
बिहान सात देखि ९ बजे
बिहानको समय शरीरले शुद्धिकरण गरिरहेको हुन्छ । यो समयमा कालो चिया ग्रीन टी पिउँदा शरीर स्फुर्त हुन्छ । तर, चिया खानु अघि केहि खाएर मात्र चिया खानुपर्छ । नत्र, ग्यास हुने सम्भावना हुन्छ ।

बिहान ब्रेकफास्टसँग
बिहान गर्ने ब्रेक फास्टसंगै चियाको चुस्की लगाउने हो भने पाचन सक्रिय भइ कम गर्न मद्दत पुग्छ । बिहान हल्का नास्तासँग दूधको चिया पिउनु राम्रो हुन्छ। यसले दिनभरको लागि ऊर्जा प्रदान गर्छ। सकेसम्म कालो चिया वा ग्रीन टी खानु फाइदाजनक हुन्छ ।

लन्च पछि दिउँसो एक र दुई बजेको अन्तरमा
चिया पिउने सबैभन्दा सहि समय यही हो । भारी लन्च गरे पछि शरीर शिथिल हुन्छ । यो बेलामा चिया पिउँदा उर्जा पुन आउँछ ।

काम गर्ने समयमा ३ देखि ४ बजेको अन्तरमा
यो समयमा शरीर र दिमाग दुवै थाकेको हुन्छ । जसले गर्दा चिया पिउँदा राहत मिल्छ । काम गर्ने उर्जा पनि आउँछ । चियाले ध्यान केन्द्रित गर्न मद्दत दिन्छ ।

साँझ
सबै काम सकेर घरमा आउँदा पनि शरीर थकित हुन्छ। जसलाई चियाको चुस्कीले थकान मेटाउँछ । साँझको तनाव कम गर्छ ।