Comments Add Comment

स्वेता खड्का

List Grid
‘कान्छी’को गीतले २४ घन्टामै राख्यो रेकर्ड

गीतसंगीतको सफलताको मापन अहिले युटुबबाट गरिन्छ । कुन गीत कती चल्यो भन्ने जान्न युटुबमा पाएको दर्शकको  संख्यालाई आधार बनाइन्छ । यही आधारमा चलचित्र ‘कान्छी’को गीतले युुटुबमा रेकर्ड नै राखेको छ । यो चलचित्रको ‘चरी चट्ट परी भुरुरु’ बोलको गीतलाई २४ घन्टामै ४ लाख बढीले हेरेका छन् । युटुबमा कुनै चलचित्रको गीत २४ घन्टामा सर्वाधिक हेरिएको […]

नीर शाह भन्छन्-‘दयाहाङ जस्ता कलाकार ५० बर्षमा एकपटक जन्मन्छन्’

नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार नीर शाहले दयाहाङ राई जस्ता कलाकार ५० बर्षमा एक पटक मात्र जन्मने बताएका छन् । चलचित्र ‘कान्छी’को गीत रिलिज कार्यक्रममा पुगेका नीर शाहले दयाहाङको प्रशंसा गर्दै भने-‘दयाहाङ जस्ता कलाकार ५० बर्षमा एकपटक मात्र जन्मन्छन् । दयाहाङले अभिनय यसरी पनि गर्न सकिन्छ भनेर देखाइदिए ।’ नेपाली चलचित्रमा एउटा शैलीको अभिनय रहँदै […]

दयाहाङ र स्वेताको ‘कान्छी’ गीत रिलिज

माघ २६ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘कान्छी’को एक लोक लयको गीतको भिडियो रिलिज गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, स्वेता खड्का, प्रज्वल सुजल गिरी, निर शाह, भूमिका श्रेष्ठ, अनु शाह लगायतको उपस्थितीमा गीत रिलिज गरियो । ३३ बर्ष अगाडि बनेको नेपाली चलचित्र ‘कान्छी’को नाम सापटी लिएर निर्माण […]

‘कोहलपुर एक्सप्रेस’बाट केकी निर्मात्री, प्रियंका र ऋचा पनि पर्दामा

अब, नेपाली चलचित्र क्षेत्रमा नायिका मात्र फेला पार्न गाह्रो छ । अधिकांश नायिकाहरु निर्मात्री बन्ने बाटोमा लागिसकेका छन् । नायिका मात्र बन्दा छोटो समयमै हराउनुपर्ने भएकाले पनि धेरै नायिकाले प्रोडक्शन हाउस खोलेर चलचित्र बनाइरहेका हुन् । निर्मात्री बनेका केही नायिका सफल छन् भने धेरै असफल । झरना थापा, रेखा थापा, ऋचा घिमिरे, स्वेता खड्का हुँदै […]

‘कान्छी’मा दयाहाङ र स्वेताको छमछमी(फोटो र भिडियो)

ललितपुरमा रहेको श्रीकाली चौर अरु बेलामा पनि यूवायूवतीदेखि पूजापाठ गर्ने वृद्धावृद्धको आगमनले व्यस्त नै देखिन्छ । यूवायूवतीका लागि मनको कुरा गर्ने स्थान मात्र होइन, श्रीकाली चौरमा रहेको मन्दिरमा पूजा गर्न पुग्ने भक्तजनको भिड पनि उस्तै रहन्छ । काठमाण्डौ भन्दा केही टाढा रहनेपनि श्रीकाली चौर पुग्न त्यती गाह्रो भने छैन । तर शुक्रबार, शनिबार र आइतबार […]

