
पहिलो
नितान्त आफ्नो खातिर हरेक दिन केही समय निकाल्नेछु, कम्तीमा आधा घण्टा । सो समय काम, व्यापार, उद्यम, समाज, परिवार सबै भुलेर आफ्नै शरीरको भाषा सुन्नेछु । आफ्नै मनको कुरा सुन्नेछु । म को हुँ ? के चाहन्छु ? के गर्नुछ ? आफैंमाथि घोत्लिनेछु ।

दोस्रो
आफ्नो समयमा आफूलाई मन लागेको कुरा गर्नेछु । नाच्ने, गाउने, पढ्ने, फिल्म हेर्ने । व्यायाम गर्नेछु, योग गर्नेछु, ध्यान गर्नेछु । आफ्नो शरीरलाई माया गर्नेछु ।
Advertisement

तेस्रो
काम, व्यवसाय, उद्यम आफ्नो ठाउँमा छँदैछ । मेरो सोख, रुचि वा रहरलाई पनि म महत्व दिनेछु । जीवन निर्वाहको लागि जे–जसो गरे पनि मेरो रुचि र सोखलाई म मर्न दिने छैन ।

चौथों
शारीरिक स्वास्थ्यको ख्याल गर्नेछु, खानपानमा सतर्कता अपनाउनेछु, व्यक्तित्व विकासमा जोड दिनेछु, आफ्नो काममा रमाउनेछु ।