Comments Add Comment

स्याङ्जा

List Grid
स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु

२७ भदौ, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. १ निवासी ८५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । आइसियूमा उपचाररत उनको आज बिहान ६ः३२ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । यही […]

निषेधाज्ञाको समयमा होटलमा गएर जुवा ! व्यवसायी र नेता पक्राउ

१९ भदौ, स्याङ्जा । कोरोना भाइरसको महामारीका कारण प्रशासनले सर्वसाधारणलाई भेला, जम्मा हुन र भिडभाड गर्न निषेध गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको आदेशका कारण सामान्य नागरिक घरमै छन् । तर, स्याङ्याजाका केही व्यवसायी, नेता र बैंकमा काम गर्ने कर्मचारी भने निषेधाज्ञाको समयमा पनि होटलमा भेला भएर जुवा खेलिरहेको अवस्थामा बिहीबार पक्राउ […]

स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते

१४ भदौ, काठमाडौं । स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आइतबार बिहान सवा ४ बजे वालिङ नगरपालिका–५ माझकोट भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा चापाकोट- ९ का ३५ वर्षीय भानुभक्त गैरे र २२ वर्षीय श्याम पँगेनीको मृत्यु […]

स्याङ्जामा लापरवाही : थुनावालाई परीक्षण नगरी छोड्दा स्थानीयमा संक्रमण

२० साउन, पोखरा । स्याङ्जाको पुतलीबजार नगरपालिकामा साउन ४ गते तास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गर्‍यो । उनीहरुलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान बढाउँदै थियो । यहीबीचमा केही प्रहरीमा रुघाखोकी जस्तो लक्षण देखिए । कोरोनाको आशंकामा स्वाब परीक्षण गर्दा साउन ६ गते ३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भयो । प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि […]

स्याङजामा थप एक सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा कोरोना

१५ असार, पोखरा । स्याङजा गल्याङमा पनि एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा ती सुरक्षाकर्मीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै स्याङजामामात्रै एसपीसहित जिल्लाभरिमा ३९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । कुनै पनि ट्राभल हिस्ट्रीबिना गल्याङमा बिहीबारमात्रै २ जना संक्रमित पुष्टि भएका छन् […]

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका ३७ प्रहरी कोरोना संक्रमित

१३ साउन, पोखरा । मंगलबार थप १६ जनामा संक्रमण पुष्टि भएपछि स्याङ्जाको जिल्ला प्रहरी कार्यालयमा कोरोना संक्रमित प्रहरी कर्मचारीको संख्‍या ३७ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा मंगलबार स्याङ्जा जिल्ला प्रहरी कार्यालयमा कार्यरत १६ जना प्रहरी, एक थुनुवा एक जना प्रहरीको छोरीमा संक्रमण पुष्टि भएको पुतलीबजार नगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख विष्णु काफ्लेले […]

स्याङ्जामा पहिरोले पुरिएर १ जनाको मृत्यु, ३ बेपत्ता

३० असार, काठमाडौं । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ, ३ जना बेपत्ता भएका छन् । विहान साढे ९ बजे बाटोमा हिँडिरहेका बेला पहिरो खस्दा स्थानीय ७० वर्षका इमानसिंह रानाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पहिरोमा पुरिएका २ जनाको उद्धार गरी उपचारका लागि पाल्पाको मिसन अस्पताल पठाइएको छ […]

शिक्षकद्वारा राहत कोषमा १५ लाख प्रदान

१० असार, वालिङ । स्याङ्जाको वालिङस्थित सामुदायिक विद्यालयका शिक्षकहरुले वालिङ नगरपालिकाको राहत कोषमा हालसम्मकै सर्वाधिक राशि उपलब्ध गराएका छन् । नगरपालिकाले स्थापना गरेको कोभिड–१९ राहत कोषमा वालिङ नगरभित्रका ८० सामुदायिक विद्यालयका स्वीकृत दरबन्दीमा कार्यरत स्थायी, अस्थायी, राहत, साविक उच्च माध्यमिक विद्यालय र प्राविधिक धारसमेतका शिक्षकहरुले १५ लाख ३४ हजार ९८३ रुपैयाँको चेक मङ्गलबार वालिङ नगरप्रमुख […]

बाँदर धपाउने ‘बन्दुक’ : एकपटक पड्काएपछि हाइसन्चो !

९ असार, काठमाडौं । कोरोना र यसबाट बच्न गरिएको लामो लकडाउनका कारण सबैतिर निराशा र समस्याहरूको मात्रै चर्चा छ । तर लकडाउनले फुर्सदिलो बनेका स्याङ्जाका एक युवकले फुर्सदको समय सदुपयोग गर्दै देशैभरिका किसानको साझा समस्या बनेको बाँदर आतंक समाधान गर्ने नयाँ प्रविधि आविष्कार गरेका छन् । स्याङ्जाको भिरकोट नगरपालिका ७ का भविश्वर कोइरालाले लकडाउन अवधिभित्रै […]

वालिङका नयाँ संक्रमितः यसअघिका संक्रमित समूहका सदस्य, क्वारेन्टाइनमा थिए सँगै

२४ जेठ, पोखरा । स्याङ्जाको वालिङ नगरपालिकामा ८ नयाँ कोरोना संक्रमित भेटिएको पुष्टि भयो । योसँगै वालिङको क्वारेन्टाइनमा आइपुगेका १३ जनामा कोरोना संक्रमण पुष्टि भयो । वालिङमा भेटिएका नयाँ संक्रमित यसअघि नै कोरोना पुष्टि भइसकेकाहरुसँगै आएर सँगै क्वारेन्टाइनमा बसेका थिए । भारतबाट सँगै एउटै समूहमा आएर क्वारेन्टाइनको एउटै कोठामा बसेका थिए । भारतदेखि गएको जेठ […]

