+

पुरुषका लागि स्टाइलिस जुत्ता

क्लासिक लेदर अक्फोर्ड

कुनै विशेष समारोह वा कार्यक्रमका लागि यो जुत्ता लगाउन सकिन्छ । यो जुत्तासँग शुट वा फर्मल लुगा लगाउने हो भने बोल्ड र स्टाइलिस देखिन्छ । खैरो र कालो रङको जुत्ता सदावाहर ट्रेडिङमै रहन्छ ।

लेदर लोफर्स

लेदर लोफर्स क्याजुयल देखि सानो तिनो औपचारिक कार्यक्रममा लगाउन सकिन्छ । बजारमा फरक फरक खालका लेदर लोफर्स पाईन्छ । जुन लगाउँदा हल्का र आरामदायिक पनि हुने भएकोले धेरैको रोजाईमा पाइन्छ ।

Advertisement

ट्रेन्डी स्निकर्स

स्निकर्स पुरुषको मात्र होइन महिलाको पनि मनपर्ने रोजाईमा पर्छ । विभिन्न रङ, डिजाइन र ब्रान्ड्समा उपलब्ध यो जुत्ताले क्याजुएल लुक र स्टाइलिस टच दिन्छ ।

स्टाइलिस डेजर्ट बुट

हेर्दा भारी देखिए पनि लगाउन सहज यो बुट क्याजुएल र स्मार्ट देखाउँछ । यसको माथिल्लो भागले झन् स्टाइलिस देखाउँछ ।

फर्मल मोंक स्ट्र्याप

यो अक्सफोर्डको एक स्टाइलिस विकल्प हो । यो औपचारिक र यतिकै पनि लगाएर हिड्दा स्टाइलिस देखाउँछ । यो जिन्स र औपचारिक लुगामा लगाउन सकिन्छ ।