Comments Add Comment

सेयर बजार

List Grid
नेपाली सेयर बजारकै सबैभन्दा ठूलो आईपीओ खुला, कतिसम्म भर्ने ?

२ माघ, काठमाडौं । नेपालको सेयर बजारकै इतिहासमा सबैभन्दा ठूलो परिमाणको साधारण सेयरका रुपमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ खुलेको छ । मुलुकको पहिलो पूर्वाधार बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासनको बिक्री आजबाट थालेको हो । ८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल […]

एक वर्षमै नेप्से परिसूचक ९०७ अंकले उकालो, पुँजीकरण ३१ खर्ब नजिक

२ माघ, काठमाडौं । सेयर बजारको पुँजीकरण ३१ खर्ब नजिक पुगेको छ । चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्म सेयर बजारको पुँजीकरण ३० खर्ब ७९ अर्बर् ९४ करोड रुपैयाँ पुगेको हो । समग्रमा सेयरको मूल्यमा भएको सुधार र केहि नयाँ सेयर समेत सूचीकृत भएका बजार पुँजीकरणमा निकै राम्रो सुधार भएको हो । चालु […]

सेयर बजारमा नयाँ रेकर्ड

२८ पुस, काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक  उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । आज नेप्से २८.५९ अंकले बढेर दुई हजार दुई सय ६८ दशमलब २ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । कारोबार रकम भने […]

सेयर बजार झिनो अंककाे सुधार, कमर्सीयल बैंकमा झुम्मिए लगानीकर्ता

२७ पुस, काठमाडौं । साताको दोस्रो दिन सेयर बजार झिनो अंकले उकालो लागेको छ । समग्रमा सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागे पनि धेरै कम्पनीहरुको सेयर मूल्य ओरालो लागेको छ । कारोबार रकमका आधारमा कमर्सीयल बैंकहरु नै अगाडि देखिएका छन् । सोमबार नेप्से परिसूचक ३ दशमलव ७० अंकले उकालो लागेर २ हजार २ सय […]

सेयर बजारको पुँजीकरण ३० खर्ब नाघ्यो

२६ पुस, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ४१ अंक भन्दा माथिले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ४१ दशमलव २४ अंकले बढेर १ हजार २ सय ३५ दशमलव ७२ अंकमा पुगेको छ । बजार हरियाली हुँदा सेयर बजारको पुँजीकरणमा समेत नयाँ रेकर्ड कायम भएको छ । आयतबार सेयर बजारको पुँजीकरण […]

बजार घट्दा पनि सेयर मूल्य धेरै बढेका ५ कम्पनी

२१ पुस, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार ३ दशमलव ५४ अंकले ओरालो लाग्यो । सेयर कारोबार मापक नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.४७ अंकले ओरालो लाग्यो । समग्रमा बजार घट्दा कारोबार रकम ४ अर्ब ५६ करोडमा रोकियो । नेप्सेमा कारोबार हुने उपसमूहहरु मध्ये तीन उपसमूहहरु […]

नेप्से परिसूचकले राख्यो नयाँ रेकर्ड

१९ पुस, काठमाडौं । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । नेप्से परिसूचक २ हजार १ सय ७५ दशमलव ३९ अंकले उकालो लागेर नयाँ रेकर्ड कायम भएको हो । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ८८.१२ अंकले बढेको छ । नेप्से परिसूचकमा आएको उछालले बजारमा कारोबार हुने सबै उपसमूहहरु हरियाली देखिएका […]

नेप्से परिसूचक ५.५७ अंकले बढ्यो, अधिकांश समूह भने राताम्मे

१४ पुस, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा कारोबार हुने अधिकांश समूह घटेर राताम्मे देखिएको छ । समग्रमा सेयर कारोबार मापक नेप्से परिसूचक ५.५७ अंकले बढेर २ हजार १२ दशमलव ८९ अंकमा पुगेको छ । समग्रमा बजार बढे पनि धेरै जसो कम्पनीहरुको भने सेयर मूल्इ घटेको छ । उत्पादमूलक, लघुवित्त, निर्जिवन बिमा समूह […]

