+

फिनल्यान्डमा बालबालिकालाई कसरी पढाइन्छ ?

शिक्षा केवल परीक्षा पास गर्नका लागि होइन, जीवनमा सफल र जिम्मेवार नागरिक बन्नका लागि हुनुपर्छ । फिनल्यान्डको शिक्षा प्रणाली यसका लागि उत्कृष्ट उदाहरण हो ।

सबैका लागि निःशुल्क शिक्षा

फिनल्यान्डमा विद्यालयदेखि विश्वविद्यालयसम्म शिक्षा पूर्ण रूपमा निःशुल्क हुन्छ । विद्यार्थीलाई किताब, कापी र आवश्यक सामग्रीसम्म सरकार आफैं उपलब्ध गराउँछ, जसले शिक्षा सबैका लागि बराबरी बनाउँछ।

Advertisement

विद्यालयमै पोषिलो खाना

फिनल्यान्डमा प्रत्येक विद्यार्थीलाई विद्यालयमै नि:शुल्क, पोषणयुक्त र ताजा खाना दिइन्छ । यसले उनीहरूको स्वास्थ्य सुधार्नुका साथै पढाइमा ध्यान केन्द्रित गर्न मद्दत गर्छ ।

सही उमेरमा पढाइ सुरु

त्यहाँ ७ वर्षभन्दा अघि औपचारिक पढाइ सुरु हुँदैन, त्यसअघि बच्चालाई खेल, रमाइलो र सामाजिक सीप विकासमा ध्यान दिन प्रोत्साहित गरिन्छ।

छोटो र प्रभावकारी पढाइ समय

दिनको केवल ४–५ घण्टा मात्र कक्षा हुन्छ। त्यसको बीच–बीचमा ब्रेक दिइन्छ र घरमा कुनै होमवर्क दिइँदैन, जसले विद्यार्थीलाई थकाइबाट जोगाउँछ।

सानो कक्षा – सबैको हेरविचार

फिनल्यान्डमा एक कक्षामा २०–२५ विद्यार्थी मात्र हुन्छन्, यसले शिक्षकलाई हरेक विद्यार्थीको आवश्यकता बुझ्न र व्यक्तिगत ध्यान दिन सजिलो बनाउँछ।

शिक्षकको स्तर र सम्मान

त्यहाँ शिक्षक बन्न कठोर छनोट प्रक्रिया पार गर्नुपर्छ। र, उच्च शिक्षा हासिल गर्नुपर्छ। शिक्षकलाई पेशाप्रति गर्व गर्ने प्रेरणादायी व्यक्तित्व मानिन्छ।

परीक्षा–केन्द्रित होइन, सीप–केन्द्रित

१६ वर्षको अन्त्यमा मात्र एकपटक परीक्षा हुन्छ। बाँकी समय विद्यार्थीलाई जीवनोपयोगी सीप, समस्या समाधान र रचनात्मक सोच सिकाइन्छ।

सहयोग र जीवनोपयोगी शिक्षा

पढाइमा प्रतिस्पर्धाभन्दा सहयोग र समूहमा काम गर्ने संस्कृतिलाई प्राथमिकता दिइन्छ। शिक्षाले विद्यार्थीलाई राम्रो व्यक्ति बन्न र समाजमा योगदान गर्न प्रेरित गर्छ।

यदि नेपालले यी अभ्यासहरू अनुशरण गर्न सकेमा शिक्षा केवल रोजगारीको लागि होइन, सबल, सक्षम र जिम्मेवार नागरिक निर्माणको आधार बन्नेछ।