Comments Add Comment

सुनसरी

List Grid
सुनसरीको मुसहर बस्तीमा आगलागी, २५ घर जले

११ मंसिर, सुनसरी । सुनसरीको भोक्राहा गाउँपालिका– ६ नरसिंहस्थित मुसहरी बस्तीमा आइतबार साँझ आगलागी भएको छ । स्थानीय कालु ऋषिदेवको घरबाट अचानक आगलागी भएको स्थानीयले बताएका छन् । आगलागीमा २५ परिवारको घर, धनमाल, लत्ताकपडा, जिन्सी, फर्निचरका सामग्री जलेर नष्ट हुँदा करिब रु ५० लाख मूल्य बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी […]

सुनसरी सदरमुकामसहित ३ स्थानीय तहमा कांग्रेस विजयी

२० असार, सुनसरी । जिल्लाको दुई नगरपालिका र १ गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक हुँदा तीनै स्थानीय तहमा कांग्रेसले जित निकालेको छ । सदरमुकाम रहेको इनरुवा नगरपालिकासँगै रामधुनी नगरपालिका र हरिनगर गाउँपालिकामा कांग्रेसले जित निकालेको हो । इनरुवामा कांग्रेसका राजन मेहता विजयी भएका हुन् । मेहता १० हजार ९ सय ८७ मतका साथ जित हासिल […]

उम्मेदवारको इटहरी-सपनाः पूर्वकी रानी, प्रदेश नं १ को राजधानी

उपमहानगरपालिका बन्नु अगाडिसम्म इटहरीले पूर्व-पश्चिम र उत्तर-दक्षिणको सडक जोड्ने ट्रान्जिट शहरको परिचय बनाएको थियो । उपमहानगर बनेपछि यसको भौगोलिक सिमाना फैलिएसँगै स्थानीय क्षेत्रको आवश्यक्ता र नगरवासीको आकांक्षा पनि बढेको छ । पूर्वको मुटु मानिने इटहरीको सिर्जनशील अपरेशन गर्न स्थानीय तहको चुनाव अवसर बनेर आएको छ । चुनावी मैदानमा उत्रेका दलका मेयर उम्मेदवारहरुले इटहरीलाई नमूना शहर […]

ओलीको मधेसी भेषः कूर्ता-सुरुवाल र गम्छामा यस्ता देखिए !

२३ फागुन, इनरुवा । सुनसरीको इनरुवामा मधेसी मोर्चाका कार्यकर्ताहरुले केपी ओलीलाई ‘मधेस विरोधी’ भन्दै नाराबाजी गरिरहेका बेला मञ्चमा ओली चाँहि मधेसीजस्तै भेषभुषामा सजिएर चुपचाप बसिरहेका थिए । एमाले अध्यक्ष ओली सेतो कूर्ता सुरुवालमा सजिएका थिए । खैरो स्टकोटमाथि गम्छा भिरेका थिए । मेची-महाकाली अभियानको टोपी शीरमा थियो । कूर्ता सुरुवालमा चप्पलको साटो छालाका काला जुत्ता […]

अब मधेसमा एमाले पहिलो शक्ति बन्छः लालबाबु

  २३ फागुन, इनरुवा । नेकपा एमालेका नेता लालबाबु पण्डितले अब मधेसमा नेकपा एमाले पहिलो दल बन्ने उदघोष गरेका छन् । सुनसरी सदरमुकाम इनरुवामा आयोजित सभालाई सम्बोधन गर्दै एमाले नेता पण्डितले मधेसको ठेक्का नलिन मधेसी मोर्चालाई आग्रह गरे । कार्यक्रममा बोल्दै अर्की एमाले नेतृ भगवती चौधरीले अब मधेसी र थारुहरुले नेकपा एमालेलाई साथ दिनुपर्ने बताइन् […]