Comments Add Comment

सुहाना थापा

List Grid
‘ए मेरो हजुर ३’ चल्दा अनमोल चम्किए, सुहाना उदाइन्

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘ए मेरो हजुर ३’को व्यापारले चलचित्र क्षेत्रमा उत्साह मात्र थपेको छैन, चहलपहल पनि बढेको छ । हलमा दर्शकलाई आकर्षित गर्न सकेको खण्डमा लगानी उठ्ने मात्र होइन नाफा पनि राम्रै कमाउन सकिन्छ भन्ने सोच फेरि निर्मातालाई पलाउन थालेको छ । हुनत, ‘ए मेरो हजुर ३’ले बम्पर कारोबार गर्दै गर्दा अन्य निर्माता मख्ख […]

‘ए मेरो हजुर ३’को बम्पर ओपनिङ, हलमा अनमोल र सुहानाको यस्तो क्रेज(फोटो फिचरसहित)

लामो समयदेखि नेपाली चलचित्र हेर्न दर्शकको भीड हलमा देखिएको छ । शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘ए मेरो हजुर ३’ले शुक्रबार देशभर आक्रामक ओपनिङ गरेको थियो । शनिबार शुक्रबारको तुलनामा दर्शकको चाप हलमा उच्च देखियो । यसैले वितरकले यसलाई बम्पर व्यापार भनेका छन् । शुक्रबार बिहानैदेखि देशभरका हलमा हाउसफूलको व्यापार गरेको चलचित्रले शनिबार त्यसलाई निरन्तरता दिएको […]

‘ए मेरो हजुर ३’बाट यसकारण सुहानाको ‘शानदार डेब्यू’

आज शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘ए मेरो हजुर ३’को प्रिमियर पश्चात नव–नायिका सुहाना थापाको कामको तारिफ गर्दै सामाजिक संजाल भरिएका छन् । धेरैले नायिका सुहाना थापाको शानदार डेब्यू भन्दै प्रशंसा पनि गरिरहेका छन् । यसअघि यस्तो खालको प्रतिक्रिया नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘ड्रिम्स’ चलचित्रबाट डेब्यू गर्दा पाएकी थिइन् । आखिर, सुहानाको यति धेरै तारिफ किन […]

‘ए मेरो हजुर ३’को भव्य प्रिमियर, सुहानाको कामको तारिफ नै तारिफ

भोली शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ३’को भव्य प्रिमियर काठमाण्डौको कुमारी हलमा आयोजना गरिएको छ । झरना थापा निर्देशित चलचित्र हेर्नका लागि चलचित्रकर्मी, पत्रकार र निर्माण टिमका आफन्तहरुको बाक्लो भीड थियो । कुमारी हलमा निकै नै व्यवस्थित तरिकाले आयोजित प्रिमियरमा चलचित्र हेरिसकेपछि अधिकांशले नायिका सुहाना थापाको कामको तारिफ गरेका छन् । केही […]

‘ए मेरो हजुर ३’को शिर्ष गीतः अनमोलले गाउँदा झुमिन् सुहाना

भोली शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ३’को शिर्ष गीत सार्वजनिक गरिएको छ । रिलिजको एक दिन अगाडि सार्वजनिक गरिएको भिडियोको मेकिङ उत्कृष्ट छ । प्रताप दासको स्वर, प्रतिक पौडेलको शब्द, प्रतिक पौडेल र पुष्पन प्रधानको संगीत रहेको यो गीतले चलचित्रका मुख्य दुई पात्र नायक अनमोल केसी र नायिका सुहाना थापाको भूमिका दर्शाउँछ […]

‘ए मेरो हजुर ३’को शिर्ष गीत सार्वजनिक

शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ३’को गीतसंगीतले दर्शकको मन जितिरहेका छन् । चलचित्रको सार्वजनिक ३ गीतले नै दर्शकको मन जितिरहेको समयमा यसको चौथो गीत सार्वजनिक भएको छ । निर्माणपक्षले चलचित्र रिलिज भन्दा केही दिन अगाडि मात्र यसको शिर्ष गीतको अडियो सार्वजनिक गरेको छ । यो गीतमा प्रताप दासको आवाज, रवि मल्लको शब्द […]

सुहानाको ‘ब्लड’ मै छ अभिनय

चलचित्र ‘ए मेरो हजुर ३’ चैत्र २९ गते शुक्रबारदेखि रिलिज हुँदैछ । यो बर्ष अधिकांश चलचित्रले खराब व्यापार गरिरहेको समयमा यो चलचित्रले माहोल तताउने अपेक्षा गरिएको छ । चलचित्रबाट नव–नायिकाको रुपमा सुहाना थापाले डेब्यू गर्दैछिन् । सुहानाको चलचित्र रिलिज अगावै जुन खालको क्रेज बनेको छ, त्यो लोभलाग्दो छ । चलचित्रको ट्रेलर र गीत हेरेरै उनको […]

