Comments Add Comment

सीमा विवाद

List Grid
महाकाली सन्धिमा गम्भीर त्रुटि, परराष्ट्रमन्त्रीले स्वीकारे !

११ जेठ, काठमाडौं । विसं. २०५२ साल माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरसिंह रावले महाकाली सन्धिमा हस्ताक्षर गर्दा तत्कालीन एमालेको नेतृत्व माधवकुमार नेपालले सम्हालेका थिए । केपी शर्मा ओली महाकाली सन्धिका बलिया समर्थक थिए । अहिलेको एमसीसीजस्तै महाकाली सन्धि पनि संसदबाट पारित गराउनुपर्ने थियो । तर, सामान्य बहुमतबाट होइन, त्यसबेलाको […]

‘भारतले नेपालीको घाउमा नुनचुक छर्क्यो’

११ जेठ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमितको ग्राफ ह्वात्तै बढिरहेका बेला नेपालले नयाँ नक्सा जारी गर्‍यो । कूटनीतिक माध्यमबाट दुई देशबीच मिल्न बाँकी सीमा व्यवस्थापनका लागि सहमति जनाएको नेपालले एकाएक नक्सा प्रकाशित गरेको भने होइन । पछिल्लो सात महिनामा वार्तामा बस्न आग्रह गरेर पठाइएका तीनवटा ‘कूटनीतिक नोट’ लाई भारतले बेवास्ता गरेपछि मात्रै सुगौली […]

अन्तर्राष्ट्रिय कानुनको नजरमा लिपुलेक विवाद

नोभेम्बर २, २०१९ गते भारतले आफ्नो केन्द्रशासित प्रदेशमा जम्मुकश्मीर र लद्दाखलाई समेट्दै भारतको औपचारिक राजनीतिक नक्सा प्रकाशित गरेसँगै यसले अन्तर्राष्ट्रिय जगतमा एउटा तरङ्ग सिर्जना गर्‍यो । आन्तरिक सिमानामा मात्र नभई आफ्नो अन्तर्राष्ट्रिय सिमानामा पनि फेरबदल गरेको यस राजनीतिक नक्साले नेपालले सधै‌ं आफ्नो सार्वभौमिकता दाबी गर्दै आइरहेको लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायतका भू-भागहरूलाई पनि भारतको क्षेत्रभित्र पार्‍यो । भारतको […]

इण्डियालाई भारत नभनौं

हामी सम्पूर्ण नेपालीले अहिले पनि हिन्दु परम्पराअनुसार हरेक कर्म गर्दै पिच्छे संकल्पका बेला भन्ने गरेका छौं- भारतवर्षे भरतखण्डे आर्यावर्तान्तर्गत हिमवत्खण्डे…। यो सुन्दा सबैको मन एकपटक चसक्क हुन्छ । मनमा अनेक प्रश्न उब्जन्छन् । बेलाबेलामा हामीलाई पिरिरहेको र हेपिरहेको “भारत” को उच्चारण यो पवित्र कार्यमा यति आस्थापूर्वक किन ? यो “भारत” शब्द कताबाट यहाँ आयो ? फेरि भारतवर्षे सँगसँगै यो “भरतखण्डे” पनि […]

एसडी मुनिको स्वीकारोक्ति : भारत सारा छिमेकमा फेल भइरहेको छ !

९ जेठ, काठमाडौं । नेपालले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतीय मिडियाले जतिसुकै चर्को–चर्को कुरा गरे पनि नेपालको मामिला बुझ्ने कूटनीतिज्ञ र विश्लेषकचाहिँ निकै अत्तालिएको पाइएको छ । नेपालको मामिलाका जानकार मानिने भारतीय बुद्धिजीवी एसडी मुनिले त नेपालको मामिलामा मात्र होइन, सारा छिमेकमा भारत फेल भइरहेको स्वीकारेका छन् । त्यसैगरी नेपालका लागि पूर्वभारतीय राजदूत […]

‘स्यालको शिकार गर्न बाघको तयारी गरौं’

९ जेठ, काठमाडौं । नेपालले वार्ताद्वारा सीमा समस्या समाधान गर्न गरेको आग्रहलाई भारतले पटक-पटक बेवास्ता गर्‍यो । त्यसपछि नेपालले विगतका सन्धि, सम्झौता, ऐतिहासिक तथ्य तथा प्रमाणहरूको आधारमा नयाँ नक्सा प्रकाशित गरेको हो । नेपाली भूमिसमेत आफ्नोमा पारेर भारतले नक्सा प्रकाशित गरेपछि नेपालले जनाएको आपत्तिलाई उसले पुरै बेवास्ता गर्‍यो । नेपाली भूमिमा मानसरोवर जाने सडक बनाएको […]

विवाद सुरु भारतले गर्‍यो तर शालीन हुने दायित्व नेपालकै !

