Comments Add Comment

सीमा विवाद

List Grid
सरकारलाई माधव नेपालको आग्रह– भारतसँग तत्काल भिडियो वार्ता गर

२८ वैशाख, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अन्तर्राष्ट्रिय विभाग प्रमुख माधवकुमार नेपालले नेपाली भूमि लिपुलेक अतिक्रमणबारे भारतसँग तत्काल भिडियो वार्ता गर्न माग गरेका छन् । भारतले महामारीको मौका छोपेर लिपुलेक अतिक्रमण गरेकाले महामारी अन्त्य होस् भनेर पर्खन नहुने नेता नेपालको भनाइ छ । ‘कोभिड-१९ का कारण विश्व नै त्यससँग जुधिरहेको संकटकालीन अवस्थाको […]

कालापानीबाट भारतीय सेना हट्दैन, राष्ट्र संघ गुहारौं : मसाल

२१ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले कालापानीमा भारतीय सेना बसेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने निश्कर्ष निकालेको छ । मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा राष्ट्रिय परिषद् बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन यो विषयलाई संयुक्त राष्ट्र संघमा लैजान सरकारले पहल गर्नुपर्ने उल्लेख छ । ‘भारतले कालापानी सहितको भूभागमाथि आफ्नो प्रभुत्व कायम गर्न सबै सम्भव तरिकाले प्रयत्न गर्नेछ र […]

‘सीमा समस्या : समय लाग्ला, तर समाधान सम्भव छ’

संविधानको प्रस्तावनामै नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्ने कुरा उल्लेख छ । संविधानले इतिहासमै पहिलो पटक राष्ट्रियहितको परिभाषा गरेको छ । संविधानको धारा ५ अनुसार नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आभारभूत विषय हुनेछन् […]

दिल्लीले नबोलाउँदा रोकियो माधव नेपालको भ्रमण

२४ मंंसिर, काठमाडौं । चार वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा काठमाडौं आएका तत्कालीन विदेश सचिव एस जयशंकर नेपालका नेताबाट ‘अस्वीकृत भएर’ फर्किएको बदला भारतले लिन खोजेको हो ? यो प्रश्न अलि बढी नै शंकालु र अतिवादी कोणबाट उठेको लाग्न सक्छ । तिनै जयशंकर अहिले भारतको शक्तिशाली विदेशमन्त्री भएका बेला प्रधानमन्त्री केपी शर्मा […]

भरतपुर महानगर र इच्छाकामना गाउँपालिकाबीच सीमा विवाद

१७ मंसिर, चितवन । चितवनको भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकाबीच सीमा विवाद चर्किएको छ । भरतपुर महानगरपालिकाको वडा नं. ११ को सिमाना र इच्छाकामना गाउँपालिका वडा नं. ७ को खगेरी खोला सिमानाका विषयमा विवाद भएको हो । इच्छाकामना गाउँपालिकाले धमिले खोला छेउमा ल्याएर ‘इच्छाकामना गाउँपालिकामा स्वागत छ’ भन्ने बोर्ड राखेको छ । बोर्ड राखेको धेरै […]

सीमा क्षेत्रबारे प्रचण्डले गराए भारतीय गृहमन्त्री सिंहको ध्यानाकर्षण

२२ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच शुक्रबार दिउँसो भेटवार्ता भएको छ । भेटका क्रममा अध्यक्ष प्रचण्डले नेपाल-भारत सीमाबारे गृहमन्त्री सिंहको ध्यानाकर्षण गराएका थिए । शुक्रबार बिहान प्रवासी नेपालीसँग भएको छलफलमा सीमा क्षेत्रमा नेपालीमाथि हुने गरेका लुटपाटका घटनाबारे कुरा उठेपछि प्रचण्डले गृहमन्त्री सिंहको ध्यानाकर्षण […]

भारत–भुटान–चीनबीच दशकअघिको लेनदेन अझै गोप्य

१८ साउन, काठमाडौं ।  भारत, भुटान र चीनको त्रिदेशीय विन्दु दोक्लाममा चिनियाँ पक्षबाट सडक निर्माण र भारतीय सेनाको प्रवेशका कारण उत्पन्न तनाव सातायता साम्यझैं छ । विवाद समाधानका लागि त्रिपक्षीय संवाद भने सुरु भएको छैन । यद्यपि, यसमा जोडिएको भुटानी कूटनीति अझै गोप्य छ, जुन १० वर्षअघिकै लेनदेन हो । सन् २००८ मा भुटान नरेशको […]

दशगजाको स्थलगत रिपोर्टः मातृभूमिमै विदेशीबाट मारिए गोविन्द

करिब १५ दिन अघिदेखि सामान्य विवादमा रुमलिँदै आएको कञ्चनपुरको आनन्दबजार बिहीबार एकाएक युद्धभूमिजस्तै बन्यो । आफ्नै भूमिमा कल्भर्ट बनाएको अपराध वापत एक नेपालीले ज्यान गुमाउनुपरेको छ भने केही सुरक्षाकर्मीसहित नेपाली नागरिक घाइते बनेका छन् । कसैको घरबारसमेत भारतीयबाट लुटिएको छ । विहीबार बिहानैदेखि आनन्द बजारको स्थलगत अवस्थाबारे बुझ्न जाँदा पाइएका तथ्य यस्ता छन्ः कञ्जनपुर जिल्लाको […]

सीमा क्षेत्रमा झडप, एसएसबीको गोली लागेर एक नेपालीको मृत्यु

२६ फागुन, कञ्चनपुर । कञ्चनपुरको सीमा क्षेत्र आनन्दबजारमा भारतीय क्षेत्र हस्तक्षेपको प्रतिरोधमा उत्रिएका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली चलाएको छ । गोली लागेर एक नेपालीको मृत्यु भएको छ । गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको छ । कम्मरमा गोली लागेर गम्भीर घाइते भएका उनलाई धनगढीस्थित सिपी अस्पतालमा पुर्‍याइएको थियो । तर, चिकित्सकले […]

नेपालीका घरमा पसेर भारतीयको लुटपाट, बाख्रासमेत छाडेनन्

२६ फागुन, कञ्चनपुर । भारतीय सीमा क्षेत्रमा पर्ने आनन्द बजारका स्थानीय नेपालीहरुको घरमा भारतीयहरुले लुटपाट गरेका छन् । स्थानीय श्याम गुरुङको पसलसमेत रहेको घरबाट भारतीयहरुले बिहीबार दिउँसो बाख्रा, खसीबोका, भाडाकुँडा र लत्ताकपडा समेत लुटेर लगेको प्रत्यक्षदर्शीले बताए । गुरुङको टिनले छाएको कच्ची घरको छानामा रहेको टीनका पातासमेत उक्काएर लगेको प्रत्यक्षदर्शीको गुनासो छ । गुरुङको घरमा […]

भारतीय हस्तक्षेपको प्रतिरोध गर्दै दशगजामा ढुंगा हानाहान (भिडियोसहित)

२६ फागुन, कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानहरुले कञ्चनपुरस्थित नेपाल-भारत सीमा क्षेत्र आनन्द बजारका नेपालीलाई कुटपिट गरेको विरोधमा स्थानीइबासीहरु प्रतिरोधमा उत्रिएका छन् । सीमा क्षेत्रमा प्रदर्शनमा उत्रिएका नेपाली र भारतीयबीच झडप भएको छ । घटनाका कारण सीमाक्षेत्रमा तनाव बढेको छ । आनन्दबजारस्थित नेपाली भूमिमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको […]

कञ्चनपुर घटनाप्रति नयाँशक्ति र राष्ट्रिय जनमोर्चाद्वारा भर्त्सना

२६ फागुन, काठमाडौं । नेपाली भूमिमा बिकास निर्माणमा विवाद सृजना गरी भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालीलाई गोली प्रहार गरी हत्या गरेको प्रति नयाँ शक्ति नेपाल र राष्ट्रिय जनमोर्चाले भर्त्सना गरेका छन् । नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले जारी गरेको बिज्ञप्ति मृतक गौतमप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै नेपाल-भारत सीमा विवादको समाधान नभए यस्ता घटना दोहोरिनेमा […]