
कफी
खाली पेटमा कफी पिउनु हानिकारक हुनसक्छ । किनभने कफीले पेटमा ग्यास्ट्रिक एसिडकाे उत्पादन बढाउँछ । एसिडका कारण पेट दुख्ने र अम्लियपना जस्ता समस्या हुनसक्छ ।

बदाम
खाली पेटमा खाँदा कसै-कसैलाई पेट दुख्ने, ग्यास, अपच र पखालाजस्ता पाचन समस्या हुनसक्छ । बदाममा उच्च फाइबर हुन्छ, जुन केही मानिसहरूलाई पचाउन गाह्रो हुनसक्छ ।

दही
दहीमा ल्याक्टिक एसिड हुन्छ । यसले पेटमा अम्लीयपना बढाउँछ । पेटमा अम्लको स्तर बिगार्छ । खाली पेटमा दूधबाट उत्पादन हुने खानेकुराहरूले पेटमा हुने राम्रो ब्याक्टेरियालाई मार्छ। जसले अम्लियपना बढाउँछ ।

गोलभेँडा
खाली पेटमा गोलभेँडा खाँदा यसमा भएको साइट्रिक एसिडले पेटमा रसायनिक प्रतिक्रिया गराउँछ । यसले पेटमा अघुलनशील जेल निर्माण गर्छ । यस्ताे जेलका कारण पेटमा स्टोन बन्ने र ग्यास्ट्रिक एसिडसँग मिलेर पेटमा ग्यास्ट्राईटिसको समस्या पैदा गर्नसक्छ ।

कार्बोनेटेड ड्रिङ्क
कुनै पनि प्रकारको कार्बोनेटेड पेय खाली पेटमा पिउनु हुँदैन । यसमा हुने एसिडको मात्रा बढ्छ जसले दिनभरि पाचन प्रणाली बिगार्न सक्छ । यस्ता धेरै गुलियो पेयपदार्थ बिहान खाली पेटमा पिउँदा दिनभर चिनीको मात्रा बढ्छ ।

मसलेदार खानेकुरा
खाली पेटमा खुर्सानीको धुलो, लसुन र प्याज लगायतका मसला र त्यसबाट बनेका खानेकुरा खाएमा पेटमा एसिड रिफ्लक्स (आमाशयबाट खाद्यनलीतिर फर्किने प्रक्रिया) हुनथाल्छ, यसले आन्द्रामा असर गर्छ र पेट दुख्न सक्छ । खाली पेटमा खाइने यस्ता खानेकुराले अम्लिय प्रतिक्रिया गराउने र पेटमा ऐठन पैदा गरेर समस्या निम्त्याउँछ ।