Comments Add Comment

सुवास पण्डित

लेखकबाट थप

List Grid
दशैं विदाका पर्यटकले सौराहाका होटल व्यवसायी उत्साही

२ कात्तिक, चितवन । दशैं विदाका पर्यटकको आगमनले चितवनको पर्यटकीय केन्द्र सौराहाका होटल व्यवसायीहरु उत्साही बनेका छन् । कतिपय होटल फूलपातीयता पूर्णिमासम्म पूर्णरुपमा बुकिङ भएका छन् । दशैंको फूलपातीपछि यहाँका अधिकांश होटलमा पर्यटक आएको व्यवसायीहरुले बताए । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईले नवमी, दशमी र एकादशीको दिन सौराहाका होटलको अकुपेन्सी दर निकै राम्रो […]

दलित भएकै कारण कुटेर मारिएको परिवारको दाबी

१, कात्तिक, चितवन । भरतपुर महानगरपालिका-४, चितवनका भीमबहादुर विश्वकर्माको कुटपिटबाट हत्या भएको विषयलाई लिएर दलित समुदाय आन्दोलित बनेका छन् । नारायणगढको पुल्चोकबाट करिब ३ किलोमिटर दक्षिण शिवघाट सडकको दुर्गाचोकमा महानवमीको दिन विहान करीब ९.३० बजेतिर ५८ बर्षीय भीमबहादुरलाई स्थानीय सीताराम बस्नेत र दिलिप श्रेष्ठले कुटपिट गर्दा मृत्यु भएको प्रहरीले बताएको छ । कुटपिट गर्ने सीताराम […]

गैंडा चोरी शिकारीमा पुस्तान्तरणको खतरा : ४२ पक्राउ, केही फरार

१७ असोज, चितवन । २०७७ साउनमा चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत भएर आए, अणनाथ बराल । उनी आएको केही दिनमा नै गैंडा तस्करको गिरोहले निकुञ्जमा तीन वटा गैंडा मारे । उनी आउनु भन्दा अगाडि पनि तस्करहरुले निकुञ्जमा नौ गैंडा मारिसकेका थिए । बराल आउन अघि नै मारिएका थप दुई गैंडाको पनि मृत्यु शंकास्पद छ […]

चितवनका ५ वटा नगरपालिकामा कांग्रेस पदाधिकारी निर्वाचित

१० असोज, चितवन । चितवनका सातमध्ये पाँच स्थानीय तहमा भएका अधिवेशनबाट पदाधिकारीहरु निर्वाचित भएका छन् । पाँचमध्ये तीन वटामा रामचन्द्र पौडेल पक्षका र दुई वटामा देउवा पक्षका निर्वाचित भएका छन् । कांग्रेस चितवनका अनुसार कालिका नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा अधिवेशनबाट नयाँ पदाधिकारीहरु चयन भएका छन् । भरतपुर महानगरपालिका र […]

पूर्वी चितवनमा एक जनाको हत्या, छिमेकी पक्राउ

२, असोज, चितवन । पूर्वी चितवनको राप्तीमा एक पुरुषको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीका अनुसार राप्ती नगरपालिका वडानम्बर ९ स्थित शीतल टोलका अन्दाजी ५९ वर्षीय कान्छा लामाको हत्या भएको हो । कान्छाको हत्यामा संगल्न भएको आरोपमा छिमेकी दशरथ ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।दशरथले कान्छाको […]

‘आफ्नै गाउँ फर्कि आयौं’…

१७ भदौ, चितवन । उमेरले ३७ वर्षका भए, डा. सञ्जयकुमार यादव । भारतको मेदान्त अस्पतालमा झण्डै ८ वर्षमा ५ सयभन्दा बढीको सिनियर कन्सल्ट्यान्ट सर्जन भएर कलेजो प्रत्यारोपणमा संलग्न भए । नाम थियो, दाम थियो, तर स्वाभिमान थिएन । मेदान्त अस्पतालमा कलेजो प्रत्यारोपण गराइरहँदा उनलाई केही घटनाहरूले सारै चिमोठ्थ्यो । ‘कहिलेकाहीं यस्तो संयोग पर्दथ्यो, प्रत्यारोपण गर्ने […]