अनमोलको अटोग्राफले खुशी हुँदै नाचिन् सुहाना

प्रविशा अधिकारीको स्वरमा समावेश चलचित्र ‘ए मेरो हजुर ३’को ‘चिट डे’ सार्वजनिक गरिएको छ । प्रतिक पौडेलको यो गीतमा शब्द तथा संगीत छ । सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्र चैत्रको २९ गतेबाट रिलिज हुँदैछ । चलचित्रको यो गीतमा नायिका सुहाना थापालाई फिचरिङ गरिएको छ । सुहानाको डान्सलाई दर्शकले रुचाएका छन् । यसअगाडि सार्वजनिक […]

सुहाना भन्छिन्–‘म अहिले केही पनि छैन’(भिडियो कुराकानी)

चलचित्र ‘ए मेरो हजुर ३’मा नायिका सुहाना थापालाई निर्देशक झरना थापाले फाइनल गर्दा धेरैले टिप्पणी गरे, ‘छोरीलाई नायक अनमोल केसीको नायिका बनाएर हिट बनाउने दाउमा झरना लागिछन् ।’ सुहाना र अनमोलसँग गरिएको भिडियो कुराकानी यहाँ हेर्नुहोस्ः अनमोल केसीलाई फाइनल गरेपछि झरनाले सुहानालाई फोन गरेर चलचित्रमा तिमी पनि छौं है भनेकी रहिछन् । के अनमोल केसीको […]

छोरी सुहानाको सफलता कुर्दै आमा झरना

केही दिन अगाडि आयोजित चलचित्र ‘ए मेरो हजुर ३’को ट्रेलर रिलिज कार्यक्रममा निर्देशक झरना थापाले छोरी सुहाना थापाको करिअरलाई लिएर मन छुने कुरा गरिन् । झरनाले भनेकी थिइन्–‘मैले यो चलचित्रबाट छोरीलाई डेब्यू गराउँदैछु । आजबाट मैले मेरी छोरी सुहानालाई तपाइहरुमाझ छाड्दैछु । जसरी, एउटा स्कुलमा एउटा अभिभावकले आफ्नो बच्चालाई लिएर जान्छ र त्यहाँ छाड्छ । […]

‘ए मेरो हजुर ३’को ट्रेलर रिलिज, अनमोल र सुहानाको यस्तो केमेष्ट्री

प्राविधिक कारणले बुधबार सार्वजनिक हुन नसकेको चलचित्र ‘ए मेरो हजुर ३’को ट्रेलर सार्वजनिक भएको छ । युटुबमा सार्वजनिक भएको ट्रेलरलाई कमर्सियल बनाइएको छ । चलचित्रको ट्रेलरमा मुख्य कलाकारहरु नायक अनमोल केसी, नव–नायिका सुहाना थापा, कलाकार सलोन बस्नेत, अर्पण थापा, रेअर राई लगायतलाई देखाइएको छ । सार्वजनिक भएको चलचित्रको ट्रेलरमा नायक अनमोल केसीको २ फरक गेटअप […]

सुहाना भन्छिन्–‘मेरो नयाँ यात्राको सुरुवात भएको छ’

चलचित्र ‘ए मेरो हजुर ३’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नव–नायिका सुहाना थापाले यसलाई आफ्नो नयाँ यात्राको सुरुवात बताएकी छिन् । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित सुहानाले भनिन्–‘मेरो लागि यो नयाँ यात्राको सुरुवात हो । धेरै कुरा सोचेर कार्यक्रममा आएकी थिएँ । तर, धेरै क्यामेरा देखेर के बोलुम बोलुम भयो ।’ सुहानाले ‘ए मेरो हजुर […]

ट्रेलर रिलिजमा झरनाले भनिन्–‘छोरीलाई आफू हिडेको बाटोमा ल्याउँदैछु’

चैत्र २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ३’को ट्रेलर काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । यो चलचित्रको ट्रेलर युटुबमा भने बिहिबार दिउँसो १ बजे मात्र सार्वजनिक गरिने निर्माणपक्षले बताएको छ । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा नायक अनमोल केसी, नायिका सुहाना थापा, कलाकारहरु सलोन बस्नेत, रेअर राई, निर्माता सुनिलकुमार थापा […]

‘परान परान’ बोलको गीतले राख्यो २४ घन्टामा १० लाख भ्यूजको रेकर्ड

चलचित्र ‘ए मेरो हजुर ३’मा समावेश ‘परान परान’ले युटुबमा नयाँ रेकर्ड बनाएको छ । नेपाली चलचित्रको कुनै पनि गीतले सार्वजनिक भएको २४ घन्टा नवित्दै १० लाख भ्यूज यसअगाडि पाएको थिएन । तर, यो गीतले २४ घन्टामा १० लाख भन्दा भ्यूज बटुल्दै युटुबमा नयाँ रेकर्ड बनाएको छ । केही आधुनिक गीतले भने २४ घन्टामा १० लाख […]

