Comments Add Comment

१३औं साग

List Grid
कराँतेको महिला टिम कातामा पनि नेपाललाई स्वर्ण

१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ । निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको टिमले नेपाललाई स्वर्ण दिलाएको हो । नेपालको स्कोर २४.८८ रह्यो । रजतमा चित्त बुझाएको पाकिस्तानको २३.३ अंक बनाएको छ ।

सागमा नेपालले जित्यो तेस्रो स्वर्ण

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद -साग)मा नेपालले तेस्रो स्वर्ण पदक जितेको छ । तेक्वान्दोको पुम्सेमा २३ देखि २९ वर्षमुनीको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् । उनले श्रीलंका र भारतका खेलाडीलाई पछि पारेका हुन् । उनले ८.२७० अंक जोडे । ८.२०० अंक जोडेका भारतीय खेलाडीले कास्य जित्दा ८.१५० अंक जोडेका श्रीलंकाली खेलाडी कास्यमा चित्त […]

ट्रायथोलनकी सोनीले दिलाइन् नेपाललाई दोस्रो स्वर्ण

१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भएको ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ । यो नेपालको दोस्रो स्वर्णपदक हो । सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा नेपालकी सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी हुन् । ट्रायथोलन महिलातर्फ भारतले रजत र कास्य पदक हात पारेको छ । भारतीय खेलाडी प्रग्न्या […]

ट्रायाथोलन पुरूषतर्फ नेपाललाई कास्य, भारतले स्वर्ण जित्यो

१६ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सोमबार पोखरामा भएको पुरूष ट्रायथोलनमा नेपालले कास्य पदक जितेको छ । स्वर्ण पदक भने भारतको पोल्टामा परेको छ । नेपालका लागि नितेश चौधरीले काष्य पदक दिलाएका हुन् । पोखरा लेकसाइडमा भएको प्रतियोगितामा भारतका आदर्शमान सिनामोलले स्वर्ण पदक जितेका छन् । रजत पदक पनि भारतकै […]

१३ औं सागमा मण्डेकाजीले नेपाललाई दिलाए पहिलो स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले पहिलो स्वर्ण जितेको छ । कराँतेका मण्डेकाजी श्रेष्ठले पुरूष एकल कातामा स्वर्ण जितेका हुन् । उनले पाकिस्तानी खेलाडी निएमातुलिएहलाई पराजित गरेका हुन् । मण्डेकाजीले २५.७२ अंक पाउादा पाकिस्तानी खेलाडी २४.९२ अंक पाएका थिए । यसअघि कराँतेको व्यक्तिगत काता महिलातर्फ नेपालकी चञ्चला दनुवारले रजत पदक जितेकी […]

सागमा नेपाली तेक्वान्दो : गुमेको विरासत फर्काउने चुनौती

१६ मंसिर, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) मा अहिलेसम्म नेपाललाई सबैभन्दा धेरै स्वर्ण दिलाउने खेल हो तेक्वान्दो । तेक्वान्दोले सागमा अहिलेसम्म नेपाललाई सर्वाधिक २४ स्वर्ण, १४ रजत र ८ कास्य दिलाएको छ । सन् १९९९ मा नेपालमै भएको आठौं संस्करणबाट सागमा तेक्वान्दो भित्रिएको थियो । त्यसबेला जम्मा १५ स्वर्णमध्ये १४ वटा नेपालले आफ्नो पोल्टामा […]

१३औं सागको पहिलो स्वर्ण पाकिस्तानलाई

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पहिलो स्वर्ण पाकिस्तानले जितेको छ । सोमबार भएको कराँतेको व्यक्तिगत काता महिलातर्फ पाकिस्तानकी साहिदाले स्वर्ण जितेकी हुन् । उनले नेपालकी चञ्चला दनुवारलाई हराएकी थिइन् ।

सागमा कराँतेकी चञ्चलाले दिलाइन् नेपाललाई पहिलो रजत

१६ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले पहिलो रजत पदक जितेको छ । कराँतेको व्यक्तिगत काता महिलातर्फ चञ्चला दनुवारले रजत पदक जितेकी हुन् । उनी बंगलादेशकी हुमारा अन्तरा र भुटानकी सोनाम ल्हामोलाई पछि पार्दै फाइनल पुगेकी थिइन् । तर पाकिस्तानकी साहिदासँग पराजित भइन् । उनले २४.६२ अंक पाउँदा पाकिस्तानकी साहिदाले २५.२८ […]

१३ औं साग : सोमबार कराँते र तेक्वान्दोको स्वर्णपदक छिनोफानो, अन्य खेल कहाँ र कहिले हुँदैछन् ?

