
डार्क चकलेटको स्वाद तीतो भए स्वास्थ्यका लागि फाइदाजनक भएकोले धेरैले यसलाई रुचाउँछन् । यसमा ककाको मात्रा उच्च र दूध वा चिनीको मात्रा कम हुन्छ। डार्क चकलेटमा कोकोको शुद्धता कायम राखिन्छ, जसले यसलाई स्वास्थ्यका लागि विशेष बनाउँछ।

मस्तिष्क तेजिलो पार्न
डार्क चकलेटको कोकामा पाइने फ्लाभानोल जस्ता एन्टीअक्सिडेन्टले दिमागको कोषिकाहरु सक्रिय राख्न सक्छ । यसले स्मरणशक्ति बलियो पार्न मद्दत हुन्छ । ध्यान केन्द्रित गर्ने क्षमता पनि बढ्छ ।

मुटुको लागि
फ्लाभानोलले रगतको प्रवाह बढाएर र रक्तचाप कम गरेर मुटुको धमिनीलाई राम्रो बनाउँछ । रक्तचाप नियन्त्रण गर्छ । तर, यसमा उच्च क्यालोरी भएकोले ठिक्क मात्रामा खानु पर्छ ।

मुड राम्रो बनाउन
डार्क चकलेट खाँदा मन रमाइलो बनाउने इन्डोर्फिन र सेरोटोनिन हर्मोन रिलिज हुन्छ । यसले तनावलाई घटाएर मुड राम्रो बनाउछ ।

छालालाई राम्रो बनाउन
यसमा हुने एन्टीअक्सिडेन्टले सुर्यमा हुने हानिकारक किरणबाट बचाएर अनुहारको छालालाई स्वस्थ र जवान बनाउँछ ।