Comments Add Comment

सेयर

List Grid
नेप्सेमा एकै दिन चार पटकसम्म दोहोरो अंकको उतार चढाव

२६ चैत, काठमाडौं । नेप्से परिसूचक १३ सय विन्दुमा आएपछि एकै दिन चार पटकसम्म नेप्से दोहोरो अंकले तलमाथि गरेको छ । १२९५ बाट शुरु भएको बजार २० अंक बढेर १३१५ सम्म पुगेकोमा पुन २४ अंकले घटेर १२९१ मा आयो । पुनः बजार २१ अंकले बढेर १३१६ सम्म पुग्यो भने फेरी ११ अंक घट्यो, आठ अंक […]

एक वर्षमा चार सय अंकले घट्यो नेप्से, ८५ अर्बको सेयर थपियो

२६ चैत, काठमाडौं। वर्षभरी लगभग ओरालो बाटोमा देखिएको नेप्सेले एक वर्षमा चार सय अंक गुमाएको छ । गत वर्षको चैत अन्त्यमा १६७९ विन्दुमा रहेको नेप्से परिसूचक आइतबार १२९४ विन्दुमा आइपुगेको छ । यो वर्ष अन्त्य हुन मात्रै पाँच दिन बाँकी छ । बर्षअन्त्य हुँन लाग्दा सेयर बजारमा हरियाली छाउन थालेको छ भने कारोबार रकममा पनि […]

तीन दिनमा नेप्सेले करिब एक सय अंक जोड्यो

२५ चैत, काठमाडौं । तीन दिनमा नेप्से परिसूचकले करिब एक सय अंक जोडेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ४४ अंकले बढेर एक हजार दुई सय ९४ विन्दुमा पुगेको छ । तीन दिन अघि नेप्से ११९९ विन्दुमा थियो । बजारमा आइतबार मात्रै ९१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । एनआइसी एशियाको ग्रोथ […]

सेयर बजार घट्दा मात्रै उठ्ने यी मुद्दा !

२५ चैत, काठमाडौं। नेपाली सेयर बजारमा पुर्वाधार निर्माण, सेयर बजार सुधारका मुद्दा तब मात्र उछालिन्छ, जतिखेर बजार घट्दो क्रममा रहेको हुन्छ । घट्दो बजार नै राजनीतिक दल, लगानीकर्ता हुन् वा बजार सञ्चालक तथा नियामक सबैले बजार सुधारको गफ गर्ने मेलो बन्ने गरेको छ । बजार बढ्दा भने सरकार आफु जस लिन र लगानीकर्ता नाफा निकाल्नै […]

सातामा ३० अंकले बढ्यो नेप्से, कारोबार रकममा १० प्रतिशत कटौती

२३ चैत, काठमाडौं । गत साता नेप्से परिसूचक करिब ३० अंकले बढेको छ । साताको पहिलो दिन उच्चले घटेको बजार पछिल्ला दुई दिन उच्चले बढेपछि सुधार भएको थियो । बजार उच्चले घटेको, चैत त्रैमाश अन्त्य हुन लागेकोले बार्षिक नाफा घाटाको प्रक्षेपण गर्ने समय आउन लागेकोले बजारमा सुधारको संकेत देखिएको हो । लगानीकर्ताहरुले यससाता गभर्नर र […]

भेटले बढ्यो सेयर बजार

२२ चैत, काठमाडौं । लगानीकर्ताहरुले कहिले गभर्नर, कहिले अर्थमन्त्रीलाई भेटेको खबर बजारमा फैलिएपछि सेयर बजार पुनः बढ्दो क्रममा देखिएको छ । नेप्से परिसूचकमा बिहीवार एकै दिन करिब २४ अंकले वृद्धि भएको छ । नेप्से १२५० विन्दुमा आइपुगेको हो । कारोबार रकममा दोब्बरले वृद्धि भएर ६१ करोड ९३ लाख रुपैयाँ पुगेको छ । दुई दिनमा नेप्सेले […]

टुरिज्म डेभलपमेन्टले १५ प्रतिशत बोनस सेयर दिने

२२ चैत, काठमाडौं । टुरिज्म डेभलपमेन्ट बैंकले १५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैंकको लाभांश राष्ट्र बैंकबाट स्वीकृत तथा साधारण सभाबाट पारित हुन बाँकी छ । बोनस पारितभएसँगै बैंकको पुँजी करिब दुई अर्ब ३१ करोड रुपैयाँ पुग्ने भएको छ ।

