
कृत्रिम दाँत राख्ने
कतिपयको दाँत नै उखेल्नुपर्ने हुनसक्छ । वा कतिपयको दाँत टुटेको, उखेलिएको हुनसक्छ । यस्तो अवस्थामा एउटा विकल्प रहन्छ, कृत्रिम दाँत राख्ने ।

कृत्रिम दाँत के कस्तो अवस्थामा राख्नुपर्छ ?
चोटपटक लागेर दाँत झरेको, किराले खाएर दाँत निकालेको लगायत विभिन्न अवस्थामा कृत्रिम दाँत राख्न सकिन्छ ।
Advertisement

कति अवधि लाग्छ ?
राख्ने, निकाल्ने दाँत राख्नको लागि त खासै समय लाग्दैन एकै दिनमा यो राख्न सकिन्छ । फिक्स दाँत काट्न समय लाग्ने भएको चार देखी पाँच दिन लाग्छ ।

यो कति सुरक्षित र दिगो हुन्छ ?
कृत्रिम दाँत दिगो नै हुन्छ । फिक्स दाँत र प्रत्यारोपण दाँत १० देखी १२ वर्ष चल्छ भनिन्छ । तर, त्यो भन्दा लामो समय पनि टिक्न सक्छ ।