स्वेताको साथले अनुलाइ उठ्ने मौका

नायिका स्वेता खड्काको निर्माण तथा अभिनयमा तयार भैरहेको चलचित्र ‘कान्छी’को हाल धमाधम छायांकन भैरहेको छ । मुस्ताङमा छायांकन भैरहेको यो चलचित्रलाइ आकाश अधिकारीले निर्देशन गरिरहेका छन् । नायक दयाहाङ राइ चलचित्रमा स्वेताको जोडीको रुपमा देखिएका छन् । यो चलचित्रमा नायिका अनु शाहको पनि मुख्य भूमिका छ । गाउँकी ‘कान्छी’को साथीको भूमिकामा अनु देखिएकी छिन् । […]

फेरिएकी स्वेता

नायिका तथा निर्मात्री स्वेता खड्काले चलचित्र ‘कान्छी’को घोषणा कार्यक्रममा आफू फेरिएको बताइन् । उनले आफू पहिलेकी स्वेता नरहेकी भन्दै आफ्नो पूर्नजन्म भएको समेत घोषणा गरिन् । स्वेताको यो भनाइलाइ जुन कोणबाट पनि हेर्न सकिन्छ । पति श्रीकृष्ण श्रेष्ठको निधन भएपछि केही बर्ष विक्षिप्त बनेकी स्वेता अहिले एक्लै चलचित्र निर्माणमा अग्रसर छिन् । सायद, उनले आफू […]

स्वेता र दयाहाङको ‘कान्छी’ घोषणा, नम्रताको ठाउँमा अनु अनुवन्धित

अन्ततः केही महिनाको प्रतिक्षापछि चलचित्र ‘कान्छी’को घोषणा गरिएको छ । अब, यो चलचित्रको छायांकन भदौ २ गतेबाट सुरु हुनेछ । केही महिनादेखि नै निर्माण हुने भनिएतापनि विभिन्न कारणले यो चलचित्रको घोषणा हुन सकेको थिएन । नायिका स्वेता खड्काको निर्माणमा तयार हुन लागेको यो चलचित्रलाई आकाश अधिकारीले निर्देशन गर्दैछन् । चलचित्रमा यम थापाको पटकथा तथा संवाद […]

‘समर लभ’का कारण नम्रताले छाडिन् ‘कान्छी’

केही समय अगाडि नायिका नम्रता सापकोटाले आफू चलचित्र ‘कान्छी’मा अनुवन्धित भएको बताएकी थिइन् । नायिका स्वेता खड्काले निर्माण गर्न लागेको यो चलचित्रमा अनुवन्धित भएको भन्दै अनलाइनखबरसँग नम्रताले खुशी पनि व्यक्त गरेकी थिइन् । तर, उनै नायिकाले अब यो चलचित्र छाडेको बताएकी छिन् । नम्रताले चलचित्र ‘समर लभ’का कारण आफूले ‘कान्छी’ छाडेको बताएकी छिन् । उनले […]

दया र स्वेताको हाँसोमा लुकेकी ‘कान्छी’

नायिका स्वेता खड्कालाई दर्शकले चलचित्र ‘कोहिनुर’ पछि पर्दामा देखेका छैनन् । ‘कोहिनुर’ रिलिज लगतै नायक श्रीकृष्ण श्रेष्ठको निधन भयो । यसपछि, पत्नी स्वेता विक्षिप्त बनिन् । केही बर्षपछि अब स्वेता चलचित्रमा र्फकदै छिन् । स्वेतालाई निर्देशक आकाश अधिकारीले ‘कान्छी’ चलचित्रमा अभिनय गराउँदैछन् । यो चलचित्रलाई स्वेता आफैले निर्माण गर्दैछिन् । स्वेताको जोडीको रुपमा चलचित्रमा नायक […]

नायिकाहरुको फिल्ममा लगानी मोह, को सफल को असफल ?

