Comments Add Comment

सुर्खेत

List Grid
कर्णालीको राजधानी सुर्खेतमा सार्वजनिक यातायात बन्द

७ माघ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सार्वजनिक यातायात व्यवसायीले आज सवारीसाधनहरू बन्द गरेका छन् । वीरेन्द्रनगरबाट सञ्चालित आठवटा यातायात व्यवसायीहरूले संयुक्त विज्ञप्ती जारी गर्दै बन्दको घोषणा गरेका हुन् । दुई महिना अगाडि मात्रै सञ्चालनमा आएको वीरेन्द्रनगरस्थित सिटी बसपार्कमा वीरेन्द्रनगर नगरपालिकाले छलफल नै नगरी दुई ठुला यातायात प्रालिलाई संरचना बनाउन दिएपछि विवाद उत्पन्न भएको […]

अर्काको जग्गा बिक्री गरेको आरोपमा कर्मचारी पक्राउ   

१ माघ, कर्णाली । जग्गाधनीलाई थाहा नदिएर जग्गा बेचेको आरोपमा प्रहरीले जिल्ला मालपोत कार्यालय, सुर्खेतका एक कर्मचारीलाई पक्राउ गरेको छ । मालपोतका नायब सुब्बा विश्वरुप सावदलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वीरेन्द्रनगर– ६ का सौगात रावतको नाममा वीरेन्द्रनगर–८ शङ्करचोकमा रहेको छ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा नायब सुब्बा सावद र […]

सुर्खेतमा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन

१४ पुस, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले सुर्खेतमा ‘शक्ति प्रर्दशन’ गरेको छ । संसद विघटनको विरोधमा मंगलबार प्रदेश राजधानी वीरेन्द्रनगरमा ‘शक्ति प्रर्दशन’ गरेको हो । वीरेन्द्रनगरको मंगलगढी चौकबाट सुरु भएको विरोध र्‍याली बजार परिक्रमा गर्दै पिपल चौतारामा पुगेर सभामा परिणत भएको छ । सभामा नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्री लगायतका […]

प्रधानमन्त्री ओलीविरुद्ध सुर्खेतमा मसाल जुलुस

९ पुस, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध युवाहरुले मसाल जुलुस निकालेका छन् । संसद विघटन गर्ने र ताजा जनादेशका लागि नयाँ निर्वाचनमा जाने प्रधानमन्त्री ओलीको निर्णय विरुद्ध मसाल जुलुस निकालिएको राष्ट्रिय युवा संघ नेपाल, सुर्खेतका संयोजक पदम वनले बताए । संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संवैधानिक ‘कू’ गरेको भन्दै यूवाहरुले ओलीले चालेको […]

सुर्खेतमा कोरोना संक्रमित पुरूषको मृत्यु

८ पुस, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा उपचाररत थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा गुर्भाकोट नगरपालिका–७, निवासी ७५ वर्षीय पुरूषको मृत्यु भएको हो । उनको बुधबार विहान ३ बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । अधिकृत कँडेलका अनुसार […]

मेलम्चीपछिकै ठूलो खानेपानी आयोजना सुर्खेतमा, भेरीको पानी तानेर वीरेन्द्रनगरमा पुर्याइने

३० मंसिर, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भेरी नदीको पानी तानेर खानेपानी आपूर्ति गर्ने योजना अगाडि बढाइएको छ । खानेपानीको दीर्घकालीन आपूर्ति गर्न वीरेन्द्रनगरमा ‘भेरी पम्पिङ’ आयोजना निर्माण गर्ने तयारी थालिएको हो । त्यसको लागि करिब साढे सात अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । तीन वर्षभित्र निर्माण गरिसक्ने भनिएको यो ‘भेरी पम्पिङ’ […]

सुर्खेतका एकै विद्यालयका ११ सहित १७ शिक्षकलाई कोरोना संक्रमण

२८ मंसिर, सुर्खेत । सुर्खेतमा एउटौ विद्यालयका ११ सहित १७ जना शिक्षकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ जना शिक्षकमा संक्रमण पुष्टि भएको हो । ‘आइतबार आएको रिर्पोटमा जिल्लास्थित १७ जना शिक्षकलाई लक्षणसहितको संक्रमण देखिएको छ,’ जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले भने, ‘उहाँहरु […]

सुर्खेतको सेरोफेरो : एक रोमाञ्चक यात्रा

सुर्खेत । तपाईं रारा ताल जानुहुन्छ वा शे–फोकशुण्डो ? लिमी भ्याली जानुहुन्छ वा बुलबुले ताल ? सुर्खेत त टेक्नैपर्छ । उक्त पर्यटकीय स्थलहरु फन्को लगाउनका लागि प्रवेशद्वार हो, सुर्खेत । सुर्खेत अर्थात कर्णाली प्रदेशको राजधानी । प्राकृतिक सौन्दर्यको खानी । ऐतिहासिक र सांस्कृतिक धरोहर । प्राकृतिक सुन्दरता र सांस्कृतिक विरासतको अनुपम संगम हो यो । […]

लोक सेवाको परीक्षाबाट ८ जना नक्कली परीक्षार्थी पक्राउ

२५ मंसिर, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोक सेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भगवतीमाई गाउँपालिका–७ दैलेख निवासी कमल विकको स्थानमा परीक्षा दिने सोही गाउँपालिकामा बस्ने २३ […]

