुरु हुँदै

१२ मंसिर, काठमाडौं । सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सिन्धुपाल्चोक जिल्लामा जोखिमयुक्त बस्तीहरुको भौगर्भिक अध्ययन आजदेखि शुरु हुने भएको छ । शुरुमा जुगल गाउँपलिकाको लिदी, नाम्फा, सञ्चगाउँ, बोल्दे र लिदीका विस्थापितहरुले बसोबास गरिरहेका बाँसखर्कको भौगर्भिक अध्ययन हुने जिल्ला आयोजना कार्यन्वयन एकाइ (भवन) सिन्धुपाल्चोकका प्रमुख इन्जिनीयर सन्तोष निरौलाले जानकारी दिए । गत साउन ३० गते […]

हेलम्बुलाई स्याउको गाउँ बनाइने

१९ कात्तिक, सिन्धुपाल्चोक । हेलम्बुलाई स्याउको गाउँ बनाइने भएको छ । करिब ३७ वर्षपछि सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा फेरि स्याउ फल्न थालेपछि हेलम्बुलाई पुनः स्याउको गाउँ बनाउन स्थानीयवासी जुटेका छन् । विसं २०४० सालपछि स्याउ फल्न छाडेको र स्याउमा रोग लागेपछि स्याउका रूख नै काटिएको थियो । अहिले हेलम्बुलाई फेरि स्याउको गाउँ बनाउन स्थानीय युवाहरू […]

गाउँपालिका र स्वास्थ्य चौकीलाई सोलार र स्यानिटाइजर वितरण

४ कात्तिक, काठमाडौं । नेपाल विद्यार्थी संघले सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका–३ स्थित धुस्कुन स्वास्थ्य चौकीमा सोलार बत्ती र स्वास्थ्य सामग्री वितरण गरेको छ । नेविसंघका केन्द्रीय महामन्त्री बलदेव तिमल्सिनाले सोमबार सोलार बत्ती, एन–९५ मास्क, स्यानिटाइजरलगायतका अत्यावश्यक सामग्रीहरु वितरण गरेका हुन् । त्यसैगरी वडा कार्यालयको प्रयोजनका निम्ति जिल्लाको भोटेकोसी गाउँपालिका ३ का अध्यक्ष कैलाश पौडेललाई पनि […]

सिन्धुपाल्चोकमा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

२३ असोज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा शिशुसहित सुत्केरी महिलाको उद्धार गरिएको छ । हेलम्बु गाउँपालिका-२ किउलकी सोनिया जोगीको हेलिकप्टरमार्फत शुक्उरबार द्धार गरिएको हो । सुत्केरी ब्यथा लागेपछि एम्बुलेन्समार्फत विष्णु दल गण मेलम्ची ल्याइएको र त्यही सुत्केरी भएको महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । आमाको भन्दा पनि बच्चाको अवस्था जटिल भएपछि बिहान काठमाडौँको थापाथली प्रसूतिगृहमा पठाइएको हेलम्बु […]

अज्ञात रोगबाट सुनकोसी गाउँपालिकामा ५० बाख्रा मरे  

११ असोज, सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिका–७ मा धमाधम किसानका बाख्रा मर्न थालेका छन् । बाख्रा मरेर खोर नै रित्तिन थालेपछि पात्ले, कापिङ र आसपासका किसान चिन्तित बनेका छन् । पछिल्लो दुई साताका बीच ५० भन्दा बढी बाख्रा मरिसकेको र मर्ने क्रम नरोकिएको स्थानीयवासी सानु तिमल्सिनाले बताए । ‘कतिपयको त खोर नै रित्तिएको छ, धमाधम बाख्रा […]

सिन्धुपाल्चोक र बाग्लुङलाई विपत संकटग्रस्त क्षेत्र घोषणा

७ असोज, काठमाडौं । सरकारले सिन्धुपाल्चोक र बाग्लुङलाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले पहिरोबाट प्रभावित दुबै जिल्लालाई विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै विश्व बैंकबाट प्राप्त हुने करिब ६ अर्ब रुपैयँँ लगानी गरेर पुनर्निर्माणको काम गरिनेछ । यसको अगुवाई विपत व्यवस्थापन प्राधिकरणले गर्ने सरकारका […]