गभर्नरसँग नेप्सेका पूर्वसीईओसहित लगानीकर्ताको भेटले बन्यो बजार सकारात्मक

२१ चैत, काठमाडौं । बुधबार नेप्से परिसूचक २७ अंकले वृद्धि भएको छ । बजार घटेपछि बुधवार नै नेप्सेका पूर्वसीईओ सहित लगानीकर्ताको टोलिले गभर्नर डा. चिरञ्जीवि नेपाललाई भेटेको खबरपछि बजार क्रमिकरुपमा बढ्दो क्रममा देखियो । नेपाल पुँजीबजार संघ र नोबल इनिसिएशन नेपालले गर्भनरसँग भेटघाट गरेको थियो । नोबल इनिसिएशनका अध्यक्षको रुपमा नेप्सेका पूर्व सीईओ सिताराम थपलिया […]

४० करोडबाट घट्यो दैनिक औसत कारोबार

२० चैत, काठमाडौं । बजार घट्ने क्रममा ब्रेक लागेपनि स्थिर देखिदा सेयर कारोबार रकम घटेको छ । नेपाल स्टक एक्सचेन्जको तथ्यांक अनुसार गत महिनामा दैनिक औसत ४२ करोडको सेयर कारोबार भएकोमा मंगलबार २२ करोड रुपैयाँको कारोबार भएको हो । सेयर बजार सूचक नेप्से एक हजार एक सय ९९ विन्दुमा आइपुगेको छ । माघमा भने दैनिक […]

अनुमति नलिएका जलविद्युतमा लगानी नगर्न धितोपत्र बोर्डको आग्रह

२० चैत, काठमाडौं । धितोपत्र बोर्डसँग सेयर निष्कासन अनुमति नलिएका कम्पनीमा सेयर लगानी नगर्न बोर्डले लगानीकर्ताहरुलाई आग्रह गरेको छ । धितोपत्र सम्बन्धि ऐनमा संगठित संस्थाले सर्वसाधारणमा सेयर जारी गर्नुअघि धितोपत्र बोर्डमा दर्ता गर्नुपर्ने प्रावधान छ । तर केही जलविद्युत कम्पनीले दर्ता लगायतका कुनै प्रक्रिया नगरि सर्वसाधारणबाट लगानी माग्दै केही जलविद्युत् कम्पनीले सुचना सार्वजनिक गरेपछि बोर्डले […]

श्वेतपत्रले सेयर बजारको समस्या देख्यो, समाधान नि देला ?

१८ चैत, काठमाडौं । श्वेतपत्रको अपेक्षामा रहेका लगानीकर्ताहरुले बजारको समस्याको समाधान नपाएपनि सरकारले समस्या पहिचान गरेको भन्दै सन्तोष मानेका छन् । ‘बजारको समस्याको सरकारले गरेको देखिन्छ, अब विज्ञहरु नै हुनुहुन्छ समाधान पनि खोज्नु होला नि,’ सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले भए । श्वेतपत्रले पनि बजारका साना लगानीकर्ताहरुमा जानकारी अभाव, सेयरको बढ्दो आपूर्ति र ब्याजदर […]

साञ्जेन र रसुवागढीका सञ्चयकर्ताले पाए ४० देखि ८० कित्तासम्म सेयर

१८ चैत, काठमाडौं । साञ्जेन हाइड्रो र रसुवागढी हाइड्रोपावरका सञ्चयकर्ताले क्रमशः ४० देखि ८० कित्तासम्म सेयर हात पारेका छन् । रसुवागढी हाइड्रोले कर्मचारी सञ्चय कोषका एक लाख ८७ हजार आठ सय ७८ योग्य आवेदकमध्ये ७० देखि ८० कित्तासम्म सेयर पाएका छन् । कम्पनीको सेयरमा ५० कित्तासम्म आवेदन गर्नेले ५० नै, ६० हित्तासम्म आवेदन गर्नेले ६० […]

सेयर बजार सतहीः अर्थमन्त्री

१६ चैत, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा स्वेत पत्रको सारंश प्रस्तुत गर्दै सेयर बजार सतही रहेको टिप्पणी गरेका छन् । ‘नेपालको पुँजी बजार सतही रहनुका साथै, अर्थतन्त्रको दायरा बढाउन पुँजी बजार सशक्त माध्यम भएपनि धितोपत्र बजारमा मात्र सिमित छ,’ अर्थमनत्री खतिवडाले भने । उनले पुँजी बजार मार्फत स्वलगानीको लागि ठुलो परिमाणमा पुँजी जुटाउन […]

आरम्भ माइक्रोको नेटवर्थ सय मुनि, कतिमा होला कारोबार ?

