Comments Add Comment

स्थानीय चुनाव

List Grid
सिरहाको धनगढीमाई नगरपालिकामा माअोवादी विजयी

६ असोज, सिरहा । सिरहाको धनगढीमार्इ नगरपालिकामा पनि माअोवादि केन्द्र विजयी भएको छ । मेयरमा माअोवादी केन्द्रका हरिनारायण चौधरी विजयी भएका छन् । चाैधरीले ५६८३ मत ल्बियाएर जित हात पारेका हुन् । यस्तै उपमेयरमा पनि माअोवादी केन्द्रकै फूलकुमारी श्रेष्ठ विजयी भएकी छन् । उनले ५६१३ मत प्राप्त गरेकी छन् ।

धनुषाको मिथिला बिहारी नगरमा एमाले विजयी

६ असोज, धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिकामा एमाले बिजयी भएको छ । मेयरमा एमालेका अनिल यादवले ३२४२ ल्याएर विजयी भएका छन् । यस्तै  उपमेयरमा पनि एमालेकै अनिताकुमारी साह ३१४७ मतले विजयी भएकी छन् । मेयरका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका राजेन्द्र यादवले २८३१ मत पाएका छन् भने उपमेयरमा कांग्रेसकै ललिता साहले २६९२ मत पाएकी छन् ।

राैतहटको चन्द्रपुरमा ससुराबुहारी बने मेयर-उपमेयर

६ असोज, राैतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसका रामचन्द्र चौधरी विजयी भएका छन् । चौधरीले ९७८० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्न्दी नेकपा एमालेका उद्धव रेग्मीले ८८३१ मत ल्याएका छन् । चन्द्रपुर नगरपालिकामा उप-मेयरमा भने एमालेकी रामरती चौधरी विजयी भएकी छिन् । उनले ९९१६ मत ल्याएकी छिन् । फरकफरक पार्टीबाट विजयी भएका […]

महोत्तरीको रामगोपालपुरमा माओवादीको जित, मण्डल बने मेयर

६ असोज, महोत्तरी । जिल्लाको रामगोपालपुर नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका अशोककुमार मण्डल २९४४ मत ल्याएर मेयरमा विजयी भएका हुन् । उपमेयरमा पनि माओवादीकै सीतादेवी साह २८९१ मतका साथ विजयी भएकी छन् । मेयरका निकटतम प्रतिस्पर्धी कांग्रेसका राजाराम यादवले २७५९ मत प्राप्त गरेका छन् भने उपमेयरमा पनि कांग्रेसकी पुस्पादेवी कुशवाहले २८५६ […]

सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिकामा एमाले विजयी

६ असोज,सिरहा । सिरहाको सखुवा नन्कारकट्टी गाँउपालिकामा एमाले बिजयी भएको छ । शुक्रबार विहान घोषित परिणाम अनुसार गाउँपालिकाका अध्यक्षमा केदारनाथ यादव ३१५५ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी संघीय समाजवादी फोरम नेपालका रामनारायण यादवले २२६७ मत प्राप्त गरेका छन् । त्यसैगरी उपाध्यक्षमा पनि एमालेका अमला देबी यादव २९३७ मत प्राप्त गरी बिजयी […]

महोत्तरीको मटिहानीमा राजपा र बलवा नगरपालिकामा कांग्रेस विजयी

६ असोज, महोत्तरी । जिल्लाको मटिहानी नगरपालिकामा राजपाका हरिप्रसाद मण्डल ३४०३ मतका साथ मेयरमा विजयी भएका छन् । उपमेयरमा पनि राजपाकै शिबो देवि ३१७० मतका साथ विजयी भएकी छन् । मेयरका प्रतिद्वन्दी एमालेका मो. मुजिबुल रहमानले १५९७ मत ल्याए भने कांग्रेसका जुमैदा खातुनले १६५० मत पाएका छन् । यस्तै महोत्तरीकै बलवा नगरपालिकामा मेयरमा कांग्रेसका बिनोदकुमार यादव […]

निजगढको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

६ असोज, बारा । बाराको निजगढ नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले उम्मेदवार विजयी भएका छन् । कांग्रेस–माओवादी गठबन्धन बनाएर चुनावमा होमिए पनि गठबन्धनलाई पराजित गर्दै उपमेयर एमालेले जितेको छ । कांग्रेसका सुरेशकुमार खनाल मेयरमा विजयी भएका हुन् । खनाल आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यमबहादुर खड्कालाई ६८१८ मतमा रोकेर विजयी हुन सफल भएका हुन् […]