सिन्धुपाल्चोकका पहिरो पीडितलाई युवा संघको राहत

४ असोज, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले सिन्धुपाल्चोकका पहिरो पीडितलाई राहत वितरण गरेको छ । साथै युवा संघले घर पुनर्निर्माणका लागि जस्तापाता उपलब्ध गराउने प्रतिवद्धतासमेत जनाएको छ । राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा (दीपशिखा) नेतृत्वको टोलीले बाह्रविसे नगरपालिका–७ नागपुजेका पहिरो पीडितलाई राहत वितरण गरेको हो । राहत वितरण गर्दै राष्ट्रिय युवा संघका […]

सिन्धुपाल्चोकका सीडीओ भन्छन्– भूकम्पले पहिरोको थप जोखिम बढ्यो

३१ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएर बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएपनि हालसम्म क्षतिको कुनै विवरण नआएको सुरक्षा अधिकारीहरुले बताएका छन् । यद्यपि यो भूकम्पले पहिरोको जोखिम थप बढाएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए । त्यसैले जिल्लाका सबै सुरक्षा निकायहरुलाई अलर्ट रहन निर्देशन दिएको उनले जानकारी दिए । सिन्धुपाल्चोकको […]

सिन्धुपाल्चोकमा जोखिमका बस्ती सारौं : देउवा

२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ मा आइतबार विहान गएको पहिरोमा भएको मानवीय क्षतिप्रति दुख व्यक्त गरेको छ । सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर बेपत्ताहरुको तीब्रताका साथ खोजी गर्न, घाइतेहरुलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामग्रीहरु खाद्यान्न लत्ता कपडा भाँडाकुँडा औषधी र अस्थायी बसोबासको व्यवस्था तत्काल गर्न सरकारलाई […]

सिन्धुपाल्चोकको पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुग्यो

२८ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाका अनुसार अरु २२ जना अझै बेपत्ता छन् । मृत्यु हुनेमा वडा नम्बर ७ का भक्तिमाया श्रेष्ठ, जुनु विक, सुकलाल विक, सन्देश विक, सर्किनी नेवार, धनलाल नेवार, हिरामाया नेवार, ट्याक्सी शेर्पा र ज्ञानीमाया […]

बाह्रबिसे पहिरो अपडेट : ३ शव भेटिए, २८ जना बेपत्ता

२८ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का तीन स्थानमा पहिरो जाँदा बेपत्ता भएकामध्ये ३ शव फेला परेका छन् । २८ जना बेपत्ता भएका छन् । पहिरो गएको स्थानमा खोजी गर्दा नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको शव फेला परेको जिल्ला प्रहरी […]

सिन्धुपाल्चोकमा फेरि विपद् : पहिरोमा पुरिए १८ घर, १२ जना बेपत्ता

२८ भदौ, काठमाडौं । सिन्धुपाल्चोकमा बाढी पहिरोको फेरि अर्को विपत्ति आइलागेको छ । जिल्लाको बाह्रविसे नगरपालिकाका नागपुजे र भिरखर्कमा घरहरु पहिरोमा पुरिएका छन् । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले क्षतिको एकिन विवरण आइनसकेको बताए । ‘घुम्थाङको नागपुजेमा बढी क्षति पुगेको जानकारी आएको छ । तर कति भन्ने थाहा छैन,’ प्रमुख जिल्ला अधिकारी ढकालले अनलाइनखबरसँग […]

सभामुख सापकोटा स्थलमार्गबाट सिन्धुपाल्चोक प्रस्थान

२८ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा त्यसतर्फ प्रस्थान गरेका छन् । उनी स्थलमार्गबाट आज बिहानै सिन्धुपाल्चोकको बाह्रबिसे प्रस्थान गरेका हुन् । ‘पहिरोले घुम्थाङको नागपुजे र भीरखर्कमा क्षति पुगेको जानकारी आज बिहान ४ बजे आउनासाथ हामी गाडीमार्फत् त्यता हिँड्यौं,’ सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने […]

लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिका एसओएस बालग्राममा

२६ भदौ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरोमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाको व्यवस्था मिलाइएको छ । उनीहरुको पालनपोषण, संरक्षण र शिक्षाको जिम्मा एसओएस बालग्राम काभ्रेले लिएको हो । अभिभावक गुमाएका ७ जना बालबालिकाहरु २५ भदौमा एसओएस बालग्राम काभ्रे पुगिसकेका छन् । त्यहाँ उनीहरु पालनपोषण, हेरचाह, स्वास्थ्य, शिक्षा लगायतका सबै सुविधासहित बस्नेछन् । […]

लिदीका पहिरो पीडितलाई ठोरीको राहत

२० भदौ, काठमाडौं । सिन्धुपाल्चोकको लिदीका पहिरो पीडितलाई पर्साको ठोरीबाट गएको एक टोलीले राहतस्वरुप नगद सहयोग गरेको छ । अस्थायी आवास क्षेत्र जुगल गाउँपालिका–१ स्थित बाँसखर्क पुगेर शनिबार बिहान ६ लाख ४३ हजार रुपैयाँ नगद सहयोग गरेको नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति पर्साका अध्यक्ष निमा लामा पाख्रिनले बताए । पाख्रिनका अनुसार पहिरोले पूर्णरुपमा घर […]

राहत कोषमा अढाई करोड, तर जुरे पहिरोपीडित ६ वर्षसम्म खाली हात

१८ भदौ, काठमाडौं । सिन्धुपाल्चोकस्थित जुरे पहिरो पीडितले ६ वर्षसम्म राहत पाएका छैनन् । उनीहरुको राहतका लागि खडा गरिएको कोषमा करोडौं रकम भए पनि प्रयोगविहीन छ । २०७१ साल साउन १७ गते जुरे गाउँ माथिबाट पहाड खस्दा सिंगो बस्ती पुरिएको थियो । १४५ जनाको मृत्यु भयो भने १५३ घर–परिवार विस्थापित भए । पहिरोले घर गुमाएपछि […]

पहिरोले सिन्धुपाल्चोकका ६२ घर जोखिममा, स्थानीयले घर छाडे

११ भदौ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ मा गएको पहिरोले ६२ घर जोखिममा परेका छन् । निरन्तरको पहिरोले सुनकोशीका सुन्दरडाँडा, धुसेनी र पाखरदोभानका घरहरु पहिरोको जोखिममा परेका हुन् । पहिरो निरन्तर झरिरहेकाले सुन्दरडाँडा बस्ती जोखिममा परेको वडाअध्यक्ष रामकुमार थापाले जानकारी दिए । पहिरो मुनी धुसेनी गाउँ छ भने पहिरोमाथि सुन्दरडाँडा गाउँ छ । वडाअध्यक्ष थापाका […]

सभामुख र भूगर्भविदसहितको टोली सिन्धुपाल्चोक जाँदै

१० भदौ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र भूगर्भविदसहितको टोली आज सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि जाँदै छ । यो टोलीले जोखिमयुक्त वस्तीको अध्ययन गर्ने र स्थानान्तरणको पहल गर्ने बताइएको छ । टोलीमा सभामुख सापकोटा, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका भूगर्भविद लेखप्रसाद भट्टलगायत छन् […]

सिन्धुपाल्चोकका बाढी पहिरोबाट बिस्थापितलाई स्थानान्तरण गरिने

९ भदौ, काठमाडौं । सिन्धुपाल्चोकका बाढी र पहिरोबाट बिस्थापितहरुलाई सुरक्षित स्थानमा स्थायी स्थानान्तरण गर्ने समझदारी बनेको छ । तत्कालका लागि भने उनीहरुलाई अस्थायी बसोबासको व्यवस्था मिलाइने छ । सभामुख अग्निप्रसाद सापकोटाको पहलमा सोमबार सिंहदरबारमा भएको उच्चस्तरीय छलफलमा भएको समझदारीअनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमयुक्त बस्तीहरुको अध्ययनका लागि प्राविधिक टोली सिन्धुपाल्चोक पठाउने छ । यसैगरी राष्ट्रिय विपद् […]