Comments Add Comment

सेयर

List Grid
लगानीकर्ताको आठ खर्ब गुमेको भन्दै अन्दोलनको तयारीमा सेयर लगानीकर्ता

१२ चैत, काठमाडौं । लामो समयदेखि घटिरहेको बजारमा लगानीकर्ताको आर्थिक र मनोवैज्ञानिक असर परेको भन्दै नेपाल इन्भेष्टर्स फोरमले सरकारको ध्यानाकर्षण गराएको छ । १५ लाख लगानीकर्ताले इतिहासमै सबैभन्दा धेरै आठ खर्ब ३६ अर्ब गुमाउनु परेको भन्दै फोरमले सरकारको ध्यानाकर्षण गराएको हो । जिम्मेवार निकायहरुको अदुरदर्शी नीतिकाकारण मुलुकले गम्भिर रुपमा लगानी योग्य पूँजी तथा तरलताको अभाव […]

राधिको ‘१० कित्ते’ ले सेयर बेच्न थाले, दिइएको मूल्यमा भएन कारोबार

१२ चैत, काठमाडौं । सोमबारबाट कारोबार खुलेको राधि जलविद्युत कम्पनीको १० कित्ता सेयर हुनेले बिक्री शुरु गरेका छन् । सेयर कारोबारको लागि अधिकत्तम ३ सय ९७ रुपैयाँको मूल्य रेञ्ज पाएपनि कम्पनीको अधिकांश कारोबार एक सय ५५ रुपैयाँमा भएको छ । कम्पनीले पहिलो कारोबारको लागि एक सय ३९ रुपैयाँदेखिको रेञ्ज पाएको थियो ।   पहिलो कारोबारको लागि […]

हाम्रो सेयर बजार निर्जीव हो, सरकारले इन्जिनको काम गर्नुपर्छः फोरम

१२ चैत, काठमाडौं । अर्थमन्त्रीको भनाई आएसँगै सेयर बजार पुनः ओरालो लागे भन्दै सेयर लगानीकर्ताहरु आन्दोलनमा जाने भएका छन् । ‘अर्थमन्त्रीजस्तो व्यक्तिले सेयर बजार आफै बढ्छ, आफै घट्छ भन्न मिल्दैन । किनभने हाम्रो बजार निर्जीव छ,’ नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेलले भने । बजार निर्जीव भएकोले यसलाई गति दिने काम या त बाढि जस्ता […]

पहिलो सर्किटले रोकिएन नेप्से घट्न, लगानीकर्ताले स्वेतपत्रको आश मारे

१ चैत, काठमाडौं । बजार खुलेको ४० मिनेटमा ३ प्रतिशतले घटेर पहिलो सर्किट ब्रेक लागेको नेप्से त्यसपछि पनि घट्न रोकिएन ।  पहिलो पटकको सर्किट ब्रेकको कारण १५ मिनेट बन्द भएको बजार घट्ने क्रम जारी रहेपछि चार प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । सरकारले स्वेत पत्र मार्फत बजारलाई सम्बोधन गर्ने अपेक्षामा लगानीकर्ताहरु रहेका भएपनि आइतबार अर्थमन्त्री […]

ऋण तिर्न बरुण हाइड्रो हकप्रद जारी गर्दै, १० प्रतिशत पुँजी नयाँ आयोजनालाई

११ चैत, काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हकप्रदबाट उठाएको रकमको ९० प्रतिशत पुँजी पुरानो ऋण तिर्न लगाउने भएको इक्रा नेपालले उल्लेख गरेको छ । कम्पनीले रेटिङ कम्पनी इक्रा नेपालबाट ग्रेड फोर रेटिङ पाएको छ । यसले कम्पनीको आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत […]

सांग्रिलाको हकप्रद सेयरको बाँडफाँट

९ चैत, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको हकप्रद सेयर बाँडफाँट गरेको छ । बैंकको अधिकारिक विक्री प्रबन्धक प्रभु क्यापिटलले बैंकसंगको समन्वयमा उक्त हकप्रद शेयर बाँडफाँट गरेको हो । बैंकको मंसिर २५ गतेसम्म कायम साविक सेयरधनीका लागि दश बराबर आठ अनुपातमा हकप्रद सेयर दिएको छ । ११ हजार ७ सय ३२ जना सयरधनीहरुलाई जम्मा ९९ लाख […]

बीओकेको १३.२५ प्रतिशत बोनस सेयर, कसरी पुग्छ आठ अर्ब ?

