+

बास्ना छालाको लागि कति खतरनाक ?

जसरी जसरी सौन्दर्य उद्योग फस्टाइरहेको छ । त्यसरी नै छाला र व्यक्तिगत विकासका लागि उत्पादन पनि बढ्दो छ ।

जसकारण छाला सम्बन्धि कोहि समस्या भएमा त्यसको समाधानका लागि प्रोडक्ट पनि बनेका छन् ।

Advertisement

बजारलाई बढाउन कै लागि उद्योगीहरुले प्रोडक्टमा फेरबदल गरिनै रहन्छन् ।

यो फेरबबदल कहिलेकाहीं हाम्रो छालाको लागि घातक हुनसक्छ । त्यसैले, किन्नु अघि एउटा कुरा सुनिश्चित पक्कै गर्नुपर्छ ।

त्यो हो, प्रोडक्ट कतिको बास्नादार छ ? जति धेरै बास्नादार त्यति छालाको लागि समस्या हुनसक्छ ।

बास्ना प्राकृतिक उत्पादनबाट आउंदैन । प्राय कम्पनीले आफ्नो सामान प्रति आकर्षक गर्न बास्नादार सुगन्ध प्रयोग गर्छन् ।

सौन्दर्य रोग विशेषज्ञहरुका अनुसार सुगन्ध यूजेनोल, सिट्रोनोल र फेथलेट्स जस्ता उत्पादनबाट आउँछ।

यी तत्वले छालामा एलर्जी र दाग आउने समस्या गराउनसक्छ ।

संवेदनशील छाला र गर्भवतीले यस्ता क्रिम र मोस्चोराइजर नलगाउनु नै उचित हुन्छ ।

यस्ता प्रशाधनको सामग्री लिंदा लेभल पनि चेक गरेर मात्र प्रयोग गर्नुपर्छ । लिनालुल, आरोमा र फ्रागेंस नभएको प्रोडक्ट लिनु उपयुक्त हुन्छ ।

छालामा समस्या देखिए बजार गएर महँगो प्रोडक्ट खरिद गर्नु सट्टा एकपटक सौन्दर्य तथा छाला रोग विशेषज्ञलाई देखाउनु उचित हुन्छ । चिकित्सकले समस्याको समाधान र कस्तो प्रोडक्ट प्रयोग गर्ने सिफारिस पनि गर्ने गर्छन् ।