Comments Add Comment

हुम्ला

List Grid
हुम्लाका स्थानीय तहलाई स्वास्थ्य सामाग्री सहयोग

१० असार, काठमाडौं । मनघरी फाउन्डेसनले हुम्लाका स्थानीय तहलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमबीच फाउण्डेशनका सल्लाकार अमर बहादुर शाही र गायीका आनी छोइङ्ग डोल्माले स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । हुम्लाका सबै गाउँपालिकाका लागि दिइएको सामग्रीमा पीपीई सेट ३० थान, १ हजार थान सर्जिकल मास्क, ३० थान फेसल सिट, […]

प्रारम्भ र आनी छोइङले दिए हुम्लाको खार्पुनाथलाई स्वास्थ्य सामाग्री

३० जेठ, काठमाडौं । प्रारम्भ सामाजिक संस्था र आनी छोइङ डोल्मा फाउण्डेशनले हुम्लाको खार्पुनाथ गाँउपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । गाउँपालिका लागि यि संस्थाहरुले २० थान पीपीइ, गमबुट, फेसशिल्ड, केएन ९५ मास्क, सानीटाइजर तथा २४ थान फस्र्ट एड किट्स बक्स वितरण गरेका हुन् । वरिष्ठ कलाकार हरिवंश आचार्य, गायीका आनी छोइङ डोल्मा, सिंगापुर रेडक्रसकी […]

हिमपात रोक्न उपल्लो डोल्पाका स्थानीयले गरे हिउँमै बसेर पूजा

६ माघ, डोल्पा । उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिमपात रोक्न स्थानीयले हिउँमै बसेर लामा पूजा गरेका छन् । तीन दिनसम्म हिउँ पर्न नरोकिएपछि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको शे–फोक्सुण्डो गाउँपालिका–९, पुग्मोका स्थानीय रिग्जिन बैजीले जानकारी दिए । ‘हिउँ पर्न रोकिएर घाम लागोस्’ भनेर पुग्मो गाउँका स्थानीयले सामूहिक पूजा सम्पन्न गरेको र केहीमात्रामा […]

हुम्लामा फेरि टिपर दुुर्घटना, २ जनाको मृत्यु

२६ मंसिर, हुम्ला ।  हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका-५ स्थित पानी पाल्वाङ्गमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नाम्खा गाउँपालिका–१ निवासी हेप्का गाउँका २५ वर्षीया सोनाम मिगुर लामा र नाम्खा–४ बस्ने साबेल लामा रहेका छन् । मृत्यु भएका दुवै जनाको सनाखत भएर आफन्तले शव बुझेका छन् । घाइते हुनेमा […]

हुम्लामा हिमपात, चिसो बढ्यो

१३ मंसिर, हुम्ला । हुम्लामा बिहीबार साँझदेखि हिमपात शुरु भएको छ । हिमपातसँगै चिसो बढेको छ । जिल्लामा गत वर्ष कात्तिकमै हिमपात भएको थियो । चिसोका कारण सदरमुकाम सिमकोटमा बिहानैदेखि चहलपहल घटेको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको उच्च हिमाली भेगमा अत्यधिक हिमपात भएको स्थानीयवासीले बताएका छन् । हिमपातपछि बालीनाली सप्रिने भन्दै यहाँका किसान खुशी […]

हुम्लाको खार्पुनाथको उपाध्यक्षका लागि ३ दलको उम्मेदवारी

२७ कात्तिक, काठमाडौं । मंसिर १४ गते हुने उपचुनावका लागि हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदमा तीन दलले मनोनयन दर्ता गराएका छन् । नेपाल कम्युनिस्ट पार्टीबाट रुपा शाही, नेपाली कांग्रेसबाट तारा शाही र राप्रपा संयुक्तबाट दीपबहादुर शाहीले बुधबार उम्मेदवारी दर्ता गराएका हुन् । उपनिर्वाचनका लागि नेकपाबाट उम्मेदवारी दर्ता गरेकी रुपा यसअघि पराजित उम्मेदवार हुन् । यसअघि […]

हुम्ला चीनबाट भित्रियो ठूलो परिमाणमा अवैध रक्सी, ब्यापारीको पहिचान भएन

२९ पुस, हुम्ला । हुम्लामा पछिल्लो समय ठूलो मात्रामा चाइनिज रक्सी भित्रिने गरेको खुलेको छ । पछिल्लो समय ठूलो परिमाणमा प्रहरीले चाइनिज मदिरा बरामद गरेको छ । तीन महिनाको अवधिमा तीन हजार ८६ कार्टनु मदिरा बरामद भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । चंखेली गाउापालिका-५ को टााके नाकाबाट सबैभन्दा धेरै दुई हजार ९०८ कार्टुन […]

