Comments Add Comment

स्थानीय चुनाव

List Grid
सर्लाहीको चक्रघट्टा गाउँपालिका माओवादी जित्यो

७ असोज, सर्लाही । सिरहाको चक्रघट्टा गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा विक्रम यादव र उपाध्यक्षमा बसोधा देवी विजयी भएका हुन् । अध्यक्षमा निर्वाचित विक्रमले राजपाका कृष्णकुमार यादवलाई ६८ मत अन्तरले हराए । विक्रमले ३ हजार २१६ मत र कृष्णकुमारले ३ हजार १४८ मत पाएका छन् । विक्रम यादव माओवादीमा हालै प्रवेश गरेका […]

रौतहटका ७ स्थानीय तहको परिणाम सार्वजनिक, कांग्रेसले ४ तह जित्यो

७ असोज, गौर । रौतहटका सात स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । अन्तिम परिणाम सार्वजनिक हुँदा कांग्रेसले ४, संघीय समाजवादी फोरमले २ र राजपाले १ स्थानमा जित निकालेका छन् । कांग्रेसले वृन्दावन, राजपुर, राजदेवी नगरपालिका र दुर्गाभगवती गाउँपालिकामा जितेको छ । त्यस्तै संघीय समाजवादी फोरमले बौधीमाई नगरपालिका र माधवनारायण नगरपालिकामा विजय हासिल गरेको […]

धनुषाको मिथिलामा कांग्रेस-माओवादी गठबन्धन पराजित, एमाले विजयी

६ असोज, धनुषा । कांग्रेस र माओवादीको गठबन्धन भएको धनुषाको मिथिला नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेले जित हासिल गरेको छ । शुक्रबार राति सम्पन्न मतगणनामा एमालेका मेयर उम्मेदवार हरिनारायण महतोले ६७४० मत पाए भने निकटमत प्रतिस्पर्धी कांग्रेसका राजकुमार महतोले ५१७८ मत पाए । त्यस्तै उपमेयरमा पनि एमालेकै ताराकुमारी बस्नेत ६६६५ मतसहित विजयी भइन् । उनका […]

७८ स्थानीय तहको नतिजा सार्वजनिक, हेर्नुस् जीतको सूची

६ असोज, काठमाडौं । प्रदेश नम्बर २ का १३६ स्थानीय तहमध्ये ७८ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसले सबैभन्दा धेरै सिट जित्दै अग्रता कायमै राखेको छ । कांग्रेसले सबैभन्दा धेरै २७ सिट जितेको छ । १४ सिट जित्दै माओवादी केन्द्र दोस्रो र १३ सिट जित्दै राजपा तेस्रो भएको छ । संघीय समाजवादी फोरमले ११ सिट […]

जितपुरसिमरा उपमहानगर वडा नम्बर ७ को मतगणना रोकियो

६ असोज, बारा । बाराको जितपुर-सिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ मा रहेको मत परिणाममा फरक परेपछि वडा नम्बर ७ को मतगणना रोकिएको छ । मतपरिणाम सार्वजनिक गर्दा १० मत फरक परेसँगै नेकपा एमालेले पुनः मतगणना गर्न माग गरेपछि गणना रोकिएको हो । गणना गर्दा कर्मचारीले मतपरिणाम कम गरेको भन्दै गणना गर्न बसेका प्रतिनिधिले गुनासो गरेपछि […]

बाराको विश्रामपुरमा फोरम लोकतान्त्रिक विजयी

६ असोज, बारा । बाराको विश्रामपुर गाउँपालिकामा फोरम लोकतान्त्रिक विजयी भएको छ । फोरम लोकतान्त्रिकका अमिरीपाल ३६३६ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उमेद्वार रुल्थकार अलिले १५१२ मत ल्याए । उपाध्यक्षमा पनि फोरम लोकतान्त्रिककै सुमित्रा देवी २३१४ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी राजपाका मधुमाया यादवले १२०० […]

सिम्रोनगढ नगरपालिकामा कांग्रेस २० मतान्तरले विजयी

६ असोज, सिमरा । बाराको मधेस बाहुल्य क्षेत्र मानिने सिम्रोनगढ नगरपालिकाको मेयरमा कांग्रेसले जित हाँसिल गरेको छ । कांग्रेसका बिजय शंकर यादवले ५१३५ मत ल्याएर विजयी भए । प्रतिस्पर्धी राजपाका किशोर साहले ५११५ मत ल्याए । उनी कांग्रेसका शंकरसँग २० मतान्तरले पराजित भएका हुन् । उपमेयरमा भने राजपाले जित हात पारेको छ । राजपाकी रीमा […]