९ चैत, काठमाडौं । बैंक अफ काठमाण्डुले १३.२५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकको यससँगै चुक्ता पुँजी सात अर्ब ६ करोड रुपैयाँ पुग्ने भएको छ । आठ अर्ब पुँजी पुग्न अझै ९३ करोड रुपैयाँ आवश्यक पर्ने छ । बैंकसँग प्रिमियम वापतको ९१ करोड रुपैयाँ रहेकोले यही पुँजीलाई गणना गर्न सक्ने छुट राष्ट्र […]

नेप्से दुई वर्षयताकै न्युन, लगानीकर्तामा धैर्यता कायमै !

७ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज दुई वर्षयता कै न्युन विन्दुमा आइपुगेको छ । नेप्से २४.४० अंकले घटेर १२ सय ३१ विन्दुमा आइपुगेको हो । यसअघि नेप्से २०७२ माघ १७ गते १२ सय २० विन्दुमा थियो । नेप्से परिसूचक बुधवार आइपुगेको विन्दु २०७२ माघ १७ यताकै सबैभन्दा न्युन विन्दु हो । नेप्से दोस्रो चक्रमा […]

किन्ने थप घट्ने आशमा, बेच्ने तनावमा !

६ चैत, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेले विगत एक महिनामा एक सय ३२ अंक गुमाएपछि लगानीकर्ताहरु अन्योलमा परेका छन् । करिब ६ महिनादेखि सानो तिनो उतारचढाव बाहेक घट्दो प्रवृत्तिले निरन्तरता पाएको बजारको प्रक्षेपण गर्न गाह्रो हुन थालेपछि लगानीकर्ताहरु थप हतोत्साही भएका हुन् । बजार एक बर्ष यताकै न्युन विन्दुमा आइपुगिसकेको भएपनि किन्ने लगानीकर्ताहरु बढ्न […]

सेन्ट्रल फाइनान्सले ८.५ प्रतिशत बोनस दिने

६ चैत, काठमाडौं । सेन्ट्रल फाइनान्स कम्पनीले ८.५ प्रतिशतको दरमा बोनस सेयर दिने प्रस्ताव गरेको छ । हकप्रद सेयरमा लगानी गरेकाले समेत बोनस सेयर पाउने भएका हुन् । कम्पनीले कर प्रयोजनको लागि नगद लाभांश समेत दिने भएको छ । सोमबार कम्पनीको सञ्चालक समितिले गरेको यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गर्न र साधारण सभाले पारित गर्न […]

लकिङ पिरियण खुलेसँगै अपिको मूल्यमा गिरावट

६ चैत, काठमाडौं । लकिङ पिरियण खुलेसँगै अपि हाइड्रोपावरको सेयर मूल्यमा दैनिक रुपमा उच्च गिरावट भएको छ । स्थानीयको लागि जारी भएको सेयर बाँडफाँट भएको ३ वर्षसम्म लकिङ पिरियणको रुपमा रहने गरेको छ । लकिङ पिरियण खुलेसँगै सेयरको आपुर्ति बढ्ने भएकोले मूल्य कम हुने प्रवृत्ति छ । बजार घट्दो क्रममा रहेकोले यसमा थप प्रभाव परेको […]

एक सय ५२ मा २९ कम्पनीको मूल्य मात्र हजारमाथि

५ चैत्र, काठमाडौं । सेयर बजार निरन्तर घटिरहँदा एक हजार मूल्यमाथिका कम्पनीको संख्या घट्ने क्रममा छ । सोमबार बजारमा एक सय ५२ कम्पनीको सेयर कारोबार भएकोमा मात्रै २९ कम्पनीको मूल्य एक हजार रुपैयाँभन्दा धेरैमा कारोबार भइरहेको छ । बीमा र लघुवित्त कम्पनीहरुका बाहुल्यता रहेको यो सूचीमा वाणिज्य बैंकबाट एक मात्र कम्पनी अटेको छ । नबिल […]

प्रिमियरको एफपीओ भरेकाले बोनस पाउने, महिनादिन कट्दा पनि सूचीकरण भएन

५ चैत्र, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले हालै जारी गरेको एफपीओ (नयाँ सेयर निष्कासन) पारेका लगानीकर्ताले पनि बोनस सेयर पाउने भएका छन् । ‘एफपीओ बाँडफाँट भएसँगै सेयर धनि कायम हुने भएकोले बोनस सेयर उनीहरुले पनि पाउने छन, सेयर सूचीकरण नै हुन पर्दैन,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्यायले भने । तर, एफपीओ सूचीकरण नभएकोले […]

एनसीसीको मूल्यमा तीन प्रतिशतको झट्का, नेप्से घट्न रोकिएन

४ चैत्र, काठमाडौं । करिब डेढ वर्षपछि कर्जा घोटला प्रकरण सार्वजनिक भएसँगै नेपाल क्रेडिट एण्ड कमर्श बैंकको सेयर मूल्य एकै दिन करिब तीन प्रतिशतसम्म घटेको छ । यद्यपी अन्त्यमा बैंकको सेयर मूल्यमा केही सुधार भयो र गिरावट २.५ प्रतिशतमा सिमित भएको छ । यसदिन सबैभन्दा धेरै सेयर कारोबार हुनेमा पनि बैंक दोस्रो स्थानमा रह्यो । […]

जलविद्युतको सेयरले किन फेरेन स्थानीवासीको मुहार ?

