Comments Add Comment

सुन तस्करी

List Grid
तस्करीको काइदाः कम्बरमा ५ किलो सुन बोकेर बसमा सरर

१७ असोज, काठमाडौं । तस्करीको ५ किलो सुन बोकेर काठमाडौं प्रवेश गरेका एक युवक पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको एम्बुस टोलीले बालाजुको तीनपिप्लेबाट शोबहादुर तामाङलाई पक्राउ परेको हो । १८ वर्षका बहादुर रसुवा गोसाइकुण्ड थमान ९ का हुन् । रसुवा नाकाबाट काठमाडौंसम्म सुन पुर्‍याउने जिम्मा दिएका उनले कम्मरमा सुन बोकेका थिए । […]

बालाजुबाट ५ किलो सुनसहित एकजना पक्राउ

१७ असोज, काठमाडौं । काठमाडौंको बालाजुबाट फेरि पाँच किलो सुन बरामद भएको छ । सुनसहित एक व्यक्ति पनि पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरको टोलीले बालाजुको तीनपिप्ले भन्ने स्थानमा चेकजाँच गर्दा सोमबार बेलुकी पाँच किलो सुन बरामद भएको परिसरका डीएसपी होमेन्द्र बोगटीले जानकारी दिए । सुनसहित रसुवाका १८ वर्षीय सोबहादुर तामाङ  पक्राउ परेका हुन् । […]

रोकिएन विमानस्थलबाट सुन तस्करी, एक भारतीय नागरिक पक्राउ

१६ असोज, काठमाडौं । प्रहरीले अवैध सुन २ सय ७ ग्रामसहित एक भारतीय नागरिकलार्इ पक्राउ गरेको छ । पक्राउ पर्नेमा थार्इ एयरको टिजी ३१९ को उडानद्वारा बैंककबाट काठमाडौं आएका भारतीय नागरिक विडेश भुनिया छन् । उनीबाट बरामद सुनको बजार मूल्य करिब १० लाख २५ हजार रुपैयाँ बराबर छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको आगमन गेटमा प्रहरी […]

सुन तस्करी प्रकरण : गोरेका सहयोगीलाई थुनामै राख्ने आदेश

१० असोज, विराटनगर । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या अरोपमा थुनामा रहेका तीनजनालाई उच्च अदालतले थुनामै राख्ने आदेश दिएको छ । मुख्य अभियुक्त मानिएका चुडामणि उप्रेती गोरेका सहयोगी मोहन काफ्ले, कृष्ण भन्ने नरेन्द्र कार्की र एलबी भनिने लालबहादुर मगरलाई थुनामा राख्ने जिल्लाको आदेशलाई उच्च अदालतले पनि सदर गरेको हो […]

विमानस्थलबाट ७ सय ९४ ग्राम सुनसहित ८ जना समातिए

४ असोज, काठमाडौं । महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालय, काठमाडौंले ७ सय ९४ ग्राम सुनसहित ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आनन्द मोहनसिंह, बिनोद बानियाँ, समिर तामाङ, रवी श्रेष्ठ, राजकुमार आचार्य, दिपबहादुर तामाङ, मनोजकुमार तामाङ र सिंहबहादुर तामाङ छन् । विमानस्थल प्रहरीका एसपी दिनेशराज मैनालीका अनुसार उनीहरुलाई विशेष सुराकीका आधारमा नेपाल एयरलाइन्सको फ्लाइट […]

सुन अनुसन्धान समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

१६ साउन, काठमाडौं । नेपालमा भइरहेको संगठित सुन तस्करीको र्‍याकेटबारे अनुसन्धान गरेको उच्च स्तरीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहित समितिका संयोजक ईश्वरराज पौडेल लगायतका पदाधिकारीहरु पुगेर ७ सय ७२ पृष्ठ लामो प्रतिवेदन अोलीलार्इ बुझाइएको हो  । गृहमन्त्री थापाका प्रेस सल्लाहकार […]

तस्करीको नयाँ शैलीः सुनकै घडी, सुनकै चाबी !

९ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अझै सुन तस्करी रोकिएको छैन । साढे ३३ केजी सुन तस्करी प्रकरणको अनुसन्धानपछि तस्करीमा नेपाली नागरिकको संलग्नता नदेखिए पनि विदेशी नागरिकले तस्करीलाई निरन्तरता दिइरहेको भेटिएको छ । विमानस्थल सुरक्षा प्रहरी कार्यालयले मंगलबार साढे ३ किलो सुनसहित दुई जना थाई नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा राहदानी नम्बर […]

२ किलो ६ सय ग्राम सुनसहित दुर्इ भारतीय नागरिक पक्राउ

६ साउन, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अाएको तस्करीको २ किलो ६ सय ८० ग्राम सुनसहित दुर्इ जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको दिल्ली घर भएका राहदानी नम्बर एन ४६१७८९० बाहक ३१ वर्षीय ईम्रान र भारत उत्तर प्रदेश घर भएका २१ वर्षीय राहदानी नम्बर जेड ४१७४१०७  बाहक अरीफ अली छन् । उनीहरू थाई एयरको […]

सुन तस्करी रोकिएन, जीब्रोमुनि राखेर अाधा किलो सुन तस्करी

२ साउन, काठमाडौं । महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले आधा किलो सुनसहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राहदानी नं. एम ४१६४८३४ बोकेका फैजन खान, के ९९७२१२३ नं. का एदिल र एस २३१०८९० नम्बरको राहदानी बोकेका सैद मोहमद खसिफ छन् । विमानस्थलका एसपी दिनेशराज मैनालीका अनुसार उनीहरुको साथबाट २/२ वटा कोटको […]

कहिले मुखमा कहिले मलद्वारमा लु्काएर सुन तस्करी

१ साउन, काठमाडौं । मुखमा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गर्दै गर्दा दुई जना विदेशी नागरिक मंगलबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक रइज अहमद र मोहम्मद अजाम छन् । विमानस्थल प्रहरीका उपरीक्षक (एसपी) दिनेशराज मैनालीका अनुसार अहमदको साथबाट १ सय १६ ग्राम र अजामको साथबाट १ सय ३९ ग्राम सुन बरामद […]

मुखमा लुकाएर सुन तस्करी ! दुई जना पक्राउ

१ साउन, काठमाडौं । मुखमा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गर्दै गर्दा दुई जना विदेशी नागरिक मंगलबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक रइज अहमद र मोहम्मद अजाम छन् । विमानस्थल प्रहरीका उपरीक्षक (एसपी) दिनेशराज मैनालीका अनुसार अहमदको साथबाट १ सय १६ ग्राम र अजामको साथबाट १ सय ३९ ग्राम सुन बरामद […]

सुन तस्करी प्रकरणमा पत्रकार पनि पक्राउ

२७ असार, काठमाडौं । सुन तस्करीबारे अनुसन्धान गरिरहेको सरकारी समितिले पत्रकार गणेशप्रसाद अधिकारीलाई पक्राउ गरेको छ । हिन्दु साप्ताहिक सञ्चार संस्थाको तर्फबाट सूचना विभागको पत्रकार परिचय–पत्र बोकेका अधिकारीलाई काठमाडौं प्रहरी परिसरले बरामद गरेको ३ केजी सुन प्रकरणमा पक्राउ गरिएको बताइएको छ । यसअघि १६ असारमा नागढुंगाबाट ३ केजी सुनसहित ५ जना पक्राउ परेका थिए । […]

३८ क्वीन्टल सुन प्रकरणः थप ३ जना जेल चलान

२५ असार, बिराटनगर । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा थप तीन जना जेल चलान भएका छन् । मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’का सहयोगी फाल्दुङ फुल्टुङ भनिने लक्षुबहादुर गुरुङ, रामकुमार तिवारी र मदल सिलवाललाई पुर्पक्षका लागि जेल चलान गरिएको हो । जिल्ला अदालत, मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको आदेशले सोमबार ६ जना अभियुक्तमध्ये ३ जनालाई पुर्पक्षका लागि […]

मलद्वारमा लुकाएर साढे दुई किलो सुन तस्करी

२२ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै दुई किलो सुनसहित दुई जना पक्राउ गरेका छन् । पछिल्लो चार वर्षमा ३८ क्वीन्टल सुन तस्करीको आरोपमा चुडामणि उप्रेती गोरे समूहमाथि मुद्दा चलिरहेका बेला बिहीबार एक किलो ८६० ग्राम सुन बरामद भएको हो । तस्करीमा भारतीय नागरिक प्रयोग भएका छन् र उनीहरुले अनौठो तरिका अपनाएका छन् । […]