भारतबाट आएका थिए स्याङ्जाका सबै संक्रमित

२० जेठ, पोखरा । स्याङ्जा जिल्लामा संक्रमण पुष्टि भएका पाँचै जना व्यक्तिहरु भारतबाट आएको खुलेको छ । स्याङ्जाको चापाकोट नगरपालिकाका ४ जना र विरुवा गाउँपालिकाका एक जनालाई कोरोना पुष्टि भएको छ । स्याङ्जाको विरुवा गाउँपालिकामा कोरोना संक्रमित २० वर्षीय युवक भारतको मुम्बईबाट १५ गते स्याङ्जा आएका अर्का एकजना साथीसँगै गृह जिल्ला आएको गाउँपालिका अध्यक्ष चुनप्रसाद […]

स्याङ्जामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

१५ जेठ, पोखरा । स्याङ्जामा थप ३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । वालिङका २६ र २२ वर्षीय पुरुष र ३९ वर्षकी महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । ‘उहाँहरु भारतबाट आउनु भएको हो र क्वारेन्टाइनमै छन् । अब सरकारी अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ,’ निर्देशनालयका डा. […]

विकास अर्को वर्ष गरौंला, अहिले नागरिकको जीवन रक्षा गरौं : मेयर खाँड

१४ जेठ, पोखरा । स्याङ्जाको वालिङमा संक्रमण देखिएका २ जनासहित ७ जनालाई ४ दिनअघि नगरपालिकाले नै गाडी पठाएर ल्याएको थियो । भारतको दिल्ली हुँदै सुनौली नाकासम्म आएका आफ्ना नागरिकले फोन गरेपछि नगरपालिकाले गाडी पठाएर झिकाएको थियो । वालिङ नगरपालिकाले उनीहरुलाई पछिल्लो पटक ल्याएको थियो । यसअघि पनि नगरपालिकाले नै गाडी पठाएर सुनौली र कृष्णनगरदेखि उद्धार […]

सुनौलीबाट उद्धार गरिएका थिए स्याङ्जाका दुई जना कोरोना संक्रमित

१३ जेठ, पोखरा । भारतीय सीमा नाकाबाट उदद्धार गरिएका स्याङ्जाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वालिङ नगरपालिकाका मेयर दिलिपप्रताप खाँडले सुनौली नाकाबाट ल्याइएका दुई जनमा  कोरोना संक्रमणढ भएको पुष्टि गरे । उनीहरुको पोखराको प्रादेशिक प्रयोगशालामा परीक्षण गर्दा  कोरोना पुष्टि भएको हो । वालिङ नगरपालिकाले सुनौली नाकाबाट चार दिनअघि ७ जनालाई गाडी पठाएर […]

स्याङ्जाका संक्रमितको ट्राभल हिस्ट्री : सुनौलीमा आएर फोन गरे, नगरपालिकाले गाडी पठायो

१३ जेठ, पोखरा । स्याङ्जामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका २ जनालाई सुनौलीबाट वालिङ नगरपालिकाले नै ल्याएको पाइएको छ । भारतको दिल्लीदेखि ट्रेनबाट सुनौली नाकासम्म आएका उनी उनीहरुले फोन गरेपछि नगरपालिकाले गाडी पठाएको थियो । चार दिन अघि गाडीमा ७ जना वालिङ आएका थिए, उनीहरु मध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ […]

स्याङ्जाको संयोगः सांसद, जिल्ला प्रमुख र मेयर तीनै पदमा महिला

२७ मंसिर, स्याङ्जा । नेपाली कांग्रेसभित्र शीर्ष बरियताका नेता एवं उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरेपछि एमालेकी युवा नेतृ पद्माकुमारी अर्याल चर्चामा छिन् । एमाले केन्द्रीय सदस्य तथा स्याङ्जा जिल्ला इन्चार्ज अर्यालले गोपालमानबिरुद्ध चुनाव लड्न आँट गरेर खतरा मोलेकी थिइन् । गोपालमानले कांग्रेसका गढ रोजेर यसपटक सो क्षेत्रबाट चुनाव लडेका थिए । चापाकोट नगरपालिकाका […]

स्याङ्जा-१ बाट एमालेका नारायण मरासिनी निर्वाचित

२५ मंसिर,स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका नारायण मरासिनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । मरासिनीले ३९ हजार ४३३ मत प्राप्त गरेर विजयी हुँदा कांग्रेसका राजु थापाले २८ हजार ७३१ मत पाएका छन् । राजु थापा २०७० मा सोही क्षेत्रबाट निर्वाचित हुँदा मरासिनी निकटतम प्रतिस्पर्धी थिए । यसपटक चार वर्षअघिको बदला लिँदै […]

स्याङ्जामा लोकतान्त्रिक र बाम गठबन्धनबीच झडप, प्रहरीद्वारा हवाई फायरिङ

२१ मंसिर, काठमाडौं । स्याङ्जाको लोकतान्त्रिक र बाम गठबन्धनबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायरिङ समेत गरेको छ । साविक तुलसीभन्ज्याङ गाविस भवनस्थित मतदान केन्द्रमा मतदाताहरुको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा झडप भएको थियो । झपडलाई साम्य बनाउन हवाई फाइरिङ गरिएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले जनाएको छ ।