२ चैत, काठमाडौं । चिलिमेले स्थानीय बासिन्दालाई जारी गरेको सेयरको लकिङ पिरिण्ड (रोक्का अवधि) खुला भएपछि ८ हजार रुपैयाँ हाल्नेले ३ लाख रुपैयाँको पुँजी बनाउन सफल भएको देखायो । त्यसै कारण गरिब परिवारको मुहार फेर्ने माध्यमको रुपमा जलविद्युत् कम्पनीलाई हेर्न थालियो । सेयर बजारमा चिलिमेपछि आउने धेरै जलविद्युत् कम्पनीको सेयरमा यही कारणले लगानी अकार्षित हुने […]

रसुवागढी र साञ्जेन जलविद्युतको आईपीओमा छ गुणा बढी आवेदन

१ चैत, काठमाडौं । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको सीमित साधारण शेयर (आइपिओ)मा छ गुणा बढी आवेदन परेको छ । कम्पनीले गत फागुन ११ देखि ३० गतेसम्म सीमित आइपिओ बिक्री गरेको थियो । रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख माधव कोइरालाका अनुसार कूल छ अर्ब ६२ करोड आठ लाख रुपैयाँ बराबरको आवेदन परेको जानकारी दिए । एक […]

सेयर बजार बाहिर पाँच अर्बको दबाब, बजारमा १८ करोडको कारोबार !

१ चैत, काठमाडौं । सयर बजारमा दैनिक कारोबार रकममा हुने उतार चढावको पनि अर्थ रहन्छ । बजार घटेपनि कारोबार रकम अघिल्लो दिनहरुमा भन्दा बढ्यो वा मासिक औसतको दरमा रह्यो भने बजारको ‘स्ट्रेन्थ’ कायम रहेको वा दरिलो रहेको मानिन्छ । बुधवार बजारमा १८ करोड रुपैयाँको मात्रै सेयर कारोबार भएपछि लगानीकर्ताहरु केही हच्किएका छन् । माघ महिनामा […]

सेयर बजार बढ्यो, कारोबार घट्यो

३० फागुन, काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले अर्थमन्त्रालयमा माग सहितको पत्र दर्ता गराएसँगै बजार बढ्न केही सहयोग पुगेपनि लगानी भने बढ्न सकेको छैन । मंगलबार र बुधबार दुवै दिन सेयर बजार सिमान्तदरमा बढेपनि कारोबार रकम भने सुस्तिदै गएको छ । २५/३० करोड हाराहारीमा कारोबार भइरहेको सेयर बजारमा बुधबार मात्रै १८ करोड रुपैयाँको सेयर किनबेच भएको […]

नेपाल फाइनान्सले हकप्रद दिने

३० फागुन, काठमाडौं । नेपाल फाइनान्स लिमिटेड (नेफिन्स्को) को विशेष साधारण सभा सम्पन्न भएको छ । संचालक समिति/व्यवस्थापन समूहको संयोजक झलक शर्मा आचार्यको संयोजकत्वमा सभा सम्पन्न भएको हो । विशेष साधारण सभाले एक सेयर बराबर एक दशमलव दुई पाँच कित्ता दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीमा संस्थापक समूहबाट प्रा. हिरेन्द्र मान […]

प्राथमिक मूल्यमा सेयर पाइदा पनि किन्ने घट्दै

२८ फागुन, काठमाडौं । सोमबार बजार सात अंकले घट्दा तुलनात्मक रुपमा अन्य संस्थाहरुभन्दा ठुला पुँजीका वाणिज्य बैंकहरुको मूल्य पनि २ सय ५० रुपैयाँ मुनि आइपुगेका छन् । तर, पनि बजारमा लगानीकर्ताहरु थप मूल्य तिरेर सेयर किन्न तयार नभएको देखिन्छ । जनता बैंकको मूल्य एक सय ६३, सिभिल बैंकको एक सय ४९, सेञ्चुरी बैंकको एक सय […]

गण्डकी विकास बैंकको १९.३१ प्रतिशत बोनस सेयर प्रस्ताव

२८ फागुन, काठमाडौं । गण्डकी विकास बैंकको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर पश्चात कायम रहने चुक्ता पुँजीमा १९.३१ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुन र बैंकको दशौं वार्षिक साधारणसभाबाट पारित हुन बाँकी छ । बैंकले हकप्रद साधारण सेयर लिलाम बिक्रीको शिलबन्दी बोलपत्र […]