९ जेठ, काठमाडौं । दक्षिण एसियाको सबैभन्दा पुरानो देश नेपाल र भारतबीचको सीमा विवाद नयाँ होइन । तर, पछिल्लोपटक देखिएको विवादको सुरुवातकर्ता भने नेपाल नभएर भारत नै हो । भारतले ‘फायर’ नखोल्दासम्म नेपालीहरू नेपाल र अंग्रेज शासित भारतबीच भएको सुगौली सन्धिले रोपेको खिल सहेरै बसेका थिए । १६ कात्तिक २०७६ मा सर्वे अफ इन्डियाले नेपाली […]

प्रहरीचौकी भएकै गाउँमा बीओपी ! स्थानीय भन्छन्– छाङरुमा हाेइन, कौवामा राखौं

८ जेठ, काठमाडौं । नेपाली भूमि अतिक्रमण गरेर भारतले मानसरोवर जाने सडक बनाएको विषयमा विरोध भइरहँदा नेपालले व्याँस–१, छाङरुमा राखेको बोर्डर आउट पोस्ट (बीओपी) को व्यापक चर्चा भयो । जब कि, त्यहाँ पहिल्यैदेखि नेपाल प्रहरीको चौकी छ । पूर्वसचिव डा. द्वारिकानाथ ढुंगेल त्यस क्षेत्रमा २०३० को दशकदेखि नै नेपालको उपस्थिति रहेको बताउँछन् । सीतापुल र […]

मनिषाको विरोध गर्दै सुष्मा स्वराजका श्रीमानले लेखे– चीनको बोर्डर वीरगञ्जसम्म आयो

८ जेठ, काठमाडौं । भारतकी पूर्वविदेशमन्त्री स्वर्गीय सुष्मा स्वराजका श्रीमान् स्वराज कौशल नायिका मनिषा कोइरालामाथि खनिएका छन् । उनले धारावाहिक ट्विट गर्दै मनिषामाथि लाञ्छना लगाएका छन् र नेपाल चीनको पकडमा गएको दाबीसमेत गरेका छन् । मनिषाले लिपुलेकको मुद्दामा चीनलाई तान्न खोज्नु गलत भएको कौशलको दावी छ । यसबाट नेपाल र भारतबीचको हजारौं वर्ष पुरानो सम्वन्ध […]

मनिषा कोइराला नेपालकी छोरी हुन्, भारतकी होइनन् !

पछिल्लो समय नेपालले आफ्नो भूमि समेटेर नक्सा जारी गरेपछि भारतीय मिडियाहरुले आफ्नो असली रुप देखाउन थालेका छन्। सधै अनावश्यक बहसहरु चलाएर जनताको दिनानुदिन समस्या संग उत्तरदायित्व हुन नसकेको विगत भारतीय मिडिया सामु छ। चौथो अंगका रुपमा मिडियाले खेल्नु पर्ने भूमिका बाट विमुख भएर मोदी सरकार कै कठपुतली बनिरहेछन् भारतीय मिडियाहरु। उनीहरू सबै नेपालप्रति लक्षित भएका छन्। विशेष […]

दीपकराज भन्छन्– मनिषाको राष्ट्रप्रेम स्वभाविक, भारतीय मिडियाको प्रचार अनर्गल

काठमाडौं । अभिनेत्री मनिषा कोइरालालाई अहिले भारतीय मिडिया र सामाजिक सञ्जालमा आक्रमणको तारो बनाइएको छ । नेपाली राष्ट्रियताको पक्षमा मनिषाले गरेको एउटा ट्विटलाई लिएर भारतीयहरू निम्नस्तरको गालीगलौजमा उत्रेका छन् । भारतीय मिडियाको आरोप छ– मनिषाले भारतको नुन खाएर चीनको पक्षपोषण गरिन् । एबीपी न्युजले ठाडै भन्यो– खाती नेपाली और गाना गाती चाइनाकी ? उनले चीनकै […]

सरकारले एक कण माटो छोड्दैन : दीनानाथ शर्मा

५ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राष्ट्रिय सभा संसदीय दलको नेता दिनानाथ शर्माले सरकारले नेपालको एक कण माटो पनि नछोड्ने बताएका छन् । लिम्पियाधुरा क्षेत्रलाई समेटेर सरकारले नक्सा पारित गरेको भोलिपल्ट मंगलबार राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि बोल्दै नेता शर्माले यस्तो बताएका हुन् । ‘सरकारले एक इन्च हाम्रो एक कण […]

सरकारले गुमेको भूमि फिर्ता ल्याउँछ भन्ने रत्तिभर विश्वास छैन : गगन थापा

५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले गुमेको भूमि फिर्ता ल्याउन सक्छ भन्नेमा आफूलाई विश्वास नरहेको बताएका छन् । सीमामा अलपत्र परेका नेपालीहरु र खाडी मुलुकमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउन नसकेको उल्लेख गर्दै उनले भने, ‘जसले आफ्नो मान्छे चिन्न सक्दैन । जसले आफ्नाे मान्छे जोगाउन सक्दैन । त्यसले माटो जोगाउन पनि […]

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा

२ जेठ, काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने उल्लेख छ । उनले भनिन्, ‘तदनुरुप […]

सरकारलाई संसदीय समितिको प्रश्न : सीमा विवादबारे ४ महिनामा के गर्‍यौं ?

