आजभोलि पढाई र करियरमा ध्यान दिने गर्छन । यस्तोमा आमा बन्ने सही उमेर उनीहरु सोचविचार गर्छन । ताकी, परिवार र करियर दुवै सन्तुलनमा रहोस् ।
२५ देखि ३० वर्षको उमेर महिलाको लागि गर्भवती बन्ने सबैभन्दा उपयुक्त समय हो । यस उमेरमा उनीहरुको शारीरिक प्रणाली परिपक्व भै सकेको हुन्छ । बौद्धिक रुपमा पनि महिला तयार हुन्छिन् ।
यो उमेरमा महिलाको प्रजनन् क्षमता पनि बढी हुन्छ । जसले गर्दा गर्भधारणमा आउने समस्या कम हुन्छ । जसले गर्भवास्था स्वस्थ र सहज बनाउँछ ।
गर्भधारणमा कठिनाई
एक महिला जन्मिदै २० लाख अण्डा लिएर जन्मिछिन । तर समयसँगै यी संख्या कम हुँदै जान्छ । जसले ३० वर्ष कटेपछि गर्भधारणमा समस्या आउन थाल्छ ।
गम्भीर समस्या
३० वर्ष पछि महिलामा मधुमेह, उच्च रक्तचाप र तनाव जस्तो समस्या बढ्छ । जो गर्भ बसे पनि जटिलता बढी आउने जोखिम हुन्छ ।
शारीरिक समस्या
३० देखि ३५ वर्षमा गर्भधारण सम्भव छ । तर, शारीरिक समस्या बढी आउन सक्छ । जसकारण मेडिकल निगरानी आवश्यक पर्छ ।