Comments Add Comment

सागर बुढाथोकी

लेखकबाट थप

List Grid
‘आयातित भेरियन्टको जोखिम जहिल्यै रहन्छ’

असोज , काठमाडौं । पछिल्ला तथ्यांक हेर्दा कोरोना संक्रमण जोखिमपूर्ण अवस्थामा त छैन । तर समुदायमा संक्रमण भएकाले खतरा टरेको मान्न सकिने अवस्था पनि छैन । विगतमा पनि संक्रमण नियन्त्रणमा आयो भनिरहेका बेला आएको दोस्रो लहरले ठूलो मानवीय क्षति भयो । यो पटक पनि तेस्रो लहरको चेतावनीलाई बेवास्ता गर्दै मानिसहरू दशैंको जमघटमा व्यस्त भएका छन् […]

मौसमी फ्लु र कोरोनाले झुक्याउँदैछ बिरामी

२५ असोज, काठमाडौं । कौशलटारकी ४७ वर्षीया सावित्री पौडेल ज्वरो आउने, खोकी लाग्ने र शारीरिक रुपमा कमजोर महशुस भएको तीन दिन घरमै आराम गरिन् । तर ज्वरो घटेन, बरू खोकी बढेर सास फेर्न असहज भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगिन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले चिकित्सकले उनलाई एण्टिबायोटिक औषधि दिए भने पीसीआर […]

बढ्दो वंशाणुगत रोग : स्वास्थ्य प्रणालीकै टाउको दुखाइ

२२ असोज, काठमाडौं । वंशाणुगत रोग धेरै मानिसका लागि ठूलो समस्या बन्दैछ । नेपालमा रोग पहिचान गर्ने प्रयोगशाला र चिकित्सकहरूलाई नै रोगको बारेमा पर्याप्त जानकारी नहुँदा धेरै मानिस उपचार नपाउने समस्यामा छन् । साथै गलत चिकित्सककोमा गएर समय, पैसा र जीवन बर्बादी गर्ने समस्या पनि बढ्दै गएको छ । जनस्वास्थ्यको टाउकोदुखाइ बन्दै गएको वंशाणुगत रोगप्रति राज्यको चासो नहुँदा दीर्घकालीन रूपमा यसले सामाजिक, आर्थिक र मानसिक रूपमा ठूलो असर गर्ने चिकित्सकहरू बताउँछन् ।

कानून मिचेर औषधिको मूल्यवृद्धि, महानिर्देशकले अनुचित लाभ लिएको आरोप

८ असोज, काठमाडौं । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल र वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले कानून विपरीत ७ वटा विदेशी कम्पनीका ५२ ब्राण्डको औषधिको मूल्य वृद्धि गरेको पाइएको छ । यसमा करोडौंको व्यक्तिगत लाभ लिएको आशंका भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले बताए । ‘विभागका महानिर्देशक र औषधि व्यवस्थापकले गुपचुप औषधिको मूल्य बढाउनु […]

महामारीमा बालबालिकाको नियमित खोप छुट्यो, मृत्यु र अपांग हुने दर बढ्ने चेतावनी

७ भदौ, काठमाडौं । मुलुकको स्वास्थ्य प्रणाली कोभिड–१९ विरुद्ध केन्द्रित हुँदा बालबालिकालाई दिइने नियमित खोप सेवा नराम्ररी प्रभावित भएको छ । यसबाट भोलिका दिनमा संक्रामक रोगको संक्रमण, मृत्यु र अपांग हुने दर बढ्ने चेतावनी विज्ञहरूले दिएका छन् ।

हिउँचितुवाको पछि लाग्दा रोलेक्स अवार्ड

१९ साउन, काठमाडौं । हुम्लाका युवा अनुसन्धानकर्ता रिन्जिन फुन्जोक लामा विश्व चर्चित ‘रोलेक्स अवार्ड’ पाउने पहिलो नेपाली बने । विश्वमै दुर्लभ हिउँचितुवा लगायतका वन्यजन्तुको अनुसन्धान र संरक्षणमा काम गर्ने हुम्लाका लामाले २ जुलाईमा दुई लाख स्विस फ्रयांक (नेपाली २ करोड ५५ लाख राशि) पुरस्कार पाए । रोलेक्सले अवार्ड पाउने पाँच जनालाई भविष्यका अभिभावक बताएको छ […]

