आमनिर्वाचन - २०८२

उमेर, लिङ्ग, प्रदेश, शिक्षा, अनुभव र निर्वाचन क्षेत्रको आधारमा पछिल्ला तीन निर्वाचनको डिकोड

२० फाल्गुन, २०८२

आमनिर्वाचन - २०७४

यहाँ प्रत्येक वर्गले १ उम्मेदवारलाई प्रतिनिधित्व गर्छन् । यस निर्वाचनमा १,९५२ उम्मेदवारहरू उठेका थिए ।

आमनिर्वाचन - २०७९

यस निर्वाचनमा उम्मेदवारहरूको संख्या बढेर २,४११ पुग्यो । नयाँ उम्मेदवारहरू माथिल्लो लहरहरूमा थपिन्छन् ।

आमनिर्वाचन - २०८२

यस पटक भने उम्मेदवारहरूको संख्या ह्वात्तै बढेर ३,४०६ पुगेको छ ।

लैंगिक आधारमा निर्वाचन २०८२

यहाँ वर्गहरूका रङ अनुसारका उम्मेदवार छन् ।
३,०१७ पुरुष, ३८८ महिला, र १ अन्य

Detailed Long Graphic
यस निर्वाचनमा ३ हजार १७ पुरुष उम्मेदवारहरू छन् । यहाँ पाको उमेरदेखि घट्दाे क्रममा सम्पूर्ण पुरूष उम्मेदवारका तस्वीरहरू छन् ।
६० वर्षभन्दा माथि उमेरका कुल उम्मेदवार ४ सय ६५ छन् ।
४१-५९ वर्षका उम्मेदावर १६ सय ४१ छन् । यो सबैभन्दा बढी उम्मेदवार भएको उमेर समूह हो ।
३०-४० वर्ष उमेर समूहका ७ सय ३३ छन् ।
२५-२९ उमेर समूहमा १ सय ७८ जना छन् ।
पुरुषको तुलनामा महिला उम्मेदवार निकै कम अर्थात ३ सय ८८ (११%) जना मात्र छन् । त्यसमध्ये धेरै महिला उम्मेदवार मधेश र बाग्मती प्रदेशमा छन्।
मधेश
बाग्मती
कोशी
लुम्बिनी
गण्डकी
सुदूरपश्चिम
कर्णाली
सबैभन्दा कम महिला उम्मेदवार भएको प्रदेश कर्णाली हो । यसअघिका दुई निर्वाचनमा पनि यो प्रदेशभर जम्मा महिला उम्मेदवारको संख्या १० भन्दा कम थियो ।
Map Content
यस निर्वाचनमा ३ हजार १७ पुरुष उम्मेदवारहरू छन् । यहाँ पाको उमेरदेखि घट्दाे क्रममा सम्पूर्ण पुरूष उम्मेदवारका तस्वीरहरू छन् ।
६० वर्षभन्दा माथि उमेरका कुल उम्मेदवार ४ सय ६५ छन् ।
४१-५९ वर्षका उम्मेदावर १६ सय ४१ छन् । यो सबैभन्दा बढी उम्मेदवार भएको उमेर समूह हो ।
३०-४० वर्ष उमेर समूहका ७ सय ३३ छन् ।
२५-२९ उमेर समूहमा १ सय ७८ जना छन् ।
पुरुषको तुलनामा महिला उम्मेदवार निकै कम अर्थात ३ सय ८८ (११ प्रतिशत) जना मात्र छन्। त्यसमध्ये धेरै महिला उम्मेदवार मधेश र बाग्मती प्रदेशमा छन्।
मधेश
बाग्मती
कोशी
लुम्बिनी
गण्डकी
सुदूरपश्चिम
कर्णाली
सबैभन्दा कम महिला उम्मेदवार भएको प्रदेश कर्णाली हो । यसअघिका दुई निर्वाचनमा पनि यो प्रदेशभर जम्मा महिला उम्मेदवारको संख्या १० भन्दा कम थियो ।
उम्मेदवारको फोटो

(यस वर्ष लैङ्गिक अल्पसंख्यक समुदायबाट जम्मा एक जना उम्मेदवार छन् ।)

प्रदेशगत महिला उम्मेदवारहरूको संख्या यस्तो देखिन्छ ।

आमनिर्वाचन - २०८२ मा महिला उम्मेदवारहरूको कुल संख्या ३८८ छ ।

तर, आमनिर्वाचन - २०७९ मा कुल महिला उम्मेदवारहरूको संख्या जम्मा २२५ थियो ।

आमनिर्वाचन - २०७४ मा त महिला उम्मेदवारको संख्या जम्मा १४७ मात्र थियो ।

पछिल्ला तीन निर्वाचनमा शून्य महिला उम्मेदवार भएका ११ वटा जिल्ला छन् । बढी उठाइएका आधारमा अथवा अप्रत्यासित ढंगले महिला उम्मेदवारहरूको संख्या वृद्धि भएका जिल्लाहरू काठमाडौं, सप्तरी, सुनसरी, महोत्तरी, रुपन्देही, चितवन, बारा लगायत हुन् ।