सेयर बजारमा देखिएन राजनीतिक असर, नेप्से परिसूचक उर्लियो

७ पुस, काठमाडौं । देशमा राजनीतिक घटनाक्रम तातिरहेका बेला सेयर बजार भने उचालिएको छ । साताको तेस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ९५ अंकले बढेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार प्रतिनिधि सभा विघटन गरेकी थिइन् । सो दिन ९६ अंकको भीषण पहिरो गएको सेयर बजार मंगलबार भने ९५ दशमलव ४६ […]

सेयर बजारमा नाटकीय उतार-चढाव, दोधारमा लगानीकर्ता !

६ पुस, काठमाडौं । देशको राजनीतिमा हलचल भएको दोस्रो दिन सेयर बजारमा नाटकीय उचारचढाव देखियो । दिनभर तीव्र उतार-चढाव देखिएर बजार अन्नतः ३०.३३ अंक बढेरै बन्द भएको छ । आइतबार मन्त्रिपरिषद्का् सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विघटन गरेकी थिइन् । यो घटनापछि आइतबारको सेयर बजारमा ९६ अंकको पहिरो गयो । राजनीतिक सरगर्मी कायमै अवस्थामा सोमबारको […]

सेयर बजारमा पर्ला राजनीतिक हलचलको प्रभाव ?

५ पुस, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार राताम्मे देखियो । नेपाल स्टक एक्सचेञ्ज्मा कारोबार हुने धेरै कम्पनीहरुको सेयर मूल्य घट्यो । तर सबै कम्पनीहरुको भने घटेको छैन । केही यस्ता कम्पनीहरु छन् आइतबार अधिकांशको मूल्य घट्दा पनि ति कम्पनीहरुको सेयर मूल्य करिब १० प्रतिशतले उकालो लाग्यो । जस्तो युनाइटेड इदी मार्दी आरबी […]

राजनीतिक संकटले सेयर बजारमा पहिरो, ९६.८८ अंकले घट्यो नेप्से

५ पुस, काठमाडौं । देशमा देखिएको राजनीतिक संकटको छाया सेयर बजारमा पनि देखिएको छ । आइतबार सेयर बजार नेप्से परिसूचक एकै दिन झण्डै सय अंंकले घटेको छ । आइतबार २०४६.५७ मा खुलेको सेयर बजार ९६.८८ अंकले घटेर १९३५.६४ अंकमा पुगेको छ । आइतबार १९८ कम्पनीको सेयर एक करोड ४० लाख ३० हजार ७४९ पटक किनबेच […]

नेप्से परिसूचक करिब २३ अंकले घट्यो, लघुवित्तबाहेक सबै राताम्मे

२ पुस, काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार लघुवित्त समूहबाहेक रातम्मे देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २२ दशमलव ७० अंकले ओरालो लागेर २ हजार ३० दशमलव ५१ अंकमा झरेको छ । नेप्सेमा कारोबार हुने सबै समूहरु घटेर रातो देखिएका छन् । नेप्से परिसूचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स […]

सेयर ब्रोकर कमिसन विवाद : अध्ययन रिपोर्ट थन्काएर अध्यक्ष अमेरिका !

१ पुस, काठमाडौं । सेयर खरिदबिक्री वापत तिर्नु पर्ने कमिसनका विषयमा चर्को बहस भइरहेका बेला नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना अमेरिकामा पुगे । जब अध्यक्ष ढुंगाना अमेरिका पुगे, यता कमिसन घटाउनु पर्ने भन्दै पुँजी बजारका लगानीकर्ताहरु आन्दोलन सुरु गरे । उनीहरुले अघिल्लो साता धितोपत्र बोर्ड घेराउ पनि गरे । हाल सेयर किनेबेचमा ब्रोकर कम्पनीहरुले […]

नेप्से परिसूचक ९ अंकले घट्यो, हाइड्रोपावर भने ८३ अंकले बढ्यो

२३ मंसिर, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ९ अंकले घटेको छ । नेप्से परिसूचक ९.०४ अंकले घटेर १ हजार ९ सय ९५ दशमलव ३५ अंक्मा झरेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.५९ अंकले घटेर ३८० दशमलव १८ अंक्मा झरेको छ । कारोबार रकम पनि […]

सेयर बजारमा चलखेल हल्ला कि वास्तविकता ?