अस्पतालमा बढ्न थाले बिरामी, दोस्रो लहर उत्कर्षकै झल्को

१७ साउन, काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसँगै राजधानीका अस्पतालमा बिरामीको चाप फेरि बढेको छ । कोरोना महामारीको दोस्रो लहर उत्कर्षमा पुगेको समय अर्थात वैशाख मशान्तकै जस्तो आईसीयू र आकस्मिक कक्षमा शय्या अभाव हुन थालेको छ । बेडको पालो पर्खिएर अस्पतालबाहिर बस्ने संक्रमितको संख्या बढ्दै गएको छ । अस्पतालका सबै शय्या संक्रमितले भरिएपछि बिरामी बाहिरै […]

खोप लगाउन होइन, लगाएको प्रमाण लिन मध्यरातदेखि लाइनमा

७ साउन, काठमाडौं । बिहीबार दिउँसो टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाहिर ठेलमठेल लाइन थियो । अस्पताल भित्रबाट शुरु भएको लाइन मुख्य सडकसम्म आइपुगेको थियो । लाइन बस्दाबस्दै एक जना युवती बेहोस पनि भइन् । राति १ बजेदेखि मध्य दिउँसोसम्म कुर्दा पनि पालो नपाएको भन्दै आक्रोशको स्वर सुनिन्थ्यो । भोकै पेट घाममा बस्दाबस्दै निराश […]

‘शहरमा बिरामी पठाउने कर्णालीले अब डाक्टर पठाउनेछ’

६ साउन, काठमाडौं । कर्णाली प्रदेशको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास) स्थापना भएको १० वर्षपछि यो वर्ष एमबीबीएस पढाइ शुरू हुँदैछ । अब देशको सबैभन्दा दुर्गम क्षेत्र कर्णालीका बासिन्दाले आफ्नै ठाउँमा चिकित्सा शिक्षा पढ्न पाउनेछन् । अब कर्णालीका बासिन्दाले डाक्टर बन्न लाखौं खर्चेर देशका ठूला शहरका मेडिकल कलेजमा जानुपर्ने छैन । पढाइ सकिएपछि कर्णालीकै […]

लकडाउन र निषेधाज्ञाको ‘साइड इफेक्ट’ : मारमा क्यान्सर, मिर्गौला र मुटु रोगी

कोरोना नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि क्यान्सर, मिर्गौला, मुटु र श्वास–प्रश्वासका दीर्घरोगीहरू नियमित उपचारबाट पनि वञ्चित भए र कतिपयले ज्यानै गुमाए । यसबीचमा बिमार छिप्पिएकाहरू हजारौं छन् भने यसले बढाएको आर्थिक भारको हिसाब

कोभिड–१९ : दोस्रो लहरमा कहाँ-कहाँ भयो गल्ती ?

२२ असार, काठमाडौं । सरकारले ‘कोरोना संक्रमण नियन्त्रण भइसकेको’ दाबी गर्दागर्दै नेपालमा कोभिड–१९ संक्रमणको दोस्रो लहर फैलियो । ‘कोरोना केही होइन’ भन्ने आत्मरतिमा रमाएका प्रधानमन्त्री केपी शर्मा ओलीको आत्मविश्वास र उनकै बोलीअनुसार निर्देशित भएको स्वास्थ्य प्रणालीलाई दोस्रो लहरले पाठ मात्र सिकाएन, ठूलो जनधनको क्षति गरायो । राज्यको लापरबाहीकै कारण हजारौं नागरिक संक्रमित भए, जसमध्ये कतिपयले […]

‘स्वास्थ्य सेवामा निजी क्षेत्र हाबी हुँदा उपचार खर्च स्वतः बढ्छ’

स्वास्थ्य सेवामा निजी क्षेत्र हावी भयो भने उपचार खर्च स्वतः महँगो पर्दै जाने स्वास्थ्य अर्थशास्त्री डा. घनश्याम गौतम बताउँछन् । निजी क्षेत्र आफूले गरेको लगानी र सेवा प्रदान गर्दा हुने खर्च छिटोभन्दा छिटो उठाउने प्रयास गर्ने भएकाले सेवाग्राही मारमा परेको उनको भनाइ छ । उनको विचारमा स्वास्थ्य सेवाको उपयोग गर्ने बेला सेवाग्राहीले प्रत्यक्ष रूपमा भुक्तानी […]