३१ वैशाख, काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सीमा विवाद समाधानका लागि विगत ४ महिनामा भएका कामको विवरण सात दिनभित्र दिन निर्देशन दिएको छ । भारतले गत मंसिरमा नयाँ राजनीतिक नक्सा जारी गर्दा नेपाली भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई आफ्नो भूभागमा समेटेको भन्दै नेपालमा विरोध चर्किएको थियो । […]

सीमा विवाद र मौसमी राष्ट्रवाद

सन् १६१५ तिर बन्दुक र बाइबलसँगै बोकेर व्यापारी भेषमा भारत छिरेका बेलायतीहरूले १८१५ सम्म आइपुग्दा भारतलाई आफ्नो उपनिवेश बनाउन सफल भए । बेलायतीहरू तिब्बत हुँदै चीनसम्म आफ्नो व्यापार विस्तार गर्न चाहान्थे । त्यसका लागि नेपाललाई आफ्नो कब्जामा लिनु अनिवार्य थियो । त्यसैले बेलायतीहरूले झन्नै आधा शताब्दीसम्म नेपालमाथि कब्जा जमाउने कोसिस गरिरहे । तर, सफल भएनन् […]

भारतसँग विवाद गरिरहनुभन्दा सिमानामा पर्खाल लगाउनु राम्रो : माधव नेपाल

२९ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधव कुमार नेपालले नेपाल र भारतबीच खुला सिमाना भएकाले बिभिन्न समस्या आइरहेको भन्दै पटक–पटक विवाद गरिरहनु भन्दा सिमानामा काँडेतार वा पर्खाल लगाउन सकिने बताएका छन् । ‘सीमा मिच्ने काम भइरहेको छ । दशगजा क्षेत्रमा बाँध बाध्ने काम भइरहेको छ । हुँदाहुँदा त सुरक्षाफौज लगाएर बाटो निर्माणको […]

सरकारले भारतीय राजदूतलाई दियो ‘कूटनीतिक नोट’

२९ वैशाख, काठमाडौं । परराष्‍ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा जानकारी लिएको छ । परराष्ट्र मन्त्रालयमा बोलाई राजदूतसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त घटनाको विषयमा जानकारी लिएको परराष्ट्र स्रोतले जनाएको छ । साथै नेपाली भूमिमा पर्ने लिपुलेकमा विना सूचना भारतले सडक निर्माणलगायतका गतिविधि जारी राखेकामा राजदूत क्वात्रालाई कूटनीतिक […]

राज्य व्यवस्था समितिले भन्यो – लिपुलेकमा सडक बनाउनु खेदपूर्ण

२८ वैशाख, काठमाडौं । संसदीय समितिले भारतले लिपुलेकमा नेपाली भूमि मिचेर सडक निर्माण गरेकोप्रति खेद व्यक्त गर्दै भत्र्सना गरेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमाले भारतले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गर्नु खेदपूर्ण भन्दै भत्र्सना गरेको हो । समिति सभापति शशी श्रेष्ठले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप र थिचोमिचो गर्दै सडक निर्माण गर्नु भत्र्सनायोग्य भएको बताइन् । […]

लिपुलेक विवादमा भारतमात्र होइन, चीन पनि संलग्न छ : प्रचण्ड

२८ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिपुलेकको सीमा विवादमा चीन पनि संलग्न भएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नेपाल र भारतबीच लिम्पियाधुरामा रहेको सीमा विवाद अब भारतसँग मात्र छलफल गरेर समाधान नहुने बताएका हुन् । ‘सुगौली सन्धिअनुसार लिम्पियाधुरा कालीनदीको मुहान […]

लिपुलेकबारे संसदीय समितिको बैठकै बैठक, परराष्ट्रमन्त्री तानातान !

२१ वैशाख, काठमाडौं । आइतबार प्रतिनिधिसभाका अन्तराष्ट्रिय सम्बन्ध समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बसे । राज्य व्यवस्था समितिको बैठक बिहान सवा ८ बजे बोलाइएको थियो, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बिहान साढे ८ बजे । एजेण्डा एउटै थियो– लिपुलेक क्षेत्रमा भारतद्धारा निर्मित सडक । दुबै समितिले यस विषयमा छलफल गर्नका लागि तीन जना […]