
सुत्ने र उठ्ने समय निश्चित
उनीहरुलाई ठीक समयमा सुताउने र उठाउने बानी गर्नुपर्छ । सामान्यत राती ९ बजेसम्म बच्चालाई सुत्न प्रेरित गर्नु जरुरी छ भने बिहान ६ बजेसम्म उठ्न ।

खाना आफै खान लगाउने
प्राय हामीलाई के लाग्छ भने साना बालबच्चाले खाना खाँदा छर्ने, जुठो बनाउने गर्छ । यही कारण हामी आफै उनीहरुलाई खुवाउन अग्रसर हुन्छौं । तर, यसरी उनीहरुलाई खाना खुवाउने बानी राम्रो होइन । उनीहरु आफैलाई खान दिनुपर्छ

आफ्नो खेलौना आफैं मिलाउन दिने
बालबच्चाले कुनैपनि खेलौना खेलिसकेपछि पुनः मिलाएर राख्न सिकाउनुपर्छ । यसले उनीहरुलाई काम गर्ने बानी बस्छ भने कुनैपनि सामाग्री जतन गर्नुपर्छ भन्ने पनि सिक्छन् ।

ब्रस गर्न र हात धुन
यही उमेरभित्र बालबच्चालाई शारीरिक सरसफाईमा अभ्यस्त बनाउनुपर्छ । खासगरी हात धुन, खाना खाइसकेपछि दाँत ब्रस गर्न सिकाउनैपर्छ ।

सागसब्जी र फलफूल खुवाउन
उनीहरुको खानामा सागसब्जी सामेल गर्नैपर्छ । यस्तो खानेकुरा सजिलै खान त मान्दैनन् तर पटक पटक प्रयास गरेर उनीहरुमा बानी पार्न सकिन्छ ।