सर्लाहीको बाग्मती नगरपालिकामा माओवादी विजयी 

६ असोज, सर्लाही । जिल्लाको वाग्मति नगरपालिकामा नेकपा माअोवादी केन्द्रका उम्मेदवारहरू विजयी भएका छन् । मेयरमा भरतकुमार थापा ७२८१ मतकाे फराकिलो अन्तरले विजयी भएका हुन् । उनका निकटतम  प्रतिद्वन्द्वी एमालेका विष्णु पुलामीले ४३४३ मत ल्याए । यस्तै उपमेयरमा पनि माअोवादीकी लिला मोक्तानले ६३९४ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकै विना नेपालले  ४७७१ मत ल्याएकी […]

महोत्तरीको भंगाहा नगरपालिकामा राजपा विजयी

६ असोज, महोत्तरी । जिल्लाको भंगाहा नगरपालिकामा राजपा विजयी भएको छ । राजपाका सञ्जिव कुमार साह मेयरमा विजयी भएका हुन् । उनले ४४७८ मत ल्याएका छन् । यस्तै उपमेयरमा पनि राजपाकै गंगाकुमारी सिंह दनुवारले ४३९६ मत ल्याएर विजयी भएकी छन् । मेयरका निकटतम नेपाली कांग्रेसका अोमशंकर यादवले ३७६६ मत ल्याए भने अर्का प्रतिस्पर्धी माअोवादीका राजनारायण साहले ३०६६ मत […]

रौतहटको गौर नगरपालिकामा राजपा विजयी

६ असोज, राैतहट । जिल्लाको गाैर नगरपालिकामा राजपाका उम्मदवारहरू विजयी भएका छन् । मेयरमा अजय गुप्ताले ५०९३ मत ल्याएर विजयी भएका हुन् । यस्तै उपमेयरमा पनि राजपाकै किरण ठाकुर ३०५५ मतका साथ विजयी भएकी छन् । मेयरमा निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शम्भु साहले ३०५२ मत ल्याए ।

बारामा संघीय फोरमको दोश्रो जित, फेटा गाउँपालिका अध्यक्षमा अमेरिलाल विजयी

६ असोज, बारा । बाराको फेटा गाउँपालिका अध्यक्षमा संघीय समाजबादी फोरमले जित हाँसिल गरेको छ । फोरमका अध्यक्ष उम्मेदवार अमेरिलाल प्रसाद २६११ मतले बिजयी भएका छन् भने उपाध्यक्षमा पनि फोरमकै कमरुन खातुन २१६८ मतले बिजयी भएकी छन् । निकटतम प्रतिपस्र्धी कांग्रेसका रुस्तम अंसारीले २३१६ मत ल्याएका छन् । फेटामा बिजयी भएको फोरमले एउटा वडामामात्र जित […]

चुनावमा उद्योगी र पैसावालाले टिकट पाए: पूर्वराष्ट्रपति यादव

६ असोज, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलले भाग लिनु सकारात्मक भएको बताएका छन् । सुशील कोइराला मेमोरियल फाउण्डेशनद्वारा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति डा. यादवले स्थानीय निकाय र प्रदेश-प्रतिनिधि सभाका निर्वाचन सम्पन्नपछि मात्र संविधान कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे । उनले भने, ‘पछिल्लो स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलले भाग लिनु सकारात्मक हो, आगामी […]

सिरहाको सुखीपुरमा एमाले विजयी

६ असोज, सिरहा । सिरहाको सुखिपुर नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका मेयर उम्मेदवार राम औतार यादव ६१११ मत र उपमेयरमा रेणु देवी साह ६०८६ मत ल्याएर विजयी भएका हुन् । मेयरका निकटतम प्रतिद्वन्दी संघीय समाजवादी फोरमका मेयर उम्मेदवार लक्ष्मण चाैधरी ४१८६ मत र उपमेयरमा नेकपा माओवादी केन्द्रका दिप नारायण […]

प्रदेश २ मा एमाले ‘छ्या है’ भन्ने भएको छैनः ओली

६ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश २ को चुनावी परीणामलाई लिएर बिचलित नहुन पार्टीका नेता कार्यकर्तालाई आहृवान गरेका छन् । पार्टी केन्द्रीय कमिटीको ८ औं बैठकलाई सम्बोधन गर्दै ओलीले प्रदेश २ मा एमालेविरुद्ध मोर्चावन्दी भएको बताए । त्यसका बावजुद एमालेको कमजोर परीणाम नआएको बताउँदै उनले भने, ‘होला, १०/२०, १००/५० भोटले […]