अब यस निर्वाचनलाई समावेशिताका आधारमा हेरौं । तलको कोठाले समावेशिकरणको दृश्य देखाउँछ । विगतका निर्वाचनहरूमा जस्तै यस निर्वाचनमा पनि खस आर्य समूहका उम्मेदवार नै बढी छन् ।

खसआर्य: २,२६०
आदिवासी जनजाति: १,७०१
मधेसी: १,३४०
दलित: ३२३
थारू: २४६
मुस्लिम: १२२

अब पछिल्ला तीन निर्वाचनमा उठेका युवा अर्थात् ४० वर्ष मुनिका र ४० वर्षभन्दा माथिका उम्मेदवारहरूको संख्या हेरौं । सबै निर्वाचनमा युवा उम्मेदवार निकै कम छन् ।

२०७४ मा कुल उम्मेदवार १,९५२ हुँदा ६२० युवा उम्मेदवार थिए ।

२०७९ मा कुल उम्मेदवार २,४११ हुँदा युवा ७५९ थिए ।

यस पटक कुल उम्मेदवार ३,४०६ हुँदा युवा उम्मेदवार १,०५६ छन् ।

निर्वाचित हुने युवाहरूको संख्या झनै कम देखिन्छ । २०७४ र २०७९ सालमा क्रमश: ६०६ उठ्दा १४ जना र ७४९ उठ्दा १० जना मात्र निर्वाचित भएका थिए ।

त्यस्तै, प्रमुख राजनीतिक दलहरूका उम्मेदवारीमा युवा उपस्थिति कम देखिन्छ । जस्तै; कांग्रेसले २०७४, २०७९ र २०८२ मा क्रमश: ७, ३ र ९ उम्मेदवार उठाएको थियो । एमालेले २०७९, २०७९ र २०८२ मा क्रमश: ३, ७ र १३ उम्मेदवार उठाएको थियो । यसवर्ष सबैभन्दा धेरै युवा उम्मेदवार उठाउनेमा भने रास्वपा, उज्यालो नेपाल, नेकपा, श्रम संस्कृति लगायतका पार्टी छन् ।

त्यसैगरी धेरै निर्वाचन क्षेत्रहरूमा युवा उम्मेदवारी कम देखिन्छ । भौगोलिक हिसाबले तराईंमा बढी मात्रामा युवाहरू निर्वाचनमा उठेका छन् । यो तलको तथ्याङ्क एउटै निर्वाचन क्षेत्रमा ४० मुनिका १५ बढी उम्मेदवारहरू उठेको क्षेत्रको हो ।

यो निर्वाचनमा सबै उम्मेदवारहरूले शैक्षिक विवरण खुलाएका छैनन् । कुल उम्मेदवारमध्ये २,७५३ जनाले शैक्षिक योग्यता खुलाएका छन्, ६५३ ले छैनन् । तीमध्ये ४० वा सोभन्दा बढी उमेरका ४५२ र ४० वा सोभन्दा मुनिका २०१ उम्मेदवारले शैक्षिक योग्यता खुलाएनन् । तर यी दुवै उमेर समूहमा निरक्षर उम्मेदवार पनि छन् । त्यस्ता उम्मेदवार ४० माथिका १० र ४० मुनिका २ छन् ।

४० वर्ष माथिकाको शैक्षिक योग्यता

४० वर्ष मुनिकाको शैक्षिक योग्यता

धेरै उम्मेदवारहरूले आफ्नो राजनीतिक वा पेशागत अनुभव खुलाएका छैनन् । अनुभव नखुलाउनेमा ४० माथिका उम्मेदवार बढी देखिन्छन् । यस निर्वाचनमा ४० माथिका १,६२५ र ४० वर्ष मुनिका ७७८ जना उम्मेदावरले अनुभव खुलाएका छैनन् । यी दुवै उमेर समूहमध्ये अधिकांशले आफ्नो पेशा चैं राजनीति र समाजसेवा उल्लेख गरेका छन् ।

४० वर्ष माथिकाको अनुभव

४० वर्ष मुनिकाको अनुभव

अहिलेका उम्मेदवारहरू सामाजिक सञ्जालमा पनि सक्रिय छन्। ती मध्ये २० जना उम्मेदवारहरूको फेसबुक, इन्स्टाग्राम, एक्स र टिकटक अकाउन्टका फलोअर्सहरू जोडेर हेर्दा ‌औसतमा यस्तो तथ्य देखिन्छ: