
सिरानीमा सुत्दा आरामदायी अनुभव हुन्छ। तर केही स्थितिमा भने यसले स्वास्थ्य समस्या गराउन सक्छ । कसरी ?

गर्दन दुखाई
सिरानी धेरै अग्लो छ भने गर्दनको पोस्चर नमिलेर गर्दन दुख्ने गर्छ। विशेषत बिहान देखि नै भारी भएको र दुखाई अनुभव हुनसक्छ ।
Advertisement

काँध र ढाड दुखाई
गर्दन जस्तै गलत तरिकाको सिरानीले ढाड पनि दुख्न सक्छ । जसकारण दुखाईले असहज अनुभव हुनसक्छ । दिनचर्या खलबलाउन सक्छ ।

अनुहारमा डन्डीफोर
सिरानीमा पसिना, तेल र फोहोर जमेको छ भने अनुहारको छालामा असर गर्न सक्छ । लामो समय देखि सिरानी धोइएको छैन भने जीवाणु फैलिएर छालामा एलर्जी र डन्डीफोर आउन सक्छ ।

सिरानीमा अप्ठारो अनुभव भैरहेको छ भने त्यसलाई परिवर्तन गर्नुहोस । किनकी, सिरानीमा टाउको राख्दा असहज भएमा पनि निद्रामा अवरोध पुग्न सक्छ ।