
मांसपेशी र लिगामेन्टको समस्या
कुनै कारणवश मांसपेशी तानिनु, तानिएको लिगामेन्ट वा पिठ्युँको मांसपेशीमा अधिक तनावका कारण कम्मर दुखाइ हुनसक्छ ।

हड्डीसम्बन्धी समस्या
मांसपेशीको कमजोरी, हड्डीमा चोटपटक वा स्लिप डिस्क जस्ता हड्डीसम्बन्धी समस्याले पनि कम्मर दुखाइ उत्पन्न गर्न सक्छ ।

असामान्य शारीरिक गतिविधि
लामो समयसम्म उभिने, बस्ने वा गलत ढंगले भारी वस्तु उठाउँदा कम्मर दुखाइ हुनसक्छ ।

थाइराइड र मिर्गौलाको समस्या
थाइराइड र मिर्गौलाको समस्याको कारणले पनि कम्मर दुखाइ हुनसक्छ । कम्मर दुखाइ सँगै अन्य शंकास्पद लक्षण देखिए शंका गरी परीक्षण गराउनुपर्छ ।

लगातार बसेर काम गर्दा
धेरै झुकेर, निहुरेर, कुर्सीमा लगातार बसेर काम गर्नेहरुमा यस्तो समस्या धेरै देखिन्छ । टेबलमा बसेर काम गर्दा ढाडको पोस्चर थप बिग्रिने वा भार पर्ने भएका कारण मेरुदण्डको पछाडि भएका मांसपेशी कमजोर भएर कम्मर दुखाइ महसुस हुन्छ ।

पौष्टिक तत्वको कमी
हड्डीलाई पोषण दिने काम क्याल्सियम, भिटामिन, डी म्याग्नेशियम जस्ता पौष्टिक तत्वले दिन्छ । शरीरमा यी तत्वको कमीले कम्मरको हड्डी खिइएर दुख्ने समस्या हुन्छ ।

उपचार
कम्मरमा दुखाइ हुँदा आराम गर्नु, तातो वा चिसो थेरापी गर्नु फाइदाजनक हुनसक्छ । कतिपय अवस्थामा फिजियोथेरापी र औषधि उपचार आवश्यक हुन्छ ।