
खिचडी (जाउलो)
चामल, दाल र हल्का मसलाले बनेको परिकार खान सकिन्छ । सूपाच्य साथै कार्बोहाइड्रेट, प्रोटिन र आवश्यक पोषक तत्व प्रदान पाइन्छ ।

नरिवलको पानी
ज्वरोको बेला शरीरलाई बलियो र हाइड्रेटेड राख्न नरिवल पानीको सेवन गर्नुपर्छ। नरिवलको पानीले शरीरको तापक्रम नियन्त्रण गर्न मद्दत गर्छ । र, संक्रमणसँग लड्न पनि फाइदाजनक हुन्छ ।

फलफूल
फलफूलमा भिटामिन सीको महत्त्वपूर्ण मात्रा हुन्छ, जुन प्रतिरक्षा प्रतिक्रिया र कोषिका मर्मतका लागि आवश्यक हुन्छ ।

चिकेन सुप
चिकेन सुपमा पाइने सोडियमले इलेक्ट्रोलाइट्स निर्माण गर्न मद्दत गर्छ । चिकन सुपमा भिटामिन, मिनरल्स, क्यालोरी र प्रोटिन पनि प्रशस्त हुन्छ ।

तरकारी
मौसमअनुसार तरकारीले अत्यावश्यक भिटामिन र खनिजको अतिरिक्त आपूर्ति गर्छ । जसले प्रतिरक्षा प्रणालीलाई बलियो पारी ज्वरोबाट छुटकारा पाउन मद्दत गर्छ ।

उच्च प्रोटिनयुक्त खाना
गेडागुडी, ओखर बदाम, कुखुरा, माछा र अण्डा जस्ता प्रोटिनयुक्त खानेकुरामा स्वस्थ प्रोटिन, ओमेगा-३ फ्याटी एसिड, भिटामिन बी-६ र बी-१२, जिंक र सेलेनियम पाइन्छ, जसले हड्डीको स्वास्थ्य, मस्तिष्कको स्वास्थ्य र समग्र प्रतिरक्षा सुधार गर्न मद्दत गर्छ ।

चामल
भात खान कुनै कडा प्रतिबन्ध छैन । तर धेरै ज्वरो आएमा चामल एक जटिल कार्बोहाइड्रेट हो, पचाउन धेरै गाह्रो हुन सक्छ ।

रक्सी, सोडा, चिया र कफी पेय
यी पेय पदार्थ निर्जलीकरण, निद्रामा बाधा र पेट दुखाइ हुन्छ । जबकि ज्वरो आएको बेला शरीरलाई पर्याप्त मात्रामा रसिलो पदार्थ चाहिन्छ, संक्रमणबाट लड्न आराम दिने पेयपदार्थ चाहिन्छ ।