पछिल्लो समयमा नेपाली चलचित्रका नायिकाहरु चलचित्र निर्माणमा पनि अग्रसर देखिएका छन् । एकपछि अर्का नायिकाहरुले चलचित्रमा लगानी गरिरहेका छन् । चलचित्र निर्माण कम्पनी समेत खोल्दा नायिकाहरु करिअर लामो समयसम्म अगाडि बढाउन सकिन्छ भन्ने सोच्छन् । यसैले पनि होला अहिले नायिकाहरुको चलचित्र निर्माण मोह झनै बढेको छ । जेठ महिनामा मात्र २ नायिका निर्मात्री बनेको चलचित्र […]

मोटाएकी नम्रता बोल्ड एन्ड ब्यूटी

नायिका नम्रता सापकोटा अहिले मोटाएकी छिन् । दुधको चिया खान नछाड्ने नम्रता आफू दुब्लाउन खोजेको तर नसकेको बताउँछिन् । चलचित्रको पर्दा भन्दा म्यूजिक भिडियोमा बढी व्यस्त नम्रता अब नायिका स्वेता खड्काले निर्माण गर्न लागेको चलचित्र ‘कान्छी’मा काम गर्दैछिन् । नम्रता चलचित्रमा काम नगर्ने वित्तिकै असफल भनिहाल्न नमिल्ने बताउँछिन् । चलचित्रमा काम नगरेपनि अरु काममा व्यस्त […]

स्वेताको फेशन

नायिका स्वेता खड्का फेशनमा पनि खुबै सचेत छिन् । सार्वजनिक कार्यक्रममा पुग्दा कस्तो पहिरन लगाउनुपर्छ भन्ने उनलाई राम्रोसँग थाहा छ । चलचित्र ‘कान्छी’को निर्माण प्रक्रियालाई केही महिना पर धकेलेर स्वेता हाल समाजसेवामा पनि व्यस्त छिन् । उनै, स्वेताले एक चलचित्रको विशेष शोमा लगाएको पहिरनको चर्चा अहिले खुबै छ । स्वेताले लगाएको लामो पहिरन र उनको […]

ऋचाको ‘आधा लभ’ हेर्न स्वेतादेखि करिश्मासम्म

अभिनेत्रीबाट निर्मात्री बनेकी नायिका ऋचा शर्माको चलचित्र ‘आधा लभ’लाई केही नायिकाहरुको साथ मिलेको छ । खासै प्रचारप्रसार नगरी हलमा रिलिज गर्न लागिएको यो चलचित्रको वुधबार बेलुकी काठमाण्डौको कुमारी हलमा प्रिमियर गरिएको छ । नायिका शर्माको निर्माणमा बनेको चलचित्र हेर्नका लागि स्वेता खड्का, करिश्मा मानन्धर, रीमा विश्वकर्मा, गौरी मल्ल हलमा पुगे । यस्तै, कलाकार खगेन्द्र लामिछाने, […]

श्रीकृष्णको तस्वीर छुँदै स्वेताले खाएको एउटा कसम…

सयौ स्थानियबासी र काठमाण्डौबाट सिन्धुपाल्चोक पुगेका पत्रकार, विभिन्न क्षेत्रका व्यक्तिहरुको अगाडि नायिका स्वेता खड्काले स्वर्गिय पति श्रीकृष्णको श्रेष्ठको तस्बिर छुदै एउटा कसम खाइन् । काठमाण्डौ भन्दा केही परको जिल्ला सिन्धुपाल्चोकको विकट गाउँ माझी बस्तीमा पुगेकी स्वेताले श्रीकृष्णको तस्बिर छुदै भनिन्-‘म उहाँको तस्बिर छुदै भन्छु कि, यो काम सम्पन्न गरेपछि मात्र मेरो अनुहारमा खुशी मिल्नेछ ।’ […]

‘माझी बस्ती’मा स्वेताले सुरु गरिन् घर निर्माण, गरियो भव्य स्वागत

नायिका स्वेता खड्का केही महिना अगाडि सिन्धुपाल्चोकको माझी बस्ती पुग्दा उनको भव्य स्वागत गरिएको थियो । स्वेता स्थानिय बासिन्दाहरुसँग मिलेर घर निर्माणका लागि सो स्थानमा पुगेकी थिइन् । उनै, स्वेता फेरि सोमबार ‘माझी बस्ती’ पुगेकी छिन् । देशका चर्चित व्यक्तिहरुको साथमा स्वेता माझी बस्ती पुग्नुको मुख्य कारण हो, घर निर्माणको शिलन्यास । ‘हाम्रो रहर सानो […]

