Comments Add Comment

विजय सुवेदी ‘आवाज’

लेखकबाट थप

List Grid
मोडलिङ फोटोग्राफी : एडल्ट फिल्म खिच्छ भन्थे

साप्ताहिक पत्रिका र कामनामा छापिएका ब्लोअप र कभर फोटोबाट धेरै मोडलहरु चलचित्र र म्युजिक भिडियो क्षेत्रमा प्रवेश गरेका उदाहरण छन् । साइबर संसारमा प्रकाशन भएको तस्वीर हेरेर निर्माता-निर्देशकले नायिका छनोट गरेका छन् । यसमै पर्छिन्, नायिका नम्रता श्रेष्ठ ।

बुबा फिल्म क्षेत्र र मेरो लागि सुपरम्यान हुनुहुन्छ: सलोन बस्नेत

जतिबेला निर्देशक शोभित बस्नेत १८ बर्षको उमेरमा थिए, त्यतिबेला नै उनको जीवनमा नयाँ खुशी छाएको थियो । सानो उमेरमा नै बिहे गरेका शोभितको घरमा पहिलो सन्तानको रुपमा छोरा सलोन बस्नेतको जन्म भयो । आफैलाई बल्ल वुझ्दै गरेका शोभितको काँधमा छोराप्रतिको जिम्मेवारी पनि बढेको थियो । सलोन बस्नेतको जन्म हुँदा शोभित र उनका पिता माटोको घरमा […]

प्रदर्शनको मुखमा आएर अड्किएका सिनेमा प्रदर्शन होलान् ?

प्रेमगीत-३, म यस्तो गीत गाउँछु-२, चपली हाइट-३ जस्ता केही प्रतीक्षित चलचित्र थिए, जसले प्रदर्शन मिति तय गरिसकेका थिए । छायांकन, सम्पादनका सम्पूर्ण काम सिध्याएर प्रचार-प्रसारको तारतम्य पनि मिलाइसकेका थिए । तर, कोरोना महाव्याधिले नसोचेको झट्का दियो । प्रदर्शनको मुखमै आएर सिनेमाहरू रोकिए । अब के गर्ने ? सिनेमाकर्मी अन्योलको भुमरीमा गुम्सिए । फागुनको २३ गते […]

पारस शाहको अभिनय गर्न डेढ वर्षदेखि कोशिश गरिरहेको थिएँः भरतमणि पौडेल

‘कमेडी च्याम्पियन २’को फाइनलमा पुग्ने पहिलो प्रतिस्पर्धी हुन्, भरतमणि पौडेल । ताप्लेजुङका भरतमणिले यो शोमा ७ पटकसम्म ‘पर्फमर अफ दि विक’को उपाधि समेत पाइसकेका छन् । उनले, प्रस्तुत गरेका थुप्रै विषयलाई दर्शकले अत्यधिक रुचाए । शनिबार प्रसारण भएको शोमा भरतमणिले पूर्व यूवराज पारस शाहको अभिनय गरे । पारस शाहको हाउभाउ, बोलीलाई दुरुस्तै उतारेपछि भरतमणिको अहिले […]

नेपाली सिनेमा : हिजो रोना-धोना, आज हाँसो-ठट्टा

‘सिनेमा हेर्न जाने दर्शकलाई रुमाल दिइनेछ’ एकताका दर्शकका लागि आहृवान गरिएको विज्ञापन हो, यो । चलचित्र थियो, ‘अजम्बरी माया’ । निर्देशक थिए, दीपक श्रेष्ठ । त्यसबेला चलचित्र हेर्ने ताँतीमा उभिएका दर्शकलाई रुमाल दिइएको थियो । रुमाल यस कारण कि, दर्शकलाई आँशु पुछ्न काम लागोस् । यसबाट निर्देशक/निर्माताहरू दर्शकलाई यस्तो मनोवैज्ञानिक प्रभाव पार्न चाहन्थे कि, सिनेमाले […]

लाखापाखा लागे कलाकर्मी : कोही खेतीमा, कोही रेष्टुरेन्टमा

सबैकुरा सही–सलामत हुँदो हो त, दशैंको छेकोमा प्रदर्शन गर्ने होडबाजीसँगै फिल्म छायांकनको चटारोमा हुन्थे फिल्मकर्मी । तर, मौसम बेइमान छ । खेतीबालीको यो मुख्य याममा सिनेमा क्षेत्र उराठलाग्दो र उजाड छ । यो खडेरीले सिनेमा घरहरुमा धमाधम भोटेताल्चा लाग्दैछ, फिल्मकर्मीहरु लाखापाखा लाग्दैछन् । दीपकराज गिरीहरु पुर्ख्यौली जेथामा ‘फार्म हाउस’ बनाउँदैछन्, दीपिका प्रसाईंहरु ‘सहकारी’ सञ्चालन गर्ने […]

ध्यान र योगले बदलियो अभिनेत्रीहरूको बोली-व्यवहार

मानिस आफ्ना बारेमा सकारात्मक कुरा मात्रै सुन्न चाहन्छ । नराम्रा टिप्पणीले हरेक मानिसको मन र मथिंगल बिथोलिदिन्छ । त्यसमाथि दिनभरिको दौडधुप । कामको चाप र तनाव । मिडियामा आइदिने गसिप । बेला-बेलामा चाहेर वा नचाहेर भैदिने विवाद । यी सबै कुराले सेलिब्रिटीहरूको मन-मस्तिष्कलाई झन् गिजोलिरहेको हुन्छ । चलेका सेलिब्रिटीहरू त निजी जीवन पनि कमै मात्र […]

‘छोरी जन्मिइन् भने आमा फर्किएको महसूस गर्नेछु’

महामारीका रूपमा कोरोनाभाइरस (कोभिड १९) को पहिलो लहर विश्वभर फैलिएको थियो । यसको असरबाट नेपाल अछुतो रहन सकेन । नेपालमा पनि कोरोनाभाइरसको गहिरो असर पर्‍यो । महामारी नियन्त्रण र संक्रमणको ‘चेन ब्रेक’ गर्न सरकारले लकडाउन गर्‍यो । देश पूरै ठप्प भयो । १०० वर्षपछि फैलिएको महामारी के हो र यसले कस्तो असर गर्छ भन्ने बुझ्न […]