धनुषामा कांग्रेसको चौथो जित, क्षिरेश्वरनाथमा पजियार निर्वाचित

६ असोज, धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा कांग्रेसले जित हासिल गरेको छ । योसँगै धनुषामा कांग्रेसको चौथो जित हो । नेपाली कांग्रेसका योगेन्द्र पजियार मेयर पदमा निर्वाचित भएका छन् । उनले ५८९९ मत पाए । उपमेयरमा पनि कांग्रेसकै रचना श्रेष्ठ ५६९८ मतसहित निर्वाचित भइन् । क्षिरेश्वरमा संघीय समाजवादी फोरमका उम्मेदवार सुखदेव यादवले ३००५ मत पाए […]

सिरहामा माओवादीको चौथो जित

६ असोज, काठमाडौं । माओवादी केन्द्रले सिरहाको मिर्चैया नगरपालिकामा जित निकालेको छ । माओवादी केन्द्रका उम्मेदवार श्रवणकुमार यादव मेयर र विजछी देवी उपमेयरमा विजयी भएका हुन् । मेयरमा विजयी यादव ४ हजार ७ सय ३६ मतका साथ विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सीताराम यादव ३३१७ मतमा रोकिए । उपमेयर विजयी माओवादीकी जीवछीदेवीले […]

महोत्तरीमा कांग्रेसको पहिलो जित, लोहारपट्टीको मेयरमा यादव निर्वाचित

६ असोज, महोत्तरी । प्रदेश नम्बर २ को स्थानीय तह चुनाव अन्तर्गत महोत्तरीमा कांग्रेसले खाता खोलेको छ । लोहारपट्टी नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । मेयरका उम्मेदवार शैलेन्द्रकुमार यादव ४५२३ मतसहित निर्वाचित हुँदा उपमेयरमा सरितादेवी शर्माले ४५५२ मत ल्याइन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनता पार्टीका हविव राईनले २९२९ र उपमेयरमा […]

महोत्तरीको गौशाला र साम्सीमा माओवादी केन्द्रको जित

६ असोज, महोत्तरी । महोत्तरीको गौशला नगरपालिकाको मेयरमा नेकपा माओबादी केन्द्रका शिवनाथ महतो निर्वाचित भएका छन् । महतो ५९४४ मत प्राप्त गरी मेयरमा र उपमेयरमा माओवादीकै आशा लामा ५९७० मत हासिल गरी विजयी भएका हुन् । मेयरका निकटम प्रतिद्वन्दी संघीय समाजवादी फारेम नेपालका उम्मेदवारले मेयरतर्फ ५००० र उपमेयरतर्फ ४६४२ मत हासिल गरे । यसैगरी साम्सी गाउँपालिकामा […]

१३६ मध्ये ३६ स्थानीय तहको परिणाम सार्वजनिक, कहाँ कसले जिते ? (सूची सहित)

५ असोज, काठमाडौं । असोज २ गते मतदान भएका प्रदेश नम्बर २ का १३६ स्थानीय तहमध्ये विहीवार राति ११ बजेसम्म ३६ स्थानको परिणाम सार्वजनिक भएको छ । अब एक सय स्थानको परिणाम आउन बाँकी छ । ३६ मध्ये एक तिहाई ११ स्थानीय तहमा जित हासिल गरेर कांग्रेस पहिलो स्थानमा छ । कांग्रेसपछि ७ स्थानीय तह […]

नरहा गाउँपालिका जितेर सिरहामा एमालेले खाता खोल्यो

५ असोज, लहान । सिरहाको नरहा गाउँपालिकामा जितेर एमालेले सिरहामा बिजयको शुरुवात गरेको छ । विहीवार राति सम्पन्न मतगणनामा एमालेका रामशरण यादव १६५६ मत प्राप्त गरि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि एमालेकै गुलावदेवी चौधरी १८५५ मत प्राप्त गरि बिजयी भएकी छन् । निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका रामसोगारथ यादवले १४७८ मत प्राप्त गरेका […]

कांग्रेस र एमालेलाई धक्का, माओवादी र मधेसवादीलाई छक्का !

समाचार टिप्पणी ५ असोज, काठमाडौं । प्रदेश नम्बर २ अन्तरगत १३६ स्थानीय तहमा सम्पन्न निर्वाचनको मत परिणाम आउने क्रम प्रारम्भिक चरणमै छ । विहीबार साँझ ८ बजेसम्म करिब ३० वटा स्थानीय तहको परिणाम आएको छ । अझै एक सयभन्दा बढी स्थानको परिणाम पर्खन बाँकी नै छ । दलहरुले पाइरहेको अग्रताको स्थितिलाई हेर्दाखेरि भने कुन दलको […]

पर्साको बिन्दवासीनीमा फोरम नेपालका श्रीलाल साह विजयी

५ असोज, वीरगञ्ज । पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार श्रीलाल साह कानु अध्यक्षमा निर्वाचित भएका छन् । साहले २ हजार ६ सय ११ मत पाए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका चन्द्रकिशोर चौरसियाले २६०३ मत प्राप्त गरे । साह ८ मतको झिनो अन्तरले बिजयी भएका हुन । उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार किरण देवी […]

बाराको आदर्शकोतवालको गणना अन्योल, सर्वदलीय बैठक निश्कर्षबिहीन

५ असोज, बारा । बुधबार साँझ पाँच बजेदेखि रोकिएको बाराको आदर्श कोतवाल गाउँपालिकाको मतगणना सुरु गर्नका लागि बसेको सर्बदलीय बैठक बिना निश्कर्ष टुंगिएको छ । बाराका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले दलहरुबीच सहमती गराएर मतगणना पुनः सुरु गर्न गरेको बिहीबारको प्रयास सफल हुन सकेन । आदर्श कोतवालमा मतगणनामा बसेका निर्वाचन आयोगका कर्मचारीले गरेको गणना […]

सपथ लिन नपाउँदै निर्वाचित वडा सदस्यको निधन

५ असोज, सप्तरी । स्थानीय तहको निर्वाचनमा विजयी भएकी सप्तरीका एक जनप्रतिनिधिको सपथ लिन नपाउँदै निधन भएको छ । जिल्लाको हनुमाननगर–कंकालनी नगरपालिका २ बाट विजयी भएकी जसोदेवी खत्बेको बिहीबार बिहान निधन भएको हो । उनी राजपाबाट दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन् । बुधबार बिहान विजयी भएकी उनको बिहीबार बिहान आफ्नै घरमा निधन भएको पारिवारिक श्रोतले […]

महोत्तरी गाउँपालिकामा राजपाको जित

५ असोज, महोत्तरी । जिल्लाको महोत्तरी गाउँपालिकामा राजपाका उम्मेदवारहरु विजयी भएका छन् । अध्यक्षमा राजपाका सुनिलकुमार रायले २७५१ मतका साथ विजयी भएका हुन् भने उपाध्यक्षमा पनि राजपाकै सीतादेवी साह २६१९ मत ल्याएर विजयी भएकी छन् ।  

सप्तरीमा राजपाको पहिलो जित, डाक्नेश्वरी नपामा साह विजयी

५ असोज, सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मेयर, उपमेयर दुबै राष्ट्रिय जनता पार्टी (राजपा) ले सप्तरीमा पहिलो जीत हात पारेको छ । राजपाले डाक्नेश्वरी नगरपालिकाको मेयर र उप मेयर दुबै जितेको छ । मेयरमा राजपाको तर्फबाट शिबनारायण साह र उप मेयरमा इन्दु कुमारी यादव निर्वाचित भएका छन् । मेयरमा साहले ३८८० मत प्राप्त गरेका छन् […]

सर्लाहीको पर्सा गाउँपालिकामा संघीय फोरम विजयी

५ असोज, सर्लाही । सर्लाहीको पर्सा गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालले जित हात पारेको छ । अध्यक्षमा किसुनदेव राय २३१६ मत प्राप्त गरी विजयी भएका छन् । उपाध्यक्षमा पनि फोरम नेपालकै इन्द्रकला साह २२७७ मत ल्याए विजयी भएकी छन् ।

सप्तरीको बेल्ही चपेनामा कांग्रेस विजयी

५ असोज, सप्तरी । सप्तरीको बेल्ही चपेना गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका परमानन्द यादवले ३५४५ मत पाएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका ओमप्रकाश मण्डलले ३४२४ मत पाए । उनी १२१ मतले पराजित भएका हुन् । उपाध्यक्षमा भने कांग्रेसले शानदार जित हासिल गर्‍यो । पुष्पादेवी मण्डल ३४५५ […]