मलद्वारमा लुकाएर सुन तस्करी ! विमानस्थलबाटै दुई भारतीय पक्राउ

२२ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै दुई किलो सुनसहित दुई जना पक्राउ गरेका छन् । पछिल्लो चार वर्षमा ३८ क्वीन्टल सुन तस्करीको आरोपमा चुडामणि उप्रेती गोरे समूहमाथि मुद्दा चलिरहेका बेला बिहीबार एक किलो ८६० ग्राम सुन बरामद भएको हो । तस्करीमा भारतीय नागरिक प्रयोग भएका छन् र उनीहरुले अनौठो तरिका अपनाएका छन् । […]

विमानस्थलबाट डेढ किलो सुनसहित दुई जना पक्राउ

२२ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित दुई जना पक्राउ गरेका छन् । दुबईबाट आएका केरलाका दुई जना एक किलो ६०० ग्राम सुुनसहित पक्राउ गरेका हुन् । विमानस्थल प्रहरी प्रमुख डीआईजी कमल जीटीले सुन बरामद भएको पुष्टि गरेका छन् ।

केरुङबाट ६ किलो सुन ल्याएको ज्याला ५० हजार !

१८ असार, काठमाडौं । काठमाडौं प्रहरी परिसरले आइतबार साँझ नागढुंगा नाकाबाट बरामद गरेको ६ किलो सुनका भरिया सिन्धुपाल्चोकको मार्मिङ–८ का तेन्जिङ तामाङले केरुङ नाकाबाट नेपालसम्म सुन ल्याउनलाई ५० हजार रुपैयाँको ‘डिल’ गरेको खुलेको छ । उनले चीन–नेपाल सीमा नाका केरुङबाट काठमाडौंको स्वयम्भूसम्म सुन ल्याएवापत ५० हजार रुपैयाँ पाउने सुनका मालिकले जिम्मेवारी दिएको भेटिएको हो । परिसरका […]

केरुङबाट स्वयम्भुसम्म ६ किलो सुन ल्याउँदा भरियालाई ५० हजार !

१८ असार, काठमाडौं । काठमाडौं प्रहरी परिसरले आइतबार साँझ नागढुंगा नाकाबाट बरामद गरेको ६ किलो सुनका भरिया सिन्धुपाल्चोकको मार्मिङ–८ का तेन्जिङ तामाङले केरुङ नाकाबाट नेपालसम्म सुन ल्याउनलाई ५० हजार रुपैयाँको ‘डिल’ गरेको खुलेको छ । उनले चीन–नेपाल सीमा नाका केरुङबाट काठमाडौंको स्वयम्भूसम्म सुन ल्याएवापत ५० हजार रुपैयाँ पाउने सुनका मालिकले जिम्मेवारी दिएको भेटिएको हो । परिसरका […]

हतियार भनेर चेक गर्दा ३ किलो सुन पो भेटियो !

१७ असार, काठमाडौं । प्रहरीले महेन्द्रनगरबाट काठमाडौंतिर आएको एउटा कारमा हतियार ल्याइँदैछ भन्ने सूचनाको आधारमा नागढु‌ंगा चेकपोस्टमा निगरानी बढायो । यद्यपी, नागढुंगा प्रहरीले कार काठमाडौं प्रवेश गर्दा केही हात पारेको थिएन । तर, त्यही कार काठमाडौंबाट फर्किँदा भने ३ किलो सुन भेटियो । महेन्द्रनगरतिरबाटै आएको त्यस सूचनालाई प्रहरीले गम्भीरताका साथ लिएको थियो । सोही सूचनालाई […]

सुन तस्करीको नयाँ रुटः यूएई–चीन–रसुवा–काठमाडौं हुँदै भारत

१७ असार, काठमाडौं । सरकारले गठन गरेको उच्च स्तरीय सुन अनुसन्धान समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ वर्षको अवधिमा चुडामणि उप्रेती ‘गोरे’को समूहले ३८ क्वीन्टल सुन तस्करी गरेको पर्दाफास गर्दै ६३ जनाविरुद्ध मुद्दा दायर गरेसँगै तस्करहरुले वैकल्पिक मार्ग खोज्न थालेका छन् । समितिको अनुसन्धान पूरा हुनु अगावै अन्य तस्कर समूहले सुन तस्करी थालेको भेटिएको हो । यसअघि दूबईबाट […]