१५ चैत, काठमाडौं । आरम्भ माइक्रोफाइनान्सको प्रतिसेयर नेटवर्थ एक सय रुपैयाँभन्दा पनि मुनि छ । यही कारण कम्पनीले पहिलो कारोबारको लागि ८१ रुपैयाँदेखि दुई सय ४५ रुपैयाँसम्मको मूल्य रेञ्ज पाएको छ । नेप्सेले कम्पनीहरुलाई पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य दिने चलन छ । थोरै चुक्ता पुँजीका कम्पनी भएपनि लघुवित्त कम्पनीको सेयरमा आकर्षण देखिदै […]

नेप्से परिसूचक स्थिर, स्वेतपत्रको आश

१४ चैत, काठमाडौं । केही दिनयता उच्च उतार चढावमा देखिएको नेप्से परिसूचक बुधबार स्थिर भएको छ । नेप्से करिब ३ अंक (२.९० अंक) ले घटेर १२०४ बिन्दुमा आइपुगेको छ । स्वेतपत्र आउने चर्चासँगै मंगलबार बढेको बजार बुधबार केही मत्थर भएको छ । स्वेतपत्रमा सेयर बजारको समेत सम्बोधन हुने अर्थमन्त्रालयले बताएको छ । अर्थमन्त्रालयका अनुसार यही […]

शिवम सिमेन्टले सेयर जारी गर्ने, लगानीकर्ताले प्रिमियम मूल्य तिर्नुपर्ने

१४ चैत, काठमाडौं । शिवम सिमेन्टले ५२ करोड रुपैंया वरावरको ५२ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको छ । सिद्धार्थ क्यापिटल लिमिटेड कम्पनी निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा रहेको छ । उत्पादनमुलक समूहमा सिमेन्ट उद्योग क्षेत्रबाट पहिलो कम्पनीले सेयर जारी गर्ने भएको हो । कम्पनीले स्थानीय बासिन्दाको लागि आठ करोड ८० लाख […]

स्पर्स लघुवित्तले २ करोडको सेयर जारी गर्ने

१४ चैत, काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड ४० लाख रुपैंया वरावरको २ लाख ४० हजार कित्ता साधारण सेयर (कर्मचारीहरु समेत) निष्काशन गर्न लागेको छ । यसको लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । स्पर्स लघुवित्त वित्तीय संस्थाका तर्फबाट सजल खड्का र सानिमा क्यापिटलका प्रमुख कार्यकारी […]

नेप्सेमा ‘फुल स्विङ’ ! ३३ घटेर ३९ बढ्यो

१३ चैत, काठमाडौं । मंगलवार सेयर बजारबारे अर्थमन्त्रालयका उपसचिवको लेख, स्वेतपत्रमा बजारको सम्बोधन गर्ने विषय अर्थमन्त्रालयबाट आउदा र सदनमा समेत सांसदहरुले बजार घटेकोमा चासो देखाएपछि बजार एकाएक बढेको छ । कारोबार खुलेको केही समयदेखि ओरालो लागेको बजार मध्यान्नमा ३३ अंकसम्म घटेको थियो । तर, त्यसपछि बजार एकाएक सुधार भएर हरियो भयो । बजार ४८ अंकसम्म […]

सदनमा सांसदको प्रश्नः सेयर बजार चाहिने कि नचाहिने ?

१३ चैत, काठमाडौं । सेयर बजार घटेपछि यसबारेमा सवत्र चर्चा भइरहेको छ । आज राष्ट्रिय सभामा सभेत सांसद राधेश्याम अधिकारीले सेयर बजारले लगानीकर्ताहरुको विजोग भइरहेको छ भने सरकारले यसबारेमा स्पष्ट पानुपर्ने बताएका छन् ।  उनले राखेको धारणा जस्ताको तस्तैः अहिले सेयर बजारको कुरा छ, यहाँ सेयरहरु भन्ने वित्तिकै धनीहरुले मात्र किन्ने भन्ने होइन, साना साना […]

चुक्ता पुँजी देखाएरै बैंकहरुको २ खर्ब लगानी

  १३ चैत, काठमाडौं । केही वर्षअघिसम्म संकलन गरेको निक्षेपको ८० प्रतिशत पनि कर्जा लगानी गर्न नसकिरहेका बैंकहरु अहिले निक्षेपको ९२ प्रतिशतसम्म कर्जा लगानी गर्न थालेका छन् । चुक्ता पुँजीमा भएको वृद्धिको कारण बैंकहरु कर्जा वृद्धिमा आक्रामक हुन थालेका हुन् । २०७२ मा राष्ट्र बैंकले वाणिज्य बैंकहरुको चुक्ता पुँजी चार गुणाले बढाउने निर्देशन दियो । […]

स्वेतपत्रबाटै सेयर बजारको सम्बोधन गर्ने सरकारी तयारी, यसै साता !

१३ चैत, काठमाडौं । सेयर बजार घटेकोमा अर्थमन्त्रालयको आधिकारिक धारणा मागिरहेका लगानीकर्ताहरुले स्वेतपत्र बाटनै जवाफ पाउने भएका छन् । ‘माग र आपुर्तिको नियम अनुसार नै सेयर बजार चल्न सरकारको धारणा हो, तर सरकारले यसमा केही सम्बोधन गर्नैपर्ने भए स्वेतपत्र र नीति तथा कार्यक्रमबाट नै गर्नेछ,’ वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाका एक उच्च अधिकारीले भने । उनले […]