स्वेताको ‘कान्छी’ मा चुलबुले नम्रता

चलचित्र ‘छक्का पन्जा’मा काम गरेर राम्रै चर्चा पाएपनि नायिका नम्रता सापकोटा यसको सिक्वेलमा भने दोहोरिइनन् । चलचित्र चलेपनि नम्रतालाई यसले खासै फाइदा नदिएको चर्चा चलचित्र बजारमा चल्यो । तर, अब उनै नम्रताका लागि एउटा राहतको खबर छ । नायिका नम्रता सापकाेटालाई नायिका स्वेता खड्काले आफूले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘कान्छी’मा अनुवन्धीत गरेकी छिन् । […]

स्वेताले संझिइन्-‘मन खोज्ने मायालुलाई कहाँ भेटिएला ?’

नायिका स्वेता खड्का चलचित्र ‘कान्छी’ बनाउने तयारीमा जुटिरहेकी छिन् । साथमा, उनी समाजसेवा र व्यवसायमा पनि सक्रिय छिन् । उनै, स्वेताले आफ्नो डेब्यू चलचित्र ‘कहाँ भेटिएला’मा समावेश शिर्ष गीत संझिएकी छिन् । उनले गीत संझिएकी मात्र होइनन्, गाएकी पनि छन् । काठमाण्डौको बौद्धमा आयोजित जापानीज प्रोडक्ट फाइटेनको शो रुम उद्घाटन पछि आयोजित कार्यक्रममा बोल्दै स्वेताले […]

बस्ती निर्माणमा सहयोग गर्नेलाई स्वेताको सम्मान

सिन्धुपाल्चोक जिल्लामा अवस्थित माँझी बस्ती निर्माणका लागि आर्थिक सहयोग गर्ने सहयोगीहरुलाई नायिका स्वेता खड्काले सम्मान प्रदान गरेकी छिन् ।पुतलीसडकमा रहेको ‘स्वेता श्री फाउन्डेशन’मा आयोजित एक कार्यक्रममा स्वेताले ६ जना सहयोगी दातालाई सम्मान गरेकी हुन् । सम्मानित हुनेमा, अमेरिकाबाट ३ लाख सहयोग गर्ने श्री पराजुली, एक लाख सहयोग गर्ने काभ्रेकी शान्ता डाँगी, पचाँस हजार सहयोग गर्ने […]

सुरु भयो ‘स्वेता श्री’ फाउन्डेशन, निर्माण र क्यान्सरको क्षेत्रमा काम गर्ने(भिडियाे)

नायिका स्वेता खड्काले ‘स्वेता श्री’ फाउन्डेशनको औपचारिक शुभारम्भ गरेकी छिन् । आज, काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा उनले सामाजिक सेवाका लागि भन्दै यो फाउन्डेशनको औपचारिक सुरुवात गरेकी हुन् । नायक श्रीकृष्ण श्रेष्ठ र स्वेताको नामबाट यो फाउन्डेशनको नाम राखिएको छ । पूननिर्माण प्राधिकरणका प्रमुख गोविन्द पोखरेल, चर्चित कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, पूर्व प्रधान […]

तोरीबारीमा स्वेताको मुस्कान

नेपाली चलचित्रमा मात्र नभई, नायिका स्वेता खड्काको यात्रा अहिले समाजसेवा र व्यवसायमा पनि एकसाथ अगाडि बढिरहेको छ । व्यवसायमा समेत स्वेता एक शक्तिशाली महिलाको रुपमा स्थापित हुँदैछिन् । २ बर्ष अगाडि नायक श्रीकृष्ण श्रेष्ठको निधन भएपछि स्वेताको अनुहारबाट लामो समयसम्म मुस्कान हरायो । तर, स्वेता अहिले श्रीकृष्णलाई संझदै मुस्कान फर्काउने कोशिशमा लागिरहेकी छिन् । चलचित्र […]