२२ मंसिर, काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज -नेप्से) परिसूचक ७२ अंकले बढेर दुई हजारमाथि पुग्यो । यो बृद्धिले आइतबार नेप्सेमा गएको १२३ अंकको पहिरोबाट आत्तिएकाहरूलाई केही राहत दियो । पछिल्लो तीन महिनामा सेयर कारोबार मापक नेप्से परिसूचक ५ सयभन्दा धेरै अंकले उकालो लागेको छ ।  १५ सय हारहारीमा रहेको परिसूचक बढेर २ हजार ४ […]

नेप्से परिसूचक ७० अंकले बढ्यो, व्यापारबाहेक सबै समूह हरियो

१७ मंसिर, काठमाडौं । साताको चौथो कारोबार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ७० अंक भन्दा माथिले उकालो लागेको छ । नेप्सेमा कारोबार हुने व्यापार बाहेक अन्य सबै समूहहरु बढेर हरियाली देखिदा नेप्से परिसूचक ७० दशमलव ६४ अंकले बढेर २ हजार ७१ दशमलव ०२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ […]

सेयर बजारमा नयाँ रेकर्ड, कारोबार रकम ९ अर्ब नाघ्यो

१४ मंसिर, काठमाडौं । नेपाली सेयर बजारमा पुनः नयाँ रेकर्ड कायम भएको छ । साताको पहिलाे दिन आइतबार भएकाे कारोबारमा सेयर कारोबार मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेको हो । आइतबार नेप्से परिसूचक ३.९६ प्रतिशत अर्थात ७५ दशमलव ०२ बढेर १ हजार ९ सय ६८ दशमलव २७ अंक भन्दा […]

४ वर्ष अघिकाे अवस्थामा आइपुग्यो सेयर बजार, नेप्से १९ सय माथि

११ मंसिर, काठमाडौं । नेपाली सेयर बजार ४ वर्ष अघिकै अवस्थामा आइपुगेको छ । ४ वर्ष अघि अर्थात २०७३ साउन १२ गते सेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ रेकर्ड कायम गरेको थियो । त्यसबेला १ हजार ८ सय ८१ अंकमा पुगेर रेकर्ड कायम गरेको नेप्से परिसूचक त्यस भन्दा माथि भने पुग्न सकेन । त्यसबेलादेखि ओरालो […]

आधा घण्टामै ४० अंकले बढ्यो नेप्से परिसूचक

१० मंसिर, काठमाडौं । बुधबार सेयर बजारमा निकै उल्लास छाएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक आधा घण्टामै करिब ४० अंकले धेरैले बढेको छ । बजार खुलेसँगै उकालो लाग्ने क्रम शुरु भएको बजारमा ११ बजेर २८ मिनेट जाँदा ४० दशमलव ७८ अंकले बजार उकालो लागेको थियो । यद्यपि, ११ बजेर ३० मिनेट जादा नेप्से […]

नेप्से परिसूचक १८ सय नाघ्यो, होटल बाहेक सबै समूह हरियाली

९ मंसिर, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब ३० अंकले बढेको छ । नेप्से परिसूचक २९ दशमलव ६८ अंकले बढेर १ हजार ८ सय १० दशमलव ११ अंकमा पुगेको छ । नेप्से परिसूचक लामो समय पछि १ हजार ८ सय माथि पुगेको हो । कारोबार रकम करिब साढे ५ […]