‘ए मेरो हजुर ३’मा ‘परान परान’ भन्दै नाचे अनमोल र सुहाना

चलचित्र ‘ए मेरो हजुर ३’मा समावेश ‘दोश्रो गीत सार्वजनिक भएको छ । पहिलो गीत रोमान्टिक सार्वजनिक गरेको यसको निर्माणपक्षले दोश्रो गीत भने लोकलयको सार्वजनिक गरेको छ ।  ‘परान परान’ बोलको गीतमा आशिष अविरल र अन्जु पन्तको स्वर, आनन्द अधिकारीको शब्द, आशिष अबिरलकै संगीत छ । यो गीतलाई बिहेको समयमा गाइने गीतको रुपमा तयार पारिएको छ […]

झरना भन्छिन्–‘छोरीलाई हिट गराउन अनमोललाई लिएकी होइनँ’

दुई दशक भन्दा बढी समयदेखि चलचित्र क्षेत्रमा नायिकाको रुपमा चर्चामा रहेकी झरना थापा अहिले निर्देशक बनेकी छिन् । उनको निर्देशनमा बनेको पहिलो चलचित्र ‘ए मेरो हजुर २’ निकै सफल भएको थियो । उनको निर्देशनमा बनेको दोस्रो चलचित्र ‘ए मेरो हजुर ३’ नयाँ वर्षको अवसर पारेर चैत २९ गतेबाट रिलिज हुदैछ । यो चलचित्रमा नायक अनमोल […]

‘ए मेरो हजुर ३’को गीतमा जब अनमोलले सुहानालाई चिट गरे

चलचित्र ‘ए मेरो हजुर ३’ चर्चामा छ । चैत्र २९ गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । यो चलचित्रबाट नायिका झरना थापाकी छोरी सुहाना थापाले चलचित्र क्षेत्रमा डेब्यू गर्दैछिन् । सुहानालाई सिंगो चलचित्र क्षेत्र र दर्शकले पनि प्रतिक्षा गरिरहेका छन् । सुहानाको कामको यो चलचित्रका नायक अनमोल केसीले त सुरुवातदेखि […]

‘क्याप्टेन’ हेर्न हल पुगेकी सुहानाले के भनिन् ?

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘क्याप्टेन’ हेर्न शनिबार बेलुकी काठमाण्डौको बीग मुभिजमा नायिका सुहाना थापा पुगेकी छिन् । निर्देशक तथा नायिका झरना थापा र निर्माता सुनिलकुमार थापा छोरी सुहानालाई लिएर बीग मुभिज पुगेका हुन् । सुहाना ‘ए मेरो हजुर ३’बाट नेपाली चलचित्रमा प्रवेश गर्दैछिन् । यो चलचित्रमा नायक अनमोल केसी सुहानाको जोडीको रुपमा देखिएकी छिन् । […]

अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’को टिजर रिलिज

सुनिल कुमार थापाको निर्माणमा तयार भएको चलचित्र ‘ए मेरो हजुर ३’को १ मिनेट लामो टिजर सार्वजनिक गरिएको छ । चलचित्रको टिजरमा नायक अनमोल केसी र नायिका सुहाना थापाको केमेष्ट्रीलाई झल्काइएको छ । झरना थापाको निर्देशनमा तयार भएको यो म्यूजिक लभ स्टोरी चलचित्रमा अनमोल र सुहानाको साथमा अर्पण थापाको मुख्य भूमिका छ । यो चलचित्र चैत्र […]

अमेरिकामा अनमोलसँग रोमान्टिक सुहाना

नायक अनमोल केसी र नायिका सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ३’को एउटा गीतको छायांकन अमेरिकाको रमणिय स्थानमा गरिएको छ । ‘तिमी बाहेक बिताएका दिनहरु मेरो उमेरमा गन्दिन, तिमी बाहेक बिताएका पलहरु मेरो आयुमा गन्दिन’ बोलको गीतको छायांकन अमेरिकामा गरिएको हो । अमेरिकामा चलचित्रको केही दृश्यको छायांकन समेत गरिएको छ । चलचित्रको […]

अमेरिका उडे अनमोल, भन्छन्–‘मसँग कथा र नायिका राम्रो भएन भन्ने अधिकार छैन’

चलचित्र ‘ए मेरो हजुर ३’को छायांकनका लागि नायक अनमोल केसी अमेरिका उडेका छन् । चलचित्रकी निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा र नायिका सुहाना थापा केही दिन अगाडि नै अमेरिका पुगिसकेका थिए । चलचित्रको एउटा गीत र केही दृश्यको छायांकनका लागि आफू अमेरिका उडेको अनमोलले बताएका छन् । अमेरिका उड्नु अगाडि त्रिभुवन विमानस्थलमा संचारकर्मीसँग […]