वीरगञ्जमा कांग्रेसको अग्रता कायमै, फोरमले राजपालाई उछिन्यो

  ६ असोज, वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । तर, राजपालाई भने संघीय समाजवादी फोरमले उछिनेको छ । अपराह्न तीन बजेसम्मको परिणामअनुसार मेयर पदका कांग्रेस उम्मेदवार अजय कुमार द्विवेदी ६ सय मतअन्तरले अघि छन् । द्विवेदीले ४ हजार ९४९ मत पाएका छन् भने संघीय समाजवादी फोरमका उम्मेदवार विजय सरावगीले […]

सप्तरीमा कांग्रेसको तेस्रो जित, अग्निसाइरको अध्यक्ष र उपाध्यक्षमा विजयी

६ असोज, सप्तरी । सप्तरीमा कांग्रेसले तेस्रो जित हात पारेको छ । पछिल्लो पटक कांग्रेसले जिल्लाको अग्निसाइर कृष्णासावरणमा जित हात पारेको छ । यो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेसले जितेको छ । अध्यक्षमा पर्शुराम चौधरी र उपाध्यक्षमा मीना चौधरी निर्वाचित भएका छन् । पर्शुरामले ३३९५ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाल लोकतान्त्रिक फोरमका दिनानाथ चौधरीले १४५३ मत […]

बारामा पशुपति शमसेरले पनि खाता खोले, सिम्रौनगढ ९ मा विजयी

६ असोज, सिमरा । बाराको सिम्रौनगढ नगरपालिका ९ को वडा अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का उम्मेदवार विजयी भएका छन् । राप्रपा प्रजातान्त्रिकका उम्मेदवार अरविन्द कुमार यादव ३५६ मतका साथ विजयी भएका छन् । यादवका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका ३३९ मत प्राप्त गरेका छन् । पशुपति शमसेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकको बारामा पहिलो जीत हो […]

धनुषाको धनुषाधाममा कांग्रेस र शहीदनगरमा माओवादी विजयी

६ असोज, धनुषा । जिल्लाको धनुषाधाम नगरपालिकामा नेपाली कांग्रेस र शहीदनगर नगरपालिकामा माओवादी केन्द्र विजयी भएका छन् । धनुषाधामको मेयरमा कांग्रेसका बालेश्वर मण्डलले ४४७३ मत ल्याएर विजयी भएका छन् । उपमेयरमा पनि कांग्रेसकै विद्यादेवी भुजेल ४२०७ मत ल्याएर विजयी भएकी छन् । मेयरका निकटतम प्रतिद्वन्दी एमालेका योगकुमार मण्डलले ३५५७ मत ल्याए भने उपमेयरमा एमालेकै अम्बिका […]

पर्साको छिपहरमाई गाउँपालिकामा माओवादीको जित

६ असोज, पर्सा । जिल्लाको छिपहरमार्इ गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् । अध्यक्षमा मनोज गुप्ताले २८५१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी फोरम नेपालका सिहासन कलबारले २६९४ प्राप्त गरेका छन । उपाध्यक्षमा पनि माओवादी कै मदिना खातुनले २८३१ मत ल्याएर विजयी भएकी छन् ।  उनकी प्रतिद्वन्दी फोरम नेपालकी शिसकलि देबीले २२७३ […]

बारामा राजपाको दोस्रो जित, परवानीपुरको अध्यक्ष र उपाध्यक्षमा विजयी

६ असोज, बारा । जिल्लाको परवानीपुर गाउँपालिकामा राजपा विजयी भएको छ । राजपाका अध्यक्ष उम्मेदवार हरिनारायण शाह कलवार २६७७ मतले बिजयी भएका हुन् भने उपाध्यक्षमा पनि राजपाकै साबित्रीदेवी पटेल २०७१ मतले बिजयी भएकी हुन् । राजपाका निकट्तम प्रतिद्धन्द्धी एमालेका अध्यक्ष उम्मेदवार रामक्षेत्री प्रसाद पटेलले १८०० मतमा चित्त बुझाएका छन् भने उपाध्यक्ष उम्मेदवार सुगन्धी देबीले २०१७ […]

सप्तरीमा माओवादी किन बढारियो ?

६ असोज, राजविराज । स्थानीय चुनाव प्रचारका क्रममा माओवादी अध्यक्ष प्रचण्डका दुई तस्वीर ‘भाइरल’ भए । पहिलो तस्वीरमा उनी सुरक्षाकर्मीसहित राजविराजको सडकमा मर्निङवाकमा निस्किएका थिए । र, चिया पसलमा चिया पिउँदै स्थानीयसँग कुराकानी गरिरहेका थिए । दोस्रो तस्वीरमा कञ्चनरुपको चुनावी सभापछि कागजको प्लेटमा खाजा खाइरहेका थिए । यी दुई तस्वीर देखेपछि कतिपयले प्रचण्डलाई ‘महान’ भन्दै […]