सुर्खेतमा कोरोना संक्रमित पुरूषको मृत्यु

२१ मंसिर, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा उपचाररत थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा पञ्चपुरी नगरपालिका–६, निवासी ५३ वर्षीय पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनको शनिबार साँभm ८ः३० बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । अधिकृत […]

सुर्खेतमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु, आफन्तद्वारा सडक अवरुद्ध

५ मंसिर, सुर्खेत । सुर्खेतको बोटेचौरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन् । शुक्रबार बिहानदेखि नै मृतकका आफन्तले गुर्भाकोटस्थित बोटेचौर बजारमा टायर बालेर सडक अवरुद्ध गरेका हुन् । सल्लीबजारबाट मालारानी जाँदै गरेको ना ८ ख २३१४ नम्बरको ट्रकले बिहीबार साँझ ७ बजे ठक्कर दिँदा गुर्भाकोट नगरपालिका– ९, का ४८ वर्षीय धनबहादुर भण्डारीको […]

सुर्खेतमा ५१ हजार रुपैयाँसहित ११ जुवाडे पक्राउ

२ मंसिर, सुर्खेत । सुर्खेको पञ्चपुरीबाट ११ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पञ्चपुरी नगरपालिका-६, स्थित रंगप्रसाद देवकोटाको घरबाट ५१ हजार २८५ रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक बखतबहादुर शाहीको कमाण्डमा खटिएको टोलीले ११ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेत […]

सुर्खेतमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

२९ कात्तिक, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ निवासी ६० वर्षीय पुरुषको आज बिहान साढे ४ बजे प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका उनलाई यही कात्तिक २३ गते कोरोना संक्रमण पुष्टि […]

कोरोना संक्रमणबाट बाँके र सुर्खेतमा २ जनाको मृत्यु

१६ कार्तिक, काठमाडौं । बाँके र सुर्खेतमा एक–एक जना कोरोना संक्रमितको गएराति मृत्यु भएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा टिकापुर नगरपालिका वडा नं. १ कैलालीका ६० वर्षीय पुरुषको शनिबार राति १ बजे र सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा भेरीगंगा नगरपालिका–१२ सुर्खेतका ३२ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको हो । कैलालीका पुरक्ष कार्तिक […]

कर्णालीमा एकैदिन थपिए १८१ कोरोना संक्रमित

४ कात्तिक, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा थप १८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, दैलेख अस्पताल प्रयोगशाला र चौरजहारी अस्पताल रुुकम पश्चिम प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा मंगलबार १८१ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये […]

सुर्खेतमा कोरोना संक्रमितको महिलाको मृत्यु

४ कात्तिक, सुर्खेत । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मंगलबार मृत्यु भएको छ । उपचारका क्रममा वीरेन्द्रनगर नगरपालिका–८, सुर्खेतकी ८६ वर्षीया महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । उनको मंगलबार दिउँसो १ बजे मृत्यु भएको हो । ज्वरो आउने र खोकी […]

सुर्खेतका २२ वर्षीय युवकको कोरोनाले मृत्यु

३० असोज, काठमाडौं । सुर्खेतमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । गुर्भाकोट नगरपालिका-२ निवासी २२ वर्षीय युवकको बिहीबार साँझ ५ बजे कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । मृत्युपछि ७ बजे उनको रिपोर्ट पोजेटिभ आएको हो । आफन्तकोमा बसेर अध्ययन गरिरेका ती युवा यही […]

सुर्खेतमा ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

२५ असोज, सुर्खेत । सुर्खेतमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा वीरेन्द्रनगर नगरपालिका-१०, की ६५ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएकोे प्रदेश अस्पतालका कोरोना फोकल प्रशन डा. नवराज केसीले जानकारी दिए । दम र अल्सरको रोगीसमेत रहेकी ती महिलाको उपचारकै क्रममा आइतबार बिहान १० बजे मृत्यु भएको […]

कोरोना संक्रमणका कारण पहिलो पटक चिकित्सकको मृत्यु

१५ असोज, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण नेपालमा पहिलो पटक चिकित्सकको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बाँकेको खजुरा गाउँपालिका- ३ घर भएका ५९ वर्षका चिकित्सकको कोरोना भाइरस संक्रमणका कारण बिहीबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । भदौ २९ गते संक्रमण पुष्टि भएका उनलाई श्वास फेर्न गाह्रो भएपछि […]

कोरोनाबाट बाँकेमा सुर्खेतका कैदीबन्दीको मृत्यु

५ असोज, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट सुर्खेतका एक कैदीबन्दीको बाँकेमा मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत गुर्भाकोट नगरपालिका–४, सहारे निवासी ५८ बर्षीय पुरुषको आज बिहान ६ः२५ मा मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार ती पुरुषमा लामो समयदेखि दम र श्वास प्रश्वासको गम्भिर समस्या रहेको थियो । […]

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको अन्तिम परीक्षा पनि अनलाइनबाटै, परीक्षा अवधि ८ घण्टा

४ असोज, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले व्यवस्थापन र मानविकी संकायको स्नातक र स्नातकोत्तर तहको अन्तिम परीक्षा पनि अनलाइन माध्यमबाटै गर्ने भएको छ । पहिलो चरणमा व्यवस्थापन, मानविकी तथा सामाजिक शास्त्र, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ र शिक्षा शास्त्र संकायको स्नातक तहको सातौं सेमेस्टर र स्नातकोत्तर तहको तेस्रो सेमेस्टरको परीक्षा अनलाइन माध्यमबाट गर्न लागिएको परीक्षा व्यवस्थापन कार्यालयका […]