१६ मंसिर, काठमाडौं । आइतबार औपचारिक रूपमा सुरु १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज विभिन्न खेलमा प्रतिस्पर्धा हुँदैछ । २६ खेल समावेश सागको यस संस्करणमा भलिबल खेल मंसिर ११ देखि सुरु भइसकेको छ । भलिबलको अब पदक मात्रै छिनोफानो हुन बाँकी छ । त्यस्तै, दुई चर्चित खेल फुटबल र क्रिकेटको स्पर्धाहरु सोमबारदेखि नै सुरु […]

प्रधानमन्त्रीले आइप्याडमा हेरे १३औं सागको उद्घाटन

१५ मंसिर, काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको आठौं पटक डायलासिस गरिएको छ । आइतबार उनको आठौं डायलासिस गरिएको हो । मंगलबार र बुधबार पनि डायलासिस गरिएको थियो । त्यसपछि शनिबार सातौं डायलासिस गरिएको थियो । उनको मंगलबार सेन्टरमा एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । सघन उपचार कक्षमा रहेको […]

साग फुटबलको खेल तालिकाप्रति माल्दिभ्स र श्रीलंकाको असन्तुष्टि

१५ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा आयोजकले सार्वजनिक गरेको नयाँ खेलतालिकाप्रति माल्दिभ्स र श्रीलंकाले असन्तुष्टि  जनाएका छन्। शुरुको खेलतालिका परिवर्तन गरी आफूहरुले लगातार खेल्नेगरी बनाएको भन्दै माल्दिभ्स र श्रीलंकाका प्रशिक्षकले असन्तुष्टि जनाएका हुन् । शुरुमा एन्फाले ६ टिमलाई दुई समूहमा विभाजन गरी खेलतालिका सार्वजनिक गरेको थियो । […]

ब्याडमिन्टनमा नेपाल सेमिफाइनलमा

१५ मंसिर, पोखरा । १३औं दक्षिण एसियाली खेलकुद (साग)को ब्याडमिन्टनमा मेन्स टिम इभेन्टमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार पोखरास्थित ब्याडमिन्टन कोर्टमा भएको खेलमा नेपाली टिमले भुटानलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालका रत्नजीत तामाङले भुटानका खेलाडी अनिश गुरुङलाई २१-६, २१-९ को सोझो सेटले पराजित गरे । प्रतिष्पर्धामा नेपाली खेलाडी दिपेश धामीले […]

भारत साग पुरुष भलिबलको फाइनलमा

१५ मंसिर, काठमाडौं । भारत १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गतको पुरुष भलिबल खेलको फाइल प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमिफाइनल खेलमा श्रीलंकालाई ३-१ को सेटमा पराजित गरेको हो । भारतले पहिलो सेट २७-२५, दोस्रो सेट २५-१९ को सेटमा जित्यो भने तेस्रो सेट २१-२५ ले गुमायो । त्यसपछिको सेट २५-२१ ले […]

१३ औं साग आजदेखि, यसरी हुँदैछ उद्घाटन

१५ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटन आज राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दैछिन् । सागअन्तर्गत भलिबल प्रतियोगिताका खेल यसअघि नै भए पनि औपचारिक उद्घाटन अपराह्न ५ बजे दशरथ रंगशालामा गर्न लागिएको हो । भब्य समारोहबीच राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने समारोह ३ घण्टा १४ मिनेट सञ्चालन हुनेछ । उद्घाटनसत्रमा सहभागी सातवटै […]

भारत महिला भलिबलको फाइनलमा

काठमाडौं । भारत १३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला भबलिबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनलमा माल्दिभ्सलाई ३-० को सेटमा हराउँदै भारत स्वर्ण नजिक पुगेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा भारतले माल्दिभ्सलाई २५-१४, १५-६ र २५-१७ को सेटमा हराएको हो । अब उसले स्वर्ण पदकका लगि नेपाल र श्रीलंकाबीच […]