सैनिक अदालतको कमजोरी : हतियार चोर्ने एउटा, सजाय पाउने अर्कै

७ भदौ, चितवन । गएको साउन ७ गते भरतपुर महानगरपालिका वडा नं.–१७ सिमलडाँडाको खेत नजिकै एक युवक मारिएको खबर आयो । उनलाई गोली हानेर मारिएको खबर आए पनि प्रहरीले पुष्टि गर्न समय त लगायो नै मृतकको पहिचान पनि ढिला गरी मात्रै भयो । धादिङ निलकण्ठ नगरपालिका–१३ घर भई नेपाली सेनाको महिन्द्र दल गण शिवपुरीमा कार्यरत […]

हाडनाताभित्रको प्रेम सम्बन्धले निम्त्याएको आत्महत्या

८ साउन, चितवन । चितवनकी सुजिता भण्डारी बेपत्ता भएपछि अनुसन्धान थालेको प्रहरी अपहरण भएको हुनसक्ने कुनै प्रमाण नभेटेपछि एक सातासम्म रनभुल्ल थियो । परिवारलाई भण्डारीले फोन गरेर आफू अपहरित भएको भनेकी थिइन्, तर अनुसन्धानले ठिक विपरित संकेत गरिरह्यो । अपहरण भएको भनिएका वेला उनले मोबाइलमा लामो समय ‘डाटा’ प्रयोग देखियो, ‘पूर्वतिर’ गएको भन्दै सन्देश पठाउँदा […]

नौ लाखका लागि सैनिकले गरे आफ्नै साथीको हत्या

७ साउन, चितवन । नेपाली सेना हुद्दा भरत गुरूङको हत्या आरोपमा उनकी सहकर्मी पक्राउ परेका छन् । सिपाही गंगाधर ढकालले ९ लाख रुपैयाँका लागि गुरुङको हत्या गरेको प्रारम्भिक अनुसन्न्धानबाट देखिएको प्रहरीले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका–१७ को सिमलडाँडा नजिकै बिहीबार बिहान एक पुरुषको शव भेटिएको थियो । गोली हानेर हत्या गरिएको अवस्था फेला परेको […]

चितवन मेडिकल कलेजमा दोस्रोपटक कलेजोको सफल प्रत्यारोपण

३१ असार, चितवन । चितवनको चितवन मेडिकल कलेजमा सफलतापूर्वक दोस्रोपटक कलेजो प्रत्यारोपण गरिएको छ । गत चैत ८ गते पहिलोपटक राजधानी काठमाडौं बाहिर कलेजोको सफल प्रत्यारोपण गरेको कलेजले असार १८ गते जाजरकोटका ४७ वर्षीय भरतविक्रम शाहीमा कलेजो प्रत्यारोपण गरेको हो । कुशे गाउँपालिका वडा नं. ९ जाजरकोटका शाहीलाई उनकी ४८ वर्षीया श्रीमती कमलादेवी शाहीले कलेजो […]

दुई बुँदे सहमतिपछि सुजिता भण्डारीको शव अस्पतालमा

२१ असार, चितवन । जिल्लाको राप्ती नगरपालिका–३ बाट सुजिता भण्डारीको शव भरतपुर अस्पतालमा लगिएको छ । प्रशासन र स्थानीयबीच दुई बुँदे सहमति भएसँगै शव लैजान गरिएको अवरोध हटेको हो । र, शवलाई अस्पताल पुर्‍याइएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले अनलाइनखबरलाई बताए । उनका अनुसार घटनाको यथाशीघ्र सत्यतथ्य सार्वजनिक गर्ने र परिवारलाई आर्थिक सहायताका लागि […]

चितवनमा अझै राजमार्ग अवरोध, सर्वपक्षीय सहमति प्रदर्शनकारीले मानेनन्

२१ असार, चितवन । जिल्लाको राप्ती नगरपालिका–३ बाट ९ दिनअघि बेपत्ता बनेकी सुजिता भण्डारी मृत्यु प्रकरणबारे सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै स्थानीय अबरुद्ध गरेको सडक अझैसम्म खुल्न सकेको छैन । राजमार्गमा अवरोध हुँदा दर्जनौं सवारीसाधान र यात्रु अलपत्र परेका छन् । पीडित पक्षले २४ घण्टाभित्र दोषी पत्ता लगाएर कारबाही गर्ने लिखित प्रतिबद्धता नआएसम्म सुजिताको शव […]