हुम्लामा ठूलो परिमाणमा अवैध चाइनिज रक्सी भित्रियो, ब्यापारीको पहिचान भएन

२९ पुस, हुम्ला । हुम्लामा पछिल्लो समय ठूलो मात्रामा चाइनिज रक्सी भित्रिने गरेको खुलेको छ । पछिल्लो समय ठूलो परिमाणमा प्रहरीले चाइनिज मदिरा बरामद गरेको छ । तीन महिनाको अवधिमा तीन हजार ८६ कार्टनु मदिरा बरामद भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । चंखेली गाउापालिका-५ को टााके नाकाबाट सबैभन्दा धेरै दुई हजार ९०८ कार्टुन […]

चिसो बढेसँगै गाउँ छोड्दै हुम्लावासी

२८ मङ्सिर, हुम्ला । हिउँद लागेसँगै हिमाली जिल्ला हुम्लामा चिसो बढ्न थालेको छ । चिसो बढ्न थालेसँगै हुम्लाका बासिन्दा जाडो छल्न् जिल्ला बाहिर जान थालेका छन् । मङ्सिर, पुस, माघमा बढी चिसोे हुने हुँदा यहाँका बासिन्दा चिसो छल्न जिल्ला बाहिर सर्ने गर्छन् । जाडोयाममा हिउँसँग खेल्न र रमाउन पाइने भएकाले चिसो मौसममा केही पर्यटक भने […]

स्याउ बिक्री नभएपछि हुम्लाका किसान चिन्तित

१४ मंसिर, हुम्ला । यसवर्ष जिल्लामा कूल उत्पादन स्याउमध्ये आधा भन्दा बढी बिक्री नभएको पाइएको छ । देशको एक मात्र जिल्ला राष्ट्रिय सडक सञ्जालभन्दा बाहिर भएकाले यातायातकै असुविधाका कारण यति धेरै स्याउ बिक्री हुन नसकेको हो । एक हजार ५०० रोपनीमा चार सयभन्दा बढी बोटबाट यसैवर्षदेखि स्याउ फलाउन शुरु गरेका सिमकोट गाउँपालिका–६ का कृषक जयचन्द्र […]

हुम्लामा हेलिकोप्टरको पंखाले लागेर एक जनाको मृत्यु

२९ साउन, काठमाडौं । हुम्लाको हिल्सामा मनाङ एयरको हेलिकोप्टरको पंखाले लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ । प‌ंखाले लागेर भारतीय नागरिक नगेन्द्रकुमार कार्तिकको मृत्यु भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले अनलाइनखबरलाई जानकारी दिए । ‘अपरान्ह सवा ३ बजे प्यासेन्जर ओराल्दै गर्दा पछाडिपट्टीको पंखाले लागेर मृत्यु भएको हो’, ढुंगानाले भने, ‘हेलिकोप्टर सिमिकोटबाट त्यहाँ गएको […]

मकालु एयरको विमान हुम्लामा दुर्घटना, चालक दलका दुवै सदस्यको मृत्यु

२ जेठ, काठमाडौं । मकालु एयरको वेपत्ता कार्गो विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने, ‘घटनास्थलमा अर्को हेलिकोप्टर पुगेको छ, दुवै जनाको मृत्यु भएको खबर छ । थप विवरण आउन बाँकी छ ।’ नाइन एन एयूजे कलसाइनको सो […]

यस्तो अवस्थामा भेटियो दुर्घटनाग्रस्त मकालु एयरको विमान

२ जेठ, काठमाडौं । मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । विमान पहाडमा ठोक्किएर दुर्घटना भएको हो । विमानका रहेका चालक दलका दुबै सदस्यको मृत्यु भएको छ । मकालु एयरको विमान हुम्लामा क्षत-विक्षत अवस्थामा भेटिएको छ । नाइन एन एयूजे कलसाइनको विमानको अग्रभाग मैदानमा धस्सिएको र पछाडिको भाग क्षत-विक्षत छ । विमानले बोकेका […]

मकालु एयरको विमान हुम्लामा दुर्घटना, चालक दलका दुवै सदस्यको मृत्यु

२ जेठ, काठमाडौं । मकालु एयरको वेपत्ता कार्गो विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने, ‘घटनास्थलमा अर्को हेलिकोप्टर पुगेको छ, दुवै जनाको मृत्यु भएको खबर छ । थप विवरण आउन बाँकी छ ।’ नाइन एन एयूजे कलसाइनको सो […]

