Comments Add Comment

सुर्खेत

List Grid
सुर्खेतका स्थानीय तहको बजेट : बदलिए प्राथमिकता

१२ असार, सुर्खेत । महामारीका रुपमा फैलिरहेको कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचारमा थपिएको चुनौतीका कारण स्थानीय तहले पनि आफ्ना प्राथमिकता बदलेका छन् । चालु तथा अघिल्ला आर्थिक वर्षहरुमा पूर्वाधार केन्द्रित बजेट ल्याएका सुर्खेतका स्थानीय तहले आगामी वर्षका लागि भने कोरोना नियन्त्रण, स्वास्थ्य पूर्वाधार, कृषि र रोजगारीको विषयलाई महत्व दिएका छन् । यहाँका नौवटै स्थानीय […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

१० असार, सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चार जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । प्रतिष्ठानमा मंगलबार राति गरिएको पीसीआर परीक्षणमा चार जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले जानकारी दिए । निर्देशक रावलका अनुसार संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मीहरु क्वारेन्टाइन र आइसोलेसनमा बसेका नागरिकको रेखदेखमा खटिएका थिए […]

सुर्खेतको अमरज्योति माविमा पठनपाठन सुरु

७ असार, सुर्खेत । सुर्खेत वीरेन्द्रनगरको अमरज्योति माध्यमिक विद्यालयले पठनपाठन सुरु गरेको छ । लकडाउन खुकुलो  बनाए  पनि सरकारले विद्यालयलाई  तत्काल खुला नगर्ने क्षेत्रमा राखेको छ । तर आफूहरूले सामाजिक दुरी कायम गरेर पठन पाठन सुरु गरेको प्रधानाध्यापक खगेन्द्र थापाले जानकारी दिए । विद्यार्थीको सिकाइलाई निरन्तरता दिन स्वास्थ्य सुरक्षामा पनि ध्यान दिएर पढाइ सुरु गरिएको […]

सुर्खेतमा आरडीटी गरेर घर पठाइएका युवकको मृत्यु

७ असार, सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा क्वारेन्टिनबाट घर फर्किएका एक जनाको मृत्यु भएको छ । भेरीगंगा नगरपालिका-५ का ३५ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको हो । गत जेठ १६ थते भारतको हिमाञ्चलबाट फर्किएका उनी छिन्चुमा रहेको शारदा माध्यमिक विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेर जेठ २९ गते घर गएका थिए । क्वारेन्टिनमा आरडीटी परीक्षण […]

सुर्खेतमा क्वारेन्टिनको सुरक्षा सामुदायिक प्रहरीले गर्ने

४ असार, सुर्खेत । सुर्खेतका क्वारेन्टिनको सुरक्षा अब सामुदायिक प्रहरीले गर्ने भएका छन् । क्वारेन्टिन सुरक्षा व्यवस्थापनका लागि अहिले भइरहेको जनशक्तिले नभ्याउने भएपछि ‘क्वारेन्टाइन सुरक्षा समिति’ गठन गरेर त्यसमार्फत सामुदायिक प्रहरी परिचालन गर्न लागिएको हो । सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कोरोना रोकथाम र नियन्त्रणका लागि समुदायलाई परिचालन गर्न आवश्यक रहेकाले तत्काल संरचना बनाएर […]

सुर्खेतमा आत्महत्या गरेकी युवतीमा कोरोना संक्रमण पुष्टि

३ असार, सुर्खेत । सुर्खेतमा झुण्डिएर मृत अवस्थामा भेटिएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । घर नजिकै झुण्डिएर आत्महत्या गरेकी सिम्ता गाउँपालिका-८ कि २५ वर्षीय युवतीमा कोरोना पुष्टि भएको हो । असार १ गते आत्महत्या गरेकी उनको शव पोस्टमार्टमका लागि मेहलकुना अस्पताल लगिएको थियो । पोष्टमार्टम गर्नुअघि कोरोना परीक्षण गर्दा बुधबार संक्रमण पुष्टि […]

सुर्खेतमा आरडीटी परीक्षण गरेर ४९२ जनालाई घर पठाइयो

३२ जेठ, सुर्खेत । सुर्खेतको चिङ्गाड गाउँपालिकाले क्वारेन्टिनमा रहेका चार सय ९२ जनालाई ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरेर घर पठाएको छ । भारत तथा नेपालका विभिन्न ठाउँबाट आएर तीन हप्तादेखि क्वारेन्टिनमा बसेका उनीहरुलाई आरडीटी विधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद आचार्यले जानकारी दिए । उनीहरुलाई एक […]

