+

मुख किन गन्हाउँछ ?

दाँतको बीचमा जम्मा भएर बसेको फोहोर, जिब्रोको सरसफाइ राम्ररी नगर्दा र गिजाको समस्या लगायत समस्याले मुखमा ब्याक्टेरिया फैलिन्छ । जसले मुख तथा सासबाट गन्ध आउने हुन्छ ।

मुखमा घाउ खटिरा आएमा, गाँठागुँठी आएमा, गिजा पाकेमा, दाँतमा किरा लागेमा, खाल्डो परेमा तथा दाँत राम्ररी सफा नभएमा पनि मुख तथा सास गन्हाउने गर्छ ।

Advertisement

मिर्गौलाको समस्याले शरीरमा मेटाबोलिक परिवर्तन देखापर्छ । जसले गर्दा शरीरमा मुख सुख्खा हुने समस्या आउने गर्छ, जसकारण मुखबाट गन्ध आउने गर्छ ।

कलेजोले खानालाई पचाउन सहयोग गर्छ । तर कलेजोको संक्रमण भएको खण्डमा यसले राम्ररी काम नगर्दा अपचको समस्या उत्पन्न हुने गर्छ । जसले मुख तथा सासबाट गन्ध आउने गर्छ ।

लामो समयसम्म चुरोट र खैनीको सेवन गर्ने मानिसहरूमा मुखको क्यान्सर हुने सम्भावना अधिक रहन्छ । यस्तोमा उनीहरूको मुखबाट नराम्रो गन्ध आउने गर्छ ।

कलेजोको संक्रमण भएको खण्डमा यसले राम्ररी काम नगर्दा अपचको समस्या उत्पन्न हुने गर्छ । जसकारण मुख तथा सासबाट गन्ध आउने हुन्छ ।