भागेर भारत जाँदै गरेका हुम्लाका एक बालकको झुलाघाटबाट उद्धार

३० चैत, बैतडी । हुम्ला घर भएका एक बालकको बैतडीस्थित नेपाल–भारत सीमानाका झुलाघाटबाट उद्धार गरिएको छ । घरमा थाहा नदिई भागेर भारत जाँदै गरेका हुम्लाको सर्केगाड गाउँपालिका–८ का १४ वर्षीय गजेन्द्र बोहरालाई प्रहरीले बिहीबार उद्धार गरेको हो । गजेन्द्रको घरमा फोन सम्पर्क गर्दा भागेर गएको थाहा पाएपछि बालकको उद्धार गरी आफन्तलाई बुझाउने तयारी गरिएको सिमानाका प्रहरी […]

हुम्लामा मोटरबाटोबिनै गाडी खरिदको बोलपत्र

२६ माघ, हुम्ला । सिमीकोट गाउँपालिकाले यही माघ २४ गते गाडी खरिदका लागि बोलपत्र आह्वान गरेपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । गाउँपालिकाले गाडी खरिदका लागि रु ४३ लाख ५५ हजार २३० विनियोजन गरेको पाइएको छ । बिना पूर्वाधार गाउँपालिकाले गाडी खरिदको बोलपत्र आह्वान गरेको हो । राष्ट्रिय सडक सञ्जालले समेत नजोडिएको एकमात्र जिल्ला हुम्ला हो […]

हुम्लाको प्रदेशसभा ‘क’ मा एमाले उम्मेदवार रावल विजयी

२२ मंसिर, हुम्ला । हुम्लाको प्रदेशसभा ‘क’ तर्फ एमाले उम्मेदवार दल रावल विजयी भएका छन् । उनी ७ हजार १ सय ५८ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्दी ठानबहादुर रोकायाले १ हजार ८ सय ११ मत ल्याएका छन् ।

७२ घण्टाका लागि हुम्लाको हिल्सा नाका बन्द

८ मंसिर, हुम्ला । आगामी आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि हिल्सा नाका बन्द गरिएको छ । बिहीबार राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्मका लागि हुम्लाको उत्तरी हिल्सा नाका बन्द भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए । नाका बन्द भएपछि हिल्सा नाकाबाट आउने सवारीसाधन तथा मानिसहरु रोकिएका छन् । जिल्लाका सबै […]

कर्णाली प्रदेश समृद्धिका ‘पाँच ब’: जीवनबहादुर शाही

२० कात्तिक काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता जीवनवहादुर शाही कांग्रेसका तर्फबाट छ नम्बर प्रदेशको मुख्यमन्त्रीका दाबेदार हुन् । उनी हुम्ला (ख) बाट प्रदेशसभाको उम्मेदवार छन् । प्रदेश नम्बर ६ मा वाम गठबन्धन भन्दा नेपाली कांग्रेस नै अघि आउने दाबी गर्दै शाहीले आफू मुख्यमन्त्री भएपछि ६ नम्बर प्रदेशको नाम फेरेर कर्णाली प्रदेश बनाउने बताए । […]

हुम्लाका ५२ वटै मतदानस्थल अतिसंवेदनशील, हिमपातको प्रभाव

१९ कात्तिक, हुम्ला । आगामी मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि हुम्लामा कायम गरिएका ५२ वटै मतदानस्थल अतिसंवेदनशील देखिएका छन् । जिल्लाको नाम्खा गाउँपालिका हिमपातबाट संवेदनशील छ भने अन्य सुरक्षाका हिसाबले अतिसंवेदनशील मानिएको छ । स्थानीय तहको निर्वाचनबाट सिकाइ र केही हिमाली क्षेत्रहरुमा हिमपातबाट अतिसंवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । […]

सिन्धुपाल्चोकको भोटसिपामा मतदान रोकियोः हुम्लामा मन्त्री जीवनवहादुर शाहीकै गाउँमा झडप

३१ बैशाख, चौतारा । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका अन्तर्गत भोटसिपा मतदान केन्द्रमा तनाव सिर्जना भएपछि मतदान रोकिएको छ । कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले त्यहाँ हवाइ फायरसमेत गरेको छ । भोटसिपा केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेका बेला कांग्रेस पक्षले बलजफ्ती गर्न खोजेपछि एमाले प्रतिकारमा उत्रिएको र झडप भएको प्रहरीको भनाइ छ । स्थगित भएको मतदान […]