
कम पानी पिउने
कम पानी पिउने बानीले स्टामिनामा कमी ल्याउँछ । पानीको कमीले शरीरमा डिहाइड्रेसन हुन्छ । यस्तो अवस्थामा यसले मान्छेको स्टामिनामा असर गर्छ ।

मदिरा सेवन
मदिरा सेवनले मान्छेको शारीरिक ऊर्जाको स्तरमा मात्र असर गर्दैन, यसले व्यक्तिमा थकानको महसुस गराउँछ । यस्तो अवस्थामा रक्सी पिउनेहरुको स्टामिना कमजोर हुन्छ ।

प्रोटिनयुक्त आहारको कमी
प्रोटिनयुक्त खानेकुराले मांसपेशीको विकास मात्र गर्दैन, बलियो पनि बनाउँछ । यसले नयाँ मांसपेशीको निर्माण गर्न सहयोग गर्छ । यस्तो अवस्थामा शरीरमा प्रोटिनयुक्त खानाको कमीले ऊर्जाको स्तर घटाउँछ । जसले स्टामिना पनि कमजोर हुन थाल्छ ।

सोडियमको कमी
शरीरमा सोडियमको कमी हुँदा पनि स्टामिना कमजोर हुन सक्छ । यस्तो अवस्थामा कसरत गर्ने वा कुनै किसिमको व्यायाम गर्ने व्यक्तिको शारीरिक कार्य क्षमता बढाउन शरीरमा सोडियमको मात्रा बढाउनु आवश्यक हुन्छ ।

अत्याधिक धुम्रपान
धुम्रपानले रक्तनलीलाई साँघुरो बनाएर मुटु, मांसपेशी र शरीरका धेरै भागमा रगतको प्रभावलाई कम गराउछ । यस्तोमा व्यक्तिको स्टामिना पनि कमजोर हुनसक्छ ।