+

७ संकेत, जसले शरीरमा पोषणको कमी भएको देखाउँछ

कपाल र छाला रुखो हुने

छाला सुख्खा हुने, कपाल पनि झर्दै गइरहेको वा सेतो हुँदै गइरहेको छ भने शरीरमा पोषण नपुगेको संकेत हुनसक्छ । भिटामिन डी, ई, ए, र  बी७को कमीले हुन सक्छ। साथै, आयरन, जिंक, र ओमेगा-३ फ्याटी एसिड को कमीले पनि यस्तो समस्या निम्त्याउन सक्छ।

मुख र जिब्रोमा समस्या

जिब्रो पोल्ने, सुन्निने, रङमा परिवर्तन हुने र पटक पटक मुखको छाला जानु पनि पोषण नपुगेको संकेत हुनसक्छ । यसको कारण भिटामिन बी १२, बी २ र मुखको कोषिका कमजोर भएमा आइरनको कमी भएको हुनसक्छ ।

Advertisement

आँखा कमजोर हुनु

आँखा सुख्खा हुने, पोलने र रातको समयमा कम देख्नु आँखालाई पोषण नपुगेर हुनसक्छ । आँखा हेर्नमा समस्या हुनु भिटामिन ए को कमी र सुख्खा हुनु ओमेगाको कमीले हुनसक्छ ।

मांसपेशीमा समस्या

अचानाक रातमा खुट्टा दुख्नु वा पीडुला फर्कनु म्याग्नेशियमम, क्याल्सियम र भिटामिन डीको कमीले हुन सक्छ ।

मनोदशामा परिवर्तन

चिन्ता, थकान र उदासी पन छ भने भिटामिन डी, बी ६ र बी १२को कमीले हुनसक्छ । यसलको कमीले न्यूरोट्रान्समिटरमा सन्तुलन बिगार्छ ।

पटक पटक बिरामी हुने

हर मौसममा रुघा खोकी लाग्ने, छालामा घाउ खटिरा देखिनु र ढिला निको हुनु भनेको भिटामिन डी र सीको कमीले हुनसक्छ । यी भिटामिनले प्रतिरोध क्षमतामा भूमिका खेल्छ ।

तौलमा परिवर्तन

विना खानपानमा परिवर्तन तौल घटबढ भैरहेको छ भने थायराईडको समस्या वा भिटामिन डीको कमी हुनसक्छ । भिटामिन डीले पनि मेटाबोलिजममा असर पार्छ ।