सुर्खेतमा क्वारेन्टिनबाट घर फर्किएका युवकको कोरोनाले मृत्यु

२३ जेठ, सुर्खेत । पश्चिम सुर्खेतमा आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किएका युवकको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ । बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका-१ हाँसेका २० वर्षीय युवकको मृत्युपछि पीसीआर जाँच गर्दा पोजेटिभ आएपछि कोरोनाले मृत्यु भएको पुष्टि भएको हो । ती युवकको स्वाबको रिपोर्ट शुक्रबार बिहान २ बजे पोजेटिभ आएको  कर्णाली प्रदेश स्वास्थ्य […]

सुर्खेतको क्वारेन्टिनबाट घर फर्किएका युवकको मृत्यु

२२ जेठ, काठमाडौं । सुर्खेतस्थित जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पन्चपुरी नगरपालिका वडा नम्बर १ का १९ वर्षीय युवकको बिहीबार विहान घरमै मृत्यु भएको हो । उनी यही जेठ ७ गते भारतबाट आएका थिए । उनलाई जनता मावि विद्यापुरको क्वारेन्टिनमा राखिएको थियो । पन्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर […]

क्वारेन्टिनमा बसेकाहरुमाथि क्याम्पस प्रमुखले गरे दुर्व्यवहार

२१ जेठ, सुर्खेत । सुर्खेतमा एक क्याम्पस प्रमुखले मादक पदार्थ सेवन गरी क्याम्पसमा बनाइएको क्वारेन्टिनस्थलमा बस्नेहरुमाथि दुर्व्यवहार गरेका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको मानविकी र समाजशास्त्र केन्द्रीय क्याम्पस प्रमुख तेजबिक्रम बस्नेतले क्वारेन्टिनमा बस्नेहरुमाथि अपशब्द बोलेको भिडियो सार्वजानिक भएको छ । विश्वविद्यालय भवनमा वीरेन्द्रनगर नगरपालिकाले तीन सय ५० बेडको क्वारेन्टिन निर्माण गरेको छ । गत जेठ १३ […]

सुर्खेतमा भारतबाट आएका युवकको मृत्यु,पीसीआर रिपोर्ट नेगेटिभ

१४ जेठ, सुर्खेत । भारतबाट आएका एक युवकको कर्णाली प्रदेश अस्पताल कालागाँउमा मंगलबार मृत्यु भएको छ । मंगलबार राति मात्रै भारतको रुपैडिया हुँदै आएका चिङ्गगाड गाउँपालिका-५ अवलचिङका २२ वर्षीय युवकको मृत्यु भएको हो । पाँच दिनअघि भारको गुजरातबाट हिँडेका युवक यात्राकै क्रममा बिरामी भएपछि मंगलबार अस्पताल लिइएको थियो । उनको सोही दिन राति १२ बजे […]

भारतबाट समूहमा आएका थिए सुर्खेतका ३ जना कोराना संक्रमित

१० जेठ, काठमाडौं । सुर्खेतमा पहिचान भएका ३ जना कोरोना संक्रमित भारतको दिल्ली र मुम्बईबाट बाँके हुँदै आएको खुलेको छ । यही जेठ ८ गते नेपाल आएका उनीहरुमा जिल्ला प्रवेश गर्ने क्रममा नाकामै जाँच गर्दा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । बाँके हुँदै आएका […]

कालिकोटबाट ‘थ्रोट स्वाब’ लिएर फर्किए मन्त्री   

२५ चैत, सुर्खेत । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी पाँच जनाको ‘थ्रोट स्वाब’ लिएर सुर्खेत फर्किएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति कालीकोटको बैठकमा सहभागी भएका कानूनमन्त्री भण्डारी बैठक सम्पन्नपश्चात् सोमबार पाँचजनाको ‘थ्रोट स्वाब’ लिएर सुर्खेत फर्किएका हुन् । मलेसियाबाट आएका सान्नी त्रिवेणी गाउँपालिका–१ कालीकोटका एक, वडा नं २ का एक, […]

सुर्खेतमा ट्रकले ठक्कर दिँदा ट्याक्टर चालकको मृत्यु

१७ माघ, काठमाडौं । सुर्खेत वीरेन्द्रनगरको जुम्लारोडस्थित पिपिरा चोक नजिकै शुक्रबार बिहान ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक जाजरकोटको चुनीचाँदे गाउँपालिका-७ का ३४वर्षीय प्रेम कार्की रहेका छन् । सुब्बाकुनाबाट वीरेन्द्रनगर बजारतर्फ आउँदै गरेको भे१त ७५८९ नम्बरको ट्याक्टरलाई पछाडीबाट आइरहेको लु१ख ७६७० नम्बरको ट्रकले ठक्कर दिँदा उनको मृत्यु […]

सुर्खेतको टिपर काण्डमा ५ बुँदे सहमति, आन्दोलन फिर्ता

१६ माघ, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर-३ गौतमचोकमा मंगलबार टिपरले किचेर कालीकोटका २१ वर्षीय केशर सिंहको घटनास्थलमै मृत्यु भएपछि तनावग्रस्त बनेको वीरेन्द्रनगर सामान्य बन्न थालेको छ । तीन दिनको प्रयासपछि बिहीबार पीडितपक्ष र प्रशासनबीच पाँच बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । प्रहरी नियन्त्रणमा रहेका टिपर चालक राजकुमार बोहोराविरुद्ध कारबाहीका लागि पीडित पक्षले किटानी […]

सुर्खेतमा टिपरले किचेर युवकको मृत्यु

१४ माघ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-३ सुर्खेत गौतमचोक नजिक टिपरले किचेर एक युवकको मृत्यु भएको छ । कालीकोट महावै गाउँपालिका-३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहलाई मंगलबार बिहान टिपरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जानकारी दिए । उनका अनुसार सिंह सवार रहेको भे१प २१७८ नम्बरको मोटरसाइकललाई भे१ख २२४२ को टिपरले […]

सुक्यो ‘सुर्खेतको रारा’

२ माघ, सुर्खेत । प्रदेश राजधानी वीरेन्द्रनगरदेखि २२ किलोमिटर पश्चिम जङ्गलको बीचमा अवस्थित ‘बराहताल’ पुग्नुभयो भने तपाईं अहिले ताल देख्न पाउनुहुन्न । कुनै बेला ‘सुर्खेतको रारा’, ‘कर्णालीको दोस्रो रारा’को उपमा पाएको यो ताल एकाएक सुक्दा स्थानीय बासिन्दा अचम्मित छन् । उनीहरुका अनुसार ताल सुक्न थालेको करिब दुई वर्ष जति भयो । जसको पहिचानले गाउँपालिकाकै नाम […]

सुर्खेतमा अतिक्रमित जग्गा धमाधम खाली गराउँदै प्रशासन

२२ पुस, सुर्खेत । जिल्ला प्रशासन कार्यालय, सुर्खेतले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका व्यक्तिका घरटहरा हटाउन थालेको छ । सरकारी कार्यालयका नाममा रहेको तथा यसअघि विभिन्न तहका अदालतले गरेका फैसलाबमोजिम जिल्ला प्रशासनले अतिक्रमण गरिएका जग्गा धमाधम फिर्ता ल्याउन थालेको हो । प्रशासनले कतिपय जग्गा भने पुनः सरकारकै नाममा फिर्ता ल्याइसकेको छ । प्रमुख जिल्ला अधिकारी […]

सुर्खेतमा नेपाली सेनाको एयरवेश

१७ भदौ, काठमाडौं । नेपाली सेनाले पश्चिम क्षेत्रका लागि लक्षित गरेर सुर्खेतमा एयरवेश सञ्चालनमा ल्याएको छ । काठमाडौंबाट मात्रै प्रदान गरिँदै आएको हवाई सेवालाई विस्तार गर्ने क्रममा मंगलबारबाट सुर्खेतमा पनि एयरवेश सेवा सञ्चालमा ल्याइएको हो । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले एयरवेश सञ्चालन कार्यको औपचारिक रुपमा शुभारम्भ गरेका छन् । वेशमा ह्याङ्गर […]

व्यवसायी आचार्यको हत्या आरोपमा ३ जना पक्राउ

७ जेठ, काठमाडौं । करिब ३ महिनाअघि सुर्खेतको वीरेन्द्रनगर–१ मा हत्या गरिएका व्यवसायी चन्द्रप्रसाद जैशी आचार्यको हत्यामा संलग्न भएको आशंकामा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धपथमा पसल सञ्चालन गर्दै आएका नन्दकल विष्ट, उनका श्रीमान कृष्ण विष्ट र छोरी विन्दु विष्ट छन् । जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रमुख एसपी वसन्त रजौरेले उनीहरुविरुद्ध सोमबार […]

सुर्खेत–जुम्ला हवाई सेवा सुरू

२७ भदौ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि जुम्लासम्म सिधा हवाई यातायात सेवा आजदेखि सुरु भएको छ । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले समिट एयरको ९ एन एकेजेट कलसाइनको जहाज चढेर सो सेवाको उद्घाटन गरेका हुन् । उनीसँगै उक्त जहाजबाट बुधबार १८ जनाले सुर्खेतबाट जुम्लाको यात्रा गरेका छन